आलु रोप्ने तरीका

बीउको मात्राः साधरणतया २५ देखि ५० ग्राम तौल भएको बीउ आलु रोप्दा प्रति रोपनी ७५ देखि १०० के.जी बीउ चाहिन्छ । आलु रोप्ने अगाडि डाइथेन एम ४५, ३ ग्राम १ लिटर पानीमा मिसाएर बनाएको झोलमा डुबाएर उपचार गर्ने प्राङ्गारिक उत्पादनको लागि ट्राइकोर्डमा सँग पनि उपचार गर्न सकिन्छ ।
रोप्ने दूरीः रोप्ने दूरी फलाउन खोजेको आलुको साइज, लगाउने सिजन, माटोको मलिलोपनमा भर पर्दछ । एक ड्याङ्गदेखि अर्को ड्याङ्गको दूरी: ६० देखि ७० सेन्टिमिटर 
एक बीउदेखि अर्को बीउको दूरीः २० देखि २५ सेन्टिमिटर
रोप्ने समयः कार्तिकदेखि मंसिर
रोप्ने तरिकाः आलु डयाङ्ग बनाएर लाइनमा रोप्नुपर्छ । आलु लगाउँदा टुसालाई माथि फर्काएर रोप्नु राम्रो हुन्छ ।
आलु लाइनमा रोप्दा हुने फाइदाहरु
गोडमेल तथा माटो चढाउने र बिषादी छर्न सजिलो हुने ।
मलखाद, पानी, सूर्यको प्रकाश आदिको उचित उपयोग हुन्छ ।
आलु खन्ने काम सजिलो र कम नोक्सान हुन्छ ।

तरकारीको प्रकार

Serial No.

2

तरकारी विवरणको प्रकार