- आलुमा करीब ८० प्रतिशत पानी र २० प्रतिशत सुख्खा पदार्थ हुन्छ ।
- हरियो आलुको बोक्रा र टुसाहरुमा बिषाक्त पदार्थ हुन्छ जसलाई सोलानिन भनिन्छ । यो स्वास्थको लागि हानिकारक हुन्छ । फिल्डमा आलुलाई राम्रोस“ग पुरिने गरी उकेरा लगाउने र भण्डारण गर्दा प्रत्यक्ष प्रकाश नपर्ने गरी राख्नुपर्दछ।
- एउटा मध्यम आकारको आलुले ११० क्यालोरी शक्ति, ३ ग्राम प्रोटिन र २३ ग्राम कार्बोहाइड्रेट दिन्छ । – प्रशस्त मात्रामा भिटामिन बी पाइन्छ । १ मध्यम उसिनेको आलुलाई रेफ्रिजिरेटरमा राख्नु हुदैन । किनकी आलुमा भएको स्टार्च चिनीमा बदलिन्छ र आलु गुलियो स्वादको हुन्छ । आलु पकाउदा कालो हुन्छ ।
- आलु सोलानेसी परिवारमा पर्ने बाली हो, खुर्सानी, भण्टा, गोलभेंडा र सुर्ती यस परिवारका अरु सदस्य हुन् ।
खायन तथा बिउ आलु उत्पादन प्रविधि
परिचय
१. सुषुप्त अवस्था (Dormant stage)
खेतबारीबाट आलु खनेपछि आलुको दाना सुषुष्त अवस्थामा रहेको हुन्छ, साधारणतया यस्तो चरण जात अनुसार ४ देखि १२ हप्तासम्म रहन्छ ।

२. शिर्ष टुसाको अवस्था (Apical dominance)
सुषुप्त अवस्थामुक्त भएपछि सर्वप्रथम आलुदानाको टुप्पातर्फ एउटा मात्र टुसा निस्कन्छ र अन्य आंखाहरू सुषुप्त अवस्थामै रहन्छन । यदि यस्तो अवस्थामा आलु रोप्यो भने दानाबाट एउटा मात्र मुख्य हांगा आउछ र अरु आंखा जस्ताको त्यस्तै पनि रहन्छन वा अन्य आंखाहरूबाट ढीलोगरि टुसा निस्कन सक्छन । यस्तो अवस्थामा रोप्दा मुख्य हांगाहरू एकनासको हुदैन । शिर्ष टुसायको अवस्थामा साधारणतया आलु रोप्न उपयुक्त मानिदैन । पहाडी भागहरू जहां घरमै वा रष्टिक भण्डारगृहमा आलु राखिन्छ त्यस्तो अवस्थामा शिर्ष टुसा आउने गर्दछ । तराई, भित्रीमधेष, तल्लो पहाडी क्षेत्रहरू जहां शीतभण्डारमा आलु राखिन्छ, त्यस्तो अवस्थामा ८-९ महिनामा भण्डारण गर्दा शिर्ष टुसाउने चरण पार गरिसकेको हुदां शितगृहबाट आलु झिकेर टुसाउन राख्दा सवै आंखाहरूबाट टुसाउन सुरु गर्दछ ।
३. जागृत अवस्था (Multiple sprouting)
शिर्ष टुसाउने चरण पार गरिसकेपछि यो चरण सुरु हुन्छ। सर्वप्रथम आंखाहरूबाट सेतो टुसाउन थालेको देखिन्छ यस्तो अवस्थामा उज्यालो तर सोझै घाम नपर्ने र वायुसंचार राम्रो भएको कोठामा फैलायर राख्नु पर्दछ। यसरी टुसाउदा टुसाहरू छोटा, दर्ता र जातअनुसार रंगिन हुन्छन, यही अवस्थामा आलु रोप्नु पर्दछ। यदि अंध्यारो कोठामा राख्यौ भने टुसाहरू छिटो बढ्ने तर सेता, मसिना र कमजोर हुन्छन, यस्ता आलुदाना रोप्न उपयुक्त हुदैन ।
४. वृद्ध वा जिर्ण अवस्था (Senility)
सवै आंखाहरूबाट टुसा निस्किसकेपछि यदि आलुदाना रोपिएन भने टुसाहरू निरन्तररूपमा बढ्दै जान्छन र दानाहरू चाउरीन सुरु हुन्छ। टुसाहरू बढ्दै जाने र पछि टुसामै स-साना दानाहरू लाग्ने, जराहरू देखिने हुन्छ ।फलस्वरूप दाना शारीरिक रूपमा बृद्ध र जिर्ण अवस्थामा पुग्छन। यस्ता जीर्ण भएका बीउ आलु रोप्दा आलुको उत्पादन धेरै कम हुन्छ ।

नेपालमा वि.सं. १९८२ मा कृषि विभागको स्थापना भएपछी संस्थागत तवरले आलुबालीको विकास तथा विस्तारका कार्य, वि.सं. २०१५ (सन् १९५८) मा स्थानीय र विदेशी गरी २० वटा जातहरूको सिंहदरवार, परवानीपुर र राप्ती कृषि फार्ममा परिक्षण गर्ने कार्य, वि.सं. २०२० (सन् १९६३) मा भारतको केन्द्रीय आलु अनुसन्धान संस्थान, सिमलाका निर्देशक डा. पुष्करनाथको नेतृत्वको विशेषज्ञ टोलीलाई खटाइ आलुखेतीको विस्तार सम्भाब्यता र गर्नु पर्ने कार्य सम्बन्धी सुझावको प्रतिवेदन प्राप्ती र सुझाव अनुसारनै विदेशवाट विभिन्न जात झिकाएर परिक्षण तथा सरकारी फार्ममा बीउआलु उत्पादनको सुरुवातको कार्य भएको विभिन्न लेखमा पाइन्छ । फलोद्यान विभागको कृषि शाखा मार्फत वि.सं. २०२३/२४मा २७६ टन बीउआलु ल्याइ उच्चपहाडको ६०० हेक्टरमा बृहत्तर कार्यक्रम शुरुवात गरेको र आलुबालीको बीउ उत्पादन तथा क्षेत्रविस्तारलाई व्यापकता दिन वि.सं. २०२४ मा किर्तिपुर, दामन र जौवारीमा आलुबाली विकास आयोजनाहरूको स्थापना भएको र वि.सं. २०२९ मा कृषि विभागको पुनर्गठन पश्चात राष्ट्रिय आलुबाली विकास कार्यक्रमको स्थापना भएपछी सघन रूपमा आलुबालीको व्यवसायिक खेती विस्तार भएको रहेछ।
सन् १९७७ मा अन्तर्राष्ट्रिय आलुबाली केन्द्र, पेरु संग सम्झौता गरी आलुबालीको विकासमा सहयोग लिने कार्य, भारत सरकार र सन् १९७८ देखि स्वीस सरकार संग सहयोग लिने कार्य गरी आलुबालीको जातीय विकास र क्षेत्र विस्तारमा व्यापकता ल्याउने कार्य सरकारले गरेको पाइन्छ। सन् १९९१ मा कृषि विभाग तर्फ आलुबाली विकास शाखा र नेपाल कृषि अनुसन्धान परिषद तर्फ आलुबाली विकास कार्यक्रम स्थापना गरी आलुबालीको अनुसन्धान र विस्तार गर्ने कार्य सरकारले गरेको छ । आलुबाली विकास शाखा विभिन्न समयमा राष्ट्रिय आलुबाली विकास कार्यक्रमको नाममा संचालन हुदै हाल राष्ट्रिय आलु, तरकारी तथा मसालाबाली विकास केन्द्रको नाममा हाल सम्म सञ्चालन छ। राष्ट्रिय आलु, तरकारी तथा मसालाबाली विकास केन्द्र र यस अन्तर्गतको आलुबाली विकास केन्द्र, निगाले सिन्धुपाल्चोकले नेपाल भर गुणस्तरीय बीउआलुको उत्पादन गर्दै यसको उपलब्धता कृषक माझ वढाउदै आलुबालीको उत्पादन तथा उत्पादनकत्व वढाइ कृषकको आयस्तर वृद्धि तथा आलुको आयात प्रतिस्थापन गर्न कार्य गरिरहेको छ।
विश्व खाद्य संगठनका अनुसार सन् २०२२मा विश्व भर १,६६,५६,५०५ हेक्टर वाट ३७,३३,९९,७८५ मे.टन आलुको उत्पादन भएकोमा चिनमा सवै भन्दा वढी २४.७% (९,२३,६०,४२८ मे.टन), भारतमा दोश्रो बढी १५% (५,६१,७६,००० मे.टन) र नेपालमा तेइसौ स्थानमा १,९८,२५३ हे. बाट ०.९१% (३४,१०,८२९ मे.टन) उत्पादन भएको छ । विश्वको उत्पादकत्व (२२.४२ मे. टन/हे.) भन्दा नेपालको उत्पादकत्व (१७.२० मे.टन/हे.) धेरै न्यून रहेको छ।
नेपालमा हाल सम्म २१ वटा जातहरू उन्मोचन र दर्ता भएका छन् जसमा १६ उन्नत जातको उत्पादकत्व १०-३९.४ मे. टन/हे., २ हाइब्रिड जातको ३०-४० मे. टन/हे. र ३ औधोगिक जातको २०.०२-२९.९४ मे.टन/हे. रहेको छ। हाल सम्म २ सरकारी र ६ निजी क्षेत्रका पूर्वमूलबीउ उत्पादन गर्ने इजाजत पत्र प्राप्त बीउ उत्पादकहरू रहेका छन्। हाल सम्म यि क्षेत्रको पूर्वमूलबीउ उत्पादन क्षमता १४ छ । नेपाल भरको क्षेत्रफलमा गुणस्तरीय उन्नत बीउ पुर्याउने र बीउ चक्रलाई पूर्णरूपमा पालना गर्नको लागि कम्तिमा वर्षेनी १०,००,००० पि.बि.एस.बीउआलु चाहिन्छ र हाल ८,००,००० पि.बि.एस. बीउआलु उत्पादन छ तर बीउ चक्रलाई पूर्णरूपमा पालना गराउन नसकिएको परिवेश विद्यमान छ । नेपालमा टि.पि.एस. आलु बिउको माग ४०-५० के.जी. रहेकोमा हाल २० के.जी. उत्पादन भैरहेको छ।
आयात निर्यात
भन्सार विभागका अनुसार २०८०/८१मा नेपालको कुल आयात १५.९३ खर्ब र निर्यात १.५२ खर्व रहेको छ । कुल तरकारीबालीको आयात २८.३१ अर्ब र ८२.८६ करोड रहेको छ जसमा आलुको आयात ६.७१ अर्ब र निर्यात ७३.४७ लाखको रहेको छ।
निष्कर्ष
नेपालमा गुणस्तरीय बीउआलु उत्पादन मार्फत उत्पादकत्व बढाउन जरुरी देखिन्छ । देशलाई आत्मनिर्भर बनाउनका लागि हालको उत्पादकत्वलाई १८.३० मे.टन/हे. पुर्याउने वा १७९८८ हेक्टर थप गर्दा आयात प्रतिस्थापन हुनेछ जुन अझ बढाउन सके निर्यात गर्ने सम्भावना छ । बीउ चक्रलाई पूर्ण पालना गर्नका लागि कृषकलाई दक्ष बनाउन आवश्यक छ भने उत्पादित गुणस्तरीय बीउआलुको वासालत मार्फत बिक्री सुनिश्चित र लगाउने वातावरण बनाउन पर्दछ ।
संस्कृतको बटाटाले आलु जस्तै कन्दमुललाई जनाउँछ, यही शब्दबाट स्पेनी भाषाको पटाटा बनेको विश्वास गरिन्छ । जव स्पेनी नाभिकहरूले दक्षिण अमेरिकामा आलु देखे त्यसलाई पटाटा भन्न लागे र त्यसैबाट अङ्ग्रेजीको Potato बनेको हो। आलुको वैज्ञानिक नाम सोलोनम ट्युवरोसम हो, हल्याण्डमा Aardappel चिनमा अर्थ विन (Tudou) तथा फ्रेन्चमा Pomme de teree अर्थात जमिनमुनी फल्ने स्याउको सज्ञां दिने गरिएको पाइन्छ। आलु अफ्रिका देखि एसिया अनी युरोपदेखि अमेरिकासम्म आलु उत्पादन नहुने क्षेत्र नै बाँकी छैन। आलुको उत्पत्ति दुइहजार वर्ष पहिला दक्षिण अमेरिकाको पेरुमा भएको वैज्ञानिकहरू बताउँछन। १७ औं शताब्दीमा स्पेनका नाभिकहरूले पेरु जितेपछि आलुलाई स्पेनमा ल्याएको देखिन्छ सन् १५८० मा कोलम्बसले स्पेनबाट यूरोप लगिएको पाइन्छ । आलु सत्रौँ शताब्दीको सुरुतिर युरोपबाट भारत प्रवेश भएको अनुमान गर्न सकिन्छ र अठारौं शताव्दीमा देहरादुन, आसाम क्षेत्रका पहाडि इलाकाहरूमा आलु खेती गर्ने गरेको इतिहास भेटिन्छ । नेपालमा भने आलुखेतीको आधिकारिक इतिहास कर्नेल कर्कप्याट्रिकको The Kingdom of Nepal भन्ने पुस्तकमा सन् १७९३ तिर बाटै आलु खेती गर्ने गरेको भनेर लेखिएको छ । नेपालका ७७ जिल्लामै आलु खेति समुन्द्र सतहदेखि ४७०० मिटरको उचईसम्ममा गर्ने गरको पाइन्छ ।
वैज्ञानिक नाम सोलानम टुवेरोसम रहेको आलु सोलानेसी परिवारमा पर्ने करिव ८००० वर्ष देखि मानिसले खानको लागि प्रयोग आएको, दक्षिण अमेरिकाको एण्डिज पर्वतिय श्रृखला (पेरु र बोलिभिया) मा उत्पती भएको र हाल १५५ देशमा खेती हुने एक महत्वपूर्ण बाली हो । सन् १५७० मा यूरोप, १७३० मा भारत र १७९३ मा नेपालमा आलुखेती शुरु भएको मान्यता भएता पनि परापूर्वकाल देखिनै नेपालका स्थानीयरूपमा पाइने जातका आलुहरूलाई बहुवर्षेरूपमा थन्काइने चलन तथा बुङ्गमा लगाइने चलनले गर्दा यसको प्राकृतिक उद्गमस्थल सम्बन्धी वैज्ञानिक अनुसन्धान गर्नु पर्ने देखिन्छ ।
जमिनमुनी तेर्सो भएर बढ्ने डाँठ (स्टोलन) को बृद्धी पछी टुप्पामा आलु फल्दछ। अनुसन्धानका अनुसार १०० ग्राम आलुको खानयोग्य भागमा ११२ क्यालोरी उर्जा, २२.९% कार्बोहाइड्रेट, २% प्रोटिन, १% खनिज, ७५% पानी हुन्छ। आलु भिटामिन सि को राम्रो स्रोत हो। उच्च पहाडी क्षेत्रमा मुख्य खाद्यान्न र अन्य क्षेत्रमा प्रमुख तरकारी बालीको रूपमा खेती गरिने आलु नेपालको एक प्रमुख बाली हो । समुन्द्रि सतहबाट ४७०० मीटर सम्म खेती गर्न सकिने आलु बाली तथा छोटो अवधि सरदर ११० दिन उत्पादन क्षमता बढी हुनुको कारणले यसको महत्व धेरै छ । उच्चपहाडी क्षेत्रमा खाद्य सुरक्षाको लागी आलुबाली नै प्रथम बालीको रूपम रहेको छ। नेपालमा आलुलाई ताजा खाद्य पदार्थ वा तरकारीको रूपमा प्रयोग गर्नु बाहेक संरक्षित तथा प्रशोधित खाद्य पदार्थ (आलुको पिठो, चिप्स, फ्रेन्चफ्राई, फ्लेक्स आदि) को रूपमा पनि प्रयोग भएको छ । आयात प्रतिस्थापन गर्नका लगि पनि आलु खेतीको ज्यादै महत्व छ ।
आलु नेपालको एक प्रमुख नगदेबाली हो । यो तराइ र मध्य पहाडको लागि तरकारी बाली हो भने उच्च पहाडको लागि मुख्य खाद्यान्न बाली हो । यो बाली क्षेत्रफलमापाँचौं, उत्पादनमा दोश्रो तथा उत्पादकत्वमा प्रथम स्थानमा रहेको छ । छोटो अवधिमा प्रति इकाई जमिनमा उत्पादन उच्च तथा पहाडी क्षेत्रमा पनि सजिलै उत्पदान गर्न सकिने भएकोले खाद्य सुरक्षामा सहयोग गर्दछ । तरकारी,अचार, आलुदम, चिप्स बनाएर, तारेर, मसेउरा बनाएर, उसिनेर, पोलेर आद बनाएर खाइन्छ । आलुलाई फलाम थायमिन, नियासिन, भिटामिन सी, प्रोटिन र कार्बोहाइड्रेडको राम्रो श्रोत मानिन्छ । आलुको उत्पान लागत विश्लेषण गर्दा कूल लागतको ४० देखि ५० प्रतिशत खर्च बीउ आलुमा लाग्ने गरेको छ । अधिकांश नेपाली कृषकहरुले राम्रा र ठूला आलु बिक्री गर्ने वा खाद्यान्नको लागि प्रयोग गर्ने र बाँकी रहेको ससाना र रोगी आलुलाई अर्को बर्ष बीउको रुपमा प्रयोग गरेको देखिन्छ, जसले गर्दा बर्षेनी रोग कीराको प्रकोप बढदै जाने र उत्पादकत्वमा समेत कमी आउने गरेको छ । नियमित रुपमा एकै जातको आलु पुस्तौसम्म प्रयोग गर्दै जाँदा भाइरसजन्य रोग (बिषाणु) को कारण जातको गुणस्तर खस्कनुको कारणले उत्पादन तथा उत्पादकत्व घट्दै गएको छ । त्यसैले तन्तु प्रजनन् विधिद्वारा उत्पादन गरिएको मूल बिउको प्रयोग गरी उन्नत जातको बिउ आलु उत्पादन गर्नुपर्ने जरुरी छ । घट्दो आलुको उत्पादन, बढ्दो मागको कारणले बढेको आयत न्यूनिकरण गर्न जरुरी छ ।

