फेद काट्ने  लाभ्रे (Cutworm)

यो कीरा माटोमुनि बसी क्षति गर्ने कीराहरू मध्यको एक हो। खुम्रेकीराले आलुबालीलाई मात्र आक्रमण नगरी तमाम अन्नबाली, तरकारी बालीमा समेत आक्रमण गर्दछ। खुम्रेले आलुको दानामा आक्रमण गर्दछ भने अन्य तरकारी बालीको जरामा आक्रमण गरी क्षति पुर्याउँछन् । यिनले बढी चिस्यान चएको ठाँउमा भन्दा सुख्खा र ओसिलो जमिनमा फुल पार्न मन पराउँछन् र पछि गएर उक्त स्थानहरूमा यसको क्षति बढ्दो क्रममा पाइन्छ । नेपालको तराईदेखि उच्च पहाडसम्मै यसको प्रकोप रहेको पाइन्छ ।

जीवनी र पहिचान

वयस्क
खुम्रेका वयस्क अवस्था एक खास प्रकारको खपटे कीरा हुन्छ। वयस्कहरू विभिन्न आकार र रङ्गका हुन्छन् र विभिन्न बालीनाली तथा वनजंगलका वोट बिरुवामा आश्रय लिन्छन् । कुनै हरियो रंङ्गका हुन्छन् भने कुनै राता, खैरा, काला आदि रङ्गमा हुन्छन् । वयस्कहरू रातमा सक्रिय हुन्छन्, जसलाई विजुलीको उज्यालोमा आकर्षण गर्न सकिन्छ ।

फुल
खुम्रेको वयस्क पोथीले छुट्टाछुट्टै रूपमा बाँझो, ओसिलो र झार उम्रेको ठाउँमा फुल पार्दछ । अझ यिनले काँचो गोवरमल थुपारेको ठाउँमा फुल पार्न मन पराउँछन् । फुलहरू सेतो रङ्गका र मसिना हुन्छन् ।

लार्भा
फुलबाट निस्केका लार्भा / बच्चाहरूलाई खुम्रे (Grubs) भनिन्छ। खुम्रेको लार्भा अवस्था नै हानिकारक अवस्था हो। यिनलाई सामान्यतया खुम्रे भनिएता पनि स्थान विशेष अनुसार कतै कुर्माउलो त कतै वंशिलो आदि नामले चिनिन्छ। यिनीहरूको टाउको रातो पहेंलो, खैरो र शरीर सेतो रङको हुन्छ । यिनको छातीमा ३ जोडा खुट्टा हुन्छ। यसको शरीर हँसिया आकारको हुन्छ।

प्यूपा
यिनीहरू जमिनमुनि कडा खोल बनाएर माटाको डल्लो पारी भित्र बसेका हुन्छन् ।

क्षतिको प्रकार
खुम्रेको वयस्क र लार्भा दुवैले बालीलाई हानी नोक्सानी पुर्याउछन् । वयस्कले मुना र कलिला पातहरू खाएर र खुम्रेले माटोभित्र बसेर आलुका दाना एवं जरा खान्छ । खुम्रेको आक्रमणले बिरुवाहरू ओइलाउने, रोगाउने हुन सक्दछन्। जाडो याममा यिनीहरू ३०-४० से. मी. तलसम्म गएको पाइयो भने गर्मी याममा सामान्यतया १५-२० से. मी. तलसम्म बसी क्षति गरेको पाइएको छ । खुम्रेहरू आफ्नो जाति र किसिम अनुसार यिनीहरूको जीवनचक्र पूरा हुन १-४ वर्षसम्म लाग्ने हुदा सालिन्दा यिनीहरुले क्षति गरेको पाइदैन। किनकी कुनै प्रजातिले २-४ वर्षसम्म जीवन बिताउँछन्, तर गर्मी याममा भने वार्षिक रूपमा जीवन गुजार्ने प्रजातीको बाहुल्यता भएकोले यिनको क्षति भने सालिन्दा र प्रायः सबै बालीमा पाइएको छ। माटो व्यवस्थापन तथा मलजलको प्रयोग, सरसफाई, खेतीबाली प्रविधि इत्यादिमा यसको क्षति निर्भर रहने गरेको पाइन्छ ।

a

चित्रः खुम्रे कीराको लार्भाले क्षति गरेको आलु

वातावरणीय प्रभाव
वयस्क खुम्रेले चिसो, ओसिलो तर पानी नजम्ने ठाउँ मन पराउँछ। सामान्यतया उत्तिस, सल्लो आदिको प्रचुरता रहेको बाँझो तथा पाखोबारी यिनको वयस्कलाई मनपर्ने भएकोले बालीनाली नभएको वेला उक्त स्थानमा यिनीहरूले आफ्नो समय गुजार्ने गर्दछन्। जब बालीनाली उपलब्ध हुन्छ तब उक्त क्षेत्रमा यिनीहरूले आफ्नो सन्तान वृद्धि गर्न सुरु गर्दछन् । खुकुलो तथा दोमट माटोमा यिनीहरू सहजरूपमा सकृय हुन्छन्। जाडो याममा यिनीहरू कम सक्रिय हुने हुनाले क्षति पनि कम हुने गर्दछ । घाँसैघाँस भएको पर्ती जमिनमा खेतीपाती सुरु गर्दा यसको साहो प्रकोपको सामना गर्नु पर्ने हुन्छ। यसको प्रकोप जेठ देखि कार्तिकसम्म नै कायम रहेको पाईन्छ ।

