परिचय

ब्रोकाउली काउली बाली समूहको सबैभन्दा पोषिलो र स्वादिलो बाली हो । नेपालको तराई तथा मध्य पहाडी क्षेत्रमा यसको खेती जाडो मौसममा गरिन्छ भने उच्च पहाडी क्षेत्रमा ग्रीष्म वर्षायाममा गरिन्छ । हरिया फूलका कोपिलाहरू लटरम्म भएका नरम रसिला र कलिला डाँठहरूको शीर्षस्थ झुप्पा नै ब्रोकाउलीको खाने भाग हो । ब्रोकाउली काँचै सलादको रूपमा तरकारी पकाएर वा सुप बनाएर सेवन गरिन्छ । अरू काउली समूहका बालीको तुलनामा ब्रोकाउली क्याल्सियम, फलाम, भिटामिन ए र भिटामिन सी मा बढी धनी छ । यसमा क्यान्सर रोगको प्रतिरोध गर्ने अरू तरकारी बालीको तुलनामा सबभन्दा बढी हुन्छ । ब्रोकाउलीको उद्गमस्थल दक्षिण युरोप र पूर्वी भूमध्यसागरीय क्षेत्र हुन् । नेपालमा यसको खेती गरिने क्षेत्रफल र उत्पादन बढ्दै गएको छ । आन्तरिक र निर्यात बजारको लागि ब्रोकाउली मौसमी र बेमौसमी खेती गरेर आय आर्जन गर्न सकिने प्रशस्त अवसरहरू छ ।

bro    bro

जातहरु

खाने भाग हरियो, सेतो र वैजनी रंगका हुने तीन प्रकारका ब्रोकाउली हुन्छन् । नेपालमा खेती गरिने ब्रोकाउली हरियो रंगका छन् । ब्रोकाउलीका जातहरू बाली अवधिका आधारमा ३ किसिमका हुन्छन् । ती हुन् अगौटे, मध्यम मौसमी र ढिलो बाली तयार हुने जातहरू ढिलो बाली दिने जातलाई डुकु आउन, फूल्न र बीउ लाग्न ठण्डी तापक्रमको आवश्यकता पर्दछ । अगौटे र मध्यम मौसमी जातलाई ठण्डी तापक्रमको आवश्यकता पर्दैन । नेपालमा खुला सेचित र हाइब्रिड दुवै थरिका जातको खेती गरिन्छ । नेपालमा प्रचलित खुला सेचित जातहरू यस प्रकार छन् ।

१) एभरेष्ट ग्रीन (Everest Green) 
-फल गाढा हरियो, गोलाकार, राम्रो तौल आउने । 
-फूलको तौल सरदर १ के. जी. प्रतिबोट हुन्छ । 
-बोटको उँचाइ ४५ से.मी. हुन्छ । 
-उत्पादन २५,००० - ३०,००० के.जी./हे. हुन्छ । 
-बेर्ना सारेको ७५-९५ दिनमा बाली लिन सकिने । 
-तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ। 
-२०६७ सालमा पञ्जीकृत भएको । 


२) साकुरा (Sakura) 
-वर्णशंकर जात । 
-बोटको उँचाइ ४०-४५ से.मी. हुन्छ । 
-बेर्ना सारेको ९५ दिनमा बाली लिन सकिने । 
-उत्पादन १०-१२ टन/हे. हुन्छ। 
-मध्य पहाडको लागि सिफारिस गरिएको छ। 
-२०६७ सालमा पञ्जीकृत भएको । 


३) किङ्ग डोम (King Dome) 
-वर्णशंकर जात । 
-बोटको उँचाइ १५-२० से.मी. हुन्छ । 
-बेर्ना सारेको ८५-९० दिनमा बाली लिन सकिने । 
-उत्पादन १६-२४ टन/हे. हुन्छ। 
-तराई र मध्यपहाडको लागि सिफारिस गरिएको छ । 
-२०६७ सालमा पञ्जीकृत भएको । 


४) अर्लि यू (Early you) 
-वर्णशंकर जात । 
-बोटको उँचाइ १५-२० से.मी. हुन्छ । 
-बेर्ना सारेको ६०-६५ दिनमा बाली लिन सकिने । 
-उत्पादन १२-१८ टन/हे. हुन्छ । 
-तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ। 
-२०६७ सालमा पञ्जीकृत भएको ।

