लहरे तरकारी बाली अन्तर्गत काँक्रो, फर्सी, लौका, घिरौला, करेला, जुकेनी फर्सी, चिचिण्डा, इष्कुस, परबल लगायतका तरकारी बालीहरु पर्दछन् । यी बालीहरु कुकुरविटेसी परिवार अन्तर्गत पर्ने बालीहरु हुन् ।
लौका खेति प्रविधि
परिचय
आवश्यकता
यिनिहरु न्यानो एवं गर्मी समयमा उत्पादन गर्न सकिने बाली हुन् र धेरै गर्मी, जाडो र तुसारो सहन सक्दैनन् । यस बर्गका बालीहरुको सफलतापूर्वक खेती गर्न २५–३० डिग्री से. सम्म तापक्रम उपयुक्त हुन्छ । सरदर दिनको तापक्रम १८–२४ डिग्री सेल्सियस र रातको तापक्रम १५–१८ डिग्री से. भएको अवस्थामा यस बर्गका तरकारीहरुको राम्रो उत्पादन भएको पाइएको छ । वायुको सापेक्षिक आद्रता ७०–७५% खेतीको लागि अनुकुल हुन्छ । जाडो महिनामा दिन छोटो र तापक्रम कम हुने हुँदा काँक्रोमा पोथी फुलको संख्या बढि हुन्छ भने गर्मी महिनामा भाले फुलको संख्या बढी हुन्छ ।
यस समूहका बालीहरुको बेमौसमी खेतीको लागि बलौटे दुमट र बर्षे बालीको लागि दुमट माटो बढी राम्रो हुन्छ । मलिलो, पानीको राम्रो निकास भएको र पि.एच. ५.५–६.८ सम्म भएको माटो यस वर्गका तरकारी खेतीको लागि उपयुक्त मानिन्छ ।
नर्सरी व्यवस्थापन
लहरे तरकारी बालीको नर्सरीको प्रमुख समस्या भनेको बेर्ना कुहिने रोग हो ।
लक्षण
बिरुवा बाहिर ननिस्कदै कुहिएर मर्ने तथा बेर्नाको फेद कुहिएर मर्ने, बेर्नाको फेदमा औठी आकार बनी सडेर मर्ने
समाधान
- माटो उपचार (माटोको निर्मलीकरण)
- बीउ उपचार
- पानीको निकास
- ढुसीजन्य विषादीको प्रयोग (बेर्नाको लागि डायथिन तथा वेभिष्टिन, बीउको लागि वेभिष्टीन)
जग्गा तयारी
तराई: माघ-चैत्र (चैत्र-कार्तिक)
मध्य पहाड: चैत्र-असार (वैशाख-कार्तिक)
उच्च पहाड: वैशाख-जेष्ठ (असार-भाद्र)
लहरे तरकारीको बेर्ना बेमौसमी खेतीको लागि पोलिपट वा सेल ट्रेमा तयार गरिन्छ भने मौसमी खेतीको लागि सिधै जमिनमा बीउ रोप्ने चलन रहेको छ तर बिरुवाको समुचित वृद्धि विकास गराई उत्पादन बढाउन पोलिपट वा ट्रेमा जमाएको बेर्ना रोप्नु पर्दछ । बीउ राम्रोसँग उम्रन तापक्रम र चिस्यानको आवश्यकता पर्ने हुँदा बेमौसमी खेतीको लागि लहरे तरकारी रोप्दा बीउ टुसाएर रोप्दा छिटै बेर्ना तयार गर्न सकिन्छ । बीउलाई छिटो उर्मान करिव २४ घन्टा बीउलाई भिजाएर उक्त बीउलाई कपडाले पोको पारी तातो नर्सरी वा मलखाडलमा करिब ४८ घन्टासम्म राख्दा बीउको राम्रो अंकुरण हुन्छ ।