आलु सोलानेसी (Solanaceae) परिवार अन्तर्गत पर्दछ । जसमा आलु समेत गरी करिब २००० स्पेसिज छन। खेती गरिएका आलुका जातहरू धेरैजसो सोलानम ट्युवरसम (Solanum tuberosum) हुन । सोलानम वंश अन्तर्गत करिब २०० वटा स्पेसिजहरू मात्र छन । खेती गरिएका आलुमा क्रोमोजोमको संख्या (2n) २४,३६, ४८ र ६० सम्म हुन सक्छन तर मुख्य जातहरू साधारणतया टेट्राप्लाइड (Tetraploid) भएकोले यिनीहरूको क्रोमोजोम संख्या (2n) ४८ हुन्छन। ढिलो पाक्ने Solanum andigenum बाट विकसित गरिएका र Solanum tuberosum संग प्रजनन् र छनौट गरिएका जातहरू हाल खेतीमा प्रचलन ल्याइएको छ । आलुको बोट निर्वल शाकीय (Herbacious) बिरुवा हो। बोटको डांठमा फेंददेखि टुप्पासम्म हांगाहरू निस्कन्छन । आलुको बोटको झ्याँगको फैलावट र उचाइ हावापानीमा भर पर्दछ सानो देखि २ मिटर सम्म हुन्छ।

चित्रः आलुको वानस्पतिक चित्र
आलुको बोटलाई वानस्पतिक रूपमा बुझ्नका लागी ३ भागमा विभाजन गर्न सकिन्छ।
क) आलुको झ्यागं (Haulm)
आलुको झ्याँगमा मुख्तय पात, डांठ, फूल र फल हुन्छन। आलुको पात संयुक्त (Compound) हुन्छ । पातको मुख्य डण्ठीको टुप्पामा एउटा पत्र (Terminal leaflet) र डण्ठीको दुवैतिर अरु दोहोरो पत्रहरू (Lateral leaflets) हुन्छन । जसको बिचमा सानासाना पत्रहरू हुन्छन । आलुको डांठ ठाडो, दर्हो र बलियो वा फिजिएको, पातलो, सोझो वा लुलो हुन सक्दछ। भुइभन्दा माथीको डांठ खदिलो अथवा खोक्रो हुन सक्दछ। डांठको रंग हरियो गाढा हरियो रंग भएका जातहरू साधारणतया पछौटे हुन्छन र जात अनुसार डांठ रातो बैजनी रंग मिसिएको पनि पाइन्छ। आलुको फूलको रंग जातहरूमा भर पर्दछ साधरणतया सेता, राता, बैजनी रंगका फूलहरू बढि देखिन्छन । परागसेचन भएपछि बाह्य पुष्पपत्र (Calyx) सहितको २-४ से.मी. व्यासको गोलो वा लाम्चो गोलभेडा जस्तो फल (Berry) लाग्छ। एउटा फलभित्र सामान्यतया २००-४०० मसिना बीउ लाग्दछ जसलाई आलुको बींया (True Potato Seed) भनिन्छ ।

ख) आलुको त्यान्द्रा र दाना (Stolens and Tubers)
जमिनमुनिको आलुको स-साना त्यान्द्राहरू (Stolons) डांठको फेदबाट नै निस्कन्छन। त्यान्द्राहरू डांठको रूपान्तरित रूप हुन, त्यान्द्रहरूको विकास र वृद्धि भइसकेपछि यिनको टुप्पोमा स्टार्च, कार्बोहाइड्रेट लगायतका पदार्थहरू एकत्रित भइ दानाको रूप लिन्छ। यि त्यान्द्रहरू जमिनबाट बाहिर निस्केमा साधारण डांठ सरह पात, हांगा आदिको विकास हुन जान्छ। आलुदाना डांठको रूपान्तरित रूप भएकोले साधारण डांठजस्तै त्यान्द्रा जोडीएको तर्फ अर्थात दानाको फेंदतिर आँखाहरू कम संख्यामा हुन्छन भने टुप्पातिर बढि संख्यामा आँखाहरू हुन्छन। जात अनुसार दानाको आकार लाम्चो गोला, अण्डाकार आदि हुन्छन । आलुको आहिरी सतह रंगविहिन हुन्छ र भित्री तहमा रहने एन्थोसायानिन (Anthocyanin) को रंगको कारण दाना सेता, पहेंला, राता र निला हुन्छन । आलुदानाको सुषुप्तावस्था पार भइसकेपछि दानाको आँखामा रहेका मुना (Bud) मा टुसा (Sprouts) आउन सुरु हुन्छ। सर्वप्रथम आखाँबाट मुख्यटुसा (Apicalsprout) निस्किन्छन र विस्तारै सहायक टुसाहरू पनि आउन सुरु गर्छन। टुसाको मध्यभाग केहि लामो हुन्छ जुन पछि जमिनमाथीको डांठको रूपधारण गर्दछन साथै टुसाको टुप्पाहरूबाट पात र हांगाहरू निस्कन्छन । फेंद आलुका दानासंग जोडिएको हुन्छ र फेंदमा प्रारम्भिक जराहरू (Root Primodia) हुन्छन ।
ग) जरा (Root)
बीयाँ रोपेर उम्रेको आलुको बोटको शीर्ष प्रधान जरा (Tap Root) हुन्छ तर आलुको दाना, डांठको रूपान्तरित अङ्ग भएको साथै वानस्पतिक बीउ आलु भएकोले आलुको प्रत्येक टुसाको फेंदबाट स्थानीय जरा (Fiberus Roots) निस्कन्छन। साधारणतया आलुका जराहरू २५-३० से.मी. गहिराइसम्म फैलन्छ तसर्थ आलु फल्ने माटो हल्का हुनुपर्दछ। आलु लगाउने खेत बारीमा जमिनको तयारी गर्दा बिचार पुराएर खनजोत गर्नु पर्दछ ।
जातहरु
१. कार्डिनल
जातीय पृष्ठभूमि
पैत्रिक पहिचानः
जातीय स्रोतः नेदरल्याण्स्
भित्रिएको वर्षः सन् १९८२/१९८३ (वि.सं. २०४० साल)
वानस्पतिक स्वरूप
बोटको आकारः मध्यम फैलिएको
डाँठको किसिमः मोटो, अग्लो
पातको किसिमः चौडा, गाढा हरियो
फूलको रंगः रातो फुल्ने
आलुको दानाः रातो, लाम्चो
जातीय विशेषता
बाली तयार हुने समयः ९० - १०० दिन
डाँठको संख्याः सरदर ५-७ प्रति बोट
दानाको संख्याः सरदर ७ प्रति बोट
दानामा शुषुप्त अवस्थाः ६ - ८ हप्ता (मध्यम)
सरदर उत्पादनः २०-२५ टन प्रति हेक्टर
रोग अवरोधक क्षमताः ऐजेरू अवरोधक, डढुवा सहने
अन्य विशेषताहरूः स्वादिलो, दुइ बाली लिन सकिने
सिफारिस भौगोलिक क्षेत्रः तराइ देखि मध्य पहाड

२. एम.एस. ४२-३
जातीय पृष्ठभूमि
पैत्रिक पहिचानः
जातीय स्रोतः अमरिका
भित्रिएको वर्षः सन् १९८०/१९८१ (वि.सं. २०३८ साल)
वानस्पतिक स्वरूप
बोटको आकारः मध्यम फैलिएको डाँठको किसिमः मोटो, अग्लो पातको किसिमः चौडा, गाढा हरियो
फूलको रंग: बैजनी
आलुको दानाः निलो, लाम्चो
जातीय विशेषता
बाली तयार हुने समयः १०० - ११० दिन
डाँठको संख्याः सरदर ५-७ प्रति बोट
दानाको संख्याः सरदर ७ प्रति बोट
दानामा शुषुप्त अवस्थाः २ - ४ हप्ता (मध्यम)
सरदर उत्पादनः २०-२५ टन प्रति हेक्टर
रोग अवरोधक क्षमताः डढुवा सहने, ऐजेरू लाग्न सक्ने
अन्य विशेषताहरूः स्वादिलो, सिफारिस
भौगोलिक क्षेत्रः तराइ देखि उच्च पहाड

३. रोजिटा
जातीय पृष्ठभूमि
पैत्रिक पहिचानः
जातीय स्रोतः स्वीजरल्याण्ड
भित्रिएको वर्षः सन् १९७९/१९८० (वि.सं. २०३६ साल)
वानस्पतिक स्वरूप
बोटको आकारः मध्यम फैलिएको
डाँठको किसिमः मोटो, अग्लो
पातको किसिमः ठूला, खस्रा पात
फूलको रंग: सेतोमा रातो मिसिएको
आलुको दानाः गोलो, रातो
जातीय विशेषता
बाली तयार हुने समयः ११० - १२० दिन
डाँठको संख्याः सरदर ४-५ प्रति बोट
दानाको संख्याः सरदर ५-८ प्रति बोट
दानामा शुषुप्त अवस्थाः ८ हप्ता (मध्यम)
सरदर उत्पादनः २०-२५ टन प्रति हेक्टर
रोग अवरोधक क्षमताः खडेरी सहने, ऐजेरू लाग्न सक्ने
अन्य विशेषताहरूः स्वादिलो, नटुक्रने
सिफारिस भौगोलिक क्षेत्रः मध्य देखि उच्च पहाड

१. कुफ्रि ज्योति
जातीय पृष्ठभूमि र उन्मोचन
पैत्रिक पहिचान: 3069d (4) x 2814 a (1) =SLBZ-389 (b)
जातीय स्रोतः केन्द्रीय आलु अनुसन्धान संस्थान, भारत उन्मोचन वर्षः सन् १९९० - १९९१ (वि.सं. २०४९ साल)
वानस्पतिक स्वरूप
बोटको आकारः मध्यम, अग्लो र गाँजिएको
डाँठको किसिमः मोटो र संख्यामा मध्यम
पातको किसिमः चिप्लो र चमकदार सतह
फूलको रंगः सेतो
आलुको दानाः अण्डाकार, ठूलो, बोक्रा चिल्लो र हल्का सेतो
जातीय विशेषता
बाली तयार हुने समयः १०० - १२० दिन डाँठको संख्याः सरदर ५ प्रति बोट
दानाको संख्याः सरदर ७ प्रति बोट
दनामा शुषुप्त अवस्थाः सामान्यतया १२ हप्ता (मध्यम)
सरदर उत्पादनः २०- २५ टन प्रति हेक्टर रोग अवरोधक क्षमताः ऐजेरू अवरोधक, अगौटे डढुवा सामान्य अवरोधक
अन्य विशेषताहरूः तराइ, मध्य पहाड र उच्च पहाड सबै क्षेत्रमा हुने
सिफारिस भौगोलिक क्षेत्रः मध्य तथा उच्च पहाडी क्षेत्र

२. कुफ्री सिन्दुरी
जातीय पृष्ठभूमि र उन्मोचन
पैत्रिक पहिचानः Kufri Red x Rufri Kundan= C 140
जातीय स्रोतः केन्द्रीय आलु अनुसन्धान संस्थान, भारत
उन्मोचन वर्षः सन् १९९०-१९९१ (वि.सं. २०४९ साल)
वानस्पतिक स्वरूप
बोटको आकारः अग्लो, ठाडो र खुल्ला किसिमको
डाँठको किसिमः मोटाइ मध्यम, रंग एकनासको
पातको किसिमः खुला किसिमको, सतह खुम्चिएको र सानो
फूलको रंगः हल्का रातो र सेतो टुप्पा भएको
आलुको दानाः गोलो, रातो बोक्रा, गुदी हल्का पहेंलो
जातीय विशेषता
बाली तयार हुने समयः ११० - १३० दिन
डाँठको संख्या: सरदर ५ प्रति बोट
दानाको संख्याः सरदर ९ - १२ प्रति बोट
दानामा शुषुप्त अवस्थाः सामान्यतया १२ हप्ता (मध्यम)
सरदर उत्पादनः २० - ३० टन प्रति हेक्टर
रोग अवरोधक क्षमताः ऐजेरू अवरोधक, अगौटे डढुवा केही सहने
अन्य विशेषताहरूः भण्डारण क्षमता राम्रो, कम मलिलो जमिनमा पनि हुने सिफारिस भौगोलिक क्षेत्रः तराइ तथा भित्री मधेश

३. डेजिरे
जातीय पृष्ठभूमि र उन्मोचन
पैत्रिक पहिचान: Argenta Depeske
जातीय स्रोतः नेदरल्यण्ड
उन्मोचन वर्षः सन् १९९०-१९९१ (वि.सं. २०४९ साल)
वानस्पतिक स्वरूप
बोटको आकार: होचो र फैलिने खालको
डाँठको किसिमः मोटो र हल्का रातो
पातको किसिमः तुलनात्मक रूपमा साना र रंगिन
फूलको रंगः गुलावी रंगका, फूल धेरै फुल्ने
आलुको दानाः अण्डाकार लामो, बोक्रा रातो, चिप्लो, गुदी पहेंलो
जातीय विशेषता
बाली तयार हुने समयः ८० - ९० दिन
डाँठको संख्या: सरदर ४ प्रति बोट
दानाको संख्याः सरदर ७ प्रति बोट
दानामा शुषुप्त अवस्थाः छोटो, ८ हप्ता भन्दा कम
सरदर उत्पादनः १५-२० टन प्रति हेक्टर
रोग अवरोधक क्षमताः ऐजेरू अवरोधक अन्य विशेषताहरूः तराइ, भित्री मधेश, मध्य पहाड सबै क्षेत्रमा हुने सिफारिस भौगोलिक क्षेत्रः तराइ, उपत्यका तथा मध्य पहाड

४. जनकदेव
जातीय पृष्ठभूमि र उन्मोचन
पैत्रिक पहिचान: Atzimba x Desire = Urgenta Depeache जातीय स्रोतः अन्तर्राष्ट्रिय आलुबाली केन्द्र, लिमा, पेरू
न्मोचन वर्षः सन् १९९९ (वि.सं. २०५६ साल)
वानस्पतिक स्वरूप
बोटको आकार: अग्लो, ठाडो
डाठको किसिमः संख्यामा थोरै, मोटो, एकैनासको, बैजनी रंगको पातको किसिमः खुला किसिमको, हल्का हरियो, खस्रोसतह
फूलको रंग: बैजनी, लामो दिनमा धेरै फुल्ने
आलुको दानाः लाम्चो दाना, रातो बोक्रा, गुदी हल्का पहेंलो
जातीय विशेषता
बाली तयार हुने समयः १०० - १२० दिन
डाँठको संख्या: सरदर ४ प्रति बोट
दानाको संख्याः सरदर ९ प्रति बोट दानामा
शुषुप्त अवस्थाः करिव ८ हप्ता (मध्यम)
सरदर उत्पादनः २० - २५ टन प्रति हेक्टर रोग
अवरोधक क्षमताः ऐजेरू अवरोधक, डढुवा सहने
अन्य विशेषताहरूः भण्डारण क्षमता राम्रो, असिना सहने, सुख्खा सहने सिफारिस भौगोलिक क्षेत्रः तराइ देखि उच्च पहाडी भेग सम्म हुने

५. खुमल सेतो - १
जातीय पृष्ठभूमि र उन्मोचन
पैत्रिक पहिचानः MP161377.23 x B-565-At-lantic x Huinkul जातीय स्रोतः अन्तर्राष्ट्रिय आलुबाली केन्द्र, लिमा, पेरू
उन्मोचन वर्षः सन् १९९९ (वि.सं. २०५६ साल)
वानस्पतिक स्वरूप
बोटको आकारः मध्यम आकारको र फैलिएको
डाँठको किसिमः मसिना, ५ - ७ प्रति बोट
पातको किसिमः खुल्ला, हल्का हरियो
फूलको रंगः सेतो रंगको, लामो दिनमा मात्र फुल्ने, थोरै फुल्ने आलुको दानाः सेतो, गुदीको रंग पनि सेतो
जातीय विशेषता
बाली तयार हुने समयः १००-१२० दिन
डाँठको संख्याः सरदर ५ प्रति बोट
दानाको संख्याः सरदर १० प्रति बोट दानामा
शुषुप्त अवस्थाः छोटो, ८ हप्ता
सरदर उत्पादनः २५ टन प्रति हेक्टर रोग
अवरोधक क्षमताः ऐजेरू अवरोधक, पात दोव्रिने भाइरस अवरोधक अन्य विशेषताहरूः असिना र सुख्खा केही हदसम्म सहन सक्ने सिफारिस भौगोलिक क्षेत्रः तराइ तथा भित्री मधेश देखि उच्च पहाड सम्म

६. खुमल रातो - २
जातीय पृष्ठभूमि र उन्मोचन
पैत्रिक पहिचानः MUS 136.6 x 3345D(1)x2288 (2)
जातीय स्रोतः अन्तर्राष्ट्रिय आलुबाली केन्द्र, लिमा, पेरू
उन्मोचन वर्षः सन् १९९९ (वि.सं. २०५६ साल)
वानस्पतिक स्वरूप
बोटको आकारः ठाडो किसिमको
डाँठको किसिमः संख्यामा थोरै, मोटाइ मध्यम, बैजनी रंगको पातको किसिमः मध्यम खालको बनौट, सतह खुम्चिएको, हल्का हरियो
फूलको रंगः रातो, लामो दिनमा धेरै फुल्ने
आलुको दानाः हल्का रातो
जातीय विशेषता
बाली तयार हुने समयः १०० - १२० दिन
डाँठको संख्याः सरदर ४ प्रति बोट
दानाको संख्याः सरदर ११ प्रति बोट
दानामा शुषुप्त अवस्थाः करिव ८ हप्ता (मध्यम)
सरदर उत्पादनः २० - २५ टन प्रति हेक्टर रोग
अवरोधक क्षमताः ऐजेरू र भाइरस वाइ अवरोधक, डढुवा सहने
अन्य विशेषताहरूः वढी उत्पादन दिने, आकर्शक दानाको रंग सिफारिस
भौगोलिक क्षेत्रः तराइ तथा भित्री मधे

