परिचय

परिचय

बेसारलाई अंग्रेजीमा Turmeric भनिन्छ, यसको वैज्ञानिक नाम Curcuma longa linn. हो ।Zingiberaceae परिवार अन्तर्गत पर्ने यो बाली मुख्यतया मसलाबालीको रुपमा चिनिने भएता पनि यसको गानो र धुलो औषधीको रुपमा तथा कपडा, टायलहरुमा रंगाउने कामको लागि पनि प्रयोग हुने गर्दछ । परापूर्वकाल देखि खाद्य पदार्थमा प्रयोग हुँदै आएको बेसार केवल रंगाएर आकर्षक देखाउन मात्र नभएर वासना तथा स्वादको लागि पनि उत्कृष्ट मानिन्छ । थोरै मात्रामा भएपनि दैनिक रुपमा अत्यावश्यक पर्ने बेसारको धार्मिक उत्सव वा पूजापाठ आदिमा पनि उत्तिकै महत्व रहेको पाईन्छ । बहुबर्षिय बिरुवा भएता पनि एक वर्षे बालीको रुपमा यसको खेती गरिन्छ । बेसारको एउटा मुख्य गानो र त्यो गानोवाट निस्किएका स–साना औला आकारका सेला नै प्रयोग हुने प्रमुख भाग हो । दक्षिण पूर्वी एशियाका देशहरुमा उत्पत्ति भएको मानिने बेसारको विश्वमा भारत, पाकिस्तान, बंगलादेश, हइटी, जमाईका, चीन, पेरु प्रमुख उत्पादक राष्ट्रहरुका रुपमा चिनिन्छन् । बेसारको प्रमुख जातहरुमा C. domestica अथवा C. longa को खेती गरिन्छ भने अन्य जातहरु जस्तै C. amadaC. aromatica जातहरुको खेती त्यत्ति बिस्तार भएको छैन र जंगलमा पाइन्छन् । बेसार भित्रि चोटमा लाभदायक हुन्छ भने ऐरोमेटिका औषधि वा सौन्दर्य सामग्रीको निर्माणमा प्रयोग हुन्छ । बेसारमा पाईने प्रमुख तत्व एक प्रकारको रंग Curcumin हो, यो गानोमा सरदर १.८%– ५.४% पाईन्छ भने वासनादार तेल २.५%– ६.२% सम्म पाउन सकिन्छ । बेसारको बोटमा फुल नलाग्ने र संयोगवस लागे पनि बीउ नलाग्ने हुँदा यसको खेती वानस्पतिक प्रसारणबाट गरिन्छ ।

आवश्यकता

हावापानी

बेसार खेती गर्मी र आद्र हावापानीमा राम्रो हुने भएता पनि हलुका छायाँ भएको ठाँउमा पनि यो बिरुवाको वृद्धि विकास सफलतापूर्वक हुन सक्छ । बेसार खेती समुन्द्र सतहदेखि १६०० मि. सम्मको उचाईमा गर्न सकिन्छ । यसको सफल खेतीका लागि २०–३० डि.से.को तापक्रमको आवश्यकता पर्दछ । औसत बार्षिक बर्षा १०००–२००० मि.मि. हुने क्षेत्रमा बिना सिंचाई पनि बेसार खेती सफलतापूर्वक गर्न सकिन्छ । धेरै चिसो र तुषारोले यो बालीलाई नोक्सान गर्दछ ।

माटो

बेसार खेतीको लागि प्रशस्त प्राङ्गारीक मल भएको, पानीको निकासको राम्रो व्यवस्था भएको, पानी नजम्ने हलुका खुकुलो र दुमट माटो उत्तम मानिने भएता पनि उचित मात्रामा मल, चिस्यान र उर्वराशक्ति कायम गर्न सकेको खण्डमा बेसार को बलौटे दोमट देखि लिएर चिम्टाइलो माटो मा पनि राम्रो उत्पादन गर्न सकिन्छ । पानीको उचित निकास नभएको ठाउँमा बेसारलाई ड्याङ बनाएर लगाउनु पर्छ । थोरै अम्लियपना भएको माटो बेसार खेतीको लागि उपयुक्त मानिन्छ भने बढी क्षारयुक्त माटो बेसारको लागि राम्रो मानिदैन । वेसार खेतीको लागि माटोको पि.एच. ५.५ – ६.५ उपयुक्त हुन्छ ।

लगाउने समय

बेसार लगाउने समय मुख्यतः स्थानीय ठाउँको हावापानीमा भर पर्ने भएता पनि मध्यपहाडमा चैत महिनामा लगाउंदा उपयुक्त हुन्छ भने तराई क्षेत्रमा मनसुन सुरु हुने बेलामा लगाउनु पर्दछ । बेसार लगाउन ढीला गर्दै गएमा उत्पादनमा ह्रास हुँदै जान्छ । 

बीउको छनौट तथा उपचार

बेसारको बोटमा फुल नलाग्ने र संयोगवश लागे पनि बीउ नलाग्ने हुदा यसको वानस्पतिक भाग (गानो) नै बीउको रुपमा प्रयोग गरिन्छ । बेसारको आशातित उत्पादन पाउनमा बीउ गानो छनौटको अहं भूमिका रहेको हुन्छ ।गुणस्तरीय बीउ भएन भने एकातर्फ आवश्यकता अनुरुपका बेर्ना संख्या उम्रन
नसक्दा उत्पादनमा ह्रास हुन जान्छ भने अर्को तर्फ उम्रिएका विरुवा कमजोर भै गानो सानो हुँदा उत्पादन कम हुन जान्छ । बीउ छनौट गर्दा कम्तीमा दुईवटा उम्रने मुना भएको, निरोगी, नचाउरिएको, नकाटिएको ३०-३५ ग्रामको बीउ छान्नु पर्दछ । यसरी छानिएको बीउलाई मुख्यतः बीउ गानोबाट सर्ने रोगहरुबाट जोगाउन बीउ उपचार गर्नु पर्दछ । बीउ उपचार गर्नु भनेको रोग तथा कीराबाट जोगाउन गरिने सुरक्षात्मक कार्य हो ।बीउ उपचार गर्दा बीउलाई २५ ग्राम डाईथेन एम - ४५ र १० ग्राम वेभिस्टिन प्रति १० लिटर पानीमा घोली त्यसमा आधा घन्टा सम्म डुबाई छाँयामा ओभानो हुने गरी सुकाएर रोप्नु पर्दछ ।प्रांगारीक बेसार उत्पादनकोलागि भने विभिन्न जैविक तत्वहरुको प्रयोग गरी बीउ उपचार गर्न सकिन्छ जस्तै ट्राईकोडर्मा ढुँसीको धुलो ५ ग्राम प्रति लिटर पानीमा मिसाई बनाइएको घोलमा १ घण्टा बीउ गानो डुबाएर उपचार गर्नु पर्दछ । 