५) नोक गक (Nok Guk) 
-वर्णशंकर जात । 
-बोटको उँचाइ १५-२० से.मी. हुन्छ । 
-बेर्ना सारेको ८५-९० दिनमा बाली लिन सकिने । 
-उत्पादन १६-२४ टन/हे. हुन्छ । 
-तराई र मध्यपहाडको लागि सिफारिस गरिएको छ । 
-२०६७ सालमा पञ्जीकृत भएको । 


६) सेन्ताउरो (Sentauro) 
-वर्णशंकर जात । 
-बोट अग्लो हुन्छ । 
-बेर्ना सारेको ६८ दिनमा बाली लिन सकिने । 
-तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ । 
-२०६६ सालमा पञ्जीकृत भएको । 


७) ग्रीन पिया (Green Piya) 
-वर्णशंकर जात । 
-बोटको उँचाइ ६५ से.मी. हुन्छ । 
-बेर्ना सारेको ८५ दिनमा बाली लिन सकिने । 
-उत्पादन १६-१७ मे.टन/हे. हुन्छ । 
-तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ । 
-२०६६ सालमा पञ्जीकृत भएको ।

जग्गा तयारी

ब्रोकाउली लगाउने जमिन २–३ पटक जोत्ने, डल्ला फोर्ने झार ढुङ्गा र अगिल्लो बालीका अवशेषहरू हटाएर माटोको राम्रो तयारी गरिन्छ । दोस्रो पटकको जोताईमा राम्ररी पाकेको गोबर मल एकनासले छरेर माटोमा मिलाइन्छ । बेर्ना सार्नुभन्दा ५–७ दिन पहिला रासायनिक मल एकनासले छरे पछि जोतेर माटोमा मिलाइन्छ । वर्षाको मौसममा ८०–१२० से.मि. चौडाइका ड्याङ बनाएर त्यसमा बोटबाट बोटको दूरी ४० से.मि. र हारबाट हारको दूरी पनि ४० से.मि. राखेर एक ड्याङमा ३ हार बेर्ना रोप्नुपर्दछ ।

बीउ रोपेको ३०–४० दिनमा बेर्ना सार्न लायक हुन्छन् । बेर्नाको सार्ने अवस्था जात अनुसार फरक पर्दछ । अगौटे जातको बेर्ना २–३ पाते भएपछि सार्नुपर्दछ । मध्यम मौसमी र ढिलो जातको बेर्ना ४–५ पाते भएपछि सारिन्छ । बेर्ना सार्नु भन्दा एक घण्टा अगाडि ब्याड भिज्ने गरी सिंचाइ गर्नुपर्दछ । बेर्ना साँझपख रोप्नुपर्दछ रोपेपछि तुरुन्तै पानी दिनुपर्दछ ।

ब्रोकाउलीका अगौटे र मध्यम मौसमी जातहरू काउलीका मध्य मौसमी जात रोप्ने बेलामा बेर्ना सारिन्छ ।

तालिका: ब्रोकाउलीको बेर्ना रोप्ने र बाली लिने समय

भौगोलिक क्षेत्र

बेर्ना सार्ने समय

बाली लिने समय

उच्च पहाड

फागुन – वैशाख

असार–भदौ

तराई पहाड

भदौ – कात्तिक

मंसिर – फागुन

खोंच र बेसी

भदौ – असोज

मंसिर – माघ

 

नेपालको उच्च पहाडमा फागुन – वैशाखमा रोपेका बेर्नाबाट असार – भदौमा बाली टिप्न सकिन्छ । यो वर्षायाममा टिप्ने बाली तराई र मध्य पहाडका बजारको लागि बेमौसमी हुन्छ । तराई र मध्य पहाडमा यसको मौसमी खेती गरिन्छ । यो बालीको खेती विस्तार हुँदै गएको छ ।

एक रोपनी जमिनको लागि २०–२५ ग्राम बीउ चाहिन्छ । अगौटे र मध्यम मौसमी जात हार–हारको फरक ४५ से.मि. र बोट –बोटको फरक ३० से.मि. मा लगाउनु पर्दछ ।