७. खुमल लक्ष्मी
जातीय पृष्ठभूमि र उन्मोचन
पैत्रिक पहिचानः ABWH-87.316 x BK (LB)
जातीय स्रोतः अन्तर्राष्ट्रिय आलुबाली केन्द्र, लिमा, पेरू
उन्मोचन वर्षः सन् २००८ (वि.सं. २०६५ साल)
वानस्पतिक स्वरूप
बोटको आकारः अग्लो र कम फैलिएको
डाँठको किसिमः मध्यम मोटाइ, केही मात्रामा झुस, केही रातो
पातको किसिमः गाढा हरियो, खस्रो सतह र लाम्चो
खालको पात
फूलको रंगः बैजनी रंगको, लामो दिनमा धेरै फुल्ने
आलुको दानाः रातो, समतल सतह, सेतो गुदी, साना, ठूला सबै खालका
जातीय विशेषता
बाली तयार हुने समयः १००-१२० दिन
डाँठको संख्याः सरदर ३ - ५ प्रति बोट
दानाको संख्याः सरदर १० - १५ प्रति बोट
दानामा शुषुप्त अवस्थाः ६ - ८ हप्ता
सरदर उत्पादनः २०-२५ टन प्रति हेक्टर रोग
अवरोधक क्षमताः ऐजेरू अवरोधक,डढुवा सहन सक्ने
अन्य विशेषताहरूः तराइ देखि उच्च पहाडसम्म खेती गर्न सकिने
सिफारिस भौगोलिक क्षेत्रः तराइ देखि उच्च पहाड सम्म

८. आ.पि.वाइ - ८
जातीय पृष्ठभूमि र उन्मोचन
पैत्रिक पहिचानः BWH-87.316 x BK (LB)
जातीय स्रोतः अन्तर्राष्ट्रिय आलुबाली केन्द्र, लिमा, पेरू
उन्मोचन वर्षः सन् १९९९ (वि.सं. २०५६ साल)
वानस्पतिक स्वरूप
बोटको आकारः मध्यम, खुल्ला झाँगिने खालको
डाँठको किसिमः मोटाइ मध्यम, हरियो रंगको, झुस केही मात्रामा पातको किसिमः केही लाम्चो, चुच्चो, हरियो रंग, समतल सतह
फूलको रंगः मध्यम बैजनी रंगको, छोटो दिनमा फुल्ने, आलुभेंडा लाग्ने
आलुको दानाः सेतो, समतल सतह भएको, हल्का रातो आँखा भएको
जातीय विशेषता
बाली तयार हुने समयः १०० - १२० दिन
डाँठको संख्याः सरदर ३-४ प्रति बोट
दानाको संख्याः सरदर १० - १२ प्रति बोट
दानामा शुषुप्त अवस्थाः करिव ६-८ हप्ता(मध्यम)
सरदर उत्पादनः २० २५ टन प्रति हेक्टर
रोग अवरोधक क्षमताः ऐजेरू अवरोधक,डढुवा सहने
अन्य विशेषताहरूः वढी उत्पादन दिने सिफारिस
भौगोलिक क्षेत्रः तराइ तथा भित्री मधेश

९. खुमल उज्वल
जातीय पृष्ठभूमि र उन्मोचन
पैत्रिक पहिचानः L235-4 x NYL235-4
जातीय स्रोतः अन्तर्राष्ट्रिय आलुबाली केन्द्र, लिमा, पेरू
उन्मोचन वर्षः सन् २०१३/२०१४ (वि.सं. २०७१ साल)
वानस्पतिक स्वरूप
बोटको आकारः फैलिने किसिमको
डाँठको किसिमः मोटो र डाँठमा धेरै झुसहरू भएको
पातको किसिमः गाढा हरियो, बाक्लो पात
फूलको रंगः सेतो तर धेरै फुल्ने
आलुको दानाः अण्डाकार, मध्यम आकार, चिप्लो, सेतो
जातीय विशेषता
बाली तयार हुने समयः १००-१२० दिन
डाँठको संख्याः सरदर ५-६ प्रति बोट
दानाको संख्याः सरदर ५ - ७ प्रति बोट
दानामा शुषुप्त अवस्थाः ढिलो (१२० दिन)
सरदर उत्पादनः २५ टन प्रति हेक्टर
रोग अवरोधक क्षमताः ऐजेरू अवरोधक, डढुवा सहने, भाइरस x र y नलाग्ने
अन्य विशेषताहरूः भण्डारण क्षमता राम्रो, चिप्सको लागि उपयुक्त
सिफारिस भौगोलिक क्षेत्र: तराइ देखि उच्च पहाड सम्म

१०. खुमल विकास
जातीय पृष्ठभूमि र उन्मोचन
पैत्रिक पहिचानः
तीय स्रोतः अन्तर्राष्ट्रिय आलुबाली केन्द्र, लिमा, पेरू
उन्मोचन वर्षः सन् २०१८/२०१९ (वि.सं. २०७५ साल)
वानस्पतिक स्वरूप
बोटको आकारः मध्यम अग्लो, फैलिने खालको
डाँठको किसिमः मोटो, हल्का खैरो देखिने
रोग अवरोधक क्षमताः ऐजेरू अवरोधक, डढुवा सहने
पातको किसिमः बाक्लो, खस्रो गाढा रंगका पातहरू
फूलको रंग: सेतो रंगको
आलुको दानाः रातो बोक्रा भएको
जातीय विशेषता
बाली तयार हुने समयः १०० - ११० दिन
डाँठको संख्याः सरदर ३-४ प्रति बोट
दानाको संख्या: सरदर ८ प्रति बोट
दानामा शुषुप्त अवस्थाः करिव ८ हप्ता (मध्यम)
सरदर उत्पादनः २५ टन प्रति हेक्टर
अन्य विशेषताहरूः सुख्खा पदार्थ वढी भएको, मिठो स्वाद भएको
सिफारिस भौगोलिक क्षेत्रः मध्य पहाड देखि उच्च पहाड

११. खुमल सेतो ३
जातीय पृष्ठभूमि र उन्मोचन
पैत्रिक पहिचान: CIP 394600.52
जातीय स्रोतः अन्तर्राष्ट्रिय आलुबाली केन्द्र, लिमा, पेरू
उन्मोचन वर्षः सन् २०२४ (वि.सं. २०८० साल)
वानस्पतिक स्वरूप
बोटको आकारः मध्यम अग्लो, फैलिने खालको
डाँठको किसिमः मोटो, हरियो देखिने
पातको किसिमः बाक्लो, खस्रो गाढा रंगका पातहरू
फूलको रंगः सेतो क्रिमी रंगको
आलुको दानाः सेतो बोक्रा भएको
जातीय विशेषता
बाली तयार हुने समयः ११५ दिन
डाँठको संख्याः सरदर ३-४ प्रति बोट
दानाको संख्याः सरदर ८ प्रति बोट
दानामा शुषुप्त अवस्थाः करिव ८ हप्ता (मध्यम)
सरदर उत्पादनः २९.९१ टन प्रति हेक्टर
रोग अवरोधक क्षमताः डढुवा रोग अवरोधक
अन्य विशेषताहरूः सुख्खा पदार्थ वढी भएको, चिप्स बनाउन उपयुक्त
सिफारिस भौगोलिक क्षेत्रः समुन्द्र सतहबाट १५०० मिटर उचाइसम्मका तराई देखि देखि मध्य पहाडी क्षेत्रहरू

१२. खुमल रातो ४
जातीय पृष्ठभूमि र उन्मोचन
पैत्रिक पहिचान: CIP 392797.22
जातीय स्रोतः अन्तर्राष्ट्रिय आलुबाली केन्द्र, लिमा, पेरू
उन्मोचन वर्षः सन् २०२४ (वि.सं. २०८० साल)
वानस्पतिक स्वरूप
बोटको आकारः मध्यम अग्लो, फैलिने खालको
डाँठको किसिमः मोटो, हरियो देखिने
पातको किसिमः बाक्लो, खस्रो गाढा रंगका पातहरू
फूलको रंगः सेतोमा हल्का बैजनी रंगको
आलुको दानाः रातो बोक्रा भएको
जातीय विशेषता
बाली तयार हुने समयः ११० दिन
डाँठको संख्याः सरदर ३-४ प्रति बोट
दानाको संख्याः सरदर ८ प्रति बोट
दानामा शुषुप्त अवस्थाः करिव ८ हप्ता (मध्यम)
सरदर उत्पादनः २७.८४ टन प्रति हेक्टर
रोग अवरोधक क्षमताः डढुवा रोग अवरोधक
अन्य विशेषताहरूः सुख्खा पदार्थ वढी भएको, चिप्स बनाउन उपयुक्त
सिफारिस भौगोलिक क्षेत्रः समुन्द्र सतहबाट ८०० मिटर
देखि २५०० मिटर उचाइसम्मका मध्य पहाडी देखि उच्च पहाडी क्षेत्रहरू

क) टि.पि.एस. १ (एच.पि.एस. २/६७)
जातीय पृष्ठभूमि
पैत्रिक पहिचान: MF-II x TPS-67
जातीय स्रोतः अन्तर्राष्ट्रिय आलुबाली केन्द्र, लिमा, पेरू
पञ्जिकृत वर्षः सन् २०१४/२०१५ (वि.सं. २०७१ साल)
वानस्पतिक स्वरूप
बोटको आकारः ठाडोदेखि मध्यम फैलिने खालको
डाँठको किसिमः मोटो, कडा, चौडादेखि गोलो, हल्का रंगिन
पातको किसिमः लामो, चौडा, बाक्लो, हरियो
फूलको रंगः सेतो, बैजनी देखि हल्का निलो सम्म आलुको दानाः सेतो, गोलाकार, गुदी हल्का पहेंलो
जातीय विशेषता
बाली तयार हुने समयः ११० - १२० दिन
डाँठको संख्याः सरदर ३-४ प्रति बोट
दानाको संख्याः सरदर १० - १२ प्रति बोट दानामा
शुषुप्त अवस्थाः करिव ८ हप्ता (मध्यम)
सरदर उत्पादनः ३५-४० टन प्रति हेक्टर रोग
अवरोधक क्षमताः ऐजेरू अवरोधक, डढुवा सहने
अन्य विशेषताहरूः सुख्खा पदार्थ वढी, चिप्स वन्ने गुण मध्यम सिफारिस भौगोलिक क्षेत्रः तराइ देखि उच्च पहाड

ख) टि.पि.एस. २ (एच.पि.एस. ७/६७)
जातीय पृष्ठभूमि
पैत्रिक पहिचानः TPS-7 x TPS-67
जातीय स्रोतः अन्तर्राष्ट्रिय आलुबाली केन्द्र, लिमा, पेरू
पञ्जिकृत वर्षः सन् २०१४/२०१५ (वि.सं. २०७१ साल)
वानस्पतिक स्वरूप
बोटको आकारः ठाडो डाँठको
किसिमः पातलो, नरम, चौडा देखि गोलो रंगिन डाँठ
पातको किसिमः चौडा, चिप्लो, बाक्लो, हरियो
फूलको रंग: सेतो, बैजनी देखि हल्का निलो सम्म
आलुको दानाः सेतो, गोलाकार, गुदी पहेंलो
जातीय विशेषता
बाली तयार हुने समयः ११० - १२० दिन
डाँठको संख्याः सरदर ३-४ प्रति बोट
दानाको संख्याः सरदर ९ - १० प्रति बोट
दानामा शुषुप्त अवस्थाः करिव ८ हप्ता (मध्यम)
सरदर उत्पादनः ३०-३५ टन प्रति हेक्टर
रोग अवरोधक क्षमताः ऐजेरू अवरोधक, डढुवा सहने
अन्य विशेषताहरूः सुख्खा पदार्थ वढी, चिप्स वन्ने गुण मध्यम
सिफारिस भौगोलिक क्षेत्रः तराइ देखि उच्च पहाड