उक्त अंकुरण भएको बीउलाई ४ इन्च चौडाइ र ६ इन्च लम्बाई भएको प्लाष्टिक थैलामा वा सेल ट्रेमा लगाएर बेर्ना उत्पादन गर्नु राम्रो हुन्छ । थैलामा माटो, गोबरमल, खरानी र बालुवाको अनुपात २ः२ः१ः१ गर्नु पर्दछ, यदि बालुवा मिसिएको माटो छ भने बालुवाको आवश्यकता पर्दैन । यदि गाउँघरमा साल वा अन्य ठूलो पात भएका बिरुवा छन् भने उक्त पातलाई सोली आकारमा गाँसी माथिको मिश्रण प्रयोग गरेर समेत बिरुवा उत्पादन गर्न सकिन्छ । अंकुरण भएका बीउ प्रति थैला करिब १ से.मि. जतिको गहिराईमा तेर्सो पर्ने गरी एक एक वटा पर्नेगरी रोपी थैला भिज्ने गरी रोपि गुमोजमा हावा नछिर्नेगरी प्लाष्टिकले छोप्ने र बीउ राम्रोसँग उम्रेपछि दिउँसो प्लाष्टिक हटाउने र राति छोप्ने कार्य गर्नुपर्दछ साथै बेला बेलामा हजारीको सहयताबाट पानी नजम्ने गरी सिंचाई गर्नुपर्दछ । बिरुवा ३ देखी ४ पातको भएपछि रोप्न योग्य हुन्छ । यदि बीउलाई ट्रेमा जमाउने हो भने राम्रोसँग कुहिएको करिब १ वर्ष पुरानो कम्पोष्ट वा मधुमासको प्रयोग गरी बीउ रोप्नुपर्दछ ।
जग्गा २–३ पटक खनजोत गर्नुपर्दछ । गर्मी समय भए १.५ मिटर चौडा र यदि बर्षायाम भए २ मिटर चौडा ड्याङ बनाउनु पर्दछ । उक्त ड्याङमा माथि सिफारिस दुरी अनुसारको फरकमा खाडल खनी बिरुवा रोपेर पानी दिनु पर्दछ ।
बाली व्यवस्थापन तथा हेरचाह
माटोमा चिास्यानको अवस्थालाइ विचार गरी गर्मी याममा ६–७ दिन र जाडोमा १०–१५ दिनको फरकमा पानी नजम्ने गरि सिंचाई गर्नु पर्छ । थोपा सिंचाईको सेट प्रयोग गरी पानीसँगै गाई वा भैसीको पिसाब वा झोलमल १० दिनको फरकमा प्रयोग गर्न सकेमा बिरुवा स्वस्थ भई उत्पादनमा वृद्धि हुन्छ।
लहरे तरकारी बालीहरुलाई थाँक्रा अनिवार्य रुपमा दिनुपर्दछ । थाँक्रा दिँदाबोट माथितिर मात्र चढ्ने गरी अग्लो थाँक्रा दिनुभन्दा जमिनबाट ५—७ फिट माथि छाप्रोको आकारमा लहरा दायाँ बायाँ फैलिने गरि थाँक्रा दिएमा फल धेरै लाग्ने र फल टिप्न पनि सजिलो हुन्छ ।
लहरे तरकारी बालीका रोग लागेका तथा पहेलिएका पुराना पातहरु बेला बेलामा निरिक्षण गरी कैचीको सहायताले हटाउनु पर्दछ । कलिलो अवस्थाका बाङगा फल, फल लाग्न छोडेका लहरा आदि हटाउने कार्य गर्नुपर्दछ । बालीको जात अनुसार नियमित रुपमा निरिक्षण गरी अनावश्यक मुना समेत हटाउन आवश्यक हुन्छ ।
विरुवाको वृद्धि विकासको अवस्था हेरी बिरुवा सरेको २०–२५ दिनपछि बिरुवाको फेदबाट ५ से.मि. दुरीमा औठी आकारको खाडल बनाई यदि आवश्यक देखिएमा युरिया ५ ग्राम प्रतिबोट दिनुपर्दछ । साथै १ लिटर गाइको गहुँतमा ५ लिटर पानी मिसाइ १० दिनको फरकमा बिरुवा भिज्ने गरेर छरेमा उत्पादन राम्रो हुनुका साथै सेते ढुसीको प्रकोप कम गर्न सहयोग पुग्दछ । यदि लहरे तरकारी बालीमा कम फल लागेको छ भने हार्मोनहरु जस्तै मिराक्युलान २ मि.लि. प्रति लिटर पानीमा मिसाई फुलका कोपिला देखापर्न थालेपछि १०–१५ दिनको फरकमा ३–४ चोटी छरेमा काँक्रामा पोथी फूलको संख्या बढी उत्पादनमा बृद्धि हुन्छ । बिरुवामा फुल फुलेपछि मल्टिप्लेक्स वा सो जस्तै अन्य सुक्ष्म तत्व १०–१५ दिनको फरकमा छर्नु लाभदायक हुन्छ ।
