परिचय

परिचय

पत्तीको बृद्धि तथा विकासमा त्यस क्षेत्रको हावापानी, माटो, वर्षा र मौसमले प्रत्यक्ष प्रभाव पार्दछ । न्यानो र आद्र हावापानी तथा अम्लीय माटो भएको प्रायः सबै क्षेत्रहरुमा चियाको विरुवा फस्टाउँदछ । चियाको बोट बाट बढीभन्दा बढी उत्पादन लिन निम्न लिखित विषयको जानकारीहुन जरुरीछ । 

आवश्यकता

तापक्रम

चियाको मुनाको बृद्धि तथा विकासमा तापक्रम १३°C भन्दा कम भएमा मुना पलाउने कार्य रोकिन्छ । तापक्रमले विरुवाको श्वास– प्रश्वास, को षिका बिभाजन साथै मेटाबोलिक (metabolic) प्रक्रियामा नियन्त्रण गर्ने  हुँदा बृद्धि विकासमा यसको प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसले हिउँदयाममा मुनाको बृद्धि विकास कम हुँदै रोकिने गर्दछ । यदि तापक्रम ३०°C वरि परि र हे मा प्रकाश संश्ले षण प्रक्रिया क्रियाशील हुन्छ । यसरीनै तापक्रम बढ्दै जाँदा मुना पलाउने र पात फक्रने क्रम बढ्दछ । यदि तापक्रम ३५°C भन्दा माथि भएमा प्रकाश संश्ले षण प्रक्रियामा प्रतिकुल प्रभाव पार्दछ र तापक्रम ३०°C दे खि ४२°C सम्म पुगे मा यो प्रक्रिया पूर्ण रुपमा बन्द हुन्छ । चियाको पातको तापक्रम श्वास–प्रश्वास क्रियाको कारण वातावरणको भन्दा २–१२°C ले बढी हुने गर्दछ । यसरीनै पातको संर चना जस्तै ठाडो वा ते सा्रे पात  भएमा तापक्रम २°C–४°C ले फरक पर्न सक्दछ । यसरी नै माटो को तापक्रम र चियाको मुना पलाउने दर को पनि आपसमा सम्बन्ध र हन्छ । यदि माटो को तापक्रम १५°C बाट छापो लगाई १८°C पुर्याउने हो भने मुना पलाउने दरमा बृद्धि गर्न सकिन्छ । 

दिनको लम्बाई

चियाको मुना पलाउनका लागी कम्तिमा दिनको लम्बाई ११ घण्टा १५ मिनेटको हुन आवश्यक हुन्छ । भूमध्य रेखा वरपर को क्षेत्रमा दिनको लम्बाई मा एक रुपता हुने हुँदा वर्षभरि नै पत्तीको उत्पादन लिन सकिन्छ । तर , भूमध्य रेखाभन्दा टाढा रहेको क्षेत्रमा हिउँदयाममा मुना पलाउने कार्य बन्द हुने गर्दछ । जस्तै , दक्षिण भारत तथा श्रीलङ्काका कतिपय क्षेत्रमा वर्ष भरि नै पत्ती टिपिन्छ भने पूर्वोत्तर भारत तथा नेपालमा हिउँदको ३ महिना पत्ती पलाउन रोकिन्छ । विरुवा सुषुप्त (dormant) अवस्थामा जान्छ । त्यसरीनै चाइना तथा र सियामा सुषुप्त अवधि अझै लामो ४ देखि ६ महिनासम्मको हुन्छ ।

वर्षा तथा माटोको चिस्यान

एक हेक्टर वयस्क चियाको बगान क्षेत्रलाई १० टन पानी प्रतिदिन आवश्यक पर्दछ । जुन झण्डै २.५ मिलिमिटर हुन आउँदछ । हाम्रो देशमा वर्षाको कुनै खास महिनाहरुमा मात्र वर्षा बढी हुने हुँदा त्यस महिनामा पानी खेर गई नोक्सान हुने र अन्य महिनामा वर्षाको अभाब भई सुख्खा र खडे रीलाग्ने हुन्छ । त्यसैले वर्षाको मात्रा भन्दा पनि त्यसको सबै महिनाहरुमा बितरण चाहिँ महत्वपूर्ण हुन्छ । औषतमा वार्षिक वर्षा १००० मिलिमिटर भन्दा माथि भएको क्षेत्रमा चियाको उत्पादन राम्रो हुन्छ । नेपालमा वर्षाको मौषममा चियाको मुना राम्ररी पलाउँदछ ।

आद्रता

 तापक्रमले सापेक्षिक आद्रतामा पनि प्रभाव पार्दछ । बढी तापक्रममा वाष्पीकरण र निष्काशन पनि बढी हुनाले सापे क्षिक आद्रता कम हुन्छ । न्यानो र आद्रता भएको अवस्थामा चियाको मुना पलाउने र त्यसको बृद्धि विकास समेत राम्रो हुन्छ ।

माटोको उपचार तथा माटोको गुणमा हावापानीको असर

माटोको उपचार पद्धति

  • माथिल्लो माटोमा रक फस्फेट ३० ग्राम अथवा बोन मिल ३० ग्राम + राम्रो सडेको कम्पोस्ट गोबर मल कम्तिमा ४/५ किलो अथवा अर्गानिक मल/गड्यौले मल १००–२०० ग्राम मिलाउने 
  • तलको माटोमा सिङ्गल सुपर फस्फेट ३० ग्राम+कम्पोस्ट गोबर मल कम्तिमा ४/५ किलो अथवा अर्गानिक मल/गड्यौले मल १००–२०० ग्राम मिसाउने । 
  • दुवै माथि र तलको माटोलाई माटोको सत्रु जीवहरु जस्तै खुम्ले, निमाटोड, कमिला, ढुसी तथा धमिराबाट बचाउन विभिन्न अर्गानिक/वायो वा रासायनिक पदार्थहरु प्रयोग गरेर रोकथाम गर्ने ।

व्यवस्थापनसँगै माटो को ऊर्वराशक्तिमा हावापानीले ठूलो प्रभाव पार्दछ । नाङ्गो जमिन सतहमा धेरै तीव्रताको साथमा भएको बर्षाले  माटो को बनावट बिगार्नुको साथै माटोको क्षय पनि गराउँदछ । माटोको संरचना राम्रो नभएको र नाङ्गो ठाउँमा प्रतिघण्टा १२० दे खि १७५ एम.एम. बर्षा करिब १५ मिनेटसम्म भएमा माटोको पानी छानिएर जाने दर चाँडै कम हुन्छ । माटो को तापक्रम बढी भएमा माटो को कालो पोषिलो भाग कम हुन जान्छ । लामो अवधिसम्म माटो सुख्खा रहेमा प्रांगारिक पदार्थबाट बिरुवाले नाइट्रोजन नपाउने अवस्थामा परिणत हुन थाल्दछ । वर्षा हुने ठाउँमा जराको प्रतिशाखाहरुले पानीको उपभोगमा प्रभाव पार्दछ, जसलाई माटो को गहिराई तथा संरचनाले नियन्त्रण गर्दछ । बिरुवाले उपलब्ध गर्ने  माटो को चिस्यानको परिमाण जरा फैलनको लागि सम्बन्धित हुन्छ । सुख्खा क्षेत्रमा बिरुवालाई पानीको राम्रो उपलब्धता गराउन र माटको चिस्यान कम भई हुने असर लाई केही हदसम्म कम गर्न सुहाउँदो रोपण दूरी तथा मलखाद प्रयोग गरी खेती गर्न सकिन्छ । अन्त्यमा, माटोको उर्वरता तथा उत्पादकत्व संरक्षण गर्न स्थानीय क्षेत्रको बिस्तृत जानकारी हुन आवश्यक हुन्छ ।

विरुवा संख्या/स्पेसिङ

कम्पेक्ट वा सानो फ्रेम भएको विरुवा १५–१८०००/हे क्टर

स्प्रेडिङ्ग वा ठूलो फ्रेम भएको विरुवा १४–१५०००/हे क्टर

बढी विरुवा प्रति हेक्टरले चाँडो एरिया कभर गदर्छ र सुरुमा बढी उत्पादन हुन्छ । खराब माटोमा बढी विरुवा प्रति हेक्टर लगाइन्छ ।

विरुवा–विरुवा को फरक कम्तिमा ६० से .मी. ।

लाइन–लाइन (row) को फर क कम्तिमा ९० से .मी. र ड्याङ–डयाङ (hedge) को फर क कम्तिमा ११० से .मी. हुनुपर्छ ।

सही तरिका हाँगा फैलिएको विरुवा प्रति हेक्टर १४००० भन्दा बढी नलगाउने र साँघुरिएको (compact) १७००० भन्दा बढी नलगाउने ।

सिङ्गल हेज

विरुवा बिचको दुरी (से.मि.)

विरुवा सङ्ख्या

९०*६०

१८२५०

१०५*६०

१५८७०

१०५*७५

१२७००

११०*६०

१५१६०

१२०*७५

११११०

१२०*९०

९२६०

 

डबल हेज

विरुवा बिचको दुरी (से.मि.)

विरुवा सङ्ख्या

१०५*७५*७५

१४८००

१०५*७५*६०

१७२००

११०*६०*६०

२०५००

११०*७५*७५

१४४००

११०*७०*६०

१६८००

१२०*६०*६०

१९३००

१२०*७५*७५

१३७००

१२०*९०*९०

१२३००

स्टेकिङ

चिया विरुवा लगाउनु अघि विरुवा लगाउने पद्धति जस्तै सिंगल हेज, डवल हेज, रेगुलर , स्टेगर वा कन्टर रोपण कुन तरिकाबाट गर्ने हो सो निर्णय गरीत्यही अनुसारको स्टेकिङ्ग गर्ने ।

चियाको विरुवाहरुको प्रकार तथा विरुवाको साइज

 क) चियाको विरुवा गोटी र क्लोन गरी २ भागमा बाँड्न सकिन्छ । विरुवा लगाउँदा ४०% गोटी बिरुवा र ६०% क्लोन विरुवा लगाउनुपर्छ ।
ख) सबै विरुवालाई स्टेण्डर, यिल्ड र क्वालिटी गरी ३ भागमा बाँढ्न सकिन्छ । बिरुवा लगाउँदा ५०% स्टेण्डर, ३०% इल्ड र २०% क्वालिटी जातका विरुवा लगाउनुपर्छ ।
ग) ६०% क्लोन विरुवाहरुमा पनि एकै जातको विरुवा १५% भन्दा बढी नलगाउने अथवा कम्तिमा पनि ५ जातका क्लो न विरुवाहरु लगाउने 
घ) गोटी विरुवा लगाउँदा जहिले पनि वाइक्लोनल जातको गोटी विरुवा लगाउने । 
ङ) अहिले को अवस्थामा धेरै संख्यामा सुधारिएका (Improved) जातका चियाका विरुवाहरु उपलब्ध छन् ती बिरुवाहरुमध्ये आफूलाई आवश्यक विरुवाहरु छानी आफ्नो जमिनमा रोपण गर्नु नै सबै भन्दा बुद्धिमानी र चुनौतीवाला काम हो । 

(१) टोकलाई इण्डियाबाट निकालिएका TV सेरिजका विरुवाहरु 
क्वालिटि जातका (q) TV21 
इल्ड जातका (y) : TV9, 18,19,22,23,25,26,29,30 
स्टेणडर जातका (s): TV 1,2,3,4,5,6,7,8,10,11,12,13,14,15,16,17,20 
यसमध्ये TV 7,9,14 र  19 पहाडमा पनि लगाइन्छ 

(२) TRA को गार्डेन सेरिजका तराईका लागि १०० वटा भन्दा बढी क्लोनहरु छन् । 


२. (क) वेस्ट वेङ्गल डोवर्सबाट ५ वटा क्लोनहरु
TRA हन्तापारा १२ *  
TRA हन्तापारा ३०* 
TRA लिस रिभर ९/३४ *** 
TRA तुर तुरी२२ * 


२. (ख) वेस्ट वेङ्गल तराइबाट १० वटा क्लोनहरु 
TRA कमलपुर ६ ***  
TRA कमलपुर १७ *** 
TRA सन्यासीथान ९***  
TRA सन्यासीथान १० *** 
TRA सन्यासीथान २७ ***  
TRA मो हर गाउँ एण्ड गुल्म २५ *** 
TRA सन्यासीथान * ***  
TRA सुक्ना ७ *** 
TRA सुक्ना २३ ***  
TRA सुक्ना २५ *** 
नोटः * स्तेणडर ** क्वालिटि *** इल्ड क्लोन 

 लगाउने बिरुवाको साइज

  • विरुवाको डाँठको मो टाई ०.६–०.८ से .मी. सम्मको
  • विरुवाको उचाई १४–१८ इञ्च सम्मको 
  • पातको संख्या कम्तिमा १२ वटा पत्ता भएको 
  • जराहरु के ही पनि नो क्सान नभएको 
  • धोक्रीको बिरुवा छ भने धोक्री ज्यादा नफुटेको र धोक्रीबाट बाहिर जरा ननिस्केको । 
  • विरुवाको पात, डाँठ तथा जरामा कुनै पनि रोग तथा कीराहरुले नो क्सान नगरेको । 

नर्सरी व्यवस्थापन

नर्सरीको लागि जमिन छनोट

नर्सरीको आकार कति विरुवा राखिने हो, त्यसमा भर पर्ने हुन्छ । नर्सरीको लागि जमिन छनोट गर्दा निम्न कुराहरुमा ध्यान दिनुपर्दछ । 