ग) अल्भरस्टोन रजेट
जातीय स्रोतः नेदरल्याण्ड
पञ्जिकृत वर्षः सन् २०२४/ (वि.सं. २०८१ साल)
अन्य विशेषताहरूः सुख्खा पदार्थ वढी, चिप्स फेन्च फ्राइ वन्ने गुण
सरदर उत्पादन: २६.३७ मे. टन/हे. सिफारिस
भौगोलिक क्षेत्रः तराइ देखि १३५० मिटर उचाइसम्मका बाग्मति, गण्डकी र लुम्बीनी प्रदेशका मध्य पहाडी क्षेत्र
घ) साजिटा
जातीय स्रोतः नेदरल्याण्ड
पञ्जिकृत वर्षः सन् २०२४/ (वि.सं. २०८१ साल)
अन्य विशेषताहरूः सुख्खा पदार्थ वढी, चिप्स फेन्च फ्राइ वन्ने गुण
सरदर उत्पादन: २९.९४ मे. टन/हे.
सिफारिस भौगोलिक क्षेत्रः तराइ देखि १३५० मिटर उचाइसम्मका बाग्मति, गण्डकी र लुम्बीनी प्रदेशका मध्य पहाडी क्षेत्र
ङ) ईनोभेटर
जातीय स्रोतः नेदरल्याण्ड
पञ्जिकृत वर्षः सन् २०२४/ (वि. सं. २०८१ साल)
अन्य विशेषताहरूः सुख्खा पदार्थ वढी, चिप्स फेन्च फ्राइ वन्ने गुण सरदर उत्पादन: २०.०२ मे. टन हे.
सिफारिस भौगोलिक क्षेत्रः तराइ देखि १३५० मिटर उचाइसम्मका बाग्मति, गण्डकी र लुम्बीनी प्रदेशका मध्य पहाडी क्षेत्र
आवश्यकता
| भौगोलिक क्षेत्र | अगौटे बाली | मुख्य बाली | पछौटे बाली |
| तराई भित्रिमधेश (३०० मिटर सम्म) | असोजको सुरु | मध्य कार्तिक देखि मध्य मंसिर सम्म | पुषको सुरु |
| तल्लो पहाड (४००-९०० मिटर सम्म) | भदौको अन्त्य | कार्तिक- मंसिर | पुष |
| मध्य पहाड (१०००-१७०० मिटर सम्म) | साउन-भदौ | माघ-फागुन | - |
| उच्च पहाड (१८००-२५०० मिटर सम्म) | - | फागुन अन्त्य देखि बैशाखसम्म | - |
| हिमाली क्षेत्र (२५०० मिटर भन्दा माथि) | - | मध्य बैशाखदेखि -मध्य जेठसम्म | - |
आलु खेतीको लागि समथर, पानीको राम्रो निकास हुने र व्यवसायिक खेती गर्न सकभर बाटोबाट नजिकको ठाँउ छनौट गर्नु उपयुक्त हुन्छ । भिरालो जमिनमा सिंचाई व्यवस्थापनमा अप्ठेरो पर्ने हुनाले संभव भएसम्म केही भिरालो जग्गामा गहाहरू बनाएर खेतीमा प्रयोग गर्नु पर्दछ । यसबाट सिचाईको लागि पनि सुविधा हुनुको साथसाथै भूक्षयको पनि रोकथाम हुन्छ । कुनै कुनै मुलुकहरू र स्थानहरू जहाँ जमिन अलि अलि मात्र भिरालो छ भने त्यस्तो जमिनमा तेर्सा ड्यांग बनाएर ड्यांगको माथि पट्टिबाट पानी पटाएर सफलतापूर्वक आलु खेती गरिएको पाईएको छ। आलुखेती गर्न बजार र भण्डारण सुविधा पनि महत्वपूर्ण कुरा हुन ।
कम्पोष्ट मल २० टन प्रति हेक्टर र नाइट्रोजन, फस्फोरस र पोटास १००:१००:६० किलो प्रति हेक्टरको दरले माटोमा मलखाद हाल्नु पर्दछ।
तालिकाः आलुखेतीको लागि आलुबाली अनुसन्धान कार्यक्रमले सिफारिस गरेको मलखादको मात्रा
|
क्र.सं. |
मलको प्रकार |
प्रति रोपनी |
प्रति कठ्ठा |
प्रति हेक्टर |
|
१ |
कम्पोष्ट मल |
४० डोको (१ टन) |
डेढ गाडा |
२० टन |
|
२ |
यूरिया |
६.६ किलो |
४.४ किलो |
१३२.३ किलो |
|
३ |
डि.ए.पि. |
१०.९ किलो |
७.३ किलो |
२१७.४ किलो |
|
४ |
म्युरेट अफ पोटास |
५.० किलो |
३.२ किलो |
१००.० किलो |
मल राख्ने तरिका
मलखाद छरेर वा कुलेसो (लाइन) मा दिन सकिन्छ। कम्पोष्ट मल जमिनमा छरेर जोतिदिंदा माटो खुकुलो र हल्का हुन्छ । कम्पोष्ट मल आधा देखि तीन चौथाई भाग दोस्रो पटक जग्गा जोत्नु अगाडि छरिदिनु पर्छ । बाँकी रसायनिक मल आलु रोप्ने कुलेसोमा राखी दिनु उपयुक्त हुन्छ, कुलेसोमा पहिले रसायनिक मल लहरै छरेर माथिबाट कम्पोष्ट मलले पातलो गरी पुरिदिनु पर्छ। नाइट्रोजन मलको एक तिहाई देखि आधा भाग यूरियाको रूपमा आलु गोडेर उकेरा लगाउने समयमा टपड्रेस गरेर दिनु उपयुक्त हुन्छ। नेपालमा भएको परिक्षण अनुसार छरुवा तरिकाले मल प्रयोगको तुलनामा ड्याङमै प्रयोग गरिएको अवस्थामा करिव २३ प्रतिशतले आलुको उत्पादन बढी भएको नतिजा आएको थियो। हाम्रो देशमा व्यावसायिकरूपमा आलु उत्पादन गर्ने पकेट क्षेत्रमा अवलोकन गर्दा सिफारिस मात्रा भन्दा बढी नै रसायनिक मल प्रयोग गरेको पाईन्छ। यसो गर्दा उत्पादन वृद्धिको तुलनामा खर्च बढी हुन्छ ।
हाम्रो देशमा नदी किनारको बलौटे माटो देखि साहो चिम्टाईलो माटो भएको क्षेत्र र तराईको एलुभियल माटोदेखि पहाडको ग्याग्रिन मिसिएको माटो सम्म आलुखेती गरेको पाइन्छ । केवल वर्षभरी हिउँले ढाक्ने र पानी जमिरहने स्थान बाहेक अन्य स्थानहरूमा आलुखेती गरेको पाइन्छ। तर आलुको राम्रो उत्पादन लिनको लागि माटोमा प्रशस्त प्रांगारिक पदार्थयुक्त बलौटे दोमट बढी उपयुक्त हुन्छ । किनकी आलुखेतीका लागि पानीको राम्रो निकास हुने हलुका माटो सर्वाधिक उपयुक्त हुन्छ, जसमा त्यान्द्राको वृद्धि र आलुदानालाई बढन अवरोध नहोस । तसर्थ आलुखेती गर्ने माटोको छनौट गर्दा निम्न कुरामा ध्यान दिनु पर्दछ ।
क) माटोको बनावट
ख) माटो भित्र वायुको संचार
ग) माटोको पानी राख्न सक्ने क्षमता
घ) प्रांगारिक पदार्थ
ङ) माटोको अम्लियपनाः ६ देखि ७.५ पि. एच
च)माटोमा रोगका जीवाणुको उपस्थिति
आलुको राम्रो उत्पादन लिनको लागि माटोमा प्रशस्त चिस्यान हुनु जरुरी छ, यसको कारण अन्य बालीको तुलनामा आलुका जराहरू कमजोर हुनु, कम गहिराईमा जानु, जराले पानी शोषेर लिने क्षमताको कमी हुनु र आलुमा सरदार ८० प्रतिशत जलांश हुनको कारण बढी पानी चाहिएको हो । आद्र हावापानी रहेको क्षेत्रमा एक किलोग्राम आलु फल्नको लागि ३००-६३६ लिटर सम्म पानीको आवश्यकता पर्दछ । अझ शुष्क क्षेत्रमा यो आवश्यकता ५ गुणासम्म बढ्न सक्दछ । आलुलाई बढी पानी आवश्यकता पर्ने तर पानी जम्न दिनु हुदैन । यदि आलुबाली १०-१२ घण्टासम्म लगातार पानीमा डुबिरहेमा माटोको वायुछिद्रहरू पानीले भरिन गई अक्सिजनको अभावमा आलुका दाना कुहिने सम्भावना हुन्छ। यस्तो अवस्थामा ती छिद्रहरू फुल्न गई दानाहरूमा दागी देखिन्छन् । त्यसैले आलुबालीमा पानीको राम्रो निकासको पनि व्यवस्था हुनु जरुरी छ। सुख्खा माटोमा मलको राम्रो सदुपयोग हुन नसकी उत्पादनमा कमी आउँछ । सुरुको अवस्थामा आलुलाई पानीको आवश्यकता कम हुन्छ भने बोट वृद्धि हुँदै गर्दा पानीको आवश्यकता पनि बढदै जान्छ । पातमा अलिकति पनि पानी कम हुनासाथ पातमा रहेका छिद्रहरू stomata बन्द हुन जान्छन् । पातहरू पूर्णरूपमा पुष्ट रहन आवश्यक पर्ने पानीको मात्रामा ४ देखि ८ प्रतिशतसम्म कमी आउन थाले पछि पातका छिद्रहरू बन्द हुन थाल्दछन् र २० देखि २४ प्रतिशत पुग्न गएमा पुरै बन्द हुन जान्छन्। यदि सो कमी ४५ प्रतिशत पुग्न गएमा फेरी उठ्न नसक्ने गरी ओईलाउँछन ।
आलुखेती गर्दा निम्न वृद्धिचरणहरूलाई सिंचाईको संवेदनशील अवस्था मानिन्छ ।
क) उम्रने अवस्था
ख)त्यान्द्राको निस्काषनको अवस्था
ग)आलुदाना लाग्ने अवस्था
घ)दाना बढने अवस्था
कृषि इनपुट
रोप्नु भन्दा ३ देखि ६ हप्तासम्म न्यानो (१५-२०° से. तापक्रम भएको) हावा लाग्ने कोठा वा बरण्डा वा छानामुनि एक दुई तहसम्म फिंजाएर राख्नु पर्दछ । यसरी राख्दा उज्यालो ठाउंमा राख्नु पर्दछ, तर सिधै घाममा पर्ने गरी राख्नु हुँदैन। अंध्यारोमा राखेको बीउ आलुबाट सेता, कमजोर टुसाहरू निस्कन्छन् । बीउ राखेको ठाउं ज्यादा गरम र सापेक्षिक आद्रता धेरै कम भएमा भिजाएको बोराहरू एक छेउमा झुण्ड्याइदिनु राम्रो हुन्छ । धेरै जाडो ठाउँमा आलुको दानाहरूलाई राति तुषारोबाट बचाउनु पर्दछ। यदि आलुको दानाको टुप्पामा एउटा मात्र टुसाआएको छ भने त्यो भांचिदिनाले अरू टुसाहरू आउँछन्। एउटा आलुको दानामा ३-५ वटा टुसाहरू हुनु राम्रो हुन्छ। धेरै टुसाहरूमा भएमा धेरै डांठहरू बन्दछन् र धेरै आलु फल्दछ ।
क. बीउ आलुको छनौट
राम्रो उत्पादन लिनका लागि स्वस्थ बीउको अत्यन्त महत्वपूर्ण भूमिका रहेको हुन्छ । खायन आलु खेतीको लागि बीउ आलुको छनौट गर्दा बिभिन्न कुराहरूमा ध्यान पु-याउनु पर्दछ, जस्तै- उपयुक्त जातको छनौट, बजारको माग, बजारमा बीउको उपलब्धता र त्यसको मूल्य तथा स्थानीय हावापानीसंगको अनुकूलतामा बढी ध्यान पुर्याउनु पर्दछ। बीउ आलु सकेसम्म भरपर्दो ठाउँ र श्रोतबाट खरीद गर्नु पर्दछ। जातीय मिश्रण भएको, रोग व्याधिग्रस्त र कमसल बीउ पर्न गएमा त्यसबाट धेरै पुस्तासम्म माटो र बीउको माध्यमबाट उत्पादनमा प्रतिकूल असर पार्न सक्छ ।
ख. बीउ आलु टुसाउने काम
-रोप्नु भन्दा ३ देखि ६ हप्तासम्म न्यानो (१५ २०० से. तापक्रम भएको) हावा लाग्ने कोठा वा बरण्डा वा छानामुनि एक दुई तहसम्म फिजाएर राख्नु पर्दछ। यसरी राख्दा उज्यालो ठाउँमा राख्नु पर्दछ, तर सिधै घाममा पर्ने गरी राख्नु हुदैन। अध्यारोमा राखेको बीउ आलुबाट सेता, कमजोर टुसाहरू निस्कन्छन्। बीउ राखेको ठाउं ज्यादा गरम र सापेक्षिक आद्रता धेरै कम भएमा भिजाएको बोराहरू एक छेउमा झुण्ड्याइदिनु राम्रो हुन्छ। धेरै जाडो ठाउँमा आलुको दानाहरूलाई राति तुषारोबाट बचाउनु पर्दछ । यदि आलुको दानाको टुप्पामा एउटा मात्र टुसा आएको छ भने त्यो भाँचिदिनाले अरू टुसाहरू आउछन् । एउटा आलुको दानामा ३-५ वटा टुसाहरू हुनु राम्रो हुन्छ। धेरै टुसाहरूमा भएमा धेरै डाँठहरू बन्दछन् र धेरै आलु फल्दछ ।
ग. बीउको स्याहार सम्भार
बीउको लागि प्रयोग गरिने आलु शीत भण्डारबाट रोप्नुभन्दा २०-३० दिन अगाडि निकाल्नु पर्दछ । बाहिरी तापक्रमसँग बीउको तापक्रममा सामान्जस्य ल्याउन बोरा खोली बीउ आलु छायाँमा फिजाई सडेगलेको आलु हटाउनु पर्दछ। फिजाउँदा आलुमा पसिना निस्कन्छ त्यसकारण आलु राम्ररी ओभानो भइसकेपछि मात्र बोरामा भरेर टाढा पठाउने वा लैजाने काम गर्नु पर्दछ । तर बीउ आलुको रोप्ने स्थान शीत भण्डारण नजिकै भएमा शीत भण्डारबाट सोझै लगी उपरोक्त कार्य घरैमा पनि गर्न सकिन्छ ।
बीउ आलु टुक्राउने विधि
१. टुक्राउन मिल्ने र नमिल्ने बिउआलु छुट्टाउने ।
२. टुक्राउने बीउ आलुको तौल अनुसार दुइ वा सो भन्दाको संख्यामा टुक्राउने ।
३. टुक्राइसकेको बीउ आलुलाई राम्रोसँग खरानीमा मोली फिजाएर छायाँमा राख्ने ।
४. रोप्ने समय भन्दा २ दिन अघि बीउ आलुलाई टुक्राएर राख्नुपर्दछ ।
५. प्रत्येक टुक्रामा कम्तीमा २ वटा टुसाहरूपर्ने गरी काट्ने ।
६. बीउ आलु ठाडो (भर्टिकल) हुने गरी काट्नु पर्दछ।
७. प्रत्येक १० मिनेट वा संक्रमित बीउ आलु काट्ने वित्तीकै चकुलाई निसंक्रमित गर्नुपर्दछ ।
८. बीउ आलु रोप्दा काटिएको भाग तल तिर र टुसालाई माथी तिर पर्ने गरी रोप्ने।
पोटासियम परम्याग्नेट बनाउने तरिका
१. करिब आधा लिटर भन्दा बढी पानी अट्ने सफा वोटल लिने ।
२. उक्त भाँडोमा आधा लिटर पानी राख्ने ।
३. उक्त पानीमा ३ ग्राम पोटासियम परम्याग्नेट मिसाउने तथा घोल्ने ।
४. उक्त घोलमा आलु काट्ने चक्कु डुवाउने ।
बीउ आलु टुक्राउदाका फाइदा तथा वेफाइदाहरू
फाइदाहरू
१. बीउ आलुको क्षेत्रफल बढाउन सकिने ।
बेफाइदाहरू
१. रोग तथा कीराको संक्रमण हुने सम्भावना रहने ।
२. बीउ आलुको टुसा भाच्चिने तथा काटिने सम्भावना रहने।
३. बीउ आलुको उमार क्षमतामा नकारात्मक प्रभाव पर्न सक्ने ।
४. माटोमा चिस्यान कम भयो भने टुसाहरू चाँडै मर्न सक्छन् ।
५. माटोमा चिस्यान बढी भएमा बीउ चाँडै कुहिन्छ।
- सुषुप्त अवस्था सिष प्रधान अवस्था जागृत अवस्था वृद्घ अवस्था
- बीउ काट्ने चक्कुलाइ प्रत्येक कटाइपछि मट्टितेलमा डुबाउनुपर्छ जसले गर्दा रोगका
- जीवाणू स्वस्थ बोटमा सर्न सक्दैन ।
- प्रत्येक टुक्रामा कम्तिमा पनि २, ३ वटा आँखाहरु हुनुपर्दछ ।
- काट्दा सँधै ठाडो हुने गरी काट्नुपर्छ ।
- मसिने, लामो टुसा भएको र चाउरी परेको बीउ आलु ठूलो भएपनि नकाटी रोप्ने ।
- काटेको सतहमा बोक्रा जम्न दिनको लागि रोप्नुभन्दा ५, ६ दिन पहिले नै काट्ने ।
- प्रत्येक टुक्रा २० ग्रामभन्दा सानो हुनुहुँदैन ।
जग्गा तयारी
आलुको जराहरू २५ देखि ३० से. मी. गहिराईसम्म फैलिने हुनाले सोही गहिराईसम्म खुकुलो माटो हुनु जरुरी हुन्छ। आलु जमीन मुनि फल्ने, बढ्ने र कमजोर जरा प्रणाली भएको बाली हो। माटोको अवस्थाले बोटको वृद्धि र विकासका साथै दानाको वृद्धि र गुणस्तरमा सोझै प्रभाव पारेको हुन्छ । त्यसैले जमीनको तयारी राम्ररी गर्नु अति आवश्यक छ। त्यसको लागि खेतमा माटोको अवस्था हेरी एकपटक हल्का सिंचाई दिनुपर्छ। त्यसपछि ३-४ पटक राम्ररी गहिरो गरी जोतेर डल्ला फुटाई, झारपात हटाई माटो बरबराउँदो र खुकुलो पारी जमीनलाई पानी नजम्ने गरी सम्याउनु पर्दछ ।
राम्ररी खनजोत गरिएको जमीनमा रोपिएको बीउ आलु सुक्न र कुहिन नपाई आलुको उमार छिटो र एकनासको हुनजान्छ र जराहरूलाई छिटो र सजिलोसँग फैलन, बोट सप्रन र त्यान्द्राहरूको आलु बढ्न उपयुक्त वातावरण मिल्दछ। यसबाट माटोमा रहेका किराहरू तथा रोगका जीवाणुहरू पनि केही हदसम्म नियन्त्रण हुन्छन् ।
बीउको मात्राः साधरणतया २५ देखि ५० ग्राम तौल भएको बीउ आलु रोप्दा प्रति रोपनी ७५ देखि १०० के.जी बीउ चाहिन्छ । आलु रोप्ने अगाडि डाइथेन एम ४५, ३ ग्राम १ लिटर पानीमा मिसाएर बनाएको झोलमा डुबाएर उपचार गर्ने प्राङ्गारिक उत्पादनको लागि ट्राइकोर्डमा सँग पनि उपचार गर्न सकिन्छ ।
रोप्ने दूरीः रोप्ने दूरी फलाउन खोजेको आलुको साइज, लगाउने सिजन, माटोको मलिलोपनमा भर पर्दछ । एक ड्याङ्गदेखि अर्को ड्याङ्गको दूरी: ६० देखि ७० सेन्टिमिटर
एक बीउदेखि अर्को बीउको दूरीः २० देखि २५ सेन्टिमिटर
रोप्ने समयः कार्तिकदेखि मंसिर
रोप्ने तरिकाः आलु डयाङ्ग बनाएर लाइनमा रोप्नुपर्छ । आलु लगाउँदा टुसालाई माथि फर्काएर रोप्नु राम्रो हुन्छ ।
आलु लाइनमा रोप्दा हुने फाइदाहरु
गोडमेल तथा माटो चढाउने र बिषादी छर्न सजिलो हुने ।
मलखाद, पानी, सूर्यको प्रकाश आदिको उचित उपयोग हुन्छ ।
आलु खन्ने काम सजिलो र कम नोक्सान हुन्छ ।
बाली व्यवस्थापन तथा हेरचाह
गोडमेल तथा उकेरा चढाउने काम आलु उम्रेको २०,२५ दिनमा अर्थात आलुको बोट एक वित्ता जति अग्लो हुनासाथ पहिलो पटक र आलु रोपेको २ महिनापछि दाश्रोपटक गरी दुइपटक गनुपर्छ । माटो चढाउँदा मूल जराको वरिपरि त्यान्द्रा र नयाँ फलेको दानालाई नोक्सान नहुनेगरी चढाउनुपर्छ ।
गोडमेल तथा उकेरा दिँदा हुने फाइदाहरु
- माटोमा हावाको सञ्चार राम्रो हुन्छ ।
- माटो खुकुलो हुन्छ र आलुका दानाहरु बीनाअवरोध बढ्न सक्छन् ।
- आलुको दानामा घामको प्रकाश सोझै पर्न गएमा दाना हरियो भई खान लायक हुदैन ।
- आलुको दाना लाग्ने त्यान्द्राहरु माटोबाहिर निस्कन दिनहुँदैन । यदि बाहिर आएमा दाना नलागी टुप्पाबाट बोटको पिकास हुन्छ ।
- झारपातको नियन्त्रण हुन्छ ।
माटोमुनि फलेका दाना निरीक्षण गर्दा ८० प्रतिशत आलु गेडा बीउ साईजमा पुगेको भएमा सिंचाई बन्द गर्नुपर्छ र बन्द गरेको ७ देखि १० दिन पछि बोट उखेल्नुपर्छ । बोट उखेल्दा दुईवटा खुट्टाको बीचमा पारी खुट्टाले च्यापी उखेल्नु पदर्छ जसले गर्दा दाना माटो भित्रै रहन्छ र डाँठ, त्यान्द्रा र जरा बोटसँगै बाहिर आउँछ जसलाई हाल्म पुलिङ भनिन्छ । हाल्म पुलिङ नगरेमा आलु खन्दा आलुको बोक्रा छिप्पिएको हुँदैन र खुईलिन सक्छ । जसले गर्दा आलुको दानामा सजिलै रोग किराको प्रवेश हुन सक्छ । डढुवाको प्रकोप ज्यादा भएमा र लाही किराको संख्या बढेमा हाल्म पुलिङ्ग केही समय अगाडि पनि गर्न सकिन्छ । यसरी बोट उखेल्दा आलुको दानामा रोग सर्ने सम्भावना कम हुनुको साथै आलुको बोक्रा छिप्पिन गई भण्डारण अवधि बढ्छ ।
रोग व्यवस्थापन
यो आलु र गोलभेडा दुवै बालीको रोग हो। आलुका पातमा थोप्ला र दानामा दाग देखिने गरी संक्रमण गर्दछ भने गोलभेंडामा पात र डाँठको अतिरिक्त फलमा समेत थोप्ला तथा दाग देखिने गरी संक्रमण गर्दछ। नेपालमा अगौटे डढुवाबाट उल्लेखनीय क्षति भएको पाइएको छैन तर प्रायः सबै आलु खेती गरिने क्षेत्रहरू तराई देखि उच्च पहाडमा रोगको आक्रमण भएको पाइन्छ।
रोगको पहिचान
प्रायः तलका छिप्पिएका पातहरूमा स-साना काला थोप्ला देखि आधा इन्च व्यासका विभिन्न आकारका थोप्ला देखिन्छन् । थोप्लाको विकास हुँदै जाँदा थोप्ला भित्र केन्द्रित चक्रहरू (Concentric rings) जस्तो देखिन्छ। रोगग्राही जातमा थोप्लाको बाहिरी भागमा पहेंलो घेरा जस्तो पनि देखिन सक्छ। अनुकूल वातावरण रहिरहेमा थोप्लाहरू एक अर्कामा जोडिन सक्छन, पात सुक्न सक्छ र चाँडै झर्छ। आलुको दानामा पनि रोगको संक्रमण हुनसक्छ । रोगी दानाको संक्रमित सतह अलि दबेको खैरो तथा चाउरिएको जस्तो देखिन्छ । आलुदानाको संक्रमित भागको बाहिरी घेरा थोरै उठेको जस्तो पनि देखिन्छ ।