बीउ उपचार गर्दा ध्यान दिनु पर्ने कुराहरु

  •  उपयुक्त विषादीको सिफारस मात्रा मात्र प्रयोग गर्नु पर्दछ ।
  •  म्याद ननाघेको विषादी मात्र प्रयोग गर्नु पर्दछ ।
  •  बीउ गानो एक घण्टा पुरै विषादीको घोलमा डुबाउनु पर्दछ । उपचार पश्चात छाँयामा सुकाउनु पर्दछ ।
  •  राम्रो संग सुकिसकेपछि मात्र भण्डारण गर्ने वा लगाउने कार्य गर्नु पर्दछ ।
  •  बीउ उपचार गर्दा विषादिबाट सुरक्षित रहन आवश्यक सबै सावधानी अपनाउनु पर्दछ ।
  •  बीउ उपचार पश्चात रहेको घोललाई व्यवस्थित तरिकाले व्यवस्थापन गर्नु पर्दछ । 

नर्सरी व्यवस्थापन

बाली लगाउने समय

बेसार लगाउने समय मुख्यतः स्थानीय ठाउँको हावापानीमा भर पर्ने भएता पनि मध्यपहाडमा चैत महिनामा लगाउंदा उपयुक्त हुन्छ भने तराई क्षेत्रमा मनसुन सुरु हुने बेलामा लगाउनु पर्दछ । बेसार लगाउन ढीला गर्दै गएमा उत्पादनमा ह्रास हुँदै जान्छ । 

बीउको छनौट तथा उपचार

बेसारको बोटमा फुल नलाग्ने र संयोगवश लागे पनि बीउ नलाग्ने हुदा यसको वानस्पतिक भाग (गानो) नै बीउको रुपमा प्रयोग गरिन्छ । बेसारको आशातित उत्पादन पाउनमा बीउ गानो छनौटको अहं भूमिका रहेको हुन्छ ।गुणस्तरीय बीउ भएन भने एकातर्फ आवश्यकता अनुरुपका बेर्ना संख्या उम्रन
नसक्दा उत्पादनमा ह्रास हुन जान्छ भने अर्को तर्फ उम्रिएका विरुवा कमजोर भै गानो सानो हुँदा उत्पादन कम हुन जान्छ । बीउ छनौट गर्दा कम्तीमा दुईवटा उम्रने मुना भएको, निरोगी, नचाउरिएको, नकाटिएको ३०-३५ ग्रामको बीउ छान्नु पर्दछ । यसरी छानिएको बीउलाई मुख्यतः बीउ गानोबाट सर्ने रोगहरुबाट जोगाउन बीउ उपचार गर्नु पर्दछ । बीउ उपचार गर्नु भनेको रोग तथा कीराबाट जोगाउन गरिने सुरक्षात्मक कार्य हो ।बीउ उपचार गर्दा बीउलाई २५ ग्राम डाईथेन एम - ४५ र १० ग्राम वेभिस्टिन प्रति १० लिटर पानीमा घोली त्यसमा आधा घन्टा सम्म डुबाई छाँयामा ओभानो हुने गरी सुकाएर रोप्नु पर्दछ ।प्रांगारीक बेसार उत्पादनकोलागि भने विभिन्न जैविक तत्वहरुको प्रयोग गरी बीउ उपचार गर्न सकिन्छ जस्तै ट्राईकोडर्मा ढुँसीको धुलो ५ ग्राम प्रति लिटर पानीमा मिसाई बनाइएको घोलमा १ घण्टा बीउ गानो डुबाएर उपचार गर्नु पर्दछ । 

बीउ उपचार गर्दा ध्यान दिनु पर्ने कुराहरु

  •  उपयुक्त विषादीको सिफारस मात्रा मात्र प्रयोग गर्नु पर्दछ ।
  •  म्याद ननाघेको विषादी मात्र प्रयोग गर्नु पर्दछ ।
  •  बीउ गानो एक घण्टा पुरै विषादीको घोलमा डुबाउनु पर्दछ । उपचार पश्चात छाँयामा सुकाउनु पर्दछ ।
  •  राम्रो संग सुकिसकेपछि मात्र भण्डारण गर्ने वा लगाउने कार्य गर्नु पर्दछ ।
  •  बीउ उपचार गर्दा विषादिबाट सुरक्षित रहन आवश्यक सबै सावधानी अपनाउनु पर्दछ ।
  •  बीउ उपचार पश्चात रहेको घोललाई व्यवस्थित तरिकाले व्यवस्थापन गर्नु पर्दछ । 

जग्गा तयारी

जग्गा तयारी र मलखाद

माघ फाल्गुन तिर पानी परी सकेपछि तीन चार पटक खनजोत गरी, अन्तिम जोताई अगाडि आवश्यकता अनुसारको गोबर मल राखी माटोमा मिसाई जमिन तयारी गर्नु पर्छ । यसको अलावा आवश्यक ठाउँबाट पानी तर्काउने कुलेसो बनाई पानी नजम्ने व्यवस्था मिलाउनु पर्छ ।