  • सिँचाइको स्रोत तथा निकासको व्यवस्था भएको । 
  • बलौटे दोमट, प्रांगारिक पदार्थले भरिपूर्ण माटो उपयुक्त हुन्छ । यदि क्ले (clay) को मात्रा बढी भएमा बालुवा र राम्ररीपाकेको गोठेमल (१:२, १:३, १:४) माटो सँग राम्ररी मिसाएर मिलाउनु पर्दछ । 
  • नर्सरीको लागि माटो को पि.एच ४.५–५.५ सम्म हुनुपर्छ । 
  • पर्याप्त घाम लाग्ने साथै हावाहुरीबाट जो गाउन सकिने हुनुपर्छ । 
  • बाटो को सुविधा भएको हुनु पर्दछ । 
नर्सरी व्याडको तयारी
  • नर्सरी व्याडको चौडाई १ मिटर तथा लम्बाई जग्गाको साइज हेरीआवश्यकता अनुसार राख्न सकिन्छ । दुईवटा व्याडको बीचमा ६० से .मी. चौ डाई बराबर को बाटो राखेमा काम गर्न सजिलो हुन्छ । 
  • सूर्यको प्रकाश ब्याडमा राम्ररी पार्न उत्तर दक्षिण लम्बाईमा नर्सरीबनाउन उपयुक्त हुन्छ । 
  • नर्सरी स्थापना सामान्यतया असार –श्रावणमा गर्न उपर्युक्त भए पनि सिँचाइको सुविधा भएको स्थानमा कात्तिक–मंसिर मा पनि राख्न सकिन्छ । 
  • नर्सरी व्याडमा राम्ररी खनजोत गरी माटो लाई बुर्बुराउँदो बनाउनु पर्दछ । त्यसपछि नर्सरीब्याडको सतह एकनासले सम्याउनुपर्दछ । नर्सरीमा पानीको राम्रो निकासको लागि जमिनको सतहबाट १५ से .मी. अग्लो बनाउनु पर्दछ । 
माटोको उपचार

प्रयोग गर्नु अगाडि माटो निसंक्रमण गर्नु उपयुक्त हुन्छ । व्याड बनाई सके पछि माटो लाई भिजाई सेतो (पारदर्शी) प्लास्टिकको छापो लगाई चारैतिर बाट छोप्नुपर्दछ । घामले माटो तात्दछ । साथै प्लास्टिकले सूर्यको किरणलाई परावर्तन हुन दिँदैन र तापक्रमलाई माटो भित्र नै राखी राख्दछ । यसरी ४ हप्तासम्म छोपी राखेमा माटो जिवाणुमुक्त हुन्छ |

माउ बोटको तयारी

कटिङ लिने माउबोट स्वच्छ, बलियो र उत्पादनशील हुनुपर्दछ । यी बोटहरुलाई अलग्गै छुट्याई छुट्टै मलखादको व्यवस्था गरी ३–४ महिना अगाडिदेखि नै काँटछाँट नगरी हुर्कन दिनुपर्दछ । कुनै प्रकारको रोग कीरा वा झार पातको संक्रमण हुनबाट बचाउनु पर्दछ । बर्षमा २ पटक (YTD) २:१:२ मिश्रण प्रति के. जी नाइट्रोजन १५ के जी/हे . का दरले मलखाद उपलब्ध गराउनु पर्दछ । 

कटिङ लिने समयभन्दा २–३ हप्ता अगाडि माउबोटबाट टुप्पातिरको कोपिलालाई हटाइदिनु पर्दछ । जसले गर्दा साइडबाट हाँगाहरु पलाउन मद्दत गरोस् । 
 

डालोको छनोट
  •  एक बर्ष उमेरका राम्रो बृद्धि बिकास भएका कम्तिमा पेन्सिल साइज मोटाइ भएका हाँगा कटिङ्गको लागि छनोट गर्नुपर्दछ । 
  • सामान्यतया तराई क्षेत्रमा काँटछाँट गरेको ३ महिनामा र पहाडी क्षेत्रमा काँटछाँट गरेको ५–६ महिनापछि कटिङ्ग लिन सकिएता पनि मौ समको अवस्था, जात र ठाउँको उचाइले यसमा फर क पर्न सक्छ । 
  • डालाको अवस्था अनुसार एउटा डालाबाट ३ दे खि ४ वटा कटिङ्ग लिन सकिन्छ भने एउटा माउबो टबाट १५ दे खि २५ वटासम्म डाला लिन सकिन्छ । 
  • हाँगाको टुप्पातिर को कलिलो भाग तथा छिप्पिएको तल्लो भाग हटाई बीच भागको अधबैशे हाँगा (semi hard wood) कटिङ्गको लागि उपयुक्त हुन्छन् । 
  • माउबोट बाट डाला काटेपछि त्यसलाई सुक्न नदिई तुरुन्तै ०.१% (१०० ग्राम १०० लिटर पानीमा) जिङ्क सल्फेटको घोलमा डुबाएर राख्नुपर्दछ ।  
छाहारी व्यवस्थापन
  • नर्सरीमा घामको किरण सोझै पार्न दिनु हुँदैन, त्यसैले बाँस वा काठको टाटी बनाई छहारीदिनुपर्दछ । छहारीको खम्बाहरु भुईबाट एकातर्फ २५ से .मी. अग्लो र अर्को तर्फ ५५ से .मी. अग्लो बनाउनु पर्दछ जसले गर्दा बर्षाको पानी सजिलै तर्किएर जाओस् । 
  • माथिबाट छाउने टाटी झिक्न राख्न सजिलो होस् भन्नका लागि १.२५ मिटर चौडाई र २.५ मिटर लम्बाइको बनाउनु पर्दछ । 
  • नर्सरीमा बाँसको टाटीको प्रमुख उद्देश्य कटिङ्गहरुलाई कडा घाम, तुसारो , असिना र जनावर हरुबाट जोगाउने हो । कटिङ्गबाट राम्रो सँग जराको विकास गर्न रोप्नुभन्दा २ महिना अगाडि नै नर्सरीतयार गरि सक्नुपर्दछ । माघ–फाल्गुनमा नर्सरीव्याड तयार गरेपछि माटो लाई खर –परालले छापो दिएर ढाकी माथिबाट टाटीले छहारीदिनुपर्दछ । दुरी ५ से .मी. र लाइन देखि लाइनको दुरी ६ से .मी. हुने गरी रोप्नुपर्दछ । 
  • कटिङ्ग रोप्दा कटिङ्गको पातलाई सिधा माथितिर ठाडो हुने गरीडाँठलाई जमिनमा वा थै लामा छड्के पारेर र रोप्नु पर्दछ र रोप्दा पातसँगै को को पिला माटोले पुरिनु हुँदैन । 
  • रोप्दा पातको माथिल्लो सतह र तल्लो सतह उत्तर –दक्षिण पारेर रोप्नु पर्दछ । रोपिसके पछि कटिङ्ग वरिपरि को माटोलाई हलुकासँग थिच्नु पर्दछ र हलुकासँग पानी दिनुपर्दछ । 
नर्सरी बिरुवाको रेखदेख
  • सुरुका दिनहरुमा मौसम हेरी दिनको २ पटक सिंचाई गर्ने । 
  • नर्सरी बिरुवाहरुलाई मलखाद दिने कार्य कटिङ्ग सरि सके पछि मात्र गर्नुपर्दछ । सामान्यतया तराईमा ६ दे खि ८ हप्तामा र पहाडमा १० दे खि १२ हप्तामा कटिङ्गबाट जरा निस्कने गर्दछ । 
  • कटिङ्ग सरेर नयाँ पातहरु पलाउन थाले पछि बिरुवालाई सूर्यको प्रकाश आवश्यक पर्दछ । यसको लागि थोरै –थोरै गर्दै घाम देखाउन सुरु गर्नुपर्दछ । एकै पटक लामो समय घाममा राखियो भने कडा घामले पातहरु डढाउन सक्दछ । यस कार्यलाई जर्खर्याउने (hardening) विधि पनि भनिन्छ । 
  • कटिङ्ग रोप्नुभन्दा डेढ महिना पहिले छापो हटाइदिनु पर्दछ तर टाटीले भने माथिबाट छोपिराख्नु पर्दछ ।
  • तराई तथा गर्मी क्षेत्रहरुमा तयार गरि ने नर्सरीहरुमा पहाडको जस्तो हो चो छहारीनभई अग्लो छहारीबनाउने गरिन्छ । यसको लागि बाँस वा फलामका अग्ला संरचनाहरु तयार गरी छहारीको लागि नाइलन, सेडनेट वा अन्य उपयुक्त सामग्रीहरुको प्रयोग गरिन्छ । 
कटिङ्ग लिने तरिका

कटिङ्ग लिँदा सधैँ आख्लाबाट ०.५ से .मी. माथि आँख्लामा चोट नलाग्ने गरी काट्नुपर्दछ । त्यसै गरी आँख्लाको २.५ दे खि ३.० से .मी. मुनि तलतर्फ फर्काएर छड्के काट्नु पर्दछ । काटिसके पछि तुरुन्तै पानी भएको भाँडामा चोबेर राखी जतिसक्दो चाँडो रोपिसक्नु पर्दछ ।

कटिङ्गहरुको रोपण

कटिङ्गहरुलाई सोझै जमिनमा रोप्ने हो भने ब्याडमा तथा पोलिब्यागमा रोप्ने हो भने पोलिब्यागहरुलाई हलुका सिंचाई गर्नुपर्दछ । कटिङ्ग रोप्न एउटा बाँसको सुइरोले (dibbler) ब्याडमा वा पोलिब्यागमा भरेको माटो मा २.५ से .मी. गहिरो खाडल पारी रोप्नुपर्दछ । पोलिब्यागमा रोप्दा एउटा व्यागमा एउटा मात्र कटिङ्ग हुने गरीसिधा पारेर रोप्नु पर्दछ । जमिनमा रोप्दा कटिङ्गदेखि कटिङको चियाको बोटलाई बढीभन्दा बढी उत्पादन लिन बिरुवालाई सानै अवस्थामा तलै बाट फैलन दिनुपर्दछ । काण्डको तल्लो भागबाटै तेर्साो हाँगाहरुको विकास गराउन निम्न उपायहरु अवलम्बन गर्न सकिन्छ । 

डि–बडिङ्:
४–५ पाते अवस्थामा जमिनको सतहदेखि १५–२० से .मी. भन्दा माथिका आँख्लाहरुबाट मुनाहरु हटाइदिने जसले तलका ३ वटा आँख्लाहरु निस्कन मद्दत गर्दछ। 

थम्बनेलिङ:
७–८ पाते अवस्थामा जराको राम्रो विकास भइसके को अवस्थामा टुप्पाको मुना र त्यस मुन्तिर को २ पात हटाइदिने जसले छेउबाट हाँगाहरु निस्कन मद्दत गर्दछ । 
राम्रो सँग नर्सरी व्यवस्थापन गरेमा १२–१८ महिनामा पहाडमा र १०–१५ महिनामा तराईमा बिरुवा तयार हुन्छ । ४० दे खि ४५ से .मी. उचाई, पेन्सिल जत्रो मोटाई र १२ देखि १६ वटा पात भएको बिरुवा रोप्न योग्य मानिन्छ ।

पोलिब्यागमा बिरुवा उत्पादन
  • पोलिब्यागमा विरुवा उत्पादन गर्नको लागि १५० गेजको ४*९ इञ्च साइजको पोलिब्याग उपयुक्त हुन्छ । नर्सरीमा लामो समयसम्म विरुवा राख्नुपर्ने अवस्थामा भने ६*१२ इञ्चको व्याग प्रयोग गर्नुपर्छ ।
  • पोलिब्यागको पिँध खुल्ला राख्नु पर्दछ र तल्लो भागको साइडमा पानीको निकासको लागि प्वालहरु बनाउनु पर्दछ । 
  • पोलिब्याग भर्नको लागि चाहिने माटो जमिनको सहत भन्दा ३० से .मी. मुनिबाट निकाल्नु पर्दछ । यस माटो लाई राम्ररी चालेर ढुङ्गा र बाह्य वस्तु हटाउनु पर्दछ । तयार गरि एको माटो २ भाग, जङ्गलको माटो २ भाग, बालुवा १ भाग र राम्ररीपाके को गोबर मल वा कम्पोस्ट १ भाग राम्ररी मिसाउनु पर्दछ । यसरी तयार गरिएको माटोलाई हल्का भिजाई पोलिब्यागको तल्लो भागमा राखे र त्यसपछि थप अरु माटो माथिबाट राख्नुपर्दछ । 
  • माटो भरेको थैलाहरुलाई नर्सरी व्याडमा लाइन मिलाएर राख्नुपर्दछ ।

जग्गा तयारी

खाल्डो खनाई
  •  गहिराई कम्तिमा १८”–२४” सम्म र डायमिटर कम्तिमा १२”–१८” सम्म 
  • खाल्डो अगर, कोदालो वा फाँग/खन्ति जेले खन्दा पनि हुन्छ 
  • खन्दा ६–८” को माथिको माटो लाई अलग राख्ने 
  • त्यस्तै ६–१०” को तलको माटो लाई अलग राख्ने ड्ड    ते स्रो ६” को माटो लाई लुज पारेर त्यही छोड्ने 
  • निक्लेको माटो बाट ढुङ्गा, अन्य जराका टुक्राहरु, काठहरु इत्यादि हटाउने र माटो लाई उपचार गर्ने 
चिया रोपण गर्ने खाल्डोको नाप 

४५ से .मी. * ४५ से .मी. नर्सरीमा विरुवा पोलिथिन धोक्रीमा उमारिएको छ भने पोलिथिन हटाई माटोको डल्लासहित विरुवा रोपण गरिन्छ । यसरी विरुवा रोपण गर्दा जराबाट माटो छुट्टिन हुँदैन । तर, भुइँ व्याडमा विरुवा उमारिएको छ भने जरा नटुक्रने गरी विरुवा उखेली माटो बिनाको जरा रोपण गरिन्छ । यदि जरा वा माटो माथीको भाग लामो भए जरातथा माथिल्लो भागलाई केही छाँटी रोपण गरिन्छ । भुई व्याडको विरुवा भए पनि माटो सहितको रोपण गर्नु उचित हो भने यसरी रोपण गर्दा रोपण पश्च्यात मर्ने दर कम हुन्छ । रोपण गरिने क्षेत्रलाई सुहाउँदो बीऊ तथा क्लोन रोपण गर्नु पर्दछ । चिया रोपण गरिएको बगानमा कुनै पनि चियाको जातले १० प्रतिशत भन्दा बढी ठाउँ ओगट्नु हुँदैन । त्यसरी नै चिया रोपण गर्दा उत्पादन तथा गुणलाई विषेश ध्यान दिनु पर्दछ ।

रोपण गरिने खाल्डोमा राखिने मिश्रणहरु

रोपण गरिने खाल्डोमा ४ दे खी ५ के .जी. पाकेको कम्पोष्ट मल, सिङ्गल सुपर फस्फेट ३० ग्राम, रक फस्फेट ३० ग्राम मिसाउनु उचित हुन्छ |

अर्को प्रश्न यो आउन सक्छ कि कस्तो क्षेत्रमा आर्थिक दृष्टिकोणले उच्च पहाडी चिया खेती गर्न सकिन्छ ?