बाली व्यवस्थापन तथा हेरचाह

बेर्ना सारेको ३०–४५ दिनसम्म झारले बढी दुःख दिन्छ । जमिनको सतहको थोरै गहिराईको माटो कुटो वा कोदालोले खनेर झार हटाउने र माटो खुकुलो पार्नु पर्दछ । यस्तो गोडमेल बोट देखि ५–६ से.मि. पर र ५–६ से.मि. गहिराइसम्म गर्न सकिन्छ । पहिलो र दोस्रो थपमल बोटको वरिपरि औँठी आकारको कुलेसोमा दिइन्छ । थपमल दिएपछि हल्का उकेरा दिनुपर्दछ ।

बेर्ना सारेपछि तुरुन्तै हल्का सिंचाइ गर्नुपर्दछ । बेर्ना सारेको ७–१० दिनसम्म मौसम हेरेर दिनहुँ एक दिनको अन्तरमा सिंचाइ गर्नुपर्दछ । सिंचाइ ५–१० दिनको अन्तरमा गर्नपर्दछ । बढी भएको पानी निस्कन निकासको व्यवस्था पनि राम्रोसँग गर्नुपर्छ ।

रोग व्यवस्थापन

पातलो माथिल्लो सतहमा पहेंला दागहरू देखा पर्दछन् र तल्लो सतहमा ढुसीका जीवहरू कपासजस्तै फैलिन्छन् । काउलीको खाने भागमा पनि खैरा दाग देखिन्छन् । यो ढुसीबाट लाग्ने रोग हो ।

नियन्त्रण

  • क्याप्टन वा थिरम २ ग्राम प्रतिके.जी. बीउका दरले उपचार गर्नुपर्दछ ।
  • डाइथेन एम ४५ ०.३ % को झोल वा रोडोमिल एम जेड–७२ को ०.२५ % को झोल १०–१५ दिनको अन्तरमा बालीमा छर्कनु पर्दछ ।

ढुसीबाट लाग्ने रोग हो । पहिलो पातको माथिल्लो सतहमा साना काला दाग देखा पर्दछन् । पछि साना दागहरू बढ्दै गएर पुरै पात र बोट डढेर कालो भएको जस्तो देखिन्छ ।

नियन्त्रण

  • ढुसी नाशक विषादीले बीउ उपचार गरेर रोप्नु पर्दछ ।
  • अन्य परिवारका बालीसँग घुम्तीबाली चक्र अपनाउनु पर्दछ ।
  • डाइथेन एम–४५ वा ब्लाइटक्स ०.२–०.३ % झोल बालीमा छर्कनु पर्दछ ।

यो माटोमा बस्ने ढुसीबाट लाग्ने गाँठे रोग हो । ढुसी जराभित्र पसेर गाँठो बनाउँदछ । रोगी जराले राम्रो काम गर्न सक्दैन । बोट कमजोर हुन्छ र बाली उत्पादन गर्न सक्दैन । यो रोग अम्लीय माटोमा लाग्दछ । रासायनिक विषादीबाट यसको उपचार गर्न कठिन र महँगो हुन्छ ।

नियन्त्रण

  • माटोको पी.एच. मान ७.० वा ७.३ हुने गरी चुना हाल्नु पर्दछ ।
  • यो रोग नलाग्ने बालीहरूसँगको लामो घुम्ती बाली प्रणाली अपनाउनु पर्दछ ।
  • रोगनिरोधक जातको स्वस्थ बीउ रोप्नु पर्दछ ।
  • संजीवनी र चिनी ५, ५ ग्रामका दरले २० मिलिलिटर पानीमा मिसाई १० ग्राम बीउ मोल्ने र सुकेपछि रोप्नुपर्दछ ।
  • संजीवनी र चिनी १००, १०० ग्रामका दरले २० के.जी. पाकेको गोबर मलमा मिसाई १ के.जी. संजीवनी मल प्रति वर्गमिटर ब्याडका दरले माटोमा मिसाई ब्याडको उपचार गर्नुपर्दछ ।
  • माथि भने अनुसारको संजीवनी, चिनी र गोबर मलको मिश्रण बेर्ना रोप्ने खाडलको माटोमा मिसाई बेर्ना रोप्नुपर्दछ ।
  • संजीवनी र चिनी १००, १०० ग्राम २० लिटर पानीमा मिसाई झोल बनाएर ब्याडको बेर्ना र माटो भिज्ने गरी छर्कनु पर्दछ ।
  • माथि भने जस्तै संजीवनी, चिनी र पानीको झोलले बेर्ना रोपेको १५–२० दिनमा एकपटक र ३०–४० दिनमा अर्को पटक ३०–४० दिनमा प्रतिबोट झोल ५०–१०० मिलिलिटर पर्ने गरी बोटको वरिपरि फेदमा दिनुपर्दछ । यसरी उपचार गरे यो रोगको प्रकोप कम गर्न सकिन्छ ।