बेसारलाई आवश्यक पर्ने मुख्य तथा सुक्ष्म खाद्यतत्वहरु विभिन्न मलखादद्वारा दिन सकिन्छ ।जस्तै प्राङ्गारीक मल तथा रसायनिक मल । प्राङ्गारीक मलबाट बिरुवालाई चाहिने मुख्य तथा सुक्ष्म खाद्यतत्वहरु थोरै मात्रामा तर बिस्तारै प्राप्त भई लामो समयसम्म प्राप्त हुन्छ भने रसायनिक मलबाट मुख्य खाद्यतत्वहरु मात्र सजिलै र धेरै मात्रामा बिरुवालाई उपलब्ध हुन्छ । प्राङ्गारीक मलको प्रयोगबाट माटो खुकुलो हुने, दीगो समयसम्म उर्वरापन कायम रहने, सुक्ष्मतत्वहरु समेत उपलब्ध भई माटोको भौतिक तथा रसायनिक गुण सुधार भई बेसारको उत्पादनमा वृद्वि हुन जाने भएकाले बेसार बालीमा प्रशस्त मात्रामा प्राङ्गारीक मल (गोठेमल वा कम्पोष्ट मल) प्रयोग गर्दा फाईदा हुन्छ । यो मल जमिन तयारी गर्ने बेलामा राखी तुरुन्तै माटोमा मिलाई हाल्नु पर्दछ, खुल्ला राख्दा १२ घन्टामा ६ ५, ३६ घन्टामा २३ ५ र ७ दिनमा ३६ ५ नाईट्रोजन उडेर नोक्सान हुन्छ । बेसार एक खन्चुवा बाली भएकाले यसलाई प्रशस्त मात्रामा प्राङ्गारीक मल तथा रसायनिक मलको आवश्यकता पर्दछ । सामान्यतया बेसार खेतीमा निम्नानुसारको मलखादको मात्रा प्रयोग गर्नु पर्छ ।

बीउदर र लगाउने तरिका

बेसारको मुख्य प्रसारण गानोबाट हुने हुँदा ३०-३५ ग्रामको कम्तीमा दुई वटा उम्रेको टुसाहरु भएको स्वस्थ्य गानो प्रति रोपनी १५०-१७५ किलोग्रामका दरले प्रयोग गरिन्छ । बीउको मात्रा बीउको जात र बीउको वजनमा भर पर्ने हुँदा जात अनुरुप केही फरक पर्न सक्छ । यसरी छानिएको गानोलाई समथर जग्गामा निम्नानुसारले रोप्नुपर्दछ :

हार देखि हारको दुरीः ३० से.मी.
बोट देखि बोटको दुरीः २५ से.मी.
गहिराईः ४–५ से.मी.

बाली व्यवस्थापन तथा हेरचाह

बाली प्रणाली र अन्तरबाली

बेसार खेती कृषकहरुले एक बाली तथा बहुबालीको रुपमा गर्न सक्दछन् । बेसार तयार हुन ८-१० महिना लाग्ने र यति लामो समय एउटै बालीले ढाक्दा प्रतिदिन उत्पादन लाभ कम हुने हुदा बेसार सँगसंगै अन्य बालीहरु अन्तरबालीका रुपमा लगाएर बहुबाली खेती गरी एउटै जग्गाबाट धेरै उत्पादन गर्दा लाभदायक हुन्छ । एउटै जग्गामा प्रत्येक बर्ष बेसार लगाउदा उत्पादन घट्ने तथा रोग कीराको प्रकोप बढ्न जाने हुँदा बालीचक्रप्रणाली अपनाई प्रत्येक ३ बर्षमा एक पटक मात्र बेसार लगाउनु उचित हुन्छ । बालीचक्रप्रणाली अपनाउँदा चना, रहर जस्ता कोशेबालीलाई समावेश गराउँदा माटोको उर्वराशक्तिमा सुधार भई उत्पादनमा वृद्घि हुन जान्छ । बेसारलाई एक वर्षेबालीको रुपमा लिईने हुँदा यसलाई आँप, कटहर, लिची, नरिवल जस्ता फलफुल बगैंचामा अन्तरबालीका रुपमा लगाउन सकिन्छ ।

मलखाद व्यवस्थापन

बिरुवाको लागि आवश्यक पोषक तत्वहरु

बोट बिरुवाको बिकास तथा वृद्धिको लागि विभिन्न पोषक तत्वहरुको आवश्यकता पर्दछ । बिरुवाले त्यस्ता पोषक तत्वहरु विभिन्न श्रोतहरु जस्तै माटो, हावा र पानीबाट प्राप्त गर्ने गर्दछ । ती मध्ये कार्वन र अक्सिजन हावाबाट, हाईड्रोजन पानीबाट र बाँकी तत्वहरु माटोबाट बिरुवामा प्रवेश गर्छन् ।

पोषक तत्वका सैद्धान्तिक आधारहरु

  • आवश्यक पोषक तत्वको कमी भएमा बिरुवाले आफ्नो जीवन चक्र पुरा गर्न सक्दैनन् ।
  • एउटा पोषक तत्वको कमीबाट देखिएको लक्षणलाई अन्य कुनै पनि पोषकतत्व दिएर पुरा गर्न सकिदैन ।
  • पोषकतत्वले बिरुवाको भित्री काम गर्ने प्रक्रियामा सोझै प्रभाव पार्दछ ।

सिफारिस मलखादको मात्रा र प्रयोग बिधी (एकीकृत बाली व्यवस्थापनका लागि)

१ गोठेमल ५०-६० डोको, २० टन, जग्गा तयारी गर्ने बेला
२ डि.ए.पि. ३.२६ के.जी., ६५.२१ के.जी., जग्गा तयारी गर्ने बेला
३ यूरीया १.९८ के.जी., ३९.७१ के.जी. ०.९÷२१.६६ के.जी., उम्रेको ३० दिनमा र १.०८÷१८.०५ के.जी उम्रेको २ महिनामा
४ म्यूरेट अफ पोटास ५ के.जी. १०० के.जी. आधा जग्गा तयारी गर्ने बेला र आधा उम्रेको २ महिना पछि