  •  समुन्द्र सतहबाट ६००० फिटको उचाईसम्म, 
  • मनसुन अगाडि र पछाडि तथा वर्षभरि राम्रो सँगले बाँडिएको वर्षा हुने ।
  • पानी नपर्ने  क्षेत्र छनोट नगर्ने  । 
  •  निकास नभएको वा पानी जम्ने क्षेत्र छनोट नगर्ने  । 
  • माटोको तह जाँचिएको र माटो परीक्षण गरिएको ।
  • धेरै भिरालो क्षेत्र छनोट नगर्ने  । 
  • समुन्द्र सतहबाट ३५०० फिट भन्दा तल छहारीको व्यवस्था गर्ने  । 
  • सिंचाई गर्न सकिने क्षेत्रलाई प्राथमिकता दिने । 
  • सामग्री तथा उत्पादन ढुवानी गर्न तथा निरीक्षण गर्न बाटो को पूर्वाधार भएको क्षेत्रलाई प्राथमिकता दिने 
रोपण सामाग्रीको छनोट

 परीक्षण तथा अनुभव गरीसकिएको रोपण सामग्रीको प्रयोग गर्ने  । हामीसँग धेरै घटना छन्, जहाँ गलत क्लोन वा बीउको कारणले बगानहरु रुग्ण अवस्था पुगेका छन् । भ्रमपूर्ण रोपण सामग्रीको कारण धेरै बगानहरु असफल भएर नयाँ बगान स्थापनाको लागि सहयोग गर्नुपर्ने  हुनसक्दछ । 

रोपण गरिने उचित विरुवा अवस्था

रोपण गर्ने समयमा विरुवाको डाँठको मोटाई करिव ०.५ दे खी ०.८ से .मी. (सिसाकलम) हुनु पर्दछ भने उचाई ४० देखी ४५ से.मी.को हुनु पर्दछ । साथै करिव १२ देखी १४ पात आएको हुनु पर्दछ । 

रोपण तरिका

जमिन अनुसार रोपण तरिका फरक–फरक पर्न सक्दछ । पहाडमा समउच्च रेखामा एक लाइन (single hedge) वा दुई लाइन (double hedge) तरिकामा रोपण गरिन्छ । तराई क्षेत्रमा मुख्यगरी आयतकार तरिकामा एक लाइन वा दुई लाइन तरिकामा रोपण गरिन्छ । दुई लाइन तरिकामा रोपण गर्दा पहिलो ७ दे खी १० वर्षसम्म बढी फाइदा हुन्छ । चिया प्रायगरी खाल्डो खनी रोपण गरिन्छ । तपशीलको नाप अनुसारको खाल्डो खनी माथिल्लो आधा भागको माटो छुट्टै र तल्लो आधा भागको माटो छुट्टै राख्नु पर्दछ । खाल्डो खनी सकेपछि खाल्डो को तल्लो भागको माटो खनी हल्का चलाइदिनु पर्दछ । 

विरुवा रोपण विधि

⦁    उपचार गरेको माथिको माटोलाई खाल्डोको तल हाल्ने। 
⦁    पोलिथिन ट्युवमा विरुवा छ भने प्लास्टिक निकालेर विरुवा रोप्ने, विरुवा मात्र छ भने 
⦁    सिधैँ विरुवा रोप्ने । 
⦁    खाल्डोको बाँकी ठाउँमा उपचार गरेको तलको माटो भरेर बिरुवाको वरिपरि राम्ररी खाँद्ने (हातले वा बाँस/काठको मुङ्गोले ) 
⦁    विरुवा लगाईसके पछि माटो लेभलिङ्ग गर्ने । 
⦁    विरुवाको डाँठ धेरै माटोमा नलगाउने पोलिथिन धोक्रीको लेभलमै विरुवा रोप्ने । 

टेरेस प्लान्टिङ/जमिनको स्लोपको विपरीत प्लान्टिङ तथा कन्टर प्लान्टिङ प्रविधि

चिया रोपण गर्ने क्षेत्र यदि स्टेप (सिडी) जस्तो छ, पहिरो जाने खालको छ वा माटोलाई तथा भिरलाई भत्काउन नमिल्ने वा नसकिने छ भने र भिर ४५°Cभन्दा बढी छ भने टेरेस प्लान्टिङ्ग गर्नुपर्छ । ३’×२’ को दूरीमा सिंगल हेजमा रोपण गर्ने । यदि भिर ४५°C भन्दा कममा छ भने जमिनको (भिर) स्लोपको विपरीत बिरुवा लगाउने । ३’×२’ को दूरीमा सिंगल हे जमा बिरुवा रोप्ने । र, यदि जमिनमा धेरै भिर र डाँडा काँडाहरु छन् भने सर्भेबाट कन्टर लाइन बनाएर दुईवटा कन्टर लाइन बिचमा ३/३ फिटको बिरुवाको फिलर लाइन बनाएर ३’×२’ मा बिरुवा लगाउने । 

नाला खन्ने तरिका तथा ड्रेन नालाको प्रकार

नाला खन्ने  तरिका
१) नाला खनाई सर्वप्रथम पानी झर्ने ठाउँबाट सुरु गर्नुपर्दछ । 
२) सर्वप्रथम मेन ड्रेनबाट खनाई सुरु गर्दै सब भेन, कलेक्टर, फिल्ड र इन्टर सेप्टर  ड्रेन खन्नु पर्दछ ।
३) नाला खनाई जाडो महिनामा सुरु गर्नुपर्छ । 
४) भेन ड्रेन पूर्व वा दक्षिण साइडमा बनाउँदा पानीको चाप कम हुन्छ । 
५) कलभर्ट/हेमपाइप राख्दा जमिनको सतहभन्दा कम्तिमा ८ इञ्च मुनी राख्नु पर्छ । 
६) नालाको  उद्देश्य चियाको बिरुवालाई नोक्सान नहुने  गरी चाँडो  भन्दा चाँडो  बढी पानी बाहिर  फाल्नु हो  । 
७) सेमी सर्कुलर नाला सबैभन्दा राम्रो  भए पनि ट्रेपिजोइडल साइजको नाला खन्न वा प्रयोगको लागि राम्रो हुन्छ । 
८) नालाबाट निक्लेको  माटोलाई राम्ररी सबैतिर फिँजाएर लेभलिङ्ग गर्नुपर्छ ।

 ड्रेन नालाको प्रकार 
 १) मेन ड्रेन (आइसोलेसन ड्रेन): सबै ठाउँको धेरै पानी बाहिर निकाल्ने नाला, यो नाला क्याचमेन्ट एरियामा बनाइन्छ र यसको पानी कुनै पनि खोला, पोखरी, खाल्डो इत्यादि ठाउँमा खसालिन्छ ।
२) बाउण्डरी ड्रेनः बगान बाहिरको पानीलाई भित्र छिर्न नदिई सबै पानी मेन ड्रेनमा लगेर फाल्ने नालालाई वाउण्डरी नाला भनिन्छ । यो नाला फिल्डको वरिपरि हुन्छ । 
३) कलेक्टर ड्रेनः फिल्डको विभिन्न साना नाला (फिल्ड ड्रेन) बाट आएको पानी, छेउ छाउमा जमेको भेला भएको पानी फाल्ने नालालाई कलेक्टर नाला भनिन्छ । 
४) सव–भेन ड्रेनः यदि जमिन धेरै ठुलो छ र पानीको चाप पनि बढी छ भने मेन ड्रेनलाई सघाउनको लागि सव मेन ड्रेन बनाइन्छ । 
५) फिल्ड ड्रेन (साखा नाला/कान्छी नाला): छेउ छाउको पानी, सिपेज पानी र बढी भएको पानीहरु सबै बटुले र कलेक्टर मा फाल्ने नालालाई फिल्ड ड्रेन भनिन्छ । यसले बिरुवाको माथिल्लो देखि तल्लो सतह सम्मको आवश्यकता भन्दा बढी पानी तुरुन्त बाहिर फाल्छ र जरालाई आवश्यक अक्सिजन पुर्याउने काम गर्दछ । 
६) कन्टर ड्रेनः जमिनको स्लोपको विपरीत दिशाबाट, कन्टर लाइनको आधारमा बनाइएको नालालाई कन्टर ड्रेनभनिन्छ । 

ध्यान दिनुपर्ने कुराहरु

जमिनको वास्तविक अवस्थाहरु जस्तै खोला छेउमा छ कि जंगल छेउ, बाटो छेउ, विद्युत् लाइन भएको/नभएको, सञ्चारका माध्यम भएको/नभएको , जमिनको धनीपूर्जा, नक्सा अनुसार जमिन भएको नभएको इत्यादि सबै बुझी जमिन छनोट गर्नु पर्दछ ।
त्यस ठाउँको बार्षिक बर्षा र तापक्रमको रेकर्ड तथा डाटा हेर्नुपर्दछ । 
माटो को प्रकार , water table, माटो को परीक्षण, ph, अर्गानिक पदार्थ, टेक्सचर , अन्य तत्वहरु
जमिनको बनोट– सम्म, गरा, चौरी, भिरालो मिलेको वा नमिलेको जमिन हेर्ने । 
जमिनको बारेमा पुरानो इतिहास थाहा पाउने – बाँझो जमिन, बाढी आउने जमिन, खेती गरेको जमिन तथा कुन खेती हो, असिना पर्ने, हिउँ पर्ने नपर्ने , पानी जम्ने वा नजम्ने , तथा अन्य सामाजिक समस्याहरु भएको नभएको विचार गर्नुपर्छ । 
जमिनको बारेमा सम्पूर्ण अध्ययन गरिसके पछि जमिन सर्भे गर्ने – कन्टर सर्भे वा स्पटले भल सर्भे गरेपछि त्यसको पूरै म्याप (नक्सा) तयार पार्ने । 
सम्पूर्ण तयारी पश्चात जमिन तयारीगर्ने । यदि जमिनमा पहिला चिया लगाएर उखलेको हो भने वा अन्य खेती गरीराखेको जमिन हो भने पुनर्ताजगी (rehabilitation) बालीहरु कम्तिमा १२–१८ महिनाको लागि लगाउने र जमिन तयारीगर्ने । 
जमिन जोताई तरिका: 
१) Disk plough ले २ पटक जो त्ने 
 २) Harrow plough, rotavator plough ले १ पटक जो त्ने । 
३) Culti plough ले १ पटक जो त्ने । 
४) Sub-soiler plough ले १ पटक जो त्ने । 
५) लेभलर वा cultivator    ले जमिनलाई levelling गर्ने । लेभलिङ्ग गर्नु अघि माटो सुधार गर्ने  प्रविधि अपनाउने वा माटो को ph, प्रांगारिक पदार्थ आवश्यक छ–छै न जाँच गरीमाटो मा लगाई अनि मात्र  लेभलिङ्ग गर्ने । 
Note: ph मापनमा ५.५ भन्दा बढी छ भने Aluminium sulphate वा Iron pyrite वा सल्फर १–२ टन प्रति हे क्टर र यदि ph ४.५ भन्दा कम छ भने कृषि चुन वा डोलोमाइट १–२ टन/हे क्टर माटोमा छिट्ने । यदि ph लेभल ६.० भन्दा बढी छ भने उक्त माटो  चिया रोपणको लागि योग्य हुँदैन।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद प्रयोग गर्ने सिद्धान्त र विधि

सिद्धान्तः 
कुनै पनि चियाका बोटबाट प्रत्येक बर्ष लिइने बालीको मात्रा (quantity) वा काँटछाँटबाट हटाइने मात्रा (quantity of biomass) को अनुपातमा नै मलखादको प्रयोग गरिन्छ । मल प्रयोग गर्नु भन्दा पहिले बगैँचा गोडमेल गर्नु पर्दछ । गोडमेल नगरी मल प्रयोग गरेमा मलमा भएको पोषक तत्व झारले लिइदिन्छ र बिरुवालाई पोषक तत्व पुग्दैन । बिरुवाले निम्नानुसारको अवधिदेखि पोषक तत्व प्राप्त गर्न सुरु गर्दछ । बिरुवाद्वारा नाइट्रोजन मल प्रयोग गरेको २ हप्तादेखि १५/१६ हप्तासम्म पोषक तत्व लिने कार्य भइर हन्छ । तर, चुस्ने कार्य भने ४ दे खि ५ महिना सम्म गर्दछ । यसैलाई आधार मानी प्रयोग गरिने नाइट्रोजनको मात्रा प्रति रोपनी ५ के .जी. भन्दा बढी छ भने २/३ भाग गरी ३/४ महिनाको फरकमा ६०:४० वा ४०:३०:३० को अनुपातमा प्रयोग गर्नु पर्दछ । मलखाद २ किसिमले प्रयोग गरिन्छ ।

