सुकाउने, ग्रेडिङ गर्ने तथा भण्डारण

हाल्म पुलिङ गरेको १५ दिनपछि आलु खन्नुपर्छ र आलु खनेपछि बीउ साइजका आलुलाई अन्य आलुबाट (साना, ठूला, काटिएका र रोगी) छुट्याई १० देखि १५ दिनसम्म हावादार कोठामा १५ देखि १८ डिग्री तापक्रममा पातलो गरि फिंजाएर राख्नुपर्दछ । फिंजाएर राख्दा आलुको माटो झर्छ र सुवेराईजेसन भई चोट लागेको छालामा खाटा बस्छ । ठूलो, मझौला र सानो गरी ३ साईजमा ग्रेडिङ्ग गर्नुपर्छ । ग्रेडिङ्ग गरिएको बिउ आलु पायक एवं सुविधा हेरी भण्डारणका लागि शीत भण्डार अथवा रष्टिक भण्डारमा लैजानुपर्दछ । साधारण भण्डारण गर्दा बालुवाको तह बनाएर, काठको फ्ल्याक र तख्ता बनाएर गर्न सकिन्छ । बढी गर्मी हुने ठाउँमा बिउ आलु भण्डारणको लागि शीत भण्डार र कोल्ड स्टोर प्रयोग गर्नुपर्छ । जहाँ तापक्रम ३ देखि४ से. र सापेक्षिक आर्द्रता ७५ देखि ८० प्रतिशतसम्म मिलाइएको हुन्छ । 

बिउ आलुको लागि ग्रेडिङ्ग

ग्रेडिङ तौल
पहिलो २५ देखि ५० ग्राम
दोस्रो १५ देखि २५ ग्राम
तेस्रो ५० देखि १०० ग्राम

 

बीउ आलुको स्तर                                                                             प्रति दानाको तौल (ग्राममा)
  पहिलो श्रेणी दोस्रो श्रेणी तेस्रो श्रेणी चौथो श्रेणी
प्रजनन् बीउ ५ भन्दा बढी १–५ सम्म ०.५–१ सम्म ०.२–०.५ सम्म
मूल, प्रमाणित प्रथम,
प्रमाणित द्वितीय, र
उन्नत बिउ आलु
२५–५० सम्म १५–२५ सम्म ५०–१०० सम्म
सिडलिंग ट्युवर (प्रमाणित द्वितीय) १०–२० सम्म ५–१० सम्म ५ भन्दा कम र
२० भन्दा बढी

बीउ आलु उत्पादन कार्यक्रम सञ्चालन पूर्व कृषकको चाहना र आवश्यकताको आधारमा कृषक समूहको गठन गरी बिउ आलु उत्पादनका लागि आवश्यक पर्ने विभिन्न निर्णयहरु गरिन्छ । बीउ आलु उत्पादन समूहगत रूपमा गरिने भएकोले समूहको आफ्नै विधान हुन्छ र सम्बन्धित सरकारी निकायमा दर्ता गर्नुपर्दछ । समूहमा पारित नियमको आधारमा बिउ उत्पादन कार्यक्रम सञ्चालन गरिन्छ ।बीउमा हुनुपर्ने न्यूनतम् गुणस्तरहरू तोकिनुपर्दछ जसका लागि सहयोगी निकायबाट प्राविधिक सहयोग लिनुपर्दछ । केही सदस्यले प्राविधिक दक्षता हाँसिल गर्न सम्बन्धित संस्थाबाट विशेष तालिम लिनुपर्दछ। सम्भव भएको ठाउँमा सहयोगी निकायका विषयवस्तु विशेषज्ञबाट निरीक्षण गर्न सहयोग पुर्याउनुपर्दछ । समूहले लागू गरेको न्यूनतम् गुणस्तर अनुसार उत्पादन गरिएको लट मात्र बिउ आलुमा सिफारिस गरिएको हुन्छ । पूर्वमूल बीउ (पिविएस) मात्र श्रोत बीउ आलुको रूपमा प्रयोग गरिएको हुन्छ जुन राष्ट्रिय आलुबाली बिकास कार्यक्रमले व्यवस्था गरेको हुन्छ । अन्य श्रोतबाट आएको बीउ आलुलाई मान्यता दिइदैंन । कृषिसँग सम्बन्धित कार्यालयको सहयोगमा स्थानीय खास किसिमका समस्याहरू सुल्झाउन कृषकहरूको खेतवारीमा गरिने प्रविधि मुल्याङ्कन परीक्षण सञ्चालन गर्नुपर्छ।यस्तो बिउ आलु उत्पादक समूह एवं संघ–संस्थाहरुले ३ देखि ४ पुस्तासम्म वृद्घि गरी उक्त बीउ खायन आलु खेति उत्पादक कृषकलाई वितरण वा बिक्री गरिन्छ । पूर्व मूल बीउ (प्रि–वेसिक बीउ ) आलु ३ देखि ४ पुस्ता सम्म बीउका लागि वद्घि गर्दा भाईरस, माइकोप्लाज्मा लगायत अन्य रोगहरु नआउने वातावरणको श्रृजना गर्नु पर्छ ।

तरकारीको प्रकार

Serial No.

2

तरकारी विवरणको प्रकार