लहरे तरकारीको उत्पादनमा मलखादको प्रमुख भूमिका हुन्छ । मलखाद प्रयोग गर्न अगाडि माटोमा रहेको खाद्यतत्वको मात्रा थाहा पाउन माटो परिक्षण गरेर मलखादको प्रयोग गर्नु राम्रो हुन्छ ।बिरुवा लगाउँदा मलखादको राम्रो सदुपयोग गर्न सिफारिस दुरी अनुसारको फरकमा ३०–४० से.मि. गहिरो खाडल खनि मलखादको प्रयोग गर्नुपर्दछ । साधारणतया प्रतिखाडल ५ के.जी. राम्ररी पाकेको गोबरमल, डि.ए.पी. ५० ग्राम, पोटास ३० ग्राम, युरिया २५ ग्राम, पिना २५ ग्राम र बोनमिल ५० ग्राम हालेर माटोमा राम्रोसँग मिसाइ खाडल पुर्नुपर्दछ र पुरेको ३–४ दिनपछि बिरुवा रोप्नु पर्दछ ।
नोट: चिलेटेड सूक्ष्मतत्वको प्रयोग १५ दिनको फरकमा मात्र गर्ने । क्याल्सियम नाइट्रेट र म्याग्नेसियम सल्फेटलाइ अन्य मलसँग नमिसाइ प्रयोग गर्ने ।
१० दिनको फरमा २० प्रतिशत बोरोन बिरुवा रोपेको ३५ दिनपछिबाट ८ रोपनीमा २५० ग्रामको दरले प्रयोग गर्ने ।
चारबटा मुख्य पात भएको स्वस्थ विरुवाको प्लाष्टिक राम्ररी काटेर सो बराबरको माटो पुरीनेगरि बेलुकीपख बिरुवा रोप्नु पर्दछ ।रोपेपछि हल्का सिँचाइ दिनुपर्छ र फेदवाट २–३ इन्च वरिपरि सुकेको पत्कर वा तितेपाति, असुरो, बनमारा आदिलाइ २ इन्च काटेर ५–६ दिन सुकाइ छापो हाल्नुपर्दछ जसले उचित चिस्यान ब्यबस्थापनमा सहयोग गर्दछ । हाल बजारमा मल्चिङ्गको लागि प्लाष्टिक समेत उपलब्ध छ । जसको प्रयोग गर्न सकेमा चिस्यान कायम हुनाको साथै झारपात समेत नियन्त्रण भई कम लागतमा बढी उत्पादन लिन सकिन्छ ।
रोग व्यवस्थापन
लक्षण
विशेष गरी हल्का बलौटे माटोमा बढी प्रकोप हुन्छ । विरुवा होचा भई पातको आकार समान हुँदैन र बोट ओइलाउँदछ ।
समाधान
फल टिप्ने कार्य सकिएपछि जरासहित बोट उखेल्ने, माटोको निर्मलीकरण गर्ने । बालीचक्र प्रणाली अवलम्बन गर्ने ।
लक्षण
नयाँ पातका नशा वरिपरि हरियो र पहेलो धब्बा देखिन्छन् । पातहरु घुम्रेका एवं तल माथि उठेका हुन्छन् । बोटमा फुल लाग्दैन ।
समाधान
ग्रसित बोटहरु उखेलेर जलाउने र चुसाहा किरा नियन्त्रण गर्न दैहिक विष २ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्ने । दुध (१० मि.लि. प्रति लिटर पानी) र गाई वस्तुको पिसाब र पानी (१ः५) पालै पालो गरी ४–५ चोटि छर्दा रोगको प्रकोप न्युनीकरणमा सहयोग पुग्दछ ।
लक्षण
पातको माथिल्लो सतहमा हल्का सेता वा कैला रंगका थोप्ला देखिन्छ र फलहरु साना एवं गुणस्तरहिन हुन्छ ।
समाधान
तलका पातहरु काटेर जम्मा गरी जलाउने, समुचित खाद्यतत्वको प्रयोग गर्ने र केराथिन २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने । विरुवा सरेपछि गहुँत पानीको मिश्रण वा झोलमल ८–१० दिनको फरकमा नियमित प्रयोग गरेमा यसको प्रकोप कम हुन्छ ।
लक्षण
पातको तल्लो भाग पानीले भिजेजस्तो देखिन्छ र पछि पातको माथिल्लो भागमा चहकिला पहेला थोप्ला देखा पर्दछन् ।
समाधान