क) माटोमा (soil application) 
१. चियाका नया बिरुवामा मल प्रयोग गर्दा समथर ठाउँ भए फेदको वरि परि ४ देखि ६ इञ्च टाढा लगाउनु पर्दछ । भिरालो ठाउँ भए फेदको माथिल्लो भागमा अर्ध चन्द्राकार रुपमा ४ देखि ६ इञ्च टाढा लगाउनुपर्दछ ।
२. परिपक्व चियामा मल प्रयोग गर्दा छर्ने  विधिद्वारा प्रयोग गरिन्छ । तर, बिरुवाले ढाकेको  झ्याङभित्र चाहिँ वोटभन्दा ४ देखि छ इञ्च वरिपरि वा अर्धचन्द्राकार वा बिरुवा रोपिएको दुई लाइनको बीचमा प्रयोग गरिन्छ । 
३. चियाको नयाँ बिरुवामा ६ देखि ८ हप्ताको फरकमा मल हालिन्छ भने परिपक्व चियामा ३ देखि ४ महिनाको फरकमा मल हाल्नु पर्दछ । 
४. मलको प्रयोग गर्दा बगैँचाका सबै बोटहरुले समान रुपले पाउने गरीहाल्नु पर्दछ । 

ख) पातमा (foliar application) 
१. पानी जम्ने र सुख्खा ठाउँका बिरुवाको पातमा मल स्प्रे गरीछर्कने गरिन्छ । यसरी मल प्रयोग गर्दा बिरुवालाई खाद्यतत्व तुरुन्त प्राप्त हुन सक्ने हुँदा बिरुवामा तुरुन्तै सकारात्मक असर देखा पर्दछ । म्यूरेट अफ पोटासको २ प्रतिशत घोल सुख्खा ठाउँमा छर्कनाले बिरुवाहरुमा तुरुन्तै प्रभाव देखिन्छ । 
२. फागुनदेखि चैतमा ४ प्रतिशत नाइट्रोजन, फस्फोरस, पोटास (एन.पि.के .) को मिश्रण (झोल) तयार गरी बिरुवाको पातको पूरै भाग भिज्ने गरी १५ दिनको फरकमा स्प्रे गर्नु पर्दछ । 
३. निकासको राम्रो व्यवस्था नभएको जमिनमा यूरिया, एमोनियम सल्फेट, डाइएमो नियम सल्फेट र म्यूरेट अफ पोटास जस्ता खाद्यतत्व छुट्टाछुट्टै प्रयोग गर्दा (भदौ १५ देखि मंसिर १५ सम्म) फाइदाजनक देखिएको छ । निम्न पोषक तत्व निम्न घनत्वमा प्रयोग गर्न अनुसन्धानबाट सिफारिस भएको छ । 
यूरिया : २ देखि ४ प्रतिशत – हाते स्प्रे द्वारा
एमोनियम सल्फेट : २ देखि ४ प्रतिशत – हाते स्प्रे द्वारा
डाइएमोनियम सल्फेट  : २ देखि ४ प्रतिशत – हाते स्प्रे द्वारा
म्यूरेट अफ पोटास : २ देखि ४ प्रतिशत – हाते स्प्रे द्वारा
एन पि.के . मिश्रण : २ देखि ४ प्रतिशत – हाते स्प्रे द्वारा।
स्प्रे द्वारा मल प्रयोग गर्ने  समय : स्प्रे द्वारामल प्रयोग गर्दा बिहान, बेलुकाका समयमा गर्नुपर्छ । हावा जुन दिशाबाट आएको छ त्यसको विपरीत दिशातर्फ फर्केर स्प्रे गदै जानु लाभप्रद हुन्छ । घाम लागेको , धुम्मिएको र बढी हावा चलेको समयमा मल स्प्रे गर्नु हुँदैन ।

परिपक्व तथा नयाँ बिरुवामा मलको प्रयोग

परिपक्व बिरुवामा मलको प्रयोग (Manuring in mature tea) 
पाँच बर्षभन्दा बढी उमेरका बिरुवालाई चियाका परिपक्व बिरुवा भनिन्छ । नाइट्रोजन तत्वको प्रयोगले मात्र बिरुवालाई आवश्यक पर्ने  खाद्यतत्व पूराहुँदैन । चियाबालीको उत्पादकत्वमा बृद्धि गर्न फस्फोरस र पोटास पनि उत्तिकै आवश्यक छ । वार्षिक रुपमा नाइट्रोजन, फस्फोरस र पोटासको सन्तुलित प्रयो गले बढीभन्दा बढी उत्पादन लिन सकिन्छ । परिपक्व चियाबालीमा प्रयोग गरि ने मलको मात्रा निम्नानुसार रहे कोछ । 
१. तराई क्षेत्रका लागि

काँटछाँटको सालाखाला उत्पादन तयारी चिया के.जी प्रति हेक्टर

नाइट्रोजन (के. जी प्रति हेक्टर)

फोस्फोरस (के. जी प्रति हेक्टर)

पोटास (के. जी प्रति हेक्टर)

पटक

 

 

 

कम

मध्यम

बढि

०-७५

४.५

४.५

३.५

२.५

७५-१००

४.५-५.५

१-१.५

४.५-५.५

३.५-४

४.५-५.५

१००-१२५

५.५-७

१.५-२.५

५.५-७

४-६

२.५-५

१२५-१५०

७-८.५

२.५

७-८.२५

६-७

५-६

१) ६० पि.पि.एम. भन्दा कम  २) ६०–१०० पि.पि.एम  ३) १०० पि.पि.एम भन्दा बढी
२. पहाडी क्षेत्रका लागि

काँटछाँटको सालाखाला उत्पादन तयारी चिया के.जी प्रति हेक्टर

नाइट्रोजन (के. जी प्रति हेक्टर)

फोस्फोरस (के. जी प्रति हेक्टर)

पोटास (के. जी प्रति हेक्टर)

पटक

 

 

 

कम

मध्यम

बढि

०-३०

२.५

१.७५

३०-५०

३-४.५

३-४.५

२.५-३.५

१.७५-२.५

५०-७०

४.५-६

४.५-६

३.५-५.७

२.५-३

 १) ६० पि.पि.एम. भन्दा कम  २) ६०–१०० पि.पि.एम  ३) १०० पि.पि.एम भन्दा बढी
स्रोत: फिल्ड म्यानेजमेन्ट टीआरए, इण्डिया

 

नयाँ चियामा मलको प्रयोग (Manuring in young tea)
चिया रोपेको वर्षदेखि ४ वर्षसम्मको बिरुवालाई नयाँ चिया भनिन्छ । यो समयमा बिरुवालाई आवश्यक पर्ने  मलखाद दिँदा विशे ष ध्यान पुर्याउनु पर्दछ । किनभने यही अवधिमा नै बिरुवाको जरा र काण्ड मजबुत भइसक्नुको साथै फ्रेमको स्थायी विकास भइसकेको हुनु पर्दछ । बिरुवा रोपीसकेपछि ४ वर्ष सम्मका लागि नाइट्रोजन, फस्फोरस र पोटासको मिश्रण २:१:२ को अनुपातमा हुनु पर्दछ । माटोमा पोटासको मात्रा ६० पी.पी.एम. भन्दा कम भएमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा २:१:३ को अनुपातमा मिश्रण बनाइ हाल्नु पर्दछ । साधारणतयाः पहिलो वर्षदेखि चौथो वर्षको चियाको बिरुवालाई ६ दे खि ८ हप्ताको फरकमा ३ देखि ४ पटक मल दिने गर्नु पर्दछ । नयाँ चिया मा निम्नानुसार का दरले मल दिनु पर्दछ ।

क्र. स.

रोपेको वर्ष

नाइट्रोजन (के. जी प्रति हेक्टर)

फोस्फोरस (के. जी प्रति हेक्टर)

पोटास (के. जी प्रति हेक्टर)

पटक

रोप्ने समयमा

१-२

०.५-१

१.५-३

२-४

२-२.५

६.५-७.५

५-६

२.५-३

७.५-९

६-७

२-३.५

९-१०.५

७-७.५

३.५-३.७५

१०.५-११.२५

१) ६० पि.पि.एम. भन्दा कम  २) ६०–१०० पि.पि.एम  ३) १०० पि.पि.एम भन्दा बढी
स्रोत: फिल्ड म्यानेजमेन्ट टीआरए, इण्डिया
यो मिश्रण प्रयोग गर्दा बिरुवाको फे दबाट ४ दे खि ६ इञ्च टाढा फेदको वरिपरि हाल्नु पर्दछ ।

बिरुवाको फ्रेम बनाउने विधि 

क) रोपण पछि नयाँ बिरुवा बढ्न थालेपछि जमिनबाट २० से .मी. माथी डि–बडिङ्ग गर्ने। सबै पातको च्यापमा रहेको मुना र बिरुवाको माथिल्लो भाग २ दे खी ३ पटकमा करिब ४ देखि ६ हप्ताको फरकमा हटाउने र जमिनबाट २० से .मी. मुनीको भागबाट हाँगा पलाउन प्रोत्साहन गर्ने  । 
ख) जब प्राथमिक हाँगाहरु पलाई प्रत्येकमा ३ दे खि ४ पात पलाउँदछ जमिनबाट १५ देखि २० से .मी. माथी हटाउने । मौसमको अवस्था र हाँगाको बृद्धिलाई ध्यान दिई यो कार्य माघको सुरुमा वा जेष्ठको सुरुमा गर्ने  । 
ग) विकासशील बिरुवा फैलन प्रोत्साहन गर्न रोपण पश्च्यात एक वा दुई वर्ष पुगिसके पछि दुईदेखि तीन हाँगाहरुलाई जमिनभन्दा माथि २० दे खी ३० से .मी. माथी काट्ने । यो कार्य माघको सुरुमा वा जेष्ठको सुरुमा गर्ने  ।
घ) रोपण पश्च्यात २४ देखी ३० महिनापछि जमिनदे खि ३५ से .मी. माथी फ्रेम बनाउन काट्ने । पातलो मसिनो हाँगाहरु हटाउने । खापिएको हाँगाहरुलाई काठ वा ढुङ्गाको सहायताले छुटयाउने । अगुवा हुने हाँगाहरुलाई हटाउने । छेऊका हाँगाहरुलाई नहटाउने । ङ) फ्रेम बनाउन काटिएको दोस्रो काँटछाँट नगरिएको वर्षको अन्तमा अन्तिम फ्रेम बनाउन जमिनभन्दा ४० से .मी. माथि काट्ने । यसपछि छोटो ३ वर्षे  काँटछाँट चक्र अपनाउने । बिरुवाको फैलावट बढाउन त्यसपछि ३ देखि ४ वर्षको चक्र अपनाउने । जब प्रशस्त मोटा हाँगाहरु हुन्छन्, पछिको वर्षहरुमा ५ वर्षे  काँटछाँटको चक्र अपनाउने ।

छायादार रुखको व्यवस्थापन

निम्न गुण भएका छायाँदार रुख छनो ट गर्नुपर्दछ 
१. छिटो बढ्ने तथा गहिरो जराप्रणाली भएको । 
२. ५० प्रतिशत छायाँ दिने प्रकार को बिरुवा । 
३. जसलाई छिटो छिटो काँटछाँट गर्नुपर्ने  र छिटो पालुवा पलाउने प्रकृतिको साथै जसको काठको राम्रो मूल्य हुने । 
४. विभिन्न प्रकार का रोग कीराको प्रकोपबाट बचाउने । 
५. पूर्वोत्तर भारत तथा नेपालका लागि सिरिस प्रजातिको अल्बेजिया चाइनेन्सिस उपयुक्त छायाँदार बिरुवा मानिन्छ । 
छायादार रुखहरुको मिश्रण 
उचित छायाँदार बिरुवाको छनोट गर्न सके बढी आम्दानी लिन सकिन्छ । पात झर्ने  समय, एक दलीय वा दुई दलीय, वृद्धि तथा विकास, रोग कीरा सहन सक्ने गुण आदिको आधारमा छायाँदार बिरुवा छनोट गर्नुपर्छ । पूर्वत्तो  भार त तथा नेपालमा निम्न छायाँदार बिरुवाको मिश्रण उपयुक्त हुन्छ – 
मिश्रण I: Albizzia chinensis, Indigoferra teysmanii, Albizzia Procera
मिश्रण II: Albizzia chinensis, Albizzia Procera, Leucaena leucocephala
मिश्रण III: Albizzia chinensis, Indigoferra teysmanii, Melia azadirach
 

चियाको टिपिंग (Tipping)

चियाको उत्पादन बृद्धि चियाको नयाँ पालुवा वा मुनाहरुको बिकासमा भर पर्दछ । त्यसकारण plucking को प्रमुख उद्देश्य भनेको बढीभन्दा बढी नयाँ मुना वा पालुवाको बिकास गरीज्यादा मुनाफा आर्जन गर्नु नै हो । चिया टिप्ने कार्यलाई व्यवस्थित र वैज्ञानिक ढंग अपनाई गर्नाले बगानको आर्थिक अवस्थामा महत्वपूर्ण प्रभाव पार्दछ । चिया टिप्ने कार्य चिया खेती प्रविधिमा गरिने एक प्रमुख गतिविधि हो, जसले उत्पादनको झण्डै १५–२० प्रतिशत लागत बेहोर्दछ तथा लगभग ६०–७० प्रतिशत मजदुरको खपत गर्दछ । औसतमा एक वर्षमा ३०–३६ पटक पत्ती टिप्ने कार्य गरिन्छ । सुरुका केही वर्षहरुमा पत्ती टिपाईबाट नगन्य मात्रामा पत्ती उपलब्ध हुने गर्दछ, जसलाई tipping भनिन्छ । tipping एक निश्चित उचाईमा गरि न्छ, जसले बो टलाई निर्माण (maintainance) पातहरु प्रशस्त प्रदान गर्न सकोस् साथै निकट भविष्यमा पत्ती टिप्ने कार्यमा समेत सहजता ल्याओस् । टिपिङको उचाई विभिन्न प्रकारका काँटछाँट विधिहरुमा भर पर्ने  तथा प्रायः गरी अघिल्लो LP चिह्नबाट २० से मी माथि गरिन्छ । जुनचाहिँ साधार णतया पहिलो बाँझी सतहसँग (Banjhi horizon) मेल खान आउँछ । बाँझी सतह भन्नाले त्यो उचाई हो , जहाँ औसतमा प्रत्येक पाँच वटा पत्ता पछाडि पहिला हाँगा (first primaries) हरु सुषुप्त (dormant) अवस्थामा जान्छन् । 
विभिन्न pruning अनुसार का tipping उचाईहरु यस प्रकार का छन्ः  

