साधारण दाद (Common Scab)

प्रायः आलुखेती गरिने सबै जसो स्थानमा यो रोग देखापर्ने गर्दछ। तर अम्लीय माटोमा नहुन सक्दछ । यो रोगको जीवाणु स्ट्रेप्टोमाइसिस् स्क्याविस् हो। नेपालको पूर्वी तराई क्षेत्रमा यस रोगले ठूलो मात्रामा हानी पु-याउँदै आइरहेको छ भने मध्य तथा पश्चिम तराई र भित्री मधेश र काठमाडौं उपत्यकामा पनि देखिन थालेको छ। यस रोगले प्रायः उत्पादनमा खासै नोक्सान नपुयाए पनि उत्पादित आलुले बजारमा उपयुक्त मूल्य नपाउने सम्भावना भने रहन्छ।

रोगको लक्षण
क)आलुको दानाको सतहमा विभिन्न आकारका दागहरू देखा पर्दछन् ।
ख)पछि गएर जाली जस्तो गहिरो वा खोपिल्टा परेको वा फोका परेको जस्तो देखिन्छ ।
ग)विस्तारै दागहरू एक आपसमा जोडिन गई पुरै आलुका दानामा रोगले ढाक्दछ ।

6
चित्रः साधारण दादबाट क्षतिग्रस्त आलु

रोग नियन्त्रण गर्ने उपायहरू

  • बीउ खरिद गर्नु भन्दा पहिले बीउको निरीक्षण गरी स्वस्थ भएको एकीन भएपछि मात्र बीउको रूपमा प्रयोग गर्ने।
  • माटोमा बढी सुख्खा भएमा यो रोगको आक्रमण बढ्न सक्ने भएकाले सिंचाईको राम्रो व्यवस्था मिलाउने ।
  • यो रोग चुकन्दर, मुला, सलगम, गाजर आदिमा पनि लाग्ने भएकाले यी बालीहरू बाहेक अन्नबाली समावेश गरेको बालीचक्र अपनाउन गर्नुपर्दछ ।
  • अम्लीय हुने खालका रसायनिक मल (एमोनियम सल्फेट आदि) को प्रयोग गर्ने र कृषि चुनको कम प्रयोग गर्नुपर्दछ ।
  •  मेन्कोजेबयुक्त विषादी (डाइथेन एम-४५ वा इन्डोफिल एम ४५) को ८% को झोलले बीउ उपचार गर्ने ।
  •  बीउ आलुलाई ३% वोरीक एसिडको झोलमा ३० मिनेट अथवा ३% एसिटिक एसिड र ०.०५% को जिंक सल्फेट मिसाई तयार पारेको झोलमा २० मिनेट डुवाई उपचार गरेर मात्र बीउ प्रयोग गर्नुपर्दछ ।

तरकारीको प्रकार

Serial No.

6

तरकारी विवरणको प्रकार