क्षतिको हद
खुम्रे कीराको क्रियाकलापबाट क्षति यति मात्रामा हुन्छ भनी ठोकुवा गर्न कठिन छ, तापनि यसले वर्षेनी २०-३०% सम्म बालीनालीमा नोक्सान पुर्याउने गरेको अनुमान गर्न सकिन्छ । खासगरी यिनीहरूले काउली, बन्दा, आलु आदिमा सालिन्दा क्षति गर्दै आएका छन्। राम्ररी नपाकेको गोवरमल प्रयोग गरिएको स्थानमा यसको क्षति बढी हुने गरेको पाइन्छ ।


व्यवस्थापन विधिहरू

  • वयस्क खुम्रे बत्तिमा आकर्षित हुने हुदा यिनीहरूलाई बत्तिको पासोमा पारी मार्न सकिन्छ। खुम्रेको आक्रमण हुने गरेको खेत बारीमा काँचो गोवर मलको प्रयोग गर्नु हुन्न । काँचो गोवर प्रयोग गर्दा यी कीराहरूको फुल र वच्चा अवस्था गोवरसँगै खेतबारीमा सर्ने भएकोले बालीमा यिनको आक्रमण वढी हुने गर्दछ।
  • खेतबारीबाट घाँसपात निकालेर सरसफाई गर्ने र असार श्रावणतिर गहिरो खनजोत गरी खुम्रे कीराको प्रकोपमा कमी ल्याउन सकिन्छ। सम्भव हुने जग्गामा बाली निकाली सकेपछि गर्मी तथा जाडो दुवै याममा गहिरो खनजोत गर्नुपर्छ। यसो गर्दा खुने र फुलको गुँड बिग्रन जान्छ र बाहिर सतहमा देखिएका लार्भाहरूलाई चराहरूले शिकार गरी नष्ट पार्दछन् ।
  • वयस्क पोथीले बाँझो चौर तथा गाईवस्तु चर्ने गरेका खेतबारी आदिमा फुल पार्ने भएकाले उक्त स्थानहरू सम्भव भएसम्म खाली नराख्ने अर्थात खनजोत गरी खेती गर्ने।
  • रातमा वयस्क खुम्रेहरूले आहार-विहार गर्ने रुखहरू पहिल्याई ती रुखहरूबाट खसाली जम्मा गरी मार्नु पर्छ। यस्तो काम सामुहिक अभियानबाट नै सम्भव छ। रातमा रुखका हाँगाहरू हल्लाएमा खपटेहरू बर्र खस्छन् । यस्ता खपटेहरू मट्टीतेल मिसेको पानीमा डुबाई मार्न सकिन्छ ।
  • तरकारी बालीका विभिन्न समूह मिलाएर लगाउने; जस्तो कि गोलभेंडा, लसुन, प्याज, धनियाँ, आदिमा यसको प्रकोप कम हुने भएकाले यसले बढी क्षति पु-याउने गाजर, आलु, काउली समूहका बालीसँग अन्तरबाली अपनाउनु उपयुक्त हुन्छ ।
  • खुम्रे कीराको विरुद्ध प्रभावकारी हुने ढुसीजन्य जैविक पदार्थहरू तयार पार्नको लागि मेटारइजीयम र बुभेरीया नामक ढुसीहरूको प्रभावकारी रहेको छ। उक्त मेटारइजीयम वा बुभेरीया ढुसी १ के. जी. प्रति २५ के.जी. गोबरमलमा मिसाएर जमिन तयार गर्ने बेलामा माटोमा राख्नु पर्दछ । जैविक विषादीहरू प्रभावकारी भएकोले रसायनिक विषादीको प्रयोगबाट हुने नकारात्मक असरहरूबाट बच्न सकिन्छ ।
  • रसायनिक विषादीको प्रयोग सकभर नगर्नु राम्रो हुन्छ। यदि विषादी प्रयोग गर्ने परेमा क्लोरोपाइरिफस केही हदसम्म सुरक्षित देखिएको छ। यसलाई सिफारिस गरे बमोजिम प्रयोग गर्न सकिन्छ ।

तरकारीको प्रकार

Serial No.

1

तरकारी विवरणको प्रकार