जमिनको सतह नजिकको काउली बोटको डाँठमा ढुसीले आक्रमण गर्दछ । पात ओइलाएर बोट मर्दछन् । आक्रमण गरेको डाँठको भाग कुहिन्छ । कुहेको ठाउँमा सेतो ढुसी साथै कालो गेडा देखिन्छ ।

नियन्त्रण

  • धानबालीसँग घुम्तीबाली प्रणाली अपनाउनु पर्दछ ।
  • बेभिस्टिन वा बेनलेट एक ग्राम प्रति लिटर पानीमा मिसाई १५ दिनको अन्तरमा छर्कनु पर्दछ ।
  • ५९ पी.पी.यम. अडरिओफङ्गीन ९ब्गचभयागलनष्ल० र ५० पी.पी.एम. स्ट्रेप्टोसाइक्लिन (Streptocycline) को झोलमा डुबाएर ३० मिनट बीउको उपचार गर्ने र सुकेपछि बीउ रोप्नु पर्दछ ।
  • बेर्नाहरू ०.२५ % बेनलेटको झोलमा ५–८ मिनेट उपचार गरेर रोप्नु पर्दछ ।

यो रोग ब्याक्टोरियाबाट लाग्दछ । पातको किनाराबाट शुरु भएर अंग्रेजी अक्षरको ख् आकारमा पहेलिँदै र ओइलाउँदै पातको बीच भागतिर पुग्दछ । पातका नसाहरू काला हुन्छन् ।

नियन्त्रण

  • यो रोग नलाग्ने बालीसँग लामो घुम्ती बाली प्रणाली अपनाउनुपर्दछ ।
  • बीउलाई तातोपानीमा (५० डि.से.) ३० मिनेट उपचार गर्नुपर्दछ ।
  • रोग सहन सक्ने जात लगाउनु पर्दछ ।
  • ब्लाइटक्स (०.२ %) र स्ट्रेण्टोसाइक्लिन ९क्तचभउतयअथअष्लिभ ० ०.२ % आलोपालो गरेर बालीमा छर्कनु पर्दछ ।

यो रोगले नर्सरी ब्याडमा कलिला बेर्नाहरू कुहिने र मर्ने हुन्छन्, यसको नियन्त्रणलाई १ ग्राम ब्रासिकोल वा बेमिस्टिन १ लिटर पानीमा (०.१५) झोल बनाई माटो भिजाउने वा ठूलो बोटमा भएमा प्रत्येक बोटमुनि राम्ररी भिज्ने गरी १०–१५ दिनको फरकमा छर्ने गर्नुपर्दछ ।

जमिनको सतहमाथि बेर्नाको फेदमा पानीले भिजेजस्तो दाग लाग्दछ, बेर्ना ओइलाउँदछ, ढल्दछ र मर्दछ । बीउबाट निस्केको टुसा माटोभित्रै कुहेर मर्न पनि सक्दछ । यो ढुसीबाट लाग्ने रोग हो । यसका जीवाणु बीउ, माटो वा दुवैबाट सर्न सक्दछन् ।

नियन्त्रण

  • अन्न बालीसँगको लामो घुम्ती बाली अपनाउने ।
  • फर्मालिनले ब्याडको उपचार गर्ने ।
  • थिरम र डाइथेन एम ४५ को ०.२ % झोल वा बेभिस्टिन ०.१ % झोलले ब्याडको उपचार गर्ने ।
  • ब्याडको चिस्यान बढी हुन नदिने ।
  • पातलो गरी बीउ छर्ने र बाक्लो भएमा पातलो पार्ने ।