जमिनको अवस्था अनुरुप मलखादको मात्रा फरक पर्न जान्छ । बलौटे, भू—क्षय भएको, बढी पानी पर्ने, बढी वाली सघनता भएको, सिंचित क्षेत्र भएको, कम मलिलो जमिनमा मलको मात्रा बढी चाहिन्छ ।प्राङ्गारीक बेसार खेतीका लागि प्राङ्गारीक मलहरु यथेष्ठ मात्रामा प्रयोग गर्नु पर्दछ । बेसार एउटा खन्चुवा
बाली भएकोले यो लगाएपछि माटोबाट धेरै खाद्यतत्व रित्तिन्छ । त्यसैले प््रााङ्गारीक खेती गर्दा उल्लेखित प्राङ्गारीक मलहरुको मात्रा वढाएर हाल्नु पर्दछ । बेसार खेतीमा पनि तोरीको पिना १०० के.जी. प्रति रोपनीका दरले प्रयोग गर्न सकिन्छ ।

छापो हाल्ने

बेसारलाई चैत्र वैशाखमा रोपिने र प्रायः असिंचित जमिनमै खेती हुने हुँदा माटोको चिस्यान जोगाई राख्न छापोको महत्वपूर्ण भूमिका हुन्छ । छापोको प्रयोगबाट चिस्यान कायम रही बिरुवाको राम्रो वृद्घि विकास भई उत्पादनमा समेत वृद्घि हुन जान्छ । यसका अतिरिक्त छापोको प्रयोगबाट निम्न फाईदाहरु
हुने गर्दछः

  •  झारपातको रोकथाम गर्न ।
  •  माटोबाट खाद्य तत्वको समुचित उपयोग गर्न तथा माटो खुकुलो बनाउन ।
  •  ठूलो पानी, असीना, भूक्षयबाट बचाउन ।
  •  माटोको तापक्रम एकै नासको राख्न ।
  •  छापो माटोमा सड्न गई प्राङ्गारिक पदार्थको आपूर्ति गर्न ।

नेपालमा बेसार खेतीका लागि प्रयोग गरिने छापोहरु

ठाउँ विशेष अनुसार विभिन्न किसिमको छापो हाल्ने गरेको पाईन्छ । ती मध्ये अधिकांश ठाउँमा विभिन्न रुखका सुकेका पातहरु, हरियो पात समेतका स–साना हाँगाहरु, बावियो खर छापोको रुपमा प्रयोग गरिन्छ भने केही ठाउँमा हिउँदमा पशुवस्तुलाई घाँस खुवाई बचेका खुकुला स्याउलालाई छापोको रुपमा
प्रयोग गरिन्छ । चाँडै सड्ने किसिमको छापो बेसार खेतीका लागि सबैभन्दा उपयुक्त मानिन्छ ।

बेसार खेतीका लागि छापो दिने समय, छापोको मात्रा र मोटाइ

बेसार रोपीसकेपछि तुरुन्तै पूर्णरुपले माटो ढाकिने गरी लगभग ४–५ से.मी. वाक्लो छापो हाल्नु पर्छ ।सुकेका पातहरु भए हावाले नउडाउने गरी सिट्टाले च्याप्ने व्यवस्था मिलाउनु पर्छ । कांचो छापो प्रयोग गरेको ठाउँमा पातहरु सुकिसकेपछि खाली ठाउँ देखिने भएकाले १५ दिनको अन्तरमा बेसार लगाएको बारीलाई अनुगमन गरी आवश्यक छापोको व्यवस्था गर्नु पर्दछ । सुकेका वस्तुहरुको प्रयोग गर्दा हावाले उडाउन नसक्ने गरी सिट्ठाले दवाउनु पर्दछ । सुकेको स्याउला ४०–५० ठूलो डोका भए १ रोपनी जग्गालाई पुग्दछ ।

सिंचाई, झारपात नियन्त्रण र गोडमेल

बेसारमा छापोको प्रयोगद्वारा चिस्यान कायम राख्न र झारपात नियन्त्रण हुन केही सहयोग पुगेतापनि माटोमा चिस्यानको मात्रा हेरी सिंचाईको व्यवस्था गर्नु पर्दछ । जमिनमा पानी जम्न गएमा उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले पानीको निकासको पनि उपयुक्त व्यवस्था गर्नु पर्दछ । बेसार खेतीमा
प्रशस्त मलखाद प्रयोग हुने र शुरुको अबस्थामा बेसारको कम वृद्घि हुनाले झारहरु चाँडै उम्री मुख्य बालीसंग खाद्यतत्व, चिस्यान, प्रकाश, आदिका लागि प्रतिस्पर्धा गरी उत्पादनमा ह्रास गराउने हुँदा झारपातको प्रकोप अनुसार पटक पटक गोडमेल गरी माटो खुकुलो पार्नु पर्दछ ।

झारपात नियन्त्रण गर्ने तरिका

बेसारबालीमा देखिने झारपातहरुलाई विभिन्न विधिहरु (रसायनिक, यान्त्रिक, भौतिक) को प्रयोग गरी नियन्त्रण गर्न सकिने भएतापनि मुख्य गरी छापोको प्रयोग गरेर र हातले गोडमेल गरेर बेसारमा झारपातको नियन्त्रण गर्नु उपयुक्त हुन्छ ।

गोडमेल गर्ने समय

झारहरुको प्रकोप हेरी २-३ पटक सम्म गोडमेल गर्नु पर्दछ । पहिलो गोडमेल बेसार उम्रेको ३० दिन पछि, र दोस्रो गोडमेल बेसार उम्रेको ६०–९० दिन पछि गर्नु पर्दछ । टपड्रेस गर्नु अगाडि झारपातहरुलाई हटाई सफा गरी मात्र मलको प्रयोग गर्नु पर्दछ । भदौ असोज महिनामा उम्रने झारको तुलनामा असार श्रावण महिनामा निस्कने झारले बेसारलाई प्रत्यक्ष रुपमा असर गर्दछ । 