काँटछाँटका प्रकार

टिपिङ गरिने उचाई (से. मी)

पहिला हाँगाहरुका पात संख्या

LS

बराबर लेभल

निल

MS

DS

१०-१२

२-३

LP

२०-२५

MP

३०

५-६

RP

३०

५-६

प्लकिंग (Plucking)

Plucking ले पत्ती दिनुको साथ साथै नयाँ मुनाहरु पलाउन उत्तेजित गर्दछ । त्यसैले उत्पादन तथा गुणस्तर मा सन्तोषजनक नतिजा प्राप्त गर्न पत्तीको टिपाई तथा मुना पलाउने कार्यमा सामन्जस्य वा तालमेल हुनु आवश्यक छ ।
मुना पलाउने दर 
सबै भन्दा माथिल्लो भागमा रहेका पहिला क्रमका हाँगाहरु बाट सबै भन्दा बढी संख्यामा मुनाहरु प्राप्त हुन्छ । जुन चाहिँ वार्षिक उत्पादन हुने पत्तीको ५०–५५ प्रतिशत बराबर हुन आउँछ । मुनाहरुको संख्या दोस्रो, तेस्रो , चौथो वा तल्ला axilliary buds बाट निक्लेका हाँगाहरुमा क्रमशः घट्दै जान्छ, जुन चाहिँ tipping height को दुरीसँग प्रत्यक्ष सम्र्पक राख्दछ । सबै भन्दा बढी ८ वटा हाँगाहरु निक्लन सक्दछन् । जहाँ tipping को उचाई १५ से.मी वा त्यो भन्दा माथि कायम गरिन्छ । औषतमा प्रत्येक पहिलो क्रमका हाँगाहरुमा दुइवटा मुनाहरु तेस्रो क्रमका हाँगाहरुबाट निकल्ने गर्दछन् । त्यसपछि मुना पलाउने कार्य त्यसपछिका हाँगामा क्रमानुगत रुपमा घट्दै जान्छन् । जुन क्रमशः २.०, १.५, १.२, ०.८, ०.४, ०.२, र ०.१ हुन्छ । 
Plucking round 
एकै क्षेत्रका दुई plucking बीचको समयको दुरीलाई plucking round भनिन्छ । यो ४ देखि १४ दिनसम्मको लामो हुनसक्छ तर उत्पादन तथा गुणस्तर कायम गर्न, साधार णतया ६–८ दिनको plucking चक्र पूर्वोत्तर भारत तथा नेपालको लागि उपयुक्त मानिन्छ । तर पनि यो कार्य पत्तीको बृद्धिदर तथा गुणस्तर ले निर्धारण गर्दछ । विभिन्न प्रकार का हावापानी तथा जमिनको अवस्थितिले गर्दा कोपिलाबाट पात फक्रन लगभग ३–६ दिनको समय चाहिन्छ । यही समयको अवधिलाई पात (leaf period) भनिन्छ।
plucking चक्र निर्धारण गर्दा बढी मुनाफाका साथसाथै दिगो उत्पादन तथा गुणस्तरमा जोड दिनुपर्दछ । विभिन्न अध्ययन तथा अनुसन्धानबाट प्रमाणित भएको छ कि लामो दिनका plucking चक्रले पत्तीको तौलमा त बृद्धि ल्याउँछ तर साथसाथै मुनाको गुणस्तर भने तल्लो दर्जाको हुन्छ । तर, छोटो plucking चक्रले पत्तीको गुणस्तर कायम गरे पनि उत्पादनमा ह्रास आउँछ ।
Plucking system
Plucking system हावापानी तथा मुनाको बृद्धि दरमा भर पर्दछ । कहाँसम्म पत्तीहरु टिपिने भन्ने आधारमा Plucking system दुई तरिकाका हुन्छन्– Fish leaf plucking र Janam plucking । Fish leaf plucking मुनाको बृद्धि ढिलो हुने ठाउँमा अथवा जहाँ वर्षभरि नै पत्ती टिपिने गरिन्छ, त्यस्तो ठाउँमा गरिन्छ जस्तै : दक्षिण भारत । यस खालको पत्ती टिपाइमा Fish leaf लाई plucking गर्ने  सतहको माथि छोडिन्छ । तर, Janam plucking मा टिपिङ सतहभन्दा माथी कुनै पनि पातहरु बढ्न दिइँदैन । पूर्वोत्तर भारत तथा नेपालको लागि Janam plucking अरु तरि का भन्दा उत्तम मानिन्छ । Black plucking 
यस्तो खालको उगिअपष्लन मा उगिअपष्लन तबदभि भन्दा माथि रहेका सबै मुनाहरु टिप्ने गरिन्छ ।
Plucking सतहका अनावश्यक ठोसाहरु 
plucking सतह माथि रहेका अनावश्यक चियाका ठोसाहरुले उतपादनमा ह्रास ल्याउँदछ । ती अनावश्यक ठोसाहरुबाट मुक्ति पाउन janam पत्तीसम्म plucking गर्नुका साथै सतहलाई सम्म तथा एकै लेभलको कायम राख्नु पर्दछ । तर पनि केही ठोसाहरु सधैँ रहिरहन्छन् । 
 

विभिन्न अवस्थामा प्लकिंग (Plucking)
  • अघिल्लो सिजनमा गरिने plucking 
    वर्षको सुरुमा काँटछाँट नगरिएको क्षेत्रमा बढी उत्पादनको लागि janam नजिकसम्म सानो 1+B आकार को मुना छाडेर plucking गर्नु पर्दछ । यदि बोटमा निर्माण पातहरु सन्तोषजनक मात्रामा नभएमा, सिजनको सुरुवात सँगसँगै plucking सतहलाई एउटा पुरा पत्ता (full leaf) माथि उचाल्नु पर्दछ । कलिला मुनाहरु (immature shoots) tipping गर्नु हुँदैन, साथसाथै plucking सतहभित्र हात छिराई plucking गर्नु हुँदैन ।
  • वर्षायाममा plucking 
    July देखि september सम्म वार्षिक उत्पादनको झण्डै ४५ प्रतिशत उत्पादन लिने गरिन्छ । यस याममा बढी उत्पादन लिनको लागि छोटो plucking चक्र अवलम्वन गर्नुको साथसाथै बाँझी मुना ठोसा वा fish पातहरु plucking सतहवाट हटाउनु पर्दछ । काँटछाँट नगरिएको क्षेत्रमा एकदमै हल्कासँग छाँस्ने काम पनि गर्न सकिन्छ । यस याममा plucking सतहलाई माथि विल्कुलै बढ्न दिनु हुँदैन । step up plucking यस याममा गर्नु राम्रो मानिँदैन ।
  • वर्षाको अन्त्यमा plucking 
    बढ्दै गएका को पिलाहरुको लम्बाइले आउने अर्को  मुना (next flush) को प्रकृति जनाउँदछ । यदि धेरै जसो सवालमा बढ्दै गरेका कोपिलाको लम्बाई पहिलो पातको लम्बाईको आधारमा कम भएमा आउने मुनाहरु बाँझी हुन्छन् भनेर अनुमान लगाउन सकिन्छ । यस्तो अवस्थामा कडा plucking गर्नु पर्दछ । यस्तो अवस्था प्रायगरीवर्षको अन्तिम यामतिर आउने गर्दछ । सो समयमा पनि कडा plucking नगरेमा बाँझी को पिलाहरु plucking सतहभन्दा माथि बढ्नेछन् । र, पछिल्ला आउने मुनाहरु मजबुत र बाक्ला नहुन सक्दछन् ।
  • सुख्खा वा खडेरी याममा plucking 
    सुख्खा तथा खडेरी हुने क्षेत्रमा वर्षको सुरुमा liberal plucking गरेर काँटछाँट नगरिएका बोटमा एउटा हरिया पातहरुको सतह प्रदान गनुपर्दछ । यदि पातहरु बढी मात्रामा झर्ने  अथवा plucking गरि ने मुनाहरु मर्ने  अवस्था भएमा नयाँ मुनाहरुको बृद्धिसँगै plucking सतह एउटा पातको सहतले उचाल्नु पर्दछ । काँटछाँट गरिएका बोटहरुमा tipping उचाइ भन्दा मुनि बाँझी मुनाहरु दे खिए तापनि tipping उचाई घटाउनु हुँदै न ।
  • असिनाले असर पुर्याएको क्षेत्रमा plucking 
    कलिला उमेरका चियाका वोटहरुमा यदि असिनाले असर पुर्याएमा plucking केही माथि गर्नु पर्दछ । जस्तै : ६७–७० से मी जमिन सतह भन्दा माथि एक वा दुई थप पातहरुको सतह छोड्नु पर्दछ । असिनाले निर्माण गरेका निर्माण पातहरुका खालीभागहरु (pocket) plucking गर्नु अगावै पूराहुन दिनु पर्दछ । बढी ग्रसित क्षेत्रमा एक पात माथि उचाले र step up plucking गर्नुपर्दछ । यदि recovery छिटो भएमा LP, DS/MS section मा step up जरुरत पर्दैन । 
  • पानी जम्ने क्षेत्रमा plucking
    लगातार पानी जम्ने क्षेत्रले चियाको बोटको physiology मा नै असर पुर्याउँदछ । पानी जम्ने माटोमा जाराहरुको स्वास–प्रश्वासमा प्रभाव पर्न गई कहिले काहीँ जराहरु मर्न गई पोषण सोस्ने गतिविधिमा नकारात्मक असर पर्दछ । जराले गर्दा पातहरु लत्रने , झर्ने तथा काण्डहरु बाक्ला हुने गर्दछन् । यस्तो अवस्थामा बढी बाँझी मुनाहरु निर्माण हुन नदिनका लागि कडा plucking छोटो छोटो समयमा गर्नु पर्दछ । पानी जम्ने क्षेत्रमा काण्डको तन्तुहरु बाक्लो हुने हुँदा बोटलाई बिना काँटछाँट छोड्न हुँदैन । तर पनि prunning चोटबाट उम्किन बोटलाई लामो समयसम्म आराम प्रदान गर्नु पर्दछ । साथै चोटबाट मुक्ति मिल्नासाथ पातहरुमा पोषण युक्त मल छर्किनु पर्दछ 
  •  फोके रोग तथा कीराहरुको आक्रमणमा plucking 
    Tipping गर्नु अगावै MP/LP गरिएको क्षेत्रमा फोके रोग दे खा परेमा तथा प्रतिकुल मौषम सँगै यो समस्या रहिरहेमा केही तलसम्म ३/४ वटा निर्माण पातहरु छाडेर tipping गर्नु पर्दछ । अनुकूल वातावरण मिल्ने बित्तिकै तथा रोगमा नियन्त्रण भएपछि plucking सतह पहिला निर्दिष्ट गरिएको उचाईमा उचाल्नु पर्दछ । बिना काँटछाँट गरिएका चियाका बोटहरुमा फोके रोगको आक्रमण भएमा सबै कलिला मुनाहरु black plucking द्वारा हटाउनु पर्दछ । त्यसै गरी थ्रिप्स तथा चिया मच्छडको आक्रमणबाट बच्न black plucking गर्न वाञ्छनीय हुन्छ । 
प्लकिंग (Plucking) गर्दा अपनाउनु पर्ने सावधानीहरु तथा ध्यान दिनु पर्ने कुराहरु

१. पत्ती टिप्दा उगिअपभचक हरुले धेरै पत्तीहरु हतमा राख्ने तथा ज्यादा पत्ती अटाउन डोकामा राखिएका पत्ती खाद्ने गर्दछन् तर यसो गर्नाले टिपिएका पत्तीहरुमा चाडो fermentation क्रिया सुरु हुनका साथै गुणस्तरमा प्रतिकुल असर पुग्दछ । त्यसैले पत्तीहरु हावादार डोकामा टिप्ने तथा पत्तीमा घर्षण कम भन्दा कम हुन दिनु पर्दछ । जस्तै ५५*५५ह*५५ cu.cm डोकोमा २५ के. जी पत्ती भन्दा बढी राख्नु हुँदैन । 
२. ग्रिष्मकालीन गरम दिनहरुमा यदि पत्ती टिप्ने कार्य चाडो सुरु गर्दा pluckers को कार्य क्षमता बढ्दछ । तर पनि बिहानको सट्टा उही क्षेत्रमा दिउँसो पत्ती टिप्दा उत्पादनमा ३–५ प्रतिशत (झण्डै ) बृद्धि हुन्छ । 
३. यदि पत्ती टिप्ने समयमा बिषादि तथा अन्य र सायनहरु पातमा छर्कनु परेमा त्यो चक्रको पत्ती टिप्ने कार्य सकिने बित्तिकै छिट्नु पर्दछ । अन्यथा टिपिएका पत्तीहरुको गुणस्तर नराम्रो सँग बिग्रन सक्दछ । 
४. पत्ती टिप्ने सतह भन्दा माथि कुनै झार पात बढ्न दिनु हुँदैन । pluckers हरुले आफ्नो सर सामान plucking सतह माथि राख्नु हुँदैन अन्यथा पत्ती पलाउन असर पुग्न सक्दछ । 
५. 2+B मुनाभन्दा तिनपाते मुनाले पाँचदे खि दश प्रतिशत उत्पादन बढाउँदछ । तर पनि ठूलो आकार को तिनपाते मुनाले गुणस्तर बिगार्दछ त्यसैले यिनीहरुलाई टिपेर फ्याक्नु पर्दछ ।