चित्रः अगौटे डढुवाले क्षति पुराएको पात र आलुको दाना
रोगको जीवाणु तथा जीवन चक्र
यो रोग अल्टरनेरिया सोलानी (Alternaria solani) नामक ढुसीबाट हुन्छ। यो ढुसी संक्रमित पात, डाँठ, दाना र माटोमा बाँच्दछ। यो ढुसी खास गरी आद्रता र सुख्खा आलोपालो भैरहने अवस्थामा बिकसीत हुन्छ र स्पोरहरू उत्पन्न हुन्छन्। यो रोग हावा, सिंचाइ, तथा पानीको छिटाबाट फैलिन्छ । बिरुवाको प्राकृतिक छिद्र तथा घाउबाट ढुसीको प्रवेश हुन्छ । सुख्खा मौसम तथा खाद्यतत्व नपुगेको बिरुवामा रोगको संक्रमण ज्यादा भएको पाइन्छ। आलु खन्ने समयमा दानामा संक्रमण शुरु हुन्छ र शीतभण्डारमा नराखिएको आलुमा भण्डारण अवधिभर रोगको विकास भैरहन्छ ।
रोगको व्यवस्थापन
- तीन वर्षे बाली चक्र अपनाउने तर बाली चक्रमा सोलानेसि परिवारका बालीहरू समावेश गरिनु हुँदैन ।
- रोग अवरोधी वा सहन सक्ने जात लगाउने।
- आलुवारी सफा राख्ने झार तथा नाबो आलु हटाउने।
- सन्तुलित मात्रामा मलखाद प्रयोग गर्ने विशेष गरी फस्फोरस तत्त्वको कमि हुन नदिने ।
- सामान्यतया विषादी छर्नु पर्दैन तर विगतमा अगौटे डढुवाबाट १५% भन्दा धेरै पातहरू नष्ट भएको अनुभव छ भने मात्र विषादी प्रयोग गर्नुपर्छ ।
- विषादी प्रयोग गर्नु पर्ने अवस्था आएमा कपर अक्सीक्लोराइड २ ३ ग्रा./लि. पानीका दरले बनाइएको घोल १० दिनको अन्तरमा बोट भिज्नेगरी ३ पटक छरेमा रोगको रोकथाम हुन्छ ।
सन् १८८० तिर दक्षिण अमेरिकाबाट आलुको बीउसँगै यो रोग पनि यूरोपियन देशहरूमा प्रवेश गयो। त्यसपछि क्रमशः विश्वका अरु देशहरूमा फैलियो। भारतको दार्जिलिङमा सन् १९५२ मा यो रोग देखा पर्यो। नेपालको सन्दर्भमा भन्ने हो भने उच्च पहाडी क्षेत्र, चिसो हावापानी भएको ठाउँमा यो रोगको समस्या ज्यादा भएको पाइन्छ । सन् १९६० तिर पूर्वाञ्चलका पहाडी क्षेत्र पाँचथर इलाम हुँदै दोलखा, सिन्धुपाल्चोक, धादिङ्ग र गोर्खा जिल्लाका केहि उच्च पहाडी क्षेत्रमा भित्रियो र हालसम्म आउँदा रोगको प्रकोप बढ्दै गयो जसबाट उत्पादनमा २०-६० % सम्म नोक्सानी भएको पाइन्छ । जुन क्षेत्रको माटोमा रोगको जीवाणु स्थापित भैसकेको छ, उल्लेख्य रूपमा उत्पादनमा ह्रास भएको पाइन्छ ।

चित्रः आलुको ऐजरुबाट क्षति ग्रस्त आलु
रोगको पहिचान
बोट मात्र हेरेर यो रोग छुट्याउन गाह्रो भएता पनि यो रोगबाट संक्रमित बिरुवा अन्य स्वस्थ बिरुवा भन्दा कमजोर तथा हल्का हरियो देखिन्छ। जमिनको सतहमा डाँठको सबैभन्दा तल्लो भागमा ऐजेरु देखा पर्छ। माटो माथि बनेका ऐजेरु खैरा वा हरिया हुन्छन् छिप्पिसकेपछि काला देखिन्छन् र पछि कुहिन्छन् । एजेरुहरू त्यान्द्राको टुप्पा र आलु दानाको आँखाबाट बढ्न थाल्छन् । तर जरामा ऐजेरु बनेको पाइएको छैन। जबसम्म डाँठको तल्लो भाग वा दानाहरू हेरिदैन ऐजरुयुक्त रोगी बोट चिन्न सजिलो हुँदैन। रोगको प्रकोप ज्यादा भएमा उत्पादनमा निकै कम आँउछ यस्ता लक्षण देखिएमा आलुका बजार भाउ कम हुन सक्छ । यो रोगको वृद्धि हुँदा आलु दानामा काउली जस्तो आकृति देखा पर्छ। त्यान्द्राको टुप्पामा आलुदाना फल्नुको सट्टा परजीवी ऐजेरु बन्दछ । यो रोग (Synchytrium endobioticum) बाट लाग्छ ।
रोगको व्यवस्थापन
- ऐजेरू रोग अवरोधी आलुका जातहरू एन. पि. आइ. १०६, कार्डिनल, कुफ्रिज्योती, जनकदेव, खुमल सेतो -१, खुमल रातो-२ आदि जातहरूको प्रयोग गर्ने।
- रोगग्रस्त क्षेत्रमा काम गर्दा प्रयोग भएको कृषि औजार र जुत्ता सफा गरेर मात्र अर्को प्लटमा काम गर्नुपर्छ।
- रोगको लक्षण देखिएका दानाहरू गहिरो खाडलमा गाड्ने वा जलाई नस्ट गर्ने। रोगी दाना पशुहरूलाई पनि नखुवाउने, बारीमा नछोड्ने र रोगीदानाबाट कम्पोष्ट मल पनि नबनाउने ।
- पाँच वर्ष भन्दा बढीको बालीचक्र अपनाउने। ऐजेरु लाग्ने आलुको जात लगाउन छोड्ने।
- ऐजेरु रोगको प्रकोप हुने गरेको आलु उत्पादन क्षेत्रहरू पहिचान गर्ने । आन्तरिक क्वारेन्टाइन चेकपोष्ट खडा गरी ऐजेरुरोग लाग्ने क्षेत्रबाट अन्यत्र बीउ ओसार पसारमा कानुनी रोक लगाउने ।
लक्षण
रोगले विरुवाको जुनसुकै अवस्थामा आक्रमण गर्न सक्छ ।
शुरुमा बोटको एउटा हाँगा मात्र ओइलाउँछ ।
घाम लाग्दा ओइलाउने र घाम नलाग्दा बीरुवा स्वस्थ जस्तै देखिन्छ र पछि पूरै बोट ओइलाउँछ
बोटको अवस्था बढी भई सकपछि आलुको दानामा आँखाहरु कालो हुन थाल्दछ ।आँखामा माटो टाँसिएको हुन्छ । दाना काटेर हेर्दा खैरो चक्र देखिन्छ।
खैरो चक्र देखिएको ठाउँमा हातले थिच्दा कुहिएको ठाउँबाट सेतो पिप जस्तो बाक्लो तरलपदार्थ निस्कन्छ ।
व्यवस्थापन
रोगी बीउ प्रयोग नगर्ने ।
घुम्ते बाली प्रणाली अपनाउने ।
धेरै गहिरोमा आलु नलगाउने, स्वस्थ, हरियो, मोटो टुसा भएको आलु लगाउने
उचित मलखाद, गोडमेल र सिंचाईको प्रबन्ध मिलाउने ।
अन्तर बाली – आलु – मकै लगाउने ।
पाखो बारीमा यो रोगको आक्रमण बढी हुने हुँदा खेतमा आलु लगाउने ।
खेतबारीमा रोगी आलुको बोट देखिन शुरु गरेपछि रोगी बोट हटाएर विरुवाको जराले ढाके जति क्षेत्रफलमा १०% को फर्मालिन वा ०.५% को स्ट्रेप्टोसाइक्लिन झोलले १ फिट गहिराईसम्म भिज्ने गरी उपचार गर्ने ।
नेपालमा आलुबालीका जम्मा ६ प्रकारका विषाणु रोगहरू पहिचान गरी त्यस सम्बन्धी अध्ययन अनुसन्धान भै रहेको छ। जबकि अन्य देशहरूमा गरिएको अध्ययन अनुसार आलुबालीमा ३० भन्दा बढी विषाणुहरूले संक्रमण गरेको पाईन्छ। विभिन्न प्रकारका भाइरसहरू मध्य भाइरस एक्स (PVX), र एस (PVS), सम्पर्क द्वारा फैलने गर्दछन भने भाइरस ए (PVA), वाई (PVY), पात दोब्रिने (PLRV) र भाइरस एम (PVM) कीराबाट फैलने मुख्य भाइरस हुन । त्यसमा पनि उत्पादन हासको दृष्टिकोणबाट हेर्दा पात बटार्ने र भाइरस वाइ सबैभन्दा बढि महत्वपूर्ण मानिन्छन। यी रोगहरू गर्मी हावापानी भएको क्षेत्रहरूमा ठुलो समस्याको रूपमा रहेको छ भने चिसो हावापानी हुने २००० मिटरभन्दा माथीको क्षेत्रमा यसको प्रकोप कम रहेको छ । करिब ४०० प्रकारका कीराहरूले विभिन्न बालीमा २०० भन्दा बढी विषाणु वा विषाणुजस्ता देखिने रोगहरू सार्दछन । धेरैजसो भाइरसजन्य रोगहरू लाहीकीराले सार्दछन र अन्य कीराहरूमा फट्के (Hoppers), सेतो झिंगा (White fly), खपटे (Beetle), थ्रिप्स (Thrips) आदी प्रदछन । धेरै प्रकारका लाहीले विषाणु रोग सार्ने काम गर्ने भएतापनी आरुमको हरियो (Green Peach Aphid) सबभन्दा महत्वपूर्ण मानिन्छन। साथै कपासको लाही (Cotton Aphid) ले पनि रोग सार्नमा भुमिका खेल्दछ । यी कीराहरूको रोग सार्ने प्रभावकारितामा धेरै कुराले असर पार्छ । तिनमा कीराको जाति (Species), आलुको जात, विषाणुको प्रजाती (Strain), उक्त ठाउँको तापक्रम तथा सापेक्षिक आद्रता आदी प्रमुख छन ।
नेपालमा देखिएका आलुमा लाग्ने भाइरस रोगहरूको लक्षण
- पातहरू माथितिर फर्केर दोबेरिने ।
- पात गुजुमुज्ज हुने ।
- पातहरू खस्रो र किनारा नमिलेको, पातको डण्ठी (Petiole) बाङ्गो हुने ।
- बिरुवा असामान्य पुड्को देखिने ।
- दानामा बिभिन्न चक्र तथा दाग देखिने ।
- PLRV बाहेक अन्य भाइरसहरू आँखाले मात्र एकिन गर्न नसकिने
- PLRV र PVY तराईमा PVX पहाडमा बढी पाइन्छ ।
- PVS, PVM र PVA पहाड र तराइ दुवै ठाँउमा संक्रमण भएको पाइन्छ ।

व्यवस्थापन विधि
- PVX, PVS, भाइसरहरू सम्पर्कको माध्यमबाट सर्ने भएकोले प्रयोगमा आउने कृषि औजार वा अन्य सामानहरू १% सोडियम वा १०% क्यालसियम हाइपोक्लोरेटले उपचार गर्ने।
- PLRV, PVY, PVM र PVA कीराहरूद्वारा (बिषेशगरि) आरुको हरियो लाही कीरा बाट सर्ने भएकोले कीरा नहुने वा कम भएको समय पारी आलुखेती गर्ने। साथै आलु र बीउ आलु उत्पादन गर्ने क्षेत्रवरपर आरुका बोटहरू नराख्ने ।
- सावधानी अपनाउंदा अपनाउदै पनि लाही कीराको प्रकोप भएमा उपयुक्त कीटनाषक विषादीको प्रयोग गर्ने, रोगी बिरुवाहरू हटाउने, बोट काटेर हटाउने आदी काम गर्नु पर्दछ ।
- प्रमाणित बीउआलु (Certified Potato Seed) मात्र रोप्ने ब्यवस्था मिलाउने ।
- रोग लागेका बिरुवाहरूको पहिचान हुने बित्तिकै उखेलेर जलाइदिने, आलुबारीमा कम मात्रमा हिडंडुल गर्ने साथै आलुबारी वा वरपर पहेंलो फूल्ने बिरुवा वा भाइरस रहेने होष्ट बिरुवाहरू हटाईदिने ।
- केहि हदसम्म विषाणु अवरोधक जातहरू जस्तै कुफ्री सिन्दुरी, खुमल सेतो-१ र खुमल सेतो - २ खेती गर्ने ।
- गोलभेडा, खुर्सानी तथा भिंडी जस्ता आलुबाली परिवारका तरकारी बालीहरू नलगाउने।
- तन्तु प्रजनन् प्रविधिबाट मेरिष्टिम टिप कल्चर (Meristem tip culture) बाट उत्पादित पूर्व मुल बीउ (Pre-Basic Seed) रोग रहित बीउ आलुको प्रयोग गर्ने।
- आलु बियाँको प्रयोग गरी आलु खेती गर्दा भाइरसजन्य रोगहरूको प्रकोपलाई कम गर्न सकिन्छ ।
- केही वर्ष विराएर गुणस्तरयुक्त बीउ आलु फेरेर लगाउने र भाइरस जन्य क्षेत्रबाट आलु ओसार पोसार गर्न रोक लगाउने ।
प्रायः आलुखेती गरिने सबै जसो स्थानमा यो रोग देखापर्ने गर्दछ। तर अम्लीय माटोमा नहुन सक्दछ । यो रोगको जीवाणु स्ट्रेप्टोमाइसिस् स्क्याविस् हो। नेपालको पूर्वी तराई क्षेत्रमा यस रोगले ठूलो मात्रामा हानी पु-याउँदै आइरहेको छ भने मध्य तथा पश्चिम तराई र भित्री मधेश र काठमाडौं उपत्यकामा पनि देखिन थालेको छ। यस रोगले प्रायः उत्पादनमा खासै नोक्सान नपुयाए पनि उत्पादित आलुले बजारमा उपयुक्त मूल्य नपाउने सम्भावना भने रहन्छ।
रोगको लक्षण
क)आलुको दानाको सतहमा विभिन्न आकारका दागहरू देखा पर्दछन् ।
ख)पछि गएर जाली जस्तो गहिरो वा खोपिल्टा परेको वा फोका परेको जस्तो देखिन्छ ।
ग)विस्तारै दागहरू एक आपसमा जोडिन गई पुरै आलुका दानामा रोगले ढाक्दछ ।

चित्रः साधारण दादबाट क्षतिग्रस्त आलु
रोग नियन्त्रण गर्ने उपायहरू
- बीउ खरिद गर्नु भन्दा पहिले बीउको निरीक्षण गरी स्वस्थ भएको एकीन भएपछि मात्र बीउको रूपमा प्रयोग गर्ने।
- माटोमा बढी सुख्खा भएमा यो रोगको आक्रमण बढ्न सक्ने भएकाले सिंचाईको राम्रो व्यवस्था मिलाउने ।
- यो रोग चुकन्दर, मुला, सलगम, गाजर आदिमा पनि लाग्ने भएकाले यी बालीहरू बाहेक अन्नबाली समावेश गरेको बालीचक्र अपनाउन गर्नुपर्दछ ।
- अम्लीय हुने खालका रसायनिक मल (एमोनियम सल्फेट आदि) को प्रयोग गर्ने र कृषि चुनको कम प्रयोग गर्नुपर्दछ ।
- मेन्कोजेबयुक्त विषादी (डाइथेन एम-४५ वा इन्डोफिल एम ४५) को ८% को झोलले बीउ उपचार गर्ने ।
- बीउ आलुलाई ३% वोरीक एसिडको झोलमा ३० मिनेट अथवा ३% एसिटिक एसिड र ०.०५% को जिंक सल्फेट मिसाई तयार पारेको झोलमा २० मिनेट डुवाई उपचार गरेर मात्र बीउ प्रयोग गर्नुपर्दछ ।
यो रोग संसार भरिनै आलुको प्रमुख रोग हो। अन्तर्राष्ट्रिय आलु अनुसन्धान केन्द्र (CIP) पेरुको अनुमान अनुसार विकासशील राष्ट्रहरूमा डढुवा रोगबाट मात्रै सालाखाला १५% क्षतिको आर्थिक मुल्यांकन गरिएको छ। डढुवाबाट हुने क्षति हरेक वर्ष एक समान हुँदैन, यो रोगको संक्रमणता र व्यापकतामा भर पर्छ। उच्च पहाडी क्षेत्रमा डढुवाबाट हरेक वर्ष गम्भीर संक्रमण हुने गर्दछ भने तराईमा केही वर्षको अन्तरमा यो रोगको महामारी हुने गरेको पाइन्छ । यो रोग आलु मात्र नभएर गोलभेंडा, भाण्टा लगाएतका बालीहरूमा पनी दुख दिएको पाईन्छ । रोगको व्यवस्थापन ठिक ढंगबाट गर्न सकिएन भने १००% सम्म पनि क्षति हुन सक्दछ ।
रोगको पहिचान
शुरुको अवस्थामा पातमा हल्का हरियो रंगका विभिन्न आकारका थोप्लाहरू देखिन्छन् । अनुकूल वातावरण पाइरहेमा थोप्लाको भित्री भाग खैरो एवं सुकेको देखिन्छ भने थोप्लाको बाहिरी घेरा हल्का हरियो देखिन्छ । ओसिलो वातावरणमा ढुसीको अत्यधिक विकास भै पातको तल्लो सतहमा थोप्लाको वरिपरि कपासको घेरा जस्तो देखिन्छ । रोग बढ्दै गयो भने पूरै पात सुकेर डढे जस्तो लाग्छ। यदि फलेका दानाहरू माटोले पुरिएका छैनन् भने दानामा पनि रोगको संक्रमण हुन सक्दछ । दानाको सतहमा खैरो तथा बैजनी रंगका दागहरू देखा पर्दछन् । रोग अनुकुल वातावरणमा रोगग्राही आलुको जातमा काण्ड, पातको डण्डी तथा मुना मै ढुसीले आक्रमण गर्दछ जसबाट काला ठुला दागहरू देखिन्छन् । बिरुवाको विकास रोकिन्छ जसको फलस्वरूप आलु नै फल्दैन ।