गोडमेल गर्नुका फाईदाहरु

नियमित रुपमा झारपात उखेल्ने र गोडमेल गर्नाले झारपात नियन्त्रण हुन्छ ।

  •  माटोलाई नरम र खुकुलो बनाउँछ ।
  •  माटो नरम र खुकुलो भएमा बेसारको गानो माटोमा सजिलै फैलिन र बढ्न सक्छ ।
  •  माटोमा हावाको संचार राम्रो भएमा माटोमा नाईट्रोजन तत्व बिरुवाले लिन सक्ने अवस्थामा परिणत हुन्छ र अरु रसायनिक प्रतिक्रियाहरु पनि सजिलै सँग हुन्छ । 
उकेरा लगाउने

बेसार खेतीका लागि अनिवार्य रुपमा छापो प्रयोग गर्नु पर्ने हुदा खासै उकेरा लगाउनु आवश्यक देखिदैन ।यदि छापो हालेको छैन वा छापो पातलो भएको छ भने उम्रेको १ महिना पछि उकेरा लगाउनु पर्दछ ।बेसारको गानो बढ्दै गएपछि गानो माटो बाहिर निस्किएको देखिएमा माटोले पुरिदिनु पर्छ । सामान्य
तरीकाले खेती गरेको तुलनामा उकेरा लगाएको बेसारबाट राम्रो उत्पादन लिन सकिन्छ ।

रोग व्यवस्थापन

पातमा लाग्ने थोप्ले रोग (Leaf Spot)

बेसार खेतीमा आर्थिक रुपमा क्षति पु¥याउन सक्ने एक प्रमुख रोगका रुपमा चिनिने यो रोग बेसार खेती गरिने प्रायः सबै क्षेत्रमा लागेको पाईन्छ ।

कारक तत्वः यो रोग Colletotrichum capsici नामक ढुसीको कारणले लाग्ने गर्दछ ।

लक्षण
श्रावण भाद्र तिर जव लगातार बर्षा हुन्छ र वायुमण्डलमा आर्द्रता बढी हुन्छ, बेसारको पातको माथिल्लो भागमा असिमित खैरा रङका थोप्लाहरु देखा पर्न थाल्छन् । ४-५ से.मी. लम्बाई र २-३ से.मी. चौडाईका यी थोप्लाहरु विकसित हुदै सेतो अथवा खरानी रंगको केन्द्र भई एकआपसमा जोडिई कालो
रंगमा परिणत हुदै जान्छन र पात सुकेर भुईमा लत्री बोट ओईलाउँदै जान्छ ।

रोकथाम

  •  रोगमुक्त क्षेत्रको स्वस्थ बीउ मात्र प्रयोग गर्ने र बीउ उपचार गरेर मात्र प्रयोग गर्नु पर्दछ ।
  •  रोगी बोटहरु र संक्रमित पातहरुलाई जम्मा गरी जलाउनु पर्दछ ।
  •  लक्षण देखिनु भन्दा पहिले श्रावणको पहिलो हप्तामा १.० % बोर्डो मिश्रण वा २ % क्याप्टान, १५ दिनको फरकमा छर्कनु पर्दछ ।
  •  यो ढुँसी गानोबाट सर्न जान्छ र यसले खुर्सानीमा पनि आक्रमण गर्न सक्ने हुदा बाली चक्र अपनाउँदा खुर्सानी लगाउनु हुदैन । 
गानो कुहिने (Rhizome Rot)

बेसार खेतीमा आर्थिक रुपमा ठूलो क्षति पु¥याउन सक्ने यो रोग नेपालमा फाट्टफुट्ट रुपमा मात्र देखिएको छ ।

कारक तत्वः यो रोग (Pythium spp.) तथा (Fusarium spp.) प्रजातिका ढुँसीको संक्रमणले लाग्ने गर्दछ ।

लक्षण
यो रोगबाट ग्रसित बिरुवाको शुरुको अवस्थामा सराको तल्लो पातको टुप्पो पहेलिन्छ र बिस्तारै पहेंलोपना पातको दुवै किनारा हुँदै सराको फेदसम्म बढ्दै जान्छ । रोग वृद्घि हुदै जादा सम्पूर्ण पातहरु पहेंलिन्छन र सरा तान्दा सजिलै सँग आउँछ वा सडेर आफै ढल्छन र अन्त्यमा गानो नै फ्यात्त कुहिन्छ ।

रोकथाम

  •  बीउ गानोहरु रोगमुक्त क्षेत्रबाट ल्याउनु पर्ने र बीउ उपचार पछि मात्र लगाउनु पर्ने ।
  •  रोगीबोटहरु र संक्रमित पातहरुलाई जम्मा गरी जलाउनु पर्ने ।
खैरो थोप्ले÷ डढुवा रोग (Leaf Blotch)

बेसार खेतीमा आर्थिक रुपमा क्षति पुर्याउन सक्ने एक प्रमुख रोगका रुपमा चिनिने यो रोग बेसार खेती गरिने प्रायः क्षेत्रमा लागेको पाईन्छ । यो रोग विशेष गरी ८०% सापेक्षित आर्द्रता र २१ देखि २३ डिग्री से. तापक्रममा उग्र हुने गर्दछ ।सामान्यतया कार्तिक मंसिर तिर यो रोग बढी जसो देखा पर्दछ ।