काँटछाँट

चिया खेतीमा काँटछाँटले उत्पादन तथा गुणस्तरमा अति नै प्रभावकारी भुमिका निर्वाह गरेको हुन्छ । बिरुवाको वानस्पतिक विकासको लागि समय–समयमा काँटछाँट गर्नु अति नै आवश्यक हुन्छ । यदि काँटछाँट गर्न ढिलाई भएमा मुनाको आकार, तौल तथा उत्पादन घट्दछ तथा बाँझी मुनाहरुको बाहुल्यता बढ्न गई अधिकतम कोपिलाहरु फक्रिन असमर्थन हुन जान्छ । त्यसै गरीबिरुवाको पोषणको प्रवाह बढ्ने मुनाहरुतर्फ नभई काण्ड तथा अन्य भागमा जम्मा हुन जान्छ जसले गर्दा उत्पादनमा प्रतिकूल असर पार्दछ ।
काँटछाँट गर्नुका प्रमुख उद्देश्यहरुः 
⦁    बिरुवाको vegetative विकास गरी पुनःर्यौवन दिनु 
⦁    पोषण को प्रवाह बढ्ने मूनातर्फ लैजानु 
⦁    बिरुवाका फ्रेम बनाउँदा हुन गएका विगतका भुलहरु सच्याउनु 
⦁    बिरुवालाई निश्चित उचाई र आकार दिनु 
⦁    रोग र कीराको प्रकोपबाट बचाउनु । 
⦁    एकनासले गुणस्तर कायम गरीपत्ती टिपाई कार्य सहज बनाउनु ।

काँटछाँटका प्रकारहरुः 
१) फेद कटाई (collar prunning) :
अति नै पुराना तथा उत्पादन कम दिने चियाको बोटहरुलाई यस्तो खालको काँटछाँट गरिन्छ । जसमा जमिनको सतहबाट १०–१२ से .मी. माथिको भाग आराले काटर फ्याँकिन्छ । यो तरि काको कटाई अति नै सम्वेदनशील भएकाले आजकाल यसको प्रचलन अति नै कम छ र जहाँ पुराना बोटलाई up rooting गर्न विविध कठिनाई हुने ठाउँमा मात्र यो कटाई सीमित छ । तर, यस्तो कटाईको लागि बिरुवामा कार्बोहाइड्रेटको मात्रा राम्ररी जम्मा भएको हुनु पर्दछ ।

२) मध्यम कटाई (Median pruning):
यसमा जमीनको सतहबाट ४५–६० से .मी. माथिको भाग काँटछाँट गर्ने  खुकुरीले (prunning knife) काटिन्छ । यसका उद्देश्यहरु : 
⦁    जोल्ठिएका काण्डका गाठाहरु छुटाई बिरुवालाई पुन:र्यौ वन प्रदान गर्नु 
⦁    बोटको अनावश्यक उचाईलाई नियन्त्रण गरी बढी भएको हाँगाहरु काट्नु । 
⦁    रोग र कीराहरुको प्रकोप कम गर्नु । 

३) हल्का कटाई (LP) :
काँटछाँट चक्रको अन्त्यमा यस खालको कटाई गर्ने  गरिन्छ । यस्तो कटाइमा यस अघिको प्रुनिङ्ग गरेको चिह्नबाट ५ से .मी. छोडेर वा त्यस भन्दा माथि बोटलाई काटिन्छ । यसका प्रमुख उद्देश्यहरु : 
⦁    बिरुवालाई पुनर्यौ वन प्रदान गर्नु । 
⦁    बिरुवाको निश्चित उचाई कायम गरीउत्पादनमा बृद्धि गर्नु । 
⦁     रोग र कीराको प्रकोप कम गर्नु ।

४) गहिरो छसाई (Deep skiff) :
अघिल्लो पटकको हल्का कटाइ गरेको चिह्नबाट लगभग १२–१५ से मी माथि यो खालको कटाइ दिइन्छ । प्रायःजसो यो कटाइ अघिल्लो LP चिह्न र plucking गर्ने उचाईको लगभग बीचमा पर्न जान्छ । यसका उदेश्यहरु : 
⦁    एकनासले गुणस्तर युक्त पत्तीको उत्पादन लिन । 
⦁    सूख्खा खडेरीको प्रभावबाट बच्न । 
⦁    अनुत्पादक ठोसाको बृद्धि रोक्न । 
⦁    plucking table (पत्ती टिप्ने सतहको ) उचाई कम गर्न ।

५) मध्यम छसाई (Medium skiff) :
यस विधिमा गहिरो छसाई गरेको बिन्दुबाट ५ से मी माथि कटाई गरिन्छ । यदि एक वा सो भन्दा धेरै वर्षको बिना काँटछाँट गरिएको वा LS वा LOS गरिएको बोटमा भने यो कटाई एक वर्ष पुराना हागाका काप (Crow's feet) भन्दा तल गर्नु पर्दछ । यसका उद्देश्यहरु : 
⦁    एकनासले गुणस्तर युक्त पत्तीको उत्पादन लिन । 
⦁    Banjhi मुना हुनबाट रोक्न । 
⦁    खडेरीको प्रभाव कम गर्न । 
⦁    पत्ती टिप्ने सतहको उचाई घटाउन ।

काँटछाँट गर्ने समय तथा पुनःयौवन काँटछाँट

काँटछाँट गर्ने  उचित समय विभिन्न कुराहरुमा निर्भर रहन्छ । जस्तै, हावापानी, जमिनको अवस्थिति, पत्तीको गुणस्तर, विभिन्न सिजन, रोग र कीराको प्रकोप इत्यादि । काँटछाँट तब गर्नु पर्छ जुनबेला बिरुवाको जरामा अत्याधिक माड जम्मा हुन्छ र बिरुवाको vegetative विकास ढिलो हुन जान्छ । कार्बोहाइड्रेटको प्रवाह जरातर्फ सुरु हुन थाले पश्चात काँटछाँट सुरु गर्नु राम्रो हुन्छ । photosynthates को प्रवाहको अध्ययनले के देखाएको छ भने यसको प्रवाह जरातर्फ अक्टोबर बाट फेब्रुअरीसम्म हुन्छ र त्यसपछि योक्रम फे रि उभो बढ्दो मुनातर्फ सुरु हुन्छ । यस क्रमलाई विचार गर्ने  हो भने नर्थ इस्ट इन्डिया तथा नेपालमा डिसेम्बर र जनवरी काँटछाँट गर्ने  उचित समय हो । पहाडी भागमा अलिक चाँडो वा नोभेम्बर बाट नै सुरु गर्न सकिन्छ ।

पुनःयौ वन काँटछाँट (Rejuvention pruning) 
पुनः यौवनको अर्थ नयाँ उमेर प्रतिस्थापित गर्नु हो । यो कार्य पूरानो उमेर लाई हटाएर मात्र सम्भव हुन्छ । पुरानो बोटहरुको चिया उत्पादनमा निम्न उल्ले खित प्रतिकूल असर हरु देखिन्छन् । 
१. पूराना तथा कमजोर बिरुवाहरु मरेर बगानमा खाली ठाउँ बढ्दछ । 
२. रोग र कीराको प्रकोप बढ्न गई काण्ड तथा जरामा प्रतिकूल प्रभाव पर्न गई बिरुवा मर्दछ । 
३. अनावश्यक देखा पर्ने  गाँठाहरुले पोषणको प्रभाहमा प्रतिकूल प्रभाव पार्छ । फलस्वरुप पोषणको अभाव देखिन्छ । 
४. बिरुवामा अनुत्पादक तत्वहरुको मात्रा बढ्न गई सो जै पत्ती उत्पादनमा प्रभाव पार्दछ।

पुनर्यौवन काँटछाँटको छनोट : 
यस्तो खालको काँटछाँट अति संवेदनशील हुने हुँदा विशेष रुपमा ध्यान पुर्याउनु अतिआवश्यक हुन आउँछ । यो चियाको जातको प्रकार, उत्पादन, रोग र कीराको प्रकोप, माटोको किसिममा भर पर्दछ । बगानको आर्थिक अवस्था तथा कार्य नीतिले समेत यो काँटछाँटको छनोटमा सोझै प्रभाव पारेको हुन्छ । यी बाहेक निम्न कुराहरुमा ध्यान दिनुपर्ने  हुन्छ । 

  • १०–१५ वर्ष पछि उखेल्ने बोटमा यो काँटछाँट नगर्नु राम्रो हुन्छ । 
  • चियाको बोटहरु प्रमुख जरासम्बन्धी रोगहरुबाट साथै पानी जम्ने ग्रसित भएको हुनुहुँदैन बलौटे माटो तथा खडेरीको बढी प्रकोप हुने ठाउँमा यो काँटछाँट गर्नु हुँदैन । 
  • गहिरो कटाईबाट बच्ने बिरुवाको क्षमताले समेत यसको छनोटमा प्रभाव पार्दछ । साधारणतया चाइना जातका बिरुवाको गहिरो कटाइ खप्ने क्षमता आसाम जातका बिरुवाभन्दा बढी हुन्छ ।
झारपात ब्यवस्थापन

खेतबारीमा नचाहेको स्थानमा अनावश्यक रुपमा झारपात पलाई बोट–बिरुवाहरुको बृद्धि तथा विकासमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । त्यस्ता झारपातले जमिनमा उपलब्ध हुने पोषण, जल तथा सूर्यको किरण आदिको खपत गर्दछन् । तिनीहरु प्रतिकूल हावापानी सहन सक्ने उच्च प्रजनन् क्षमता भएका र सजिलै उम्रने खालका हुन्छन् । विभिन्न अनुसन्धानले देखाएअनुसार चिया बालीमा झण्डै १० देखि १५ प्रतिशत वार्षिक उत्पादनमा यस्ता झारपातले नोक्सान पुर्याउने गर्दछन् । 
एकदलीयमा विभिन्न घाँसहरु र दुई दलीयमा चौडा पात भएका झार पातहरु पर्दछन् । चिया बालिमा मुख्य रुपमा चैत्र–बै शाखबाट झारपात पलाउन सुरु भई असोज–कात्तिकसम्म रहन्छन् । त्यसैले झार पातलाई सुरुका महिनाबाट नै नियन्त्रण गर्नुपर्दछ । झार पातको बृद्धि तथा विकास त्यस ठाउँको हावापानी अनुसार हुने हुँदा झार पातका बीउ फैलिनुभन्दा अगाडि नै नियन्त्रण गर्न सकेमा प्रभावकारी हुन्छ । 

 झारपातको नाश गर्दा अपनाउनु पर्ने सावधानीहरु : 

  • झारपातको बृद्धि तथा विकास बारे नियमित अनुगमन गर्नुपर्दछ । 
  • झार फुलेर बीउ बन्ने अवस्था अगाडि नै नियन्त्रण उपाय अपनाउनु पर्दछ । 
  • यदि कुनै झार पात पलाएर आर्थिक नो क्सानी पुर्याएको छैन भने तिनीहरुलाई बिषादि प्रयोग गरिराख्नु पर्द न । कुनै झार पातको उपस्थितिले प्रत्यक्ष आर्थिक नोक्सानी पुर्याउने भएमा मात्र झार नासक बिषादिको प्रयोग गर्नुपर्दछ । 
  • झार पातको प्रकार अध्ययन गरीप्रभावकारीढङ्गले उचित विषादिको प्रयोग गर्नुपर्दछ । 
  • झार नाशक बिषादिको प्रकार
  • बिषादिको प्रभावकारीताको आधारमा झार पात उम्रिनु अगाडि प्रयोग गरिने pre-emergent तथा झार पात उम्रेपश्चात प्रयोग गरिने post-emergent विषादि गरी दुई प्रकारले विभाजन गरिएको छ । त्यसै गरी तिनीहरु प्रत्यक्ष प्रभाव पार्ने वा झार पातको जुन ठाउँमा विषादिको सम्पर्क भयो सो भागमा मात्र असर गर्ने खालको (contact) र एकठाउँ प्रयोग भएको बिषादि झार पातको सबै भाग जस्तै जरा, पात, काण्ड सबैमा प्रभाव पार्ने प्रकृतिका (translocated) गरी दुई प्रकारका हुन्छन् । 
  • विषादि (pre-emergent): सिमाजिन, डाइयुरोन, अक्सिफ्लुरोफेन ,contact: प्याराक्वेट, translocated: 2,4 D, Dalaphon, Glyphosate

प्राङ्गारिक खेतीमा झारपातको नियन्त्रण 
प्रांगारिक उत्पादनका सम्पूर्ण विधि मार्फत खेती गरिएको ठाउँमा झार पातको त्यति असर देखिँदैन । तथापि यसका नियन्त्रणका उपायहरु निम्न लिखित छन् 
१) माटो लाई जहिले पनि मल्चिङ गर्ने । यसो गर्दा माटोमा प्रांगारिक पदार्थको मात्रा पनि बढ्दछ साथै माटोको संरचना सुधार भई झारको नियन्त्रण हुन्छ । यदि कडा प्रकार का झार पात जस्तै : काँश, शिरु भएको स्थानमा हल्का थलिङ्ग गरेर उपर्युक्त मल्चिङ गर्ने गर्नुपर्दछ । 
२) बगानमा बोट बाट बोट तथा लाइन बाट लाइनको बीचमा खाली छोड्न हुँदैन । त्यस्तो अवस्थामा infilling गरि हाल्नु पर्दछ । 
३) यदि कुनै क्षेत्रमा झार पातको प्रकोप भई हालेमा सिक्लिङ गरी झार पातलाई माटोमा मिलाउने । 
४) सिक्लिङ गर्दा झार को फूल फुल्ने अवस्था भन्दा अगावै बानस्पतिक अवस्थामा नै गरि हाल्नु पर्दछ । नत्र झार को बिऊ निर्माण भई फै लिन सक्दछ । 
५) माटो मा प्रशस्त मात्रामा प्रांगारिक पदार्थ प्रयोग गर्नुपर्दछ । प्रांगारिक पदार्थ राम्रो अवस्थामा भएको माटोमा बहु बर्षे कडा प्रकारका झारहरु उम्रदैनन् । यस्तो माटो मा एक वर्षे झार हरु मात्र प्रायः देखिने हुँदा यस्ता खाले झार लाई उखेलेर सजिलै नियन्त्रण गर्न सकिन्छ ।

रोग व्यवस्थापन

फोके मरुवा (Blister blight)

