ऐजेरु (Wart)

सन् १८८० तिर दक्षिण अमेरिकाबाट आलुको बीउसँगै यो रोग पनि यूरोपियन देशहरूमा प्रवेश गयो। त्यसपछि क्रमशः विश्वका अरु देशहरूमा फैलियो। भारतको दार्जिलिङमा सन् १९५२ मा यो रोग देखा पर्यो। नेपालको सन्दर्भमा भन्ने हो भने उच्च पहाडी क्षेत्र, चिसो हावापानी भएको ठाउँमा यो रोगको समस्या ज्यादा भएको पाइन्छ । सन् १९६० तिर पूर्वाञ्चलका पहाडी क्षेत्र पाँचथर इलाम हुँदै दोलखा, सिन्धुपाल्चोक, धादिङ्ग र गोर्खा जिल्लाका केहि उच्च पहाडी क्षेत्रमा भित्रियो र हालसम्म आउँदा रोगको प्रकोप बढ्‌दै गयो जसबाट उत्पादनमा २०-६० % सम्म नोक्सानी भएको पाइन्छ । जुन क्षेत्रको माटोमा रोगको जीवाणु स्थापित भैसकेको छ, उल्लेख्य रूपमा उत्पादनमा ह्रास भएको पाइन्छ ।
a

चित्रः आलुको ऐजरुबाट क्षति ग्रस्त आलु

रोगको पहिचान
बोट मात्र हेरेर यो रोग छुट्याउन गाह्रो भएता पनि यो रोगबाट संक्रमित बिरुवा अन्य स्वस्थ बिरुवा भन्दा कमजोर तथा हल्का हरियो देखिन्छ। जमिनको सतहमा डाँठको सबैभन्दा तल्लो भागमा ऐजेरु देखा पर्छ। माटो माथि बनेका ऐजेरु खैरा वा हरिया हुन्छन् छिप्पिसकेपछि काला देखिन्छन् र पछि कुहिन्छन् । एजेरुहरू त्यान्द्राको टुप्पा र आलु दानाको आँखाबाट बढ्न थाल्छन् । तर जरामा ऐजेरु बनेको पाइएको छैन। जबसम्म डाँठको तल्लो भाग वा दानाहरू हेरिदैन ऐजरुयुक्त रोगी बोट चिन्न सजिलो हुँदैन। रोगको प्रकोप ज्यादा भएमा उत्पादनमा निकै कम आँउछ यस्ता लक्षण देखिएमा आलुका बजार भाउ कम हुन सक्छ । यो रोगको वृद्धि हुँदा आलु दानामा काउली जस्तो आकृति देखा पर्छ। त्यान्द्राको टुप्पामा आलुदाना फल्नुको सट्टा परजीवी ऐजेरु बन्दछ । यो रोग (Synchytrium endobioticum) बाट लाग्छ ।

रोगको व्यवस्थापन

  • ऐजेरू रोग अवरोधी आलुका जातहरू एन. पि. आइ. १०६, कार्डिनल, कुफ्रिज्योती, जनकदेव, खुमल सेतो -१, खुमल रातो-२ आदि जातहरूको प्रयोग गर्ने।
  • रोगग्रस्त क्षेत्रमा काम गर्दा प्रयोग भएको कृषि औजार र जुत्ता सफा गरेर मात्र अर्को प्लटमा काम गर्नुपर्छ।
  • रोगको लक्षण देखिएका दानाहरू गहिरो खाडलमा गाड्ने वा जलाई नस्ट गर्ने। रोगी दाना पशुहरूलाई पनि नखुवाउने, बारीमा नछोड्ने र रोगीदानाबाट कम्पोष्ट मल पनि नबनाउने ।
  • पाँच वर्ष भन्दा बढीको बालीचक्र अपनाउने। ऐजेरु लाग्ने आलुको जात लगाउन छोड्ने।
  • ऐजेरु रोगको प्रकोप हुने गरेको आलु उत्पादन क्षेत्रहरू पहिचान गर्ने । आन्तरिक क्वारेन्टाइन चेकपोष्ट खडा गरी ऐजेरुरोग लाग्ने क्षेत्रबाट अन्यत्र बीउ ओसार पसारमा कानुनी रोक लगाउने ।

तरकारीको प्रकार

Serial No.

3

तरकारी विवरणको प्रकार