रोगले ग्रसित पातहरु जम्मा गरी जलाउने, समुचित खाद्यतत्वको प्रयोग गर्ने र कासु वी १ मि.लि र २ ग्राम कपरअक्सिक्लोराईड १ लिटर पानीमा मिसाई छर्ने ।
न्यानो तथा आद्र समयमा यो समस्या देखा पर्दछ ।
समाधान
पानी तथा शीत परेको बेलामा बारीभित्र नपस्ने, कासु वी १ मि.लि र २ ग्राम कपरअक्सिक्लोराईड १ लिटर पानीमा मिसाई छर्ने ।
चिसो रात तथा बढी आद्रता भएको समयमा यो समस्या देखा पर्दछ । गाढा ढुसीले दाग ढाक्दछन् । पात, फल र भर्खरका मुनामा बढी मात्रामा यो समस्या देखा पर्दछ ।
समाधान
सरसफाईमा ध्यान दिने, मेन्कोजेव युक्त विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने ।
लक्षण
पातमा रातो खैरो सुख्खा थोप्ला बन्दछ र पात मर्दछ । विशेष गरी ढिला रोपेका विरुवामा यो समस्या देखा पर्दछ ।
समाधान
सरसफाईमा ध्यान दिने, मेन्कोजेव युक्त विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने।
कीरा व्यवस्थापन
यस किराका वयस्क र लाभ्रे दुवैले बालीको क्षति गर्दछन् । लार्भाले माटोमुनी रहेका जरा र डाँठ खाइदिन्छ तथा वयस्क खपटेले भने पात खान्छ ।
व्यवस्थापन
- किरा अवरोधक जातको खेती गर्नुपर्दछ ।
- बाली लिएपछि जमिन गहिरो गरी जोत्नुपर्दछ ।
- मार्गोसोम जस्ता निममा आधारित विषादी ३ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्कनु पर्दछ ।
लाभ्रेले विरुवाका जरा भित्र पसेर खान्छन् र यिनले जमिनको सतह छोएका पात,डाँठ, मुल हाँगा र फलमा भित्र पसी खान्छन् भने वयस्कले पातको हरियो पर्दाथ खान्छन् ।
समाधान
बिहानीपख वयस्कलाई टिपेर मार्ने एवं निममा आधारित विषादी २ मि.लि. प्रति लिटर पानीका दरले प्रयोग गर्ने ।
यिनिहरुले बिरुवाको रस चुस्दछन् तथा मोजाईक भाईरस सार्ने कार्य गर्दछन्।
समाधान
झोलमल (१ भागमा ५ भाग पानी मिसाएर) छर्ने , सुर्तीको पात, गहुँत र पानी मिसाएर छर्ने वा दैहिक विषको प्रयोग गर्ने ।
यिनिहरुले विरुवाको रस चुस्दछन् ।
समाधान
स्टिकि ट्रयापको प्रयोग गर्ने, निमजन्य विषादीको प्रयोगले किराले अण्डा पार्न सक्दैन र संख्या नियन्त्रण गर्न सहयोग पुग्दछ, सिस्टमिक विषादी इमिडाक्लोरपिड (३ लिटर पानीमा १ मि.लि.) मिसाएर छर्ने तर यसको पर्खने अवधि लामो भएकोले गर्दा बजारमा लहरे तरकारी लैजाने बेलामा प्रयोग गर्नु हुँदैन ।
पोथी झिंगाले फुल पार्ने अंगको सहायताले डाँठ, फूल वा फलमा छेडेर फुल पार्दछ जसबाट औसा निस्किएर क्षति गर्दछ।
समाधान
ग्रसित फल तथा फूल टिपेर विषादीमा डुबाई खाडलमा पुर्ने भालेको संख्या नियन्त्रण गर्न क्युल्युरको प्रयोग गर्ने । पानीमा, चिनी वा सख्खर मिसाई प्रति लिटरमा १ मि.लि.का दरले मालाथियन मिसाई बाली लगाएको क्षेत्रको केही ठाउँहरुमा छर्ने । पाकेका, फर्सी, काँक्रा वा तरबुजाका केही भाग काटेर वा माटोको कतारीमा १–२ मिटर उचाईमा केही पानी हालेर राख्ने र सो पानीमा ५–७ थोपा मालाथियन झोल मिसाउने ।