यो एक प्रकारको मौसमी रोग हो । धेरै तुवाँलो लाग्ने, कुहिरो बढी लाग्ने र छायाँ पर्ने क्षेत्रमा यो रोग सजिलै फैलिन्छ । वर्षा पछाडि चर्काो घाम लागेमा यो रोग फैलिने डर हुन्छ । यिनीहरुको विस्तार हावाबाट साथै कुहिरो सँगै आउने पानीको फोकाबाट बढी मात्रामा हुन्छ । बयस्क चियाका बोटहरु साथै बिरुवा एवं काँटछाँट पछाडिको पालुवामा यसको असर देखिन्छ । यो रोगले आक्रमण गरेको पातको तल्लो भागमा सेता सेता फोकाहरु देखा पर्दछन् पछि ति फोकाहरुमा रातो कालो भई दुलो पर्दछ । 

नियन्त्रणका उपायहरु : 
क) यदि चिसो, लामो वर्षा भई आद्रता बढी भएको अवस्था लामो दिन रहिरहेमा चिया बगानको स्थलगत अनुगमन गरी रोग लागेको छ/छैन हेरी विचार गर्ने । 
ख) धेरै छायाँदार बिरुवा छ भने हटाउने । झार पात समयमा नै नियन्त्रण गर्ने । 
ग) नियमित रुपमा १५ दिनको अन्तरमा कपर अक्सिक्लोराइड ०.५% स्प्रे गर्ने । 

ब्ल्याक रट (कालो भै कुहिने ) रोग

यो पातमा लाग्ने दोश्रो महत्वपूर्ण रोग हो । यो दुईवटा ढुसीजन्य जिवाणुबाट हुने गर्दछ : Corticium theae, Corticium invisum। दुवै जिवाणुबाट संक्रमित बोटहरु मा एकै प्रकारका लक्षणहरु देखा पर्दछन् । यिनीहरुले आक्रमण गरेका निर्माण पातहरुमा कालो धब्बा देखा पर्दछ र विस्तारै पातहरु मरी झर्दछन् । जसको असर उत्पादनमा प्रत्यक्ष पर्दछ । यो रोग चैत्र–बै शाख–जेठ मा देखा परी असोज–कार्तिक सम्म रहन्छ ।

नियन्त्रणका उपायहरु : 
१) रोग लागेका बोटहरुलाई नियमित काँटछाँट गरी छोटो चक्र अवलम्बन गर्ने । 
२) झुल डाला हटाई बोटमा हावाको आवत–जावत गराउने । 
३) धेरै छाँया भएमा छायाँदार बोट हटाउने । 
४) पानीको निकासको राम्रो व्यवस्था गर्ने । 

कोलार क्याङ्कर

मुख्यतया कोलार क्याङ्कर गिटी मिसिएको माटो मा बढी देखापर्छ । गोडमेल गर्दा बोटलाई चोट पुर्याउँदा यो रोग लाग्न सक्छ । बोटको काण्ड छेउमात्रै मल हाल्दा वा छापो हाल्दा पनि यो रोग लाग्न सक्छ । जमिनबाट केही माथि काण्डमा फुटेको जस्तो देखि चीरापर्नु यो रोगको लक्षण हो । यो रोग लागेमा पातहरु पहेलिँदै जाने, बिरुवाको बृद्धि रोकिने र फूल धेरै फूल्ने हुन सक्दछ । 

नियन्त्रण विधि
१) काँटछाँट गरेपछि बोर्डाोक्स पेस्ट वा ट्राइकोडर्माको पेस्ट लगाउने । 
२) काण्डको छेउमा पर्ने गरीमलखाद नहाली कम्तिमा १०–१५ से .मी. पर रिङ बनाई मल हाल्ने । 

Branch canker and thorny stem blight

यी दुवै रोगहरु तराई तथा पहाड दुवै स्थानमा देखा पर्दछन् । ब्रान्च क्याङ्कर रोग Poria hypobrunea बाट तथा thorny stem blight रोग tunstallia aculeata जस्ता जीवाणुबाट लाग्दछ । यी जीवाणुहरु काँटछाँट पछाडि हुने चोटबाट सजिलै बिरुवामा छिर्दछन् । 
त्यसैले काँटछाँट पछाडिको कटाइको दागलाई कुनै सुरक्षित पेन्ट वा उपर्युक्त ढुसीनाषक विषादी छर्नाले यी जीवाणुको संक्रमणबाट बिरुवालाई जोगाउन सकिन्छ । जस्तै , bituminous paint, COC वा ट्राइकोडर्मा जैविक विषादी आदि ।

रातो सिन्दुरे

यो चियामा एकमात्र अल्गीबाट हुने रोग हो । यसले सुरुमा कलिला हाँगाहरुलाई आक्रमण गर्दछ र फैलिँदै पातसम्म पुग्दछ । यो रोगले भर्खर रोपण गरिएको हुर्कंदै गरेको चियाको बिरुवाहरुलाई नो क्सान पुर्याउँदछ । काण्डको कोषिकालाई मारी ठाउँ ठाउँमा धब्बा देखिन गई मर्दछ । पातमा पहेँला तथा पातहरु इँटा कलर को वा सुन्तला रङको देखिन्छ ।

नियन्त्रण विधि : 
१.निकासको राम्रो प्रबन्ध गर्नुपर्दछ । 
२.माटोमा पोषण तत्व विशेष गरी पोटासको कमी हुन दिनु हुँदैन । 
३.उचित छहारीबिरुवाको व्यवपस्थापन गर्नुपर्छ । 
४.अति संक्रमित बगानको क्षेत्रलाई काटँछाँट गर्नुपर्छ । 
५. दुई प्रतिशत पोटास र युरियामा मिसाएर पातमा छर्कने गर्नुपर्छ ।

प्राथमिक जरामा लाग्ने रोगहरु

यस अन्तरगत Charcoal stump rot र  Brown root rot साधारणतया पूर्वोत्तर भारत तथा नेपालमा भेटिएको अवस्था छ । साथै, कतै कतै ब्ल्याक रुट रट पहाडी भूभागमा देखिएको पाइन्छ । र, बिरलै मात्र रेड रुट रट देखापर्ने  गरेको भेटिन्छ । यी जरामा लाग्ने रोगहरु ढुसीबाट लाग्ने भएतापनि रोगग्रस्त बोटको सम्पर्क वा संक्रमित बोटको जराका अवशेषहरुको सम्पर्कबाट मात्र फैलने गर्दछन् । तथापि, Charcoal stump rot र  Brown root rot का जीवाणुहरु हावाबाट एकठाउँबाट सर्दछन् । वर्षातको पानीले पनि संक्रमित क्षेत्रबाट रोग फैलाउन सहयोग गर्दछ । जीवाणुको संक्रमण सँगै देखा पर्ने  माइसेलियमको रङ्ग र आकार हेरी तिनीहरुलाई कालो भई जरा सड्ने (black root rot), रातो जराभई सड्ने (red root rot) तथा खैरो जरा भई सड्ने (brown root rot) भनेर चिनिन्छ । बाहिरी लक्षण मात्र हेरेर रोगको पहिचान गर्न गाह्रो पर्दछ । संक्रमित बोट विस्तारै ६ महिनादेखि ३/४ वर्षपछि मर्दछ । पुरानो बगानहरुका सेक्सन क्षेत्र नै मर्ने  गरेको पाइएको छ । त्यसैले यसखाले रोगबाट बचाउन निम्न बमोजिमका उपायहरु अपनाउनु पर्दछ –

खेती प्रविधिबाट नियन्त्रण (Cultural control) 
⦁    असल खेती प्रविधि यी रोग नियन्त्रण गर्न प्रभावकारी हुन्छन् । रासायनिक विधिबाट यी रोग नियन्त्रण हुन कठिन छ । तर, हिजो आज जैविक नियन्त्रण विधिबाट सफल नियन्त्रणका उदाहरणहरु पाइएको छ । 
⦁    यदि कुनै एक वा दुई वटा मात्र बोटमा संक्रमण देखा परेमा जरा खनेर उखेल्नु पर्दछ । संक्रमित माटो र जराका अवशेषहरु हटाई सफा राख्नु पर्दछ । 
⦁    यदि ठूलो क्षेत्रमा नै संक्रमण देखा परेमा सो क्षेत्रको वरिपरि ९० दे खि १०० सेन्टिमिटर गहिरो र ३० से न्टिमिटर फराकिलो नाला खनी रोगग्रस्त क्षेत्र छुट्याउनु पर्दछ । 
⦁    पुरानो up root क्षेत्रमा rehabilitation crop जस्तै ग्वेटे माला, मिमोस आदि कम्तिमा दुई वर्ष लगाएर छोड्नु पर्दछ ।

सेकेन्डरी जरामा लाग्ने रोगहरु

Violet root rot तथा Diplodia sp बाट हुने कमजोर बिरुवाको आक्रमण सेकेन्डरीजरामा लाग्ने रोगहरु हुन् । पानी जम्ने, भिरालो, क्लेको मात्रा बढी भएको माटो मा Violet root rot साधारणतया देखा पर्दछ । पानीको निकास तथा माटो सुधार बाट यस रोगलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । खाद्य तत्वको अभाव वा धेरै पत्ति उत्पादन भए पश्चात लगातार कडा पत्ति टिपाइ तथा काँटछाँट गरिएको कारणले स्टार्च जगेडा संचित नहुनु, लामो समयसम्म सुख्खा र हनु साथै रोग कीराको अत्याधिक प्रकोपबाट कमजो र अवस्थाको बिरुवामा डिप्लो डिया रोग लग्दछ । स्वस्थ बिरुवामा यो रोग लाग्दैन ।

किरा व्यवस्थापन

शुलशुले

चियाको शुलशुले विभिन्न खालका हुन्छन् । जसमध्ये रातो माकुरो , बैजनी रङ्गको शुलशुले, सुन्तला रङ्गको शुलशुले र गुलाबी शुलशुलेले बढी क्षति पुर्याउँदछन् । शुलशुलेको लार्भा, निम्फ तथा वयस्क समेतले पातमा रहेको क्लोरोफिल चुसी क्षति पुर्याउँदछन् । यिनीहरुले आक्रमण गरेको पातको माथिल्लो सतह रातो, खैरो वा तामा रङ्गको देखिन्छ । पातहरुलाई हातले छोएमा रातो रङ्ग हातमा लाग्दछ । सुरुमा यसले चुसेको पातको सतहमा रातो धब्बा देखिन्छ जुन पछाडि बढ्दै जाँदा खैराधब्बामा परिवर्तन हुन्छन् । धेरै आक्रमण भएमा पातहरु झरी उत्पादनमा प्रत्यक्ष असर गर्दछ । यसको प्रकोप विशेषगरीसुख्खा समयमा (चैत–वैशाख), छहारी नभएको , बाटोको छेउछाउमा बढी मात्रामा देखिन्छ । 

नियन्त्रण विधि : 
क) छायाँदार बिरुवाको उचित व्यवस्थापन गर्ने । 
ख) सिँचाई गरीबगानमा आद्रता बढाउने । 
ग) बगानको सेक्सन वरिपरि उपर्युक्त हेज प्लान्ट वा छेकवार कायम गर्ने । 
घ) संक्रमित स्थानबाट श्रमिकहरु पत्ती टिपाई वा अन्य खेती कर्म गर्ने शिलशिलामा चिया बगानमा प्रवेश गर्दा समेत यसको फैलावट हुने हुँदा सावधान अपनाउने । 
ङ) वर्षात् भएपछि यसको संक्रमण विस्तारै घट्दै जाने हुन्छ । 
च) प्रकोप भएमा बनस्पतिजन्य बिषादिको झोल, पिर्रो झारको झोल, गहुँत आदिको प्रयोग प्रभावकारीहुन्छ । 
छ) झारपात हटाई बगान सफा राख्ने ।
ज) सल्फर पाउडर को घोल छर्कने वा ३ के.जी. प्रति हेक्टरका दरले paseolomysis phemopsis  प्रयोग गर्ने । 

चियाको मच्छड (Helopeltis thiovera)

यो चियाको धेरै खतरनाक कीरा हो । यसको क्षति बढी छायाँ भएको ओसिलो ठाउँमा अत्याधिक हुन्छ । बयस्क र बच्चा दुवैले मुना, कलिला पात र डाँठबाट रस चुस्दछन् । यिनीहरुको सियो जस्तो तिखो सुँडले बिरुवाको कोषिकामा छेड्दछन् र रस चुस्ने क्रममा विषाक्त पदार्थ भित्र छोड्दछन् । यसरी खाएका पातमा २–३ घण्टामै राता खैरा धब्बाहरु देखिन्छन् र केही दिनमै यि पातहरु सुक्दछन् । आक्रमण भएका पात माथि तिर कोप्रो पर्छन, पातको बनोट नराम्ररी बिग्रन्छ र कलिला हाँगाहरु समेत सुक्दछन् । बढी आक्रमण भएको बगानमा ३–४ हप्तासम्म मुना आउँदैन । यि कीराहरु बिहानी र साँझपख बढी सक्रिय हुन्छन् र छाँया परेका ठाउँमा बढी संख्यामा पाइन्छ । 
जीवन चक्र- १५–२०दिन ग्रिष्म याम- ४५–६०दिन हिउँद याम- २–१० दिन
नियन्त्रण विधि : 
१) झारपात हटाई बगान सफा राख्ने /छायाँदार बिरुवा धेरै भएमा हटाई सूर्यको किरण छिर्ने गरी पारिलो बनाउने ।  
२) बिहान र बेलुका गाईको गोबरको गुइँठा साथै बनस्पतिजन्य विषादिको धुवाँ लगाई मच्छड धपाउने ।

थ्रिप्स

यसले भर्खर बढ्दै गरेका मुना, कलिलो पात र डाँठबाट रस चुस्दछन् । काँटछाँट गरेर मुना पलाउन लागेको बिरुवामा धेरै आक्रमण गर्दछ । रस चुसे को ठाउँमा सुरुमा खैरो र पछि कालो थोप्ला भै सुक्दछ । यसको आक्रमण भएको पातको पछाडीको भागमा मूल नसाको दुवै तर्फ २ वटा ठाडा धर्सा देख्न सकिन्छ । 