कारक तत्वः यो रोग Taphrina maculans नामक ढुसीबाट लाग्ने गर्दछ ।

लक्षण
यो रोगबाट ग्रसित बिरुवाको प्रायः तल्लो पातबाट सुरु भई पातको दुवैपट्टि १–२ मी.मी.चौडाईका धब्बाहरु देखिने भएतापनि प्रायः धब्बाहरु पातको माथीपट्टि देखिन्छन् । शुरुको अवस्थाका धब्बाहरु हल्का पहेंलो हुने र पछि गाढा पहेंलोमा परिणत भै पुरै पात पहेलिन गई पातहरु लत्रेर झर्न थाल्छ ।
यसवाट बिरुवा सहजै नमर्ने भएतापनि पात पहेलिन गई बोटको कार्यक्षमता घट्न गई उत्पादनमा कमी आउने गर्दछ ।

रोकथाम

  •  रोगमुक्त क्षेत्रको स्वस्थ बीउ मात्र प्रयोग गर्ने र बीउ उपचार गरेर मात्र प्रयोग गर्नु पर्ने ।
  •  रोगी बोटहरु र संक्रमित पातहरुलाई जम्मा गरी जलाउनु पर्ने ।
  •  १%बोर्डो मिश्रण वा डाईथेन जेड ७८ (०.२-०.३%) अथवा व्लाईटक्स ५० (३ ग्रा.÷लि.) को घोल छर्कदा केहि हदसम्म रोग नियन्त्रण हुने गर्दछ, रोगको अवस्था अनुसार यसरी विषादी छर्कने काम १५ दिनको फरकमा दोहोराउनु पर्छ ।
जरामा गाठो पार्ने जुका

यो रोग बेसार खेतीमा फाटफुट रुपमा देखा पर्ने गर्दछ ।

कारक तत्वः जुकाबाट लाग्ने Meloidogyne incognita तथा Radopholus similis नामक जुकाले आक्रमण गर्दा हुन्छ ।

लक्षणः यस रोगबाट ग्रसित भएका पातहरुमा दाग देखा पर्छ, जरामा गिर्खा देखा पर्छ भने बोट पुड्को हुने गर्दछ ।

रोकथाम

  •  केरा, आलु, भन्टा लगाएत अन्य सोलेनेसी परिवारका तरकारी लगाएको जमिनमा लगतै बेसार नलगाउने ।
  •  निमाटोड नियन्त्रण गर्ने विषादि जस्तैः निमागन छर्कने ।
  •  प्राङ्गारिक तत्वको मात्रामा वृद्घि गर्दा निमाटोडको वृद्घि रोकिन्छ ।
  •  रोपेको तेस्रो अथवा पाँचौ महिनामा दुई पटकका दरले कार्बाेफ्यूरान ४ के.जी.ए.आई.प्रति  हेक्टरका दरले प्रयोग गर्ने ।
  •  नीमको पीना १०० के.जी.प्रति रोपनीका दरले प्रयोग गर्न सकिन्छ ।
प्राङ्गारीक विधिबाट रोग व्यवस्थापन

निरोगी बीउ गानोको प्रयोगः यो रोग बीउ गानोबाट सर्ने हुँदा श्रोत बीउ रोग रहित स्थानमा उत्पादन भएको हुनु पर्दछ । संक्रमित गानोलाई बीउको रुपमा प्रयोग गर्नु हुदैन ।

रोग अवरोधी वा रोग सहन सक्ने जातको प्रयोगः गानो कुहिने रोग नलाग्ने तथा रोग सहन सक्ने जातहरु छनौट गर्ने जस्तै कपुरकोट हलेदो १ लगाउनु पर्दछ ।

बीउ उपचार गर्नेः प्राङ्गारिक बेसारको उत्पादनको लागि विभिन्न जैविक तत्वहरुको प्रयोग गरी बीउ उपचार गर्न सकिन्छ जस्तै ट्राईकोडर्मा ढुसीको धुलो ५ ग्राम प्रति लि.पानीमा मिसाई बनाईएको घोलमा १ घण्टा बीउ गानो डुवाएर उपचार गर्नु पर्दछ ।

बाली चक्र अपनाउनेः गानो कुहिने रोगको ढुँसीको जीवाणु कम्तीमा २ वर्ष माटोमा वा संक्रमित गानोमा बाँच्न सक्ने भएकाले एउटै जमिनमा बर्षेनी बेसार खेती गर्नु हुदैन । तसर्थ रोग कम गर्न तीन वर्षे बाली चक्र अपनाउनु पर्दछ । बाली चक्रमा आलु, भण्टा, खुर्सानी, गोलभेंडा नलगाउने र बेसार भन्दा अगाडि कोदो, घ्यू सिमी अथवा तोरी लगाउनु रोग व्यवस्थापनका लागि प्रभावकारी हुन्छ । भिरालो जग्गामा तीन बर्षे बालीचक्र अपनाउने योजना छ भने जग्गालाई प्रत्येक बर्षका लागि तेर्साे (Horizontal) गरी छुट्याउनु भन्दा ठाडो (Vertical) गरी छुट्याउनु उपयुक्त मानिन्छ । 

जमिनमा पानी निकासको लागि उचित प्रवन्ध मिलाउनेः पिथियम प्रजातिका प्रायः सबै ढुँसीहरुले जमिनमा पानी जम्ने जस्तो उचित वातावरणमा पानीमा पौडने खालका असंख्य जिवाणु (जुस्पोर) जन्माउने र यीनीहरु बग्ने पानी र वर्षाको पानीको छिटाको माध्यमबाट एक ठाउँबाट अर्को ठाँउमा पुगी नयाँ बिरुवामा आक्रमण गर्ने हुँदा पानी नजम्ने भिरालो जग्गाको छनौट गर्ने र निकासको व्यवस्था गर्ने । पानी जम्ने ठाँउमा जमीनबाट १५ से.मी. जग्गा उठाई ड्याङ बनाई लगाउने । 

माटोलाई उपचार गर्नेः माटोको पि.एच.संतुलन गर्ने, १०–१५ से.मी. अग्लो ड्याङमा सेतो प्लाष्टिकले छोपी १ महिना सोलाराईजेसन (माटो निर्मलीकरण) गरी, ट्राईकोडर्मा हार्जिएनम १० ग्रा.÷के.जी. कम्पोष्ट मलका दरले प्रयोग गरी बेसार लगाउने ।

