अन्य विवरण
नाइट्रोजन
विरुवाको विकास ढिला तथा बिरुवाका पुराना पातबाट पहेलोपन शुरु भइ पुरै बिरुवा पहेलो हुने । नयाँ पातहरुको विकास रोकिने । झिना फलहरु फल्ने
फस्फोरस
विरुवा विस्तार बढ्ने आँख्लाहरु बिचको दुरी छोटो हुने । पातको रंग बैजनी हुने । कम एवम् गुणस्तरहीन फल लाग्ने, फलमा बियाँ कम लाग्ने ।
पोटासियम
नयाँ पातहरु साना तथा फिक्का रंगको हुने । पातको वरिपरीको रंग फिक्का हुने तथा पोटासियम पातहरु गुजुमुजु हुने जुन पुराना पातबाट शुरु हुने । पातको टुप्पो मर्ने ।फलको असमान विकास हुने ।
क्याल्सियम
नयाँ तथा कलिला पात तथा बोटको मुनामा पहिलो लक्षण देखिने ।वृद्धि रोकिने तथा आँख्लाको दुरी कम हुने । पातको वरिपरीको भागको विकास नहुने तथा पात तलतर्फ मोडिने । फलको टुप्पो कुहिने समस्या देखिने ।
समाधान
माटोको पि.एच उपयुक्त राख्न कृषि चुनको प्रयोग गर्ने । सन्तुलित खाद्यतत्वको प्रयोग गर्ने । चिलेटेड क्याल्सियम वा क्याल्सियमयुक्त अन्य सुक्ष्मतत्वको प्रयोग गर्ने ।
म्याग्निज
पातको नशाहरुको बिचमा पहेला तथा हरिया धब्बा देखा पर्ने र पछि पात पहेलो हुने ।
समाधान: म्याग्निज सल्फेटको प्रयोग गर्ने ।
बोरोन
मुनाहरु मरेर विरुवाको वृद्धि विकास नहुने
समाधान: बोरेक्स माटो तथा बोटमा प्रयोग गर्ने
फलाम
नयाँ पातहरुको नशा हरियो र बिचको भाग पहेलो हुने तर पुराना पातहरु हरियो हुने ।
समाधान: माटोको पि.एच उपयुक्त राख्ने तथा सन्तुलित मलखादको प्रयोग, चिलेटेड आइरन वा आइरन भएको सुक्ष्मतत्वको प्रयोग गर्ने ।
मोलिब्लेडनम
नशाहरुको बिचमा सेतो हुने तथा पातको वरिपरीको भाग डढेजस्तो हुने । पुराना पातहरुमा पहिला लक्षण देखा पर्ने ।
समाधान: माटोको पि.एच उपयुक्त राख्ने तथा मोलिब्लेडनम युक्त सुक्ष्म तत्व प्रयोग गर्ने ।