यसले कलिला मुन्टा र पातबाट रस चुसि बिरुवाको वृद्धि हुँदैन र पात गुजमुज भई शुरुको अवस्थामा भाईरससँग मिल्दोजुल्दो लक्षण देखाउँदछ ।
समाधान
खनिज तेल १५ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने वा केल्थेन २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने ।
यस किराका माउ र बच्चाले पात र डाँठबाट रस चुस्दछन् ।
समाधान
जालीको सहायताले माउ र बच्चालाई बिहानीपख पक्रेर मार्ने।
विकृति व्यवस्थापन
राम्रोसँग पोलिनेसन नभएमा, रोग लागेमा, मौसममा उतारचढाव आएमा (धेरै तातो, चिसो) धेरै वा कम मलखाद दिएमा, सुक्ष्म तत्वको कमी भएमा यस प्रकारका समस्या देखा पर्दछन् ।
समाधान
पोलिनेसनको लागि फूल फुलेको समयमा मौरी राख्ने, ठिक मात्रामा मलखाद राख्ने, उचित सिंचाई गर्ने, हर्मोन स्प्रे गर्ने र रोग नियन्त्रण गर्ने ।
नाइट्रोजन
विरुवाको विकास ढिला तथा बिरुवाका पुराना पातबाट पहेलोपन शुरु भइ पुरै बिरुवा पहेलो हुने । नयाँ पातहरुको विकास रोकिने । झिना फलहरु फल्ने
फस्फोरस
विरुवा विस्तार बढ्ने आँख्लाहरु बिचको दुरी छोटो हुने । पातको रंग बैजनी हुने । कम एवम् गुणस्तरहीन फल लाग्ने, फलमा बियाँ कम लाग्ने ।
पोटासियम
नयाँ पातहरु साना तथा फिक्का रंगको हुने । पातको वरिपरीको रंग फिक्का हुने तथा पोटासियम पातहरु गुजुमुजु हुने जुन पुराना पातबाट शुरु हुने । पातको टुप्पो मर्ने ।फलको असमान विकास हुने ।
क्याल्सियम
नयाँ तथा कलिला पात तथा बोटको मुनामा पहिलो लक्षण देखिने ।वृद्धि रोकिने तथा आँख्लाको दुरी कम हुने । पातको वरिपरीको भागको विकास नहुने तथा पात तलतर्फ मोडिने । फलको टुप्पो कुहिने समस्या देखिने ।
समाधान
माटोको पि.एच उपयुक्त राख्न कृषि चुनको प्रयोग गर्ने । सन्तुलित खाद्यतत्वको प्रयोग गर्ने । चिलेटेड क्याल्सियम वा क्याल्सियमयुक्त अन्य सुक्ष्मतत्वको प्रयोग गर्ने ।
म्याग्निज
पातको नशाहरुको बिचमा पहेला तथा हरिया धब्बा देखा पर्ने र पछि पात पहेलो हुने ।
समाधान: म्याग्निज सल्फेटको प्रयोग गर्ने ।
बोरोन
मुनाहरु मरेर विरुवाको वृद्धि विकास नहुने
समाधान: बोरेक्स माटो तथा बोटमा प्रयोग गर्ने
फलाम
नयाँ पातहरुको नशा हरियो र बिचको भाग पहेलो हुने तर पुराना पातहरु हरियो हुने ।
समाधान: माटोको पि.एच उपयुक्त राख्ने तथा सन्तुलित मलखादको प्रयोग, चिलेटेड आइरन वा आइरन भएको सुक्ष्मतत्वको प्रयोग गर्ने ।
मोलिब्लेडनम
नशाहरुको बिचमा सेतो हुने तथा पातको वरिपरीको भाग डढेजस्तो हुने । पुराना पातहरुमा पहिला लक्षण देखा पर्ने ।
समाधान: माटोको पि.एच उपयुक्त राख्ने तथा मोलिब्लेडनम युक्त सुक्ष्म तत्व प्रयोग गर्ने ।