जमिनको सरसफाईः झारपात र रोगी बोटहरु देखा पर्ना साथ जरा सहित उखेलेर हटाउनु पर्दछ । बेसार खनिसकेपछि यसको अवशेष (जरा, सरा, रोगी गानो) सबै संकलन गरी जलाईदिने र बेसार पछिको बालीमा उम्रेका बेसार का बोटहरु जरैदेखि उखेली हटाउने, झार उखेल्ने काम पानी परेको दिनमा नगर्ने, बेसार लगाउदा धेरै बाक्लो गरी नलगाउने, ३०-२५ से.मी.को दूरीमा लगाउनु पर्ने । यसरी सरसफाईमा ध्यान दिने गर्नाले रोगको जीवाणुहरु कम हुने गर्दछ ।

माटोमा अन्य सामग्रीको प्रयोगः बेसार लगाउदा कुलेसोमा प्रति रोपनी १०० के.जी. निम वा तोरीको पिना र २.५–३ के.जी. टिमुरको धुलोको प्रयोग गर्दा रोग न्यूनीकरण हुन जान्छ ।

कीरा व्यवस्थापन

डाँठको गवारो

क्षतिः यसको आक्रमणले सरा तथा गानोमा क्षति पु¥याई बोटलाई सुकाई दिन्छ । गवारोको आक्रमण भएको पत्ता लगाउन सराको फेदमा प्वाल परेको अथवा प्वालबाट केही निस्किएको देख्न सकिन्छ ।

व्यवस्थापनः गवारोको नियन्त्रणको लागि मालाथियन, रोगर अथवा डेसिस ०.१% प्रतिशत विषादि कीराको आक्रमण हेरी २१ दिनको फरकमा छर्न सकिन्छ ।

पात बेरुवा कीरा

क्षतिः यसले खासै नोक्सान नगरेतापनि यसको लार्भाले पात खाईदिने गर्दछ र पात बेरी त्यसैभित्र बस्ने गर्छ ।

व्यवस्थापनः यसको नियन्त्रणको लागि डेसिस वा रोगर ०.१% छर्नुपर्छ ।

कत्ले कीरा

क्षतिः यसले गानो चुसेर, कोत्रेर भण्डारणमा समेत नोक्सान पु¥याउँछ ।

व्यवस्थापनः यसको नियन्त्रणको लागि भण्डारण गर्दा ०.०५% मालाथियन अथवा रोगरमा डुवाई गानोको उपचार गर्नुपर्दछ ।

एकीकृत रोग व्यवस्थापन प्रविधि

बेसारमा लाग्ने यो रोगलाई एउटै मात्र विधि अपनाएर दीगो रुपमा व्यवस्थापन गर्न कठिन हुन्छ । यसर्थ रोग व्यवस्थापनका लागि एकीकृत विधिहरु अपनाउनु आवश्यक हुन्छ । रोग लागिसकेपछि उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु उपयुक्त हुन्छ र रोगको प्रकोप हुनको लागि रोगग्राही बिरुवा, आक्रमक जीवाणु, र अनुकूल वातावरणको आवश्यकता पर्ने हुँदा यी मध्ये कुनै एकलाई नियन्त्रण गरेर पनि रोग व्यवस्थापन गर्न सकिन्छ । यसरी गानो कुहिने रोग विकास हुन नदिन रोग लगाउने ढुँसीहरुको लागि प्रतिकूल वातावरणको सिर्जना गर्ने, प्रतिरोधात्मक क्षमता भएका जातहरु लगाउने र विभिन्न तत्वहरु मार्फत ढुँसीहरुलाई अशक्त पार्ने कार्य गर्नु पर्दछ । यसका लागि माथी उल्लेखीत प्राङ्गारीक विधिहरुका अलावा निम्मानुसारका रासायनिक विधिहरुको पनि प्रयोग गरी एकीकृत रुपमा रोग व्यवस्थापन गर्न सकिन्छ ।

बीउ उपचार गर्ने
बीउ उपचार रोगबाट जोगाउन गरिने सुरक्षात्मक कार्य हो ।गानो कुहिने रोग मुख्यतः बीउबाट सर्ने भएकोले आँखाले नदेखिने गरी बीउमा ढुँसीको प्रवेश भै सकेका हुन सक्ने हुँदा बीउलाई भण्डारण अगाडि डाईथेन एम -४५ वा ईन्डोफिल एम -४५ प्रति लि. पानीमा २.५ ग्रामका दरले र रोप्नु अघि ईन्डोफिल एम -४५ प्रति लि. पानीमा २.५ ग्राम र वेभिष्टिन १ ग्रामका दरले मिसाई बनाएको घोलमा १ घण्टा बीउ गानो डुवाई उपचार गर्ने र पछि छायाँमा सुकाउने । बीउहरु ओभानो भैसकेपछि भण्डारण गर्ने वा जमीनमा रोप्ने । यसरी एक पटक बनाएको घोलले ३–४ पटक सम्म उपचार गर्न सकिन्छ ।
नोटः प्रांगारिक बेसार उत्पादनको लागि विभिन्न जैविक तत्वहरुको प्रयोग गरी बीउ उपचार गर्न सकिन्छ जस्तै ट्राईकोडर्मा ढुँसीको धुलो ५ ग्राम प्रति लि. पानीमा मिसाई बनाईएको घोलमा १ घण्टा बीउ गानो डुवाएर उपचार गर्नु पर्दछ । 