चित्रः पछौटे डढुवाको ढुसीबाट क्षति पुगेको आलुको पात, डांठ र फल
जीवाणु र रोगचक्र
फाइटोप्थोरा इन्फेस्टान्स नामक ढुसी नै डढुवा रोगको कारक तत्व हो। यस प्रजाति भित्रका दुइ उपप्रजाती मेटिङ टाइप ए. १ र मेटिङ टाइप ए. २ नेपालमा पाइएका छन्। मेटिङ टाइप ए-२ बढी आक्रामक भएको पाइन्छ । रोग विकासका लागि अनुकूल वातावरण, वायुमण्डलमा सापेक्षिक आद्रता ८०-९५%, रातिको तापक्रम १०-१२ डिग्री से. दिँउसोको तापक्रम २० डिग्री से. र लामो अवधिसम्म सिमसिमे किसिमको वर्षा र दिनमा घाम नलाग्ने मौसम छ र डढुवा रोगप्रति संवेदनशील आलुको जात छ भने रोगको संक्रमण व्यापक हुन्छ । ढुसीको जीवाणु सर्वप्रथम पातको सतहमा पाइने छिद्र (Stomata) बाट अंकुरित हुँदै कोषिका भित्र पस्छ । बिकसीत हुदै जाँदा ढुसीको जालो जस्तै बन्दछ पातको कोषिकाहरू मर्दै जान्छन्, ढुसीले नयाँ कोषिकामा आक्रमण बढाउँदै जान्छ । अनुकूल वातावरण छ भने वानस्पतिक प्रक्रियाद्वारा स्पोरेन्जिया बन्दै जान्छन् र यसबाट असंख्य जूस्पोर उत्पन्न हुन्छन् । यी जूस्पोरहरूले पानीको माध्यमबाट अर्को पात वा कलिलो डाँठमा नयाँ आक्रमण गर्दछन्। यदि वातावरणमा दुवै प्रकृतिका मेटिड टाइप ए१ र ए २ विद्यमान छन् भने ती भाले पोथी प्रकृतिका त्यान्द्राहरू मिली उस्पोर बनाँउछन् । यसप्रकारले बनेका यी उस्पोरहरूको बाहिरी आवरण कडा हुन्छ जसको फलस्वरूप प्रतिकूल वातावरणमा पनि धेरै दिन बाँच्न सक्छन्। उस्पोरहरू संक्रमित आलुको दानामा वा संक्रमीत पातमा वा डाँठमा पाइन्छन् । उस्पोरको भन्दा जूस्पोरको चक्र छिटो हुन्छ त्यसैले रोग चाँडै ब्यापक हुन्छ र केही दिन भित्रै पूरै बाली संक्रमित भै उत्पादनमा निकै क्षती पुर्याउने अवस्थामा पुग्दछ। पानी, हावा र बीउबाट यो रोग सर्दछ ।
रोगको व्यवस्थापन
यो रोग पूर्ण नियन्त्रण गर्न निकै मुस्किल देखिन्छ। डढुवा रोग नियन्त्रण गर्ने विषादीहरू बजारमा उपलब्ध छन् तर धेरै वर्षसम्म एउटै विषादी एउटै जीवाणुका विरुद्ध प्रयोग गरिरहँदा ढुसीहरूको विषादी प्रतिरोधात्मक क्षमता बढ्न गई रोग नियन्त्रण नहुन सक्छ। दुसीकै नयाँ उपजातीहरूको विकास हुने प्रक्रियाले एउटै विषीदले सधै काम नगर्न सक्छ। सबैभन्दा प्रभावकारी मानिएको मेटाल्याक्सीलयुक्त विषादीले फाइटोप्थोरा इन्फेस्टान्सका कतिपय प्रजातिहरूलाई कुनै असर नपार्न सक्ने भएको छ। विषादीले वातावरण विगार्छ र उत्पादन लागत पनि बढाउँदछ। विषादीको असर धेरै दिनसम्म रहने भएकोले आलु खानेको स्वस्थमा पनि प्रतिकूल असर पार्दछ। त्यसैले न्यूनतम लगानीमा अधिकतम फाइदा हुने गरी, एकिकृत डढुवा रोग व्यवस्थापन पद्धति अपनाउनु पर्छ ।
- डढुवा रोग अवरोधी वा सहन सक्ने खुमल सेतो १, खुमल रातो- २, जनकदेव, एन. पि. आई - १०६ आदि आलुका जातहरू लगाउने ।
- डढुवा रोग रहित बीउ प्रयोग गर्ने।
- डढुवा रोगका लागि अनुकुल वातावरण छल्ने गरी उपयुक्त समयमा आलु रोप्ने । उदाहरणका लागि चितवन उपत्यकामा कार्तिकको पहिलो साता भित्र आलु रोपिसकेमा कही हदसम्म डढुवा रोग छल्न सकिन्छ।
- सिफारिस गरिएको दुरी (२५ x ६० सेमी) भन्दा कममा आलु नरोप्ने ।
- संक्रमित पात र डाँठबाट ढुसीको जीवाणु आलु दानामा जान नपाउने गरी प्रयाप्त माटो चढाउने ।
- सिंचाइ गरेको पानी नजम्नेगरी पानी निकासको उचित व्यवस्था मिलाउने ।
- संक्रमणको अवस्था तथा माटोमा चिस्यानको अवस्था हेरी सिंचाइ बन्द गर्ने वा कम गर्दै जाने ।
- रोग अनुकूल मौसम सुरु भैसकेको छ भने म्यान्कोजेव पाइने कुनै पनि विषादी (इण्डोफिल एम-४५, डाइथेन एम ४५ आदि) २.५ ग्रा/ लि. पानीमा घोल बनाई प्रति रोपनी ५० लिटरका दरले बोटको सम्पूर्ण भाग भिज्नेगरी ७ दिनको अन्तरमा ४-६ पटक छर्ने ।
- रोगको संक्रमणता र मौसमको अवस्थालाई हेरी मेटाल्याक्सील पाइने विषादि (क्रिल्याक्सील, क्रिनोक्सील गोल्ड, रिडोमिल आदि) १.५ ग्रा/लि. पानीमा बनाइएको घोल ५० लि. प्रति रोपनीका दरले १० दिनको अन्तरमा ३-४ पटक छर्ने। विषादीसँग एडजुमेन्ट मिसाएर छरेमा रोगको प्रभावकारी रोकथाम हुन सक्दछ ।
- हरेक दिन बाली निरिक्षण गर्ने र विषादी छर्ने वा नछर्ने निर्णय गर्न सामान्य निर्णय सहयोगी पद्धति अपनाउने ।
कीरा व्यवस्थापन
यो कीरा माटोमुनि बसी क्षति गर्ने कीराहरू मध्यको एक हो। खुम्रेकीराले आलुबालीलाई मात्र आक्रमण नगरी तमाम अन्नबाली, तरकारी बालीमा समेत आक्रमण गर्दछ। खुम्रेले आलुको दानामा आक्रमण गर्दछ भने अन्य तरकारी बालीको जरामा आक्रमण गरी क्षति पुर्याउँछन् । यिनले बढी चिस्यान चएको ठाँउमा भन्दा सुख्खा र ओसिलो जमिनमा फुल पार्न मन पराउँछन् र पछि गएर उक्त स्थानहरूमा यसको क्षति बढ्दो क्रममा पाइन्छ । नेपालको तराईदेखि उच्च पहाडसम्मै यसको प्रकोप रहेको पाइन्छ ।
जीवनी र पहिचान
वयस्क
खुम्रेका वयस्क अवस्था एक खास प्रकारको खपटे कीरा हुन्छ। वयस्कहरू विभिन्न आकार र रङ्गका हुन्छन् र विभिन्न बालीनाली तथा वनजंगलका वोट बिरुवामा आश्रय लिन्छन् । कुनै हरियो रंङ्गका हुन्छन् भने कुनै राता, खैरा, काला आदि रङ्गमा हुन्छन् । वयस्कहरू रातमा सक्रिय हुन्छन्, जसलाई विजुलीको उज्यालोमा आकर्षण गर्न सकिन्छ ।
फुल
खुम्रेको वयस्क पोथीले छुट्टाछुट्टै रूपमा बाँझो, ओसिलो र झार उम्रेको ठाउँमा फुल पार्दछ । अझ यिनले काँचो गोवरमल थुपारेको ठाउँमा फुल पार्न मन पराउँछन् । फुलहरू सेतो रङ्गका र मसिना हुन्छन् ।
लार्भा
फुलबाट निस्केका लार्भा / बच्चाहरूलाई खुम्रे (Grubs) भनिन्छ। खुम्रेको लार्भा अवस्था नै हानिकारक अवस्था हो। यिनलाई सामान्यतया खुम्रे भनिएता पनि स्थान विशेष अनुसार कतै कुर्माउलो त कतै वंशिलो आदि नामले चिनिन्छ। यिनीहरूको टाउको रातो पहेंलो, खैरो र शरीर सेतो रङको हुन्छ । यिनको छातीमा ३ जोडा खुट्टा हुन्छ। यसको शरीर हँसिया आकारको हुन्छ।
प्यूपा
यिनीहरू जमिनमुनि कडा खोल बनाएर माटाको डल्लो पारी भित्र बसेका हुन्छन् ।
क्षतिको प्रकार
खुम्रेको वयस्क र लार्भा दुवैले बालीलाई हानी नोक्सानी पुर्याउछन् । वयस्कले मुना र कलिला पातहरू खाएर र खुम्रेले माटोभित्र बसेर आलुका दाना एवं जरा खान्छ । खुम्रेको आक्रमणले बिरुवाहरू ओइलाउने, रोगाउने हुन सक्दछन्। जाडो याममा यिनीहरू ३०-४० से. मी. तलसम्म गएको पाइयो भने गर्मी याममा सामान्यतया १५-२० से. मी. तलसम्म बसी क्षति गरेको पाइएको छ । खुम्रेहरू आफ्नो जाति र किसिम अनुसार यिनीहरूको जीवनचक्र पूरा हुन १-४ वर्षसम्म लाग्ने हुदा सालिन्दा यिनीहरुले क्षति गरेको पाइदैन। किनकी कुनै प्रजातिले २-४ वर्षसम्म जीवन बिताउँछन्, तर गर्मी याममा भने वार्षिक रूपमा जीवन गुजार्ने प्रजातीको बाहुल्यता भएकोले यिनको क्षति भने सालिन्दा र प्रायः सबै बालीमा पाइएको छ। माटो व्यवस्थापन तथा मलजलको प्रयोग, सरसफाई, खेतीबाली प्रविधि इत्यादिमा यसको क्षति निर्भर रहने गरेको पाइन्छ ।

चित्रः खुम्रे कीराको लार्भाले क्षति गरेको आलु
वातावरणीय प्रभाव
वयस्क खुम्रेले चिसो, ओसिलो तर पानी नजम्ने ठाउँ मन पराउँछ। सामान्यतया उत्तिस, सल्लो आदिको प्रचुरता रहेको बाँझो तथा पाखोबारी यिनको वयस्कलाई मनपर्ने भएकोले बालीनाली नभएको वेला उक्त स्थानमा यिनीहरूले आफ्नो समय गुजार्ने गर्दछन्। जब बालीनाली उपलब्ध हुन्छ तब उक्त क्षेत्रमा यिनीहरूले आफ्नो सन्तान वृद्धि गर्न सुरु गर्दछन् । खुकुलो तथा दोमट माटोमा यिनीहरू सहजरूपमा सकृय हुन्छन्। जाडो याममा यिनीहरू कम सक्रिय हुने हुनाले क्षति पनि कम हुने गर्दछ । घाँसैघाँस भएको पर्ती जमिनमा खेतीपाती सुरु गर्दा यसको साहो प्रकोपको सामना गर्नु पर्ने हुन्छ। यसको प्रकोप जेठ देखि कार्तिकसम्म नै कायम रहेको पाईन्छ ।
क्षतिको हद
खुम्रे कीराको क्रियाकलापबाट क्षति यति मात्रामा हुन्छ भनी ठोकुवा गर्न कठिन छ, तापनि यसले वर्षेनी २०-३०% सम्म बालीनालीमा नोक्सान पुर्याउने गरेको अनुमान गर्न सकिन्छ । खासगरी यिनीहरूले काउली, बन्दा, आलु आदिमा सालिन्दा क्षति गर्दै आएका छन्। राम्ररी नपाकेको गोवरमल प्रयोग गरिएको स्थानमा यसको क्षति बढी हुने गरेको पाइन्छ ।
व्यवस्थापन विधिहरू
- वयस्क खुम्रे बत्तिमा आकर्षित हुने हुदा यिनीहरूलाई बत्तिको पासोमा पारी मार्न सकिन्छ। खुम्रेको आक्रमण हुने गरेको खेत बारीमा काँचो गोवर मलको प्रयोग गर्नु हुन्न । काँचो गोवर प्रयोग गर्दा यी कीराहरूको फुल र वच्चा अवस्था गोवरसँगै खेतबारीमा सर्ने भएकोले बालीमा यिनको आक्रमण वढी हुने गर्दछ।
- खेतबारीबाट घाँसपात निकालेर सरसफाई गर्ने र असार श्रावणतिर गहिरो खनजोत गरी खुम्रे कीराको प्रकोपमा कमी ल्याउन सकिन्छ। सम्भव हुने जग्गामा बाली निकाली सकेपछि गर्मी तथा जाडो दुवै याममा गहिरो खनजोत गर्नुपर्छ। यसो गर्दा खुने र फुलको गुँड बिग्रन जान्छ र बाहिर सतहमा देखिएका लार्भाहरूलाई चराहरूले शिकार गरी नष्ट पार्दछन् ।
- वयस्क पोथीले बाँझो चौर तथा गाईवस्तु चर्ने गरेका खेतबारी आदिमा फुल पार्ने भएकाले उक्त स्थानहरू सम्भव भएसम्म खाली नराख्ने अर्थात खनजोत गरी खेती गर्ने।
- रातमा वयस्क खुम्रेहरूले आहार-विहार गर्ने रुखहरू पहिल्याई ती रुखहरूबाट खसाली जम्मा गरी मार्नु पर्छ। यस्तो काम सामुहिक अभियानबाट नै सम्भव छ। रातमा रुखका हाँगाहरू हल्लाएमा खपटेहरू बर्र खस्छन् । यस्ता खपटेहरू मट्टीतेल मिसेको पानीमा डुबाई मार्न सकिन्छ ।
- तरकारी बालीका विभिन्न समूह मिलाएर लगाउने; जस्तो कि गोलभेंडा, लसुन, प्याज, धनियाँ, आदिमा यसको प्रकोप कम हुने भएकाले यसले बढी क्षति पु-याउने गाजर, आलु, काउली समूहका बालीसँग अन्तरबाली अपनाउनु उपयुक्त हुन्छ ।
- खुम्रे कीराको विरुद्ध प्रभावकारी हुने ढुसीजन्य जैविक पदार्थहरू तयार पार्नको लागि मेटारइजीयम र बुभेरीया नामक ढुसीहरूको प्रभावकारी रहेको छ। उक्त मेटारइजीयम वा बुभेरीया ढुसी १ के. जी. प्रति २५ के.जी. गोबरमलमा मिसाएर जमिन तयार गर्ने बेलामा माटोमा राख्नु पर्दछ । जैविक विषादीहरू प्रभावकारी भएकोले रसायनिक विषादीको प्रयोगबाट हुने नकारात्मक असरहरूबाट बच्न सकिन्छ ।
- रसायनिक विषादीको प्रयोग सकभर नगर्नु राम्रो हुन्छ। यदि विषादी प्रयोग गर्ने परेमा क्लोरोपाइरिफस केही हदसम्म सुरक्षित देखिएको छ। यसलाई सिफारिस गरे बमोजिम प्रयोग गर्न सकिन्छ ।
रातो कमिला नेपालको सबैजसो स्थानमा पाईन्छ। यी कमिलाहरू खास स्वभाव भएका कमिला हुन् । यिनीहरूले विभिन्न वोटबिरुवाका जरा एवं जमिनमुनीको भाग खान्छन् । प्रायः यो कीराले आलु, सखरखण्ड, मुला, गाजर, बन्दा, काउली, रामतोरिया आदिमा आक्रमण गर्दछन् । यसको आक्रमणबाट माटोमुनी फल्ने बालीहरूको उब्जनी नराम्रोसँग विग्रिन्छ। सिँचाइको राम्रो सुविधा भएको खेतबारीमा आवश्यकता अनुसार पानी लगाइरहन सक्ने हो भने त्यस्ता बालीलाई कमिलाले सताउँदैन्। तर पानी नलाग्ने ठाउँमा रोपिने आलुबाली, गानोबाली र जरेबालीहरूका लागि रातो कमिला एउटा ठूलो समस्याको रूपमा खडा हुँदै आएको छ। नेपालको पहाडी क्षेत्रमा यसले निकै हानी पु-याउँदै आएको छ।
जीवनी र पहिचान
रातो कमिलाका चार अवस्था हुन्छ। फुल, लार्भा, अचल अवस्था र वयस्क। यी कमिलाहरू समूहमा बस्दछन्। समूहमा दुई प्रकारका कमिलाहरू हुन्छन्, एक थरि सन्तान जन्माउन सक्ने, जस्तैः भाले (राजा) र पोथी (रानी); अर्काथरि सन्तान जन्माउन नसक्ने जस्तैः कामदार र सिपाही यी सबै जमिनमुनी समूह मिलाएर बस्दछन् र प्रत्येक समूहमा एउटा मात्र रानी हुन्छ, जो सबैभन्दा ठूलो हुन्छ र कहिल्यै पनि जमिनको सतहमा आउँदैन् । जमिनमा देखिने भाले र कामदार मात्र हुन । भालेहरू कामदार भन्दा धेरै ठूला हुन्छन् र यिनका दुई जोड पखेटा हुन्छन्। यी कमिला मध्यका रानी कमिला लगायत सिपाही कमिला, कर्मी कमिला र राजा कमिला (भाले) सम्पूर्ण अन्धा हुन्छन् । यी कमिलाहरूले जमिन मुनिको लगभग ४-५ हातको गहिराईमा गोला बनाई समूहमा वस्दछन् ।
क्षतिको प्रकार
गोलाबाट निस्की कर्मी कमिलाले माटो मुनिनै बसेर बाली बिरुवाको जरा तथा डाँठको बोक्राहरू खाई दिन्छन् । जसले गर्दा जराहरूले माटोबाट लिएको खाद्यतत्वहरू र पानी माथि वोटमा सर्न नपाई सुरुसुरुका दिनमा बिरुवाहरू ओईलाउने र रातमा सामान्य देखिने गर्छन् । तर प्रकोप बढ्दै गएको खण्डमा सम्पूर्ण बिरुवाहरू ओइलाई मरेका देखिन्छन् । यस्ता वोटहरूलाई सजिलै उखेल्न सकिन्छ र भर्खरै ओइलाउँदै गरेको वोटको वरिपरी माटो खोतली हेर्दा रातो कमिलाको समूहले जरा तथा डाँठहरूमा आक्रमण गरी रहेको प्रष्ट देखिन्छन् । रातो कमिलाले आलुको दानामा प्वाल बनाई गुदी खान्छन् । यस्ता आलुका दानाहरू छिट्टै कुहिन्छन् र खान लायक हुँदैनन् । कतिपय बोटको फेदमा यिनीहरूले माटो उठाएको पाइन्छ। सो माटोलाई हटाएर तलतिर हेरेमा कमिलाहरू र तिनले पुर्याएको नोक्सानी सजिलै देख्न सकिन्छ। यो कीराको प्रकोप तराई र पहाड दुवै ठाउँमा पाइन्छ तर मध्य पहाडी भेगमा यसलाई आलुको अति ठूलो शत्रु मानिएको छ । वातावरणीय प्रभाव यसले चिसो जमिनमा भन्दा सुख्खा जमिनमा बढी सताउने गर्दछ । ज्यादा ठण्डा मौसममा लगाइएको बालीमा यसको आक्रमण केही कम हुन्छ । जति तापक्रम बढ्दै जान्छ यसको क्रियाकलाप बढ्दछ र गोलाबाट निस्की कर्मी कमिलाले माटो मुनिनै बसेर बाली बिरुवाको जरा तथा डाँठको बोक्राहरू खाई दिन्छन् । जसले गर्दा जराहरूले माटोबाट लिएको खाद्य तत्वहरू र पानी माथि वोटमा सर्न नपाई सुरुसुरुका दिनमा बिरुवाहरू ओईलाउने र रातमा सामान्य देखिने गर्छन्। तर प्रकोप बढ्दै गएको खण्डमा सम्पूर्ण बिरुवाहरू ओइलाई मरेका देखिन्छन् । यस्ता वोटहरूलाई सजिलै उखेल्न सकिन्छ र भर्खरै ओइलाउँदै गरेको वोटको वरिपरी माटो खोतली हेर्दा रातो कमिलाको समूहले जरा तथा डाँठहरूमा आक्रमण गरी रहेको प्रष्ट देखिन्छन् । रातो कमिलाले आलुको दानामा प्वाल बनाई गुदी खान्छन् । यस्ता आलुका दानाहरू छिट्टै कुहिन्छन् र खान लायक हुँदैनन् । कतिपय बोटको फेदमा यिनीहरूले माटो उठाएको पाइन्छ । सो माटोलाई हटाएर तलतिर हेरेमा कमिलाहरू र तिनले पुऱ्याएको नोक्सानी सजिलै देख्न सकिन्छ । यो कीराको प्रकोप तराई र पहाड दुवै ठाउँमा पाइन्छ तर मध्य पहाडी भेगमा यसलाई आलुको अति ठूलो शत्रु मानिएको छ।