कीरा व्यवस्थापन

यो एक पुतली कीरा हो । यसले पहाड र तराई दुवै क्षेत्रमा क्षति पुर्याउँदछ । यो पुतलीमा पखेटाहरू पहेंलिएका सेता रंगका हुन्छन् । यसको लाभ्रेको शरीर नीलो हरियो रंगको हुन्छ । शरीरभरि काला थोप्ला र स–साना झुस र ढाडमा तीनवटा पहेंला धर्सा हुन्छन् । मसिना लाभ्रेहरूमा पातमा छाला खोस्रिएको लक्षण देखिन्छ । ठूला लाभ्रेहरूले पातहरूका मुख्य नसाहरू बाँकी राखेर अरू भाग खाइदिन्छन् । काउलीको फूलकोपीमा लाभ्रेले प्वाल पारी खाई विस्टाएको हुन्छ ।

रोकथाम

  • फेन्फेन २० इ.सी. ५ मि.लि./१० लिटर पानीमा मिसाई छर्कनु पर्दछ ।
  • साड्थायन ५० इ.सी. १० मि.लि./१० लिटर पानीमा मिसाई छर्नुपर्दछ ।

यो सानो कीरा हरियो रंगको हुन्छ । यसले रस चुसेर बालीको नोक्सान गर्दछ । भाइरस रोग पनि रोगी बोटबाट सार्दछ ।

रोकथाम

  • शुरुमा एक भाग गाई–भैँसीको पिसाबमा १० भाग पानी मिसाई लाही देखिने बित्तिकै पूरै पात भिज्ने गरी ३–४ दिनको फरकमा ३ पटक छर्नु पर्दछ ।
  • मारगोस निम ३ मि.लि. प्रतिलिटरका दरले लाही देखिन थालेपछि ७ दिनको फरकमा ३ पटक छर्कनु पर्दछ।
  • ९ भाग पानीमा १ भाग जीवाड मिसाई २-२ दिनमा फरकमा ५-६ पटक छर्कंदा लाही नियन्त्रण हुन्छ ।

यो एक सानो पुतली कीरा हो । यसका पखेटा कैला हुन्छन् । अघिल्ला पखेटामा तीनवटा त्रिकोणात्मक पहेंला दाग हुन्छन् । पुतलीले पखेटा जोडी बस्दा ढाडमा ३ वटा इँटा बुट्टे आकार हुन्छ । लाभ्रे फिका हरिया छँदा बढी चलमलाउने हुन्छन् । लार्वाले खाएर पातमा हरेक आकारका प्वालहरू पार्दछन् ।

रोकथाम

बन्दाको पुतलीलाई जस्तै विषादी छर्कनु पर्छ ।

बाली कटानी तथा भण्डारण

एक रोपनीमा ४०० के.जी / रोपनी. ब्रोकाउली उत्पादन हुन्छ ।

 

ब्रोकाउली कोपी भाग कसिलो र कोपिलाहरू साना कलिला छँदै बाली टिप्नुपर्दछ । धारिलो चक्कु वा हँसियाले कोपीको शीर्ष भागबाट १५–२० से.मि. लामा नरम र कसिलो डाँठसहित काटिन्छ । बाली लिन ढिलो भएमा फूलका पहेंला पुष्पदल देखिन थालेपछि कोपीको बजार मूल्य निकै घट्दछ । ब्रोकाउली बिहानै अथवा साँझपख टिप्नु पर्दछ । घाम लागेको बेलामा टिपे कोपी तुरुन्त ओइलाउँदछ ।

उत्पदानोपरान्त गरिने क्रियाकलापहरु

ब्रोकाउलीका मुख्य र सहायक कोपीहरू टिपेपछि डाँठमा रहेका पातहरू हटाइन्छ । मुख्य र सहायक कोपीका ५०० ग्रामका मुठा बाँधिन्छ र प्लास्टिक क्रेट तथा काठको बाकसमा राखेर तुरुन्त ढुवानी गरिन्छ।

सन्दर्भ सामग्री

तरकारी खेती प्रविधि पुस्तक 
(परिमार्जित संस्करण २०८१)

तरकारीबाली विकास केन्द्र, खुमलटार