विषादिको प्रयोग गर्ने
उपचार गरेको बीउ लगाईसकेपछि ईन्डोफिल एम -४५ एक ग्राम र वेभिष्टिन आधा ग्राम वा रिडोमिल आधा ग्राम प्रति लि. पानीका दरले मिलाई बनेको घोल बीउ लगाएको स्थानमा माटो पूरा भिज्ने गरी राखी छापोले ढाक्ने र बिरुवा उमे्रको १ महिना भित्र रोगको प्रारम्भिक लक्षण देखा पर्नासाथ जरासम्म
भिज्ने गरी पुनः सोही अनुसारको घोलले ड्रेन्चिङ्ग गर्ने । असोज महिना तिर मात्र रोगको फाटफुट लक्षण देखा प¥यो भने फलेको जति खनेर बेच्नु नै उपयुक्त हुन्छ, यो अवस्थामा विषादि प्रयोग गर्दा आर्थिक रुपले लाभदायक हुँदैन ।

बाली कटानी तथा भण्डारण

बाली लिने

जब बेसारका पातहरु पहेंला हुँदै जान्छन् र सुक्न थाल्छन्, सम्झनुपर्दछ कि बाली खन्ने बेला भएको छ ।कृषकहरुले कहीँ कहीँ बाली लगाएको २ वर्ष पछि मात्र खन्ने गर्दछन् । जात अनुरुप बाली लिने समय फरक परेता पनि सामान्यतया लगाएको ९ महिनामा बाली तयार हुने हुँदा एक बर्षमा नै बाली खन्नु पर्छ । बाली लिनको लागि पौष देखि फाल्गुन सम्मको समय उपयुक्त मानिन्छ । बेसारको डाँठहरु गाना झिक्नु भन्दा करीब ५-७ दिन अघि काट्नु पर्दछ । बाली लिन जग्गालाई हलो तथा कोदालोको सहायताले खनजोत गरी त्यसवाट बेसारका गानाहरुलाई हातले राम्रो संग टिप्नु पर्दछ । टिपिएका गानाहरु राम्रो संग सफा गरी उचित भण्डारण गरी राख्नु पर्दछ । पहाडी क्षेत्रमा उपयुक्त प्रविधि अनुसार खेती गरेमा प्रति रोपनी १.० देखि १.५ मे. टन सम्म बेसार उत्पादन हुनसक्छ । उपयुक्त समयमा बाली लिदा यसवाट बढी सुकेको बेसार पाउन सकिन्छ ।

बेसार गानो भण्डारण

बेसारमा चिस्यानको मात्रा धेरै हुने हुँदा सुरक्षित भण्डारण गर्नु अत्यावश्यक हुन्छ, अन्यथा भण्डारणमा सुक्ने, चाउरिने, कुहिने आदि समस्याहरु आई बेसारको गुणस्तर घट्न जान्छ । बेसारको भण्डारण गर्दा १२-१४ डि.से. तापक्रम र ६५-७०% सापेक्षित आद्र्रता भएको वातावरण मिलाउन सकिने कोठामा
सजिलै संग ५-६ महिना सम्म सुरक्षित भण्डारण गर्न सकिन्छ । कृषक स्तरमा यस्तो किसिमको वातावरण नियन्त्रित कोठा बनाउन खर्चिलो हुने हुँदा परम्परागत खाडलमा केही सुधार गरी सेलार स्टोरको प्रयोग गरी स्वस्थ बीउ बेसार भण्डारण गर्न सकिन्छ। निम्न लिखित तरिकाहरु अपनाई कृषक
स्तरमा खाडलमा बेसारको सुरक्षित भण्डारण गर्न सकिन्छ :

  •  खाडल बनाउदा छाँया पर्ने, अलिकति भिरालो, पानी नजम्ने ठाँउको छनौट गर्नु पर्छ ।
  •  विभिन्न क्षमताको खाडल बनाउन सकिने भएता पनि गहिराई १ मि.भन्दा बढी हुनु हुदैन । सामान्यतया १ मि. लामो, १ मि.चौडाई र १ मि. गहिरो खाडल उपयुक्त मानिन्छ ।
  •  एक घन मिटर खाडलमा ३५० किलो बेसारको गानो भण्डारण गर्न सकिने हुँदा उत्पादन थोरै भएको  अवस्थामा सानो आकारको खाडलमा राखे पनि हुन्छ । एक मिटर भन्दा गहिरो खाडल आर्थिक दृष्टिकोणले उपयुक्त हुँदैन । साथै भण्डारण गरेको बेसार झिक्दा धेरै कुल्चिएर टुसा भांचिई बीउ गुणस्तरमा नकारात्मक असर पर्दछ ।
  •  खाडललाई एक हप्ता सूर्यको प्रकाशले निर्मलीकरण गरी सकेपछि पुनः झार जंगल जलाउनुका साथै बिषादी प्रयोग गरी निर्मलीकरण गर्दा उपयुक्त हुन्छ ।
  •  २५ ग्राम ईण्डोफिल एम-४५ र मालाथियन २५ मि.लि. १० लि. पानीमा मिसाई बनाएको विषादि घोलमा बीउ गानोलाई १ घण्टा डुवाई छाँयामा सुकाउने, तर खायन बेसार भण्डारण गर्दा भने यी विषादीले उपचार गर्नु हुँदैन ।
  •  खाडलमा बेसार भण्डारण गर्दा खाडलको पिंधमा करीब एक ईन्च बाक्लो हुने गरी बालुवा वा धानको मोटो भूस वा काठको धुलो बिछ्याउनु पर्दछ ।
  •  उपचारित बेसारका गानाहरु बोक्रा नखुईलिने गरी चाङ लगाएर ६ ईन्च बाँकी राखी पुरा खाडल भर्नु पर्दछ ।
  •  खाडल काठको फल्याकले ढाक्ने, बीच भागमा पर्ने गरी फल्याकमा २ ईन्चको प्वाल पारी ३ फिट लामो पाईप वा भित्रको गाँठो फालेको बाँस खडा गरी राख्नु पर्छ ।
  •  छायाँ दिनको लागि अस्थाई छाप्रो बनाउनु पर्छ । जसले पानी पस्नबाट जोगाउँछ र तापक्रम घटाउन मद्दत गर्दछ ।
  •  खाडलको चारैतिर कुलेसो काटी पानी पस्नबाट बचाउनु पर्दछ ।