चित्रः रातो कमिलाले क्षति पुराएको आलु
वातावरणीय प्रभाव
यसले चिसो जमिनमा भन्दा सुख्खा जमिनमा बढी सताउने गर्दछ । ज्यादा ठण्डा मौसममा लगाइएको बालीमा यसको आक्रमण केही कम हुन्छ । जति तापक्रम बढ्दै जान्छ यसको क्रियाकलाप र आक्रमण पनि बढ्दै जान्छ। सिंचाईको सुविधा नभएको घर नजिकको जग्गामा बढी समस्या हुने र खेतमा कम समस्या हुने पाईएको छ। यसकारण सिंचाईको राम्रो व्यवस्था मिलाउन सके रातो कमिलाले खासै नोक्सान पुर्याउन नसक्ने देखिन्छ ।
क्षतिको हद
रातो कमिलाले आक्रमण गरेका आलुका दानाहरू खान लायक हुँदैनन् । यिनीहरूले खाएका दानाहरू पकाउँदा पाक्दैनन् । खाँदा तरकारीको स्वाद पनि मिठो हुदैन। आलुको रूप रङ्गमा नै फरक पर्दछ। आलुको उत्पादनमा निकै कमी आउँछ। यस्ता आलुले बजार पाउँदैनन् र भण्डारण गर्दा छिट्टै कुहिन्छन् । आलुको साइज सानो र आकार पनि नराम्रो हुन्छ। वर्षेनी यसले आलु खेतीमा ठूलो क्षति पुर्याइरहेको छ।
व्यवस्थापनका विधिहरू
- राम्ररी कुहिएको (पाकेको) गोवरमल मात्र खेतबारीमा प्रयोग गर्ने।
- आलु रोपेको जग्गा नजिकै पासो बालीको रूपमा गाजर लगाउने। यसले रातो कमिलाको ध्यान आलुबाट गाजरमा जान्छ र आलुको नोक्सानी कम हुन्छ। किनकि यसले आलु भन्दा गाजर बढी मन पराउँदछ ।
- सुख्खा जमिनमा यसले बढी सताउने भएकोले जमिनमा चिस्यान कायम राख्नुपर्दछ ।
- सिँचाईको राम्रो प्रवन्ध मिलाउनु पर्दछ। ड्याङको दुई तिहाइ भाग डुब्नेगरी सिँचाई गर्नु पर्दछ ।
- आलु रोप्नु अघि ड्याङ बनाउदा असुरो, तितेपाती, केतुकी, वनमारा आदिको टुक्रा काटेर एक पत्र राखिदिनाले रातो कमिलाको प्रकोप कम हुन्छ।
- चौविस (२४) घण्टा सम्म ढड्याई राखेको गाइको गहुँतको एक भागमा छ भाग पानी मिसाएर बनाएको १ लिटर घोलमा ५ ग्राम सूर्तिको धूलोका दरले मिसाई बनाएको घोल प्रति वोटमा २५ मि.ली. का दरले जरा वरिपरीको माटोमा हाली दिंदा यी कीराको प्रकोप निकै कम हुन्छ ।
- निमजन्य विषादीको पूर्ण घोल ०.४५ प्रतिशत बनाएर प्रतिबोटको काण्ड तथा जरा भिज्ने गरी १०० एम. एल. प्रति बोट हाल्ने ।
- फेन्भोलरेट ०.४०० डी लाई आलु रोप्ने बेलामा १ के. जी प्रति रोपनीका दरले प्रयोग गर्दा प्रभावकारी पाइएको छ।
यो कीरा माटोमुनि बसी क्षति गर्ने कीराहरू मध्यको एक हो । खुम्रेकीराले आलुबालीलाई मात्र आक्रमण नगरी तमाम अन्नबाली, तरकारी बालीमा समेत आक्रमण गर्दछ । खुम्रेले आलुको दानामा आक्रमण गर्दछ भने अन्य तरकारी बालीको जरामा आक्रमण गरी क्षति पुर्याउँछन् । यिनले बढी चिस्यान चएको ठाँउमा भन्दा सुख्खा र ओसिलो जमिनमा फुल पार्न मन पराउँछन् र पछि गएर उक्त स्थानहरूमा यसको क्षति बढ्दो क्रममा पाइन्छ । नेपालको तराईदेखि उच्च पहाडसम्मै यसको प्रकोप रहेको पाइन्छ ।
जीवनी र पहिचान
यसका ४ अवस्थाहरू हुन्छन् ।
१. वयस्क
खुम्रेका वयस्क अवस्था एक खास प्रकारको खपटे कीरा हुन्छ । वयस्कहरू विभिन्न आकार र रङ्गका हुन्छन् र विभिन्न बालीनाली तथा वनजंगलका वोट बिरुवामा आश्रय लिन्छन् । कुनै हरियो रंङ्गका हुन्छन् भने कुनै राता, खैरा, काला आदि रङ्गमा हुन्छन् । वयस्कहरू रातमा सक्रिय हुन्छन्, जसलाई विजुलीको उज्यालोमा आकर्षण गर्न सकिन्छ ।
२. फुल
खुम्रेको वयस्क पोथीले छुट्टाछुट्टै रूपमा बाँझो, ओसिलो र झार उम्रेको ठाउँमा फुल पार्दछ । अझ यिनले काँचो गोवरमल थुपारेको ठाउँमा फुल पार्न मन पराउँछन् । फुलहरू सेतो रङ्गका र मसिना हुन्छन् ।
३. लार्भा
फुलबाट निस्केका लार्भा / बच्चाहरूलाई खुम्रे (Grubs) भनिन्छ । खुम्रेको लार्भा अवस्था नै हानिकारक अवस्था हो । यिनलाई सामान्यतया खुम्रे भनिएता पनि स्थान विशेष अनुसार कतै कुर्माउलो त कतै वंशिलो आदि नामले चिनिन्छ । यिनीहरूको टाउको रातो पहेँलो, खैरो र शरीर सेतो रङको हुन्छ । यिनको छातीमा ३ जोडा खुट्टा हुन्छ । यसको शरीर हँसिया आकारको हुन्छ ।
४. प्यूपा
यिनीहरू जमिनमुनि कडा खोल बनाएर माटाको डल्लो पारी भित्र बसेका हुन्छन् ।
क्षतिको प्रकार
खुम्रेको वयस्क र लार्भा दुवैले बालीलाई हानी नोक्सानी पुर्याउछन् । वयस्कले मुना र कलिला पातहरू खाएर र खुम्रेले माटोभित्र बसेर आलुका दाना एवं जरा खान्छ । खुम्रेको आक्रमणले बिरुवाहरू ओइलाउने, रोगाउने हुन सक्दछन् । जाडो याममा यिनीहरू ३०-४० से. मी. तलसम्म गएको पाइयो भने गर्मी याममा सामान्यतया १५-२० से. मी. तलसम्म बसी क्षति गरेको पाइएको छ । खुम्रेहरू आफ्नो जाति र किसिम अनुसार यिनीहरूको जीवनचक्र पूरा हुन १-४ वर्षसम्म लाग्ने हुदा सालिन्दा यिनीहरुले क्षति गरेको पाइदैन । किनकी कुनै प्रजातिले २-४ वर्षसम्म जीवन बिताउँछन्, तर गर्मी याममा भने वार्षिक रूपमा जीवन गुजार्ने प्रजातीको बाहुल्यता भएकोले यिनको क्षति भने सालिन्दा र प्रायः सबै बालीमा पाइएको छ। माटो व्यवस्थापन तथा मलजलको प्रयोग, सरसफाई, खेतीबाली प्रविधि इत्यादिमा यसको क्षति निर्भर रहने गरेको पाइन्छ ।

वातावरणीय प्रभाव
वयस्क खुम्रेले चिसो, ओसिलो तर पानी नजम्ने ठाउँ मन पराउँछ। सामान्यतया उत्तिस, सल्लो आदिको प्रचुरता रहेको बाँझो तथा पाखोबारी यिनको वयस्कलाई मनपर्ने भएकोले बालीनाली नभएको वेला उक्त स्थानमा यिनीहरूले आफ्नो समय गुजार्ने गर्दछन् । जब बालीनाली उपलब्ध हुन्छ तब उक्त क्षेत्रमा यिनीहरूले आफ्नो सन्तान वृद्धि गर्न सुरु गर्दछन् । खुकुलो तथा दोमट माटोमा यिनीहरू सहजरूपमा सकृय हुन्छन् । जाडो याममा यिनीहरू कम सक्रिय हुने हुनाले क्षति पनि कम हुने गर्दछ । घाँसैघाँस भएको पर्ती जमिनमा खेतीपाती सुरु गर्दा यसको साह्रो प्रकोपको सामना गर्नु पर्ने हुन्छ । यसको प्रकोप जेठ देखि कार्तिकसम्म नै कायम रहेको पाईन्छ ।
क्षतिको हद
खुम्रे कीराको क्रियाकलापबाट क्षति यति मात्रामा हुन्छ भनी ठोकुवा गर्न कठिन छ, तापनि यसले वर्षेनी २०-३०% सम्म बालीनालीमा नोक्सान पुर्याउने गरेको अनुमान गर्न सकिन्छ । खासगरी यिनीहरूले काउली, बन्दा, आलु आदिमा सालिन्दा क्षति गर्दै आएका छन् । राम्ररी नपाकेको गोवरमल प्रयोग गरिएको स्थानमा यसको क्षति बढी हुने गरेको पाइन्छ ।
व्यवस्थापन विधिहरू
- वयस्क खुम्रे बत्तिमा आकर्षित हुने हुदा यिनीहरूलाई बत्तिको पासोमा पारी मार्न सकिन्छ। खुम्रेको आक्रमण हुने गरेको खेत बारीमा काँचो गोवर मलको प्रयोग गर्नु हुन्न । काँचो गोवर प्रयोग गर्दा यी कीराहरूको फुल र वच्चा अवस्था गोवरसँगै खेतबारीमा सर्ने भएकोले बालीमा यिनको आक्रमण वढी हुने गर्दछ ।
- खेतबारीबाट घाँसपात निकालेर सरसफाई गर्ने र असार श्रावणतिर गहिरो खनजोत गरी खुम्रे कीराको प्रकोपमा कमी ल्याउन सकिन्छ । सम्भव हुने जग्गामा बाली निकाली सकेपछि गर्मी तथा जाडो दुवै याममा गहिरो खनजोत गर्नुपर्छ। यसो गर्दा खुम्रे र फुलको गुँड बिग्रन जान्छ र बाहिर सतहमा देखिएका लार्भाहरूलाई चराहरूले शिकार गरी नष्ट पार्दछन् ।
- वयस्क पोथीले बाँझो चौर तथा गाईवस्तु चर्ने गरेका खेतबारी आदिमा फुल पार्ने भएकाले उक्त स्थानहरू सम्भव भएसम्म खाली नराख्ने अर्थात खनजोत गरी खेती गर्ने ।
- रातमा वयस्क खुनेहरूले आहार-विहार गर्ने रुखहरू पहिल्याई ती रुखहरूबाट खसाली जम्मा गरी मार्नु पर्छ। यस्तो काम सामुहिक अभियानबाट नै सम्भव छ। रातमा रुखका हाँगाहरू हल्लाएमा खपटेहरू बर्र खस्छन् । यस्ता खपटेहरू मट्टीतेल मिसेको पानीमा डुबाई मार्न सकिन्छ ।
- तरकारी बालीका विभिन्न समूह मिलाएर लगाउने; जस्तो कि गोलभेंडा, लसुन, प्याज, धनियाँ, आदिमा यसको प्रकोप कम हुने भएकाले यसले बढी क्षति पु-याउने गाजर, आलु, काउली समूहका बालीसँग अन्तरबाली अपनाउनु उपयुक्त हुन्छ ।
- खुम्रे कीराको विरुद्ध प्रभावकारी हुने ढुसीजन्य जैविक पदार्थहरू तयार पार्नको लागि मेटारइजीयम र बुभेरीया नामक ढुसीहरूको प्रभावकारी रहेको छ । उक्त मेटारइजीयम वा बुभेरीया ढुसी १ के.जी. प्रति २५ के.जी. गोबरमलमा मिसाएर जमिन तयार गर्ने बेलामा माटोमा राख्नु पर्दछ । जैविक विषादीहरू प्रभावकारी भएकोले रसायनिक विषादीको प्रयोगबाट हुने नकारात्मक असरहरूबाट बच्न सकिन्छ ।
- रसायनिक विषादीको प्रयोग सकभर नगर्नु राम्रो हुन्छ । यदि विषादी प्रयोग गर्ने परेमा क्लोरोपाइरिफस केही हदसम्म सुरक्षित देखिएको छ । यसलाई सिफारिस गरे बमोजिम प्रयोग गर्न सकिन्छ ।
आलुमा लाग्ने पुतली कीरा, जसलाई आलुको पुतली वा आलुको जोताहाको नामले चिनिन्छ। आलुमा लाग्ने हानिकारक कीराहरूमध्ये यो एउटा प्रमुख कीरा हो। यसको शरीर कैलो चाँदी रङ्गको हुन्छ। यसका अघिल्ला पखेटाहरूमा काला तथा पहेला दागहरू हुन्छन् । शरीरको लम्बाई करिव ६ मि. मि. र पखेटा फिजाउदा १३-१४ मि. मि. चौडा हुन्छ। टाउको खैरो र शरीर गुलावी रङ्गको हुन्छ। आलुको वोट, दाना तथा भण्डारण गरिएका आलु सबैका लागि यो ठूलो शत्रु हो।

जिवनी
आलुको पुतली कीराका चार अवस्था हुन्छन् ।
वयस्कः वयस्क अवस्था सानो खैरो रङको हुन्छ। भाले र पोथी पुतलीहरू दुवै साना बनावटका हुन्छन् । शरीरको रङ्ग मैलो सेतो र लम्बाई ६ देखि १० मिलिमिटरसम्म हुन्छ। कैला खैरा अघिल्ला पखेटाहरूमा स-साना काला छिर्काहरू देखिन्छन् । पछिल्ला पखेटाहरू मैला सेता हुन्छन । पखेटाहरूको तल्लो भागमा मसिना रङ्गको झल्लर देखिन्छन् ।
फुलः पुतलीले पातको तल्लो सतह, डाँठ र दानाको आँखामा फुल पार्दछ। फुल पारेको ३ दिनमै लार्भाहरू निस्किन्छन् । आलुको पुतलीको फुल भने मसिना हल्का पहेलो रङ्गका हुन्छन् । यसले फुलहरू आलुका पातमा र दानाका आँखामा पारेका हुन्छन् ।
लार्भाःफुलबाट भर्खर निस्केको लार्भा १ मिलीमिटर लामो हुन्छ तर यस अवस्थाको लार्भालाई पहिचान गर्न सकिन्न । छिप्पिई सकेको लार्भा जब यिनीहरूको लम्बाई १५-२० मिलीमिटरको हुन्छ यसको पहिचान गर्न सकिन्छ। लार्भाको टाउको गाढा खैरो रङ्गको हुन्छ ।
प्युपा: लार्भा पूर्ण विकसित भए पछि खान छाडी शरीर खुम्च्याउन थाल्दछन् । यस्तो लक्षण देखाएको २४ घण्टा पछि लार्भा अचल अवस्था (प्यूपा) को रूप फेर्दछ। अचल अवस्थामा बसेको यो कीरा करिब १ हप्ता पछि पुतलिको रूपमा बाहिर निस्कन्छ।
क्षतिको प्रकार
आलुको बोटमाः
लार्भाले आलुको पात, डाँठ तथा दाना सबै भागमा उत्तिकै आक्रमण गर्दछ। सुरुङ बनाई खाने लार्भाको विशेष स्वाभाव हो। हरियो पातभित्र पसी लाभ्रेले हरियो पदार्थ खाई अघि बढ्दै गए मुताविक खाएको ठाँउको तल र माथि पातका महिन छाला मात्र बाँकी रहेकोले केही पारदर्शीता भएको सेतो धर्सो वा धेरै खाएको भए सेतो धब्बा देखिन्छ। यस्तो पातलाई सूर्यतर्फ राखी हेरेमा पारदर्शी सेतो धब्बा छर्लङ्ग देखिन्छ र भित्र रहेको लार्भा तथा लार्भाका काला खैरा विष्टाहरू पनि राम्ररी देखिन्छ खास गरी यसले पातको मुख्य नशा र शाखा नशाहरूमा सुरुङ बनाएको हुन्छ। यसरी यसले पात खन्दै डाँठभित्र पसी खान थाल्दछन् ।
चित्रः पुतलीले क्षति गरेको आलुको वोट र दाना
संञ्चित आलुमाः
पुतलीले खास गरेर आलुको आखाँमा वा घाउ लागेको भागमा फुल पारेको हुन्छ। सोही ठाउँबाट लार्भा दानाभित्र पस्दछन् र सुरुङ खनी गुदी खान थाल्दछन् । फलस्वरूप आलुको दानामासुरुङहरू देखा पर्दछन् र दाना बाहिर काठको खस्रो धुलो जस्तो खैरो विस्टाका कणहरू थुप्रिन थाल्दछन् । आलुको दाना चाउरिँदै जान्छन् । यस्ता आलुहरू खानको लागि लायक हुँदैनन् र भण्डार गर्दा चाँडै कुहिन्छन् । यस्ता आलुका दानाहरू काटेर हेर्दा भित्र गुदीमा प्रशस्त लार्भाहरू देखिन्छन् । लार्भाले आलु खान थालेको करिब ३ दिनमा यस कीराका काला खैरा विष्टाहरू आलुको सतहमा खास गरेर दानाको आखाँमा देखिन थाल्दछन् । यसरी आक्रमण भएको आलुहरू पछि पूर्णरूपले काम नलाग्ने भएर जान्छ। भण्डार गरेको ठाउँमा यसको आक्रमण भएमा सम्पूर्ण आलु नष्ट हुन सक्दछ ।

चित्रः पुतलीको लार्भाले क्षति गरेको आलुको दाना
वातावरणीय प्रभावः
यो कीराको प्रकोप तराइको उष्ण हावापानीमा भन्दा न्यानो हावापानी पाइने उपत्यका तथा मध्य पहाडी क्षेत्रमा बढी पाइन्छ। पानीको अभाव रहेको जमिनमा उम्रेका बोटहरूमा यस कीराको प्रकोप बढी हुन्छ । पुतलीहरू खेतबारीमा माटो सतह माथि खास उचाईमा उडी जादैनन् वरु हावाको बहावमा बहेर टाढा टाढा पुग्ने हुन्छन। क्षतिको हद आलुबालीमा यस कीराको प्रकोप उल्लेख्य मात्रामा रहेको पाइन्छ। आलुको बोट, दाना तथा भण्डारण गरिएको आलुमा समेत यस कीराले सताउने गर्दछ। उपयुक्त वातावरण पाएको खण्डमा यस कीराले खेतबारीमा नै ५०% भन्दा बढी र भण्डारण गरिएको आलुमा १००% सम्म हानी नोक्सानी पुऱ्याउन सक्दछ ।
व्यवस्थापन विधिहरू
- लगातार एउटै आलु खेती गरिएको खेतबारीमा आलु लगाउदा जमिनको सरसफाईमा विशेष ध्यान दिनु पर्दछ। पछिल्लो आलु बालीमा कीराको प्रकोप धेरै भएको खेतबारीमा यस पटक आलुबाली नलगाउनु उपयुक्त हुन । धान र आलुबालीको बालीचक्र कायम राखेमा यस कीराको प्रकोपलाई कम पार्न सकिन्छ ।
- कीरा लागेका आलुका दानाहरू जथाभावी नफाली गहिरो खाल्टोमा पुरिदिनु पर्दछ । कीरा नलागेका स्वस्थ बीउआलु मात्र रोप्नको लागी प्रयोग गर्नुपर्छ।
- आलु रोप्ने याममा आलु लगाउने काम यथासक्य छिटो र त्यस क्षेत्रका सबै कृषकहरूले एउटै समय मिलाई आलु रोप्नु उपयुक्त हुन्छ।
- आलुको भाले पुतलीहरूलाई पि. टि. एम. प्यारा फेरोमोन जस्तो यौन आकर्षण पदार्थको प्रयोग खेतबारी तथा भण्डारकोठा दुवै ठाउँहरूमा गर्न सकिन्छ । यस प्रविधिको उपयोगबाट सञ्चित आलुमा यस कीराबाट हुने क्षतिलाई करिब ५०% ले कमी ल्याउन सकिन्छ ।
- जमिनमा ठीक मात्रामा चिस्यान हुनेगरी बराबर सिँचाइको व्यवस्था मिलाउनु पर्दछ । यदि आलुको ड्याङ्ङ्गमा आएको चिरालाई समयमा नै पुरिएन भने सो ठाउँबाट कीरा पसी आमा फुल पार्दछन र लार्भाले क्षति गर्ने गर्दछन् ।
- आलुका दानाहरू माटोमा राम्ररी छोपिएर रहोस् भन्नका लागि वोटहरूलाई राम्ररी उकेरा दिनुपर्छ । जसले गर्दा पुतलीले आलुका दानामा फुल पार्न नपाओस ।
- वोटहरू पहेंलीनु अगावै आलु खन्ने काम सकिनु अत्यन्त जरुरी छ। आलु खन्दै गर्दा बारीमा राखिएका दानाहरूमा पुतलीले फुल पार्न नपाओस् भन्नाका लागि आलुलाई पुतलीबाट बचाउन आवश्यक उपाय अपनाउनु पर्दछ ।
- आलु भण्डार गर्दा पुराना आलुसँग नयाँ आलु मिसाउनु हुदैन ।
- कोल्ड स्टोर नजिकै भएको ठाउँमा यदि यो कीराको प्रकोप भएमा आलु खन्ने वित्तिकै उक्त स्टोरमा लगी राख्ने ।
- प्याज, लसुन, झ्याँगे सिमी, भटमास, गोलभेंडा, मकै सँगसँगै आलु रोप्ने गर्दा यो कीराको प्रकोप कम हुन्छ ।
- आलुलाई २- ३ मि. लि. मालाथियन प्रति लिटर पानीमा मिसाई बनाएको झोलमा ५ मिनेटसम्म डुवाई भण्डारण गर्नु पर्दछ। विषादी प्रयोग गरी भण्डारण गरेको आलु खानको लागि प्रयोग गर्नु हुदैन।
- आलु स्याहार्ने बेलामा लामो समय सम्म जमिनमा खुल्ला दाना नराख्ने, राख्नै परेमा कुनै त्रिपाल वा अन्य वस्तुहरूले छोप्ने ताकी कीराले दानामा सिधै फुल पार्न नसकुन ।
लाही किराको वयस्क अनी लार्भा दुवैले आलुको बोटबाट रस चुस्ने गर्दछन् । यिनीहरूले आक्रमण गरेको बोट सानो कदको हुन्छ, पातहरू बेरिएको हुन्छ। यिनीहरूले महजस्तो तरल पदार्थ निस्कासन गर्दछन जुन पछी हामीले देख्ने कालो पदार्थमा पारीणत हुन्छ।
क्षतीको विवरण
- प्रत्यक्ष नोक्सानी - बिरुवाको पात र डाँठबाट रस चुसेर, बिरुवाहरू ओइलाउछन् ।
- अप्रत्यक्ष नोक्सानी-बिरुवाको रस चुस्दा विभिन्न किसिमका भाइरसहरू सर्दछन् - पात दोब्रने भाइरस (PLRV), पोट्याटो भाइरस वाई (PVY), पोट्याटो भाइरस ए (PVA)
- लाही कीराले १२ हप्तामा आफ्नो जिवनचक्र पुरा गर्दछ ।
- लाही कीराले अण्डामात्र पार्दैन, उपयुक्त वातावरणमा ३० देखि ८० वटा सम्म बच्चा जन्माउदछ ।

चित्रः आलुको पात चुस्दै गरेका लाही कीरा
व्यवस्थापनका उपायहरू
- लाही कीराको प्राकृतिक शत्रु कीराहरू स्त्री स्वभाव खपटे कीरा, गाइने कीरा, माकुरा आदिको संरक्षण गर्ने।
- बिहानको समयमा खरानी वा रातो माटो छर्केमा प्रभावकारी हुन्छ ।
- निम, बकाइनो तथा सुर्ती र साबुनको झोल बनाएर छरेमा प्रभावकारी हुन्छ ।
- मेटासिस्टक्स वा रोगर २ मि.लि. प्रति लिटर वा इमिडाक्लोरोपिड ०.५ मि.लि. प्रति लिटर पानीमा छरेमा लाही कीरा नियन्त्रण हुन्छ ।
- लाही कीराको संख्या वृद्धि हुने समयलाई अघि वा पछि पारेर आलु रोपेमा क्षती कम हुन्छ ।
आलुका लाही कीराको लागी पहेंलो पासो र मित्रजीवको संरक्षण
बाली कटानी तथा भण्डारण
बाली पाक्ने अवधि पूरा भएपछि र बोक्रा छिप्पिइसकेको भए आलुको दानामा चोटपटक नलाग्ने गरी होशियारीसाथ आलु खन्नुपर्छ । खनिएको आलुलाई करीब १ हप्तासम्म बोक्रा छिप्पाउन र खन्दा काटिएको घाउमा पातलो बोक्रा जम्न दिन चिसो ठाउँमा (१५ देखि २० डिग्री तापक्रमसम्म) फिंजाएर राख्नुपर्छ ।
हाल्म पुलिङ गरेको १५ दिनपछि आलु खन्नुपर्छ र आलु खनेपछि बीउ साइजका आलुलाई अन्य आलुबाट (साना, ठूला, काटिएका र रोगी) छुट्याई १० देखि १५ दिनसम्म हावादार कोठामा १५ देखि १८ डिग्री तापक्रममा पातलो गरि फिंजाएर राख्नुपर्दछ । फिंजाएर राख्दा आलुको माटो झर्छ र सुवेराईजेसन भई चोट लागेको छालामा खाटा बस्छ । ठूलो, मझौला र सानो गरी ३ साईजमा ग्रेडिङ्ग गर्नुपर्छ । ग्रेडिङ्ग गरिएको बिउ आलु पायक एवं सुविधा हेरी भण्डारणका लागि शीत भण्डार अथवा रष्टिक भण्डारमा लैजानुपर्दछ । साधारण भण्डारण गर्दा बालुवाको तह बनाएर, काठको फ्ल्याक र तख्ता बनाएर गर्न सकिन्छ । बढी गर्मी हुने ठाउँमा बिउ आलु भण्डारणको लागि शीत भण्डार र कोल्ड स्टोर प्रयोग गर्नुपर्छ । जहाँ तापक्रम ३ देखि४ से. र सापेक्षिक आर्द्रता ७५ देखि ८० प्रतिशतसम्म मिलाइएको हुन्छ ।
बिउ आलुको लागि ग्रेडिङ्ग
| ग्रेडिङ | तौल |
| पहिलो | २५ देखि ५० ग्राम |
| दोस्रो | १५ देखि २५ ग्राम |
| तेस्रो | ५० देखि १०० ग्राम |
| बीउ आलुको स्तर | प्रति दानाको तौल (ग्राममा) | |||
| पहिलो श्रेणी | दोस्रो श्रेणी | तेस्रो श्रेणी | चौथो श्रेणी | |
| प्रजनन् बीउ | ५ भन्दा बढी | १–५ सम्म | ०.५–१ सम्म | ०.२–०.५ सम्म |
| मूल, प्रमाणित प्रथम, प्रमाणित द्वितीय, र उन्नत बिउ आलु |
२५–५० सम्म | १५–२५ सम्म | ५०–१०० सम्म | – |
| सिडलिंग ट्युवर (प्रमाणित द्वितीय) | १०–२० सम्म | ५–१० सम्म | ५ भन्दा कम र २० भन्दा बढी |
– |
बीउ आलु उत्पादन कार्यक्रम सञ्चालन पूर्व कृषकको चाहना र आवश्यकताको आधारमा कृषक समूहको गठन गरी बिउ आलु उत्पादनका लागि आवश्यक पर्ने विभिन्न निर्णयहरु गरिन्छ । बीउ आलु उत्पादन समूहगत रूपमा गरिने भएकोले समूहको आफ्नै विधान हुन्छ र सम्बन्धित सरकारी निकायमा दर्ता गर्नुपर्दछ । समूहमा पारित नियमको आधारमा बिउ उत्पादन कार्यक्रम सञ्चालन गरिन्छ ।बीउमा हुनुपर्ने न्यूनतम् गुणस्तरहरू तोकिनुपर्दछ जसका लागि सहयोगी निकायबाट प्राविधिक सहयोग लिनुपर्दछ । केही सदस्यले प्राविधिक दक्षता हाँसिल गर्न सम्बन्धित संस्थाबाट विशेष तालिम लिनुपर्दछ। सम्भव भएको ठाउँमा सहयोगी निकायका विषयवस्तु विशेषज्ञबाट निरीक्षण गर्न सहयोग पुर्याउनुपर्दछ । समूहले लागू गरेको न्यूनतम् गुणस्तर अनुसार उत्पादन गरिएको लट मात्र बिउ आलुमा सिफारिस गरिएको हुन्छ । पूर्वमूल बीउ (पिविएस) मात्र श्रोत बीउ आलुको रूपमा प्रयोग गरिएको हुन्छ जुन राष्ट्रिय आलुबाली बिकास कार्यक्रमले व्यवस्था गरेको हुन्छ । अन्य श्रोतबाट आएको बीउ आलुलाई मान्यता दिइदैंन । कृषिसँग सम्बन्धित कार्यालयको सहयोगमा स्थानीय खास किसिमका समस्याहरू सुल्झाउन कृषकहरूको खेतवारीमा गरिने प्रविधि मुल्याङ्कन परीक्षण सञ्चालन गर्नुपर्छ।यस्तो बिउ आलु उत्पादक समूह एवं संघ–संस्थाहरुले ३ देखि ४ पुस्तासम्म वृद्घि गरी उक्त बीउ खायन आलु खेति उत्पादक कृषकलाई वितरण वा बिक्री गरिन्छ । पूर्व मूल बीउ (प्रि–वेसिक बीउ ) आलु ३ देखि ४ पुस्ता सम्म बीउका लागि वद्घि गर्दा भाईरस, माइकोप्लाज्मा लगायत अन्य रोगहरु नआउने वातावरणको श्रृजना गर्नु पर्छ ।
अन्य जानकारी
आलु भण्डारणका क्रममा गुणस्तर र परिमाण दुवैमा हानि हुन सक्छ ।
जैविक कारणहरूः
- प्राविधिक पुस्त
- अंकुरण।
- कीरा र रोग
रासायनिक परिवर्तनहरूः
- श्वसन प्रक्रियाका कारण उर्जा सञ्चय घट्नु ।
अजैविक कारणहरूः
- कम तापक्रमका कारण आलुमा चिनीको सञ्चय।
भौतिक क्षतिः
- ह्यान्डलिङ र भण्डारणका क्रममा चोटपटक र क्षति।
आलुहरू प्रशोधन गरेर विभिन्न प्रकारका उत्पादनहरूमा परिणत गर्न सकिन्छ, जसमाः
- पाकाइएका आलुहरूः आलुहरूलाई ब्लांच, उमाल्न, वा पकाउन सकिन्छ, जसले विभिन्न व्यञ्जनहरूको लागि प्रयोग गर्न तयार बनाउँछ ।
- पार-फ्राइड आलु स्ट्रिप्सः आलुहरूलाई आंशिक रूपमा फ्राइ गरेर पार-फ्राइड आलु स्ट्रिप्स तयार गर्न सकिन्छ, जसलाई फ्रेन्च फ्राइज र अन्य फ्राइड उत्पादनहरूको तयारीमा प्रयोग गर्न सकिन्छ ।
- फ्रेन्च फ्राइजः फ्रेन्च फ्राइज एक लोकप्रिय आलु-आधारित नास्ता र फास्ट फूड उत्पादन हो, जसले स्वाद, बनावट, र सुविधाजनकता प्राप्त गर्न मनपराइन्छ ।
- आलु चिप्सः आलु चिप्सहरू, जसलाई क्रिस्प्स पनि भनिन्छ, पातलो काटिएका आलुहरू हुन् जुन गहिरो तातो तेलमा फ्राइ गरिएका वा बेक गरिएका हुन्छ ।
- आलु स्टार्चः आलु स्टार्च आलुबाट निकालिन्छ र विभिन्न खाद्य उत्पादनहरूमा गाढा बनाउने एजेन्टको रूपमा प्रयोग गरिन्छ ।
- आलु ग्रान्युल्सः आलु ग्रान्युल्स डिहाइड्रेटेड आलु फ्लेक्सको रूप हो जसलाई पानीसँग पुनः संकलन गरेर मेश गरिएको आलु बनाउन वा विभिन्न पाक कलामा प्रयोग गर्न सकिन्छ ।
- आलु फ्लेक्सः आलु फ्लेक्स अर्को डिहाइड्रेटेड आलु रूप हो र प्रायः तत्काल मेश गरिएको आलु बनाउन प्रयोग गरिन्छ।
- डिहाइड्रेटेड डाइस आलुहरूः डिहाइड्रेटेड डाइस आलुहरू सुप, स्ट्यू, र अन्य तयारीहरूमा प्रयोग गर्नका लागि सुविधाजनक हुन्छ ।
आलुका कन्दहरू काट्ने समयमा निस्क्रिय अवस्थामा हुन्छन्, र विभिन्न हार्मोनल तत्वहरूले यस निस्क्रियतालाई प्रभाव पार्छन्। भण्डारण अवधि बढ्दै जाँदा, कन्दहरूको निस्क्रियता टुट्छ र अंकुरण हुन्छ ।
हार्मोनको भूमिकाः
- Abscisic Acid (ABA): आलुको ट्युबर निस्क्रियता उत्पन्न गर्न जिम्मेवार।
- Cytokinin (CK): निस्क्रियता समाप्त गरी अंकुरण बढाउँछ ।
- Indoleacetic Acid (IAA) र Gibberellic Acid (GA): अंकुरण नियन्त्रण गर्न सन्तुलनमा राख्न प्रभावकारी हुन्छ।
सन्दर्भ सामग्री
राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्र
आलुबाली विकास केन्द्र
निगाले, सिन्धुपाल्चोक