नियन्त्रण विधि : 
१) झार पात हटाई बगान सफा राख्ने । 
२) संक्रमण भएको ठाउँमा कडा गरीपत्ती टिप्ने । 
३) झोलमल, गहुँत तथा निमजन्य विषादिको प्रयो ग गर्ने । 

लाही किरा

यसको रङ कालो र आकारमा साना हुन्छन् । यसले मुना तथा कलिलो पातामा आक्रमण गर्दछ । पाता बढ्न नदिई बिना आकारको बनाउँदछ । यसले मह जस्तो पदार्थ निकाल्ने हुदाँ Sooty mould को आक्रमण पनि सँगै देखिन सक्दछ । 
नियन्त्रण विधि : निम जन्य बिषादि १:४०० को अनुपातमा प्रयोग गर्ने  ।

ज्यासिड

 यस कीरालाई ग्रीन फ्लाई पनि भनिन्छ । यसले मुना र पातको कलिलो भागमा आक्रमण गरी रस चुस्दछ। यसको आक्रमणबाट मुना बढ्न सक्दैन पातहरु बटारिन थाल्दछन् र पात खैरो भई सुक्दछ । आक्रमण भएको पातको मुल नशा र शाखा नशा समेतमा खैरोपना देखा पर्दछ । 

नियन्त्रण विधि :
१.झार पातहरु हटाउने
२. आक्रमण भएको ठाउँमा कडा पत्ती टिपाई गर्ने  ।
३.निमजन्य बिषादीको प्रयोग गर्ने  ।

प्लस वोर्म

यो कीरा खैरो करीब १ से .मी. लामो हुन्छ । काँटछाँट पछिका टिपिङ्ग गर्न लागिएको बिरुवामा बढी देखा पर्दछ । यसले मुनालाई मुनीको पातसँग टसाइ बटारेर राख्दछ । भित्र बसी पातको माथिल्लो सतह र कहिले काहीँ मुनाको टुप्पा खाई दिन्छ । आक्रमण भएको पात खस्रो, मो टो र चाउरीपरेको देखिन्छ । 
नियन्त्रण विधि : १. झार पातहरु हटाउने २. आक्रमण भएको ठाउँमा कडा पत्ती टिपाई गर्ने  । ३. निमजन्य बिषादीको प्रयो ग गर्ने  ।

चिया लुपर

परिचयः

  • यो किराको बयस्क कैलो रङको रात्रिचर पुतली हो।
  • यसको पखेटामा कालो र खैरो रङको धब्बाहरु हुन्छन।
  • लार्भाहरु कालो र खैरो रङका हुन्छन ।
  • यो कीराको लार्भाहरु वटारिएर लुप जस्तो वनाएर हिड्ने भएकोले यसलाइ लुपर भनिएको हो।
  • भर्खरका साना लार्भाले कलिलो पातको छेउतर्फ खाई दुलाहरु बनाउछन ।
  • हुर्केका लार्भाले छिप्पेका पातहरु खान्छन।
  • बढी आक्रमण भएमा पातहरुमा नसा बाहेक सबै पात खाई क्षति पुर्याउछन ।
  • यो किराको आश्रयस्थल जंगलका रुखहरु, चियाबगानका छाँया दिने रुखहरु र झारहरु समेत भएकोले तिनै आश्रयस्थलको माध्यम हुदै चियाको बोटसम्म आउछन ।

  female     male
                पोथी किरा                                                     भाले किरा

किराको जीवन चक्रः 

  • यो किराले अण्डा, लार्भा (किरा), प्युपा र वयस्क पुतली गरि ४ चरण पार गरि जीवनचक्र पुरा गर्दछ ।
  • अण्डाः एउटा वयस्क पुतलीले ४०० देखि ९०० सम्म अण्डा पार्न सक्दछ। वयस्क पुतलीले छाया दिने रुखको वोक्राको च्यापमा एक थुप्रोमा ३०० देखि ४०० अण्डा पार्दछ ।
  • लार्भा (किरा): यो कीराको क्षति गर्ने अवस्था हो। अण्डा वाट ८-९ दिन पश्चात स-साना लार्भाहरु सिल्क जस्तो धागोको सहायताले चियाको वोट सम्म फैलन सुरु गर्दछ। लार्भाको ५ स्टेजहरु (instar) लागभग २४-३६ दिनको अवधिभित्र देखिन्छ। सुरु अवस्थाका लार्भाहरुले कलिला पातहरु खान्छन भने चौथो पाँचौ तथा छैठौं अवस्थाका लार्भाहरु खन्चुवा हुने भएकोले यिनीहरुले छिप्पिएका पातहरु समेत खाई दिन्छन। पाँचौ अवस्थाको लार्भाले सवै भन्दा बढी क्षती गर्छ।
  •  प्युपाः चिया र छहारीको रुख मुनि माटो भन्दा १-२ इन्च मुनी बस्छ । यो अवस्था २०-२२ दिनको हुन्छ। हिउँद यामको सुरुवातमा प्युपाबाट पुतली निस्कन्छन।
  • वयस्कः : कैलो रङको पुतली वयस्क रूपमा देखिन्छ ।

    tealooper        looper    
         वयस्क किरा                                  लार्भा  

नियन्त्रणका उपायहरूः 

  • बगान सफा राखे, झारपात हटाउने
  • छायाँ दिने रुखहरूको ६ मि उचाई सम्मका बोक्राहरुको सरसफाई गर्ने।
  • वगानमा झारपातहरु डडाई धुवाँ बनाउनाले लुकेर बसेका पुतलीहरु केहि हदसम्म भाग्छन।
  • काँटछाट पछि चिया बोटको वरिपरि माटो पल्टाउने.
  • हिउदको समयमा छहारी दिने बोटमा बोर्डो पेस्ट लगाउने।
  • यो रात्रीचर पुतली भएको हुदा लाइट ट्रयाप (प्रकाश पासो) प्रयोग गर्ने।
  • Bacillus thuringiensis (Bt) ५ ग्राम प्रति लि. पानिमा मिसाई स्प्रे गर्ने ।
  • ईमामेक्टिन बेन्जोएट 5% SG ०.५ ग्राम प्रति लि. पानीमा मिसाई छाया दिने बोट लगायत चियाको बोटमा स्प्रे गर्ने (छहारीको रुखमा अनिवार्य)।
  • लुफेन्युरोन ५.४% इ.सी १ एम एल प्रति लि.पानीमा मिसाई छाया दिने बोट तथा चियाको बोटमा स्प्रे गर्ने ।
  • क्लोरानट्रानिलिप्रोल १८.५% एस.सी १ मि.लि/३ लिटर पानीमा मिसाई छाया दिने बोट तथा चियाको बोटमा स्प्रे गर्ने 1.
  • थायमिथोक्साम २५% डब्लु.जी १.५ ग्राम/लिटर पानीमा मिसाई छाया दिने बोट तथा चियाको बोटमा स्प्रे गर्ने ।
  • एकै विषादी निरन्तर प्रयोग गर्दा कीराको विषादी पचाउने क्षमता वृद्धि हुने भएको हुदा विषादी पुनः प्रयोग गर्दा फरक फरक विषादी प्रयोग गर्ने ।
  • भारतको पश्चिम बङ्गाल र आसाममा ३ वर्ष सम्म निरन्तर प्रकाश पासो र सिफारिस विषादीको प्रयोग गरी यस किराको सफल नियन्त्रण गरिएको छ ।

    a    a
                                               क्षतिको लक्षणहरू

नोटः बिषादी स्प्रे गर्दा सुरक्षात्मक पहिरन, माक्स, एप्रोन, टोपी पन्जा, जुत्ता चस्मा आदि जस्त सुरक्षात्मक सामाग्री लगाएर मात्रै प्रयोग गर्ने वा गर्न लगाउने।

झुप्पामा बस्ने क्याटरपिलर (Cluster caterpillar)

यी कीराहरुको पनि पुतली रात्रिचर हो । यसका लार्भाहरु पातमा झुण्ड बनाएर बस्दछन् र पात खाएर प्वालहरु बनाउँछन् । कतिपयको शरिर चिल्लो हुन्छ भने कतिपयको शरीरमा मसिना झुसहरु हुन्छन् । यी झुसहरु चिया बगानमा काम गर्ने मानिसको शरीर मा पर्यो भने चिलाउने हुनसक्छ । 

नियन्त्रण विधि :
क) यिनीहरु कार्तिक–मंसिर र चैत्र– बै शाख महिनामा प्रसस्त भेटिन्छन्। त्यसैले सो समयमा यसलाई हातैले टिपि नस्ट गर्न सकिन्छ । 
ख) Light trapको उपयोग बाट । 
ग) निमजन्य बिषादि वा जैविक विषादि NPV १ एम.एल. प्रतिलिटर पानीमा मिसाई छर्ने । 

अन्य जानकारी

ब्ल्याक टी (सीटीसी तथा अर्थाोडक्स) चिया प्रशोधन गर्ने तरीका

चियाको पत्तामा अनगिन्ती मात्रामा पानीका पकेट तथा सेल (cell) हरु हुन्छन् र तिनीहरुलाई पातलो वस्तुले छेकेर सुरक्षित राखेको हुन्छ, प्याजको बोक्रा जस्तो र कालो चिया बनाउँदा त्यही cell हरुलाई फुटाई त्यसबाट निक्लिएको रसलाई सबै भागमा पुर्याई वातावरणमा भएको अक्सिजनसँग प्रतिक्रिया (oxidation) गराइन्छ र चियाको रङ्गलाई ग्रीनबाट ब्राउन बनाइन्छ र उक्त चियालाई ड्रायर मा तताएर कालो रङ्गमा परिणत गरिन्छ त्यसैले यसलाई ब्ल्याक टी भनिन्छ । चियालाई विभिन्न तरिकाबाट बनाइन्छ । तर, साधारणतया चिया प्रशोधनलाई ब्ल्याक टी, ग्रीन टी र ओलुङ्ग टी गरी ३ भागमा बाँढिएको छ । ब्ल्याक टी बनाउनको लागि फर्मेन्टसन गर्न जरुरी हुन्छ भने अन्य चियामा त्यति जरुरीपर्दैन । ब्ल्याक टी लाई CTC टी र अर्थाडक्स टी गरीदुई भागमा बाँडिन्छ। 

कालो चिया (Black tea) 
विदरिङ् (हरियो पत्ती ओइलाउने /सुकाउने)
विदरिङ्ग–ट्रफमा अर्थोडक्सलाई अली बढी र CTC लाई अलि कम विदरिङ्ग गरिन्छ ।

मेकरेसन (पत्तीलाई मुलायम बनाउने वा पेल्ने /टुक्राउने)
अर्थोडक्स चियालाई रोलिङ्ग टेवलमा हाली मोल्ने /पेल्ने वा नरम बनाई बटार्ने काम गरिन्छ। CTC को लागि CTC रोलरमा हाली क्रसिङ्ग, टियरिङ्ग, र कलिङ्र्ग प्रविधिबाट सानो –सानो टक्रुामा काटिन्छ । (दुवैको उद्देश्य चियाको सेललाई फुटाई जसुहरु बाहिर निकाल्नु हो ) फर्मेन्टेसन/अक्सिडेसन पेलिएको पत्तीलाई अक्सिजनको उपस्थितिमा विभिन्न प्रकृतिमा गराई चियाको रङ्ग/वास्ना/गुणस्तर को विकास गराउने । कालो चियाको लागि फर्मेन्टिङ्ग गर्न जरुरी हुन्छ र चियालाई बटार्न वा टुक्रा पार्न थाल्ने वित्तिकै अक्सिडेसन प्रक्रिया सुरु हुन्छ । यो प्रक्रिया भुइँमा/ट्रेमा/र्याकमा वा   CFM (Continus Fermenting Machine) मा गरिन्छ । 

ड्राइङ् (सुकाउने काम) 
चियालाई राख्न योग्य बनाउनको लागि मोइस्चर सुकाउने काम र अन्य रासायनिक प्रतिक्रियालाई बन्द गराई सही प्रतिक्रियालाई समात्ने काम, यो काम विभिन्न प्रकारका टी ड्रायर मेसिनहरुबाट गरिन्छ । 

सर्टिङ्/ग्रेडिङ्/प्याकिङ् 
सुकिसकेको चियालाई उपभोक्ताको माग अनुसार चियाबाट फाइबर, हल्का चिया, सिन्का, डाँठ इत्यादि हटाई विभिन्न नामाकरण (Grading) तथा विभिन्न आकार साइजका बनाई अलग–अलग विभिन्न प्रकारको झोला, व्याग वा कागज/काठको बक्सामा प्याक गरिन्छ । 

जापानीज प्रविधिबाट ग्रीन टि बनाउने तरीका

यो तरिकाबाट चिया इण्डिया, पाकिस्तान र धेरैजसो मुस्लिम देशहरुमा बढी मात्रामा रुचाइन्छ । यो बनाउने साधारण तरिका : भर्खरै टिपेको राम्रो गुणस्तरको (फाइनलिफ प्रतिशत कम्तिमा ५०%) भएको ताजा चियाका मुना (पत्ताहरु) लाई स्टिम (वाफ) मात्र रोस्टर (एल्मुनियम/स्टिलको ड्रम आकार को हावा नछिर्ने (प्रे सर कुकर जस्तै) भाँडोमा पठाइन्छ । रोस्टरमा त्यसको साइज अनुसार को १००–२०० के .जि. हरियो पत्ती हालेको हुन्छ । ४०–५० PSI को स्टिम ३–७ मिनेटसम्म रोस्टर मा पठाउँदा चिया रोस्टिङ्ग (roasting) हुन्छ । अथवा उमालेको पानीको भाँडो मा हरियो चिया हाली ७–१५ मिनेटमा वो इलिङ्ग गरेर निकाल्दा पनि हुन्छ । यो पुरानो पद्धति हो । रोस्टिङ्ग गरेपछि चियाको अक्सिडेसन प्रकृया बन्द हुन्छ । चियाको हरियो गन्ध/काँचो गन्ध हराउँछ, पत्तीको रङ्ग हरियै यथावत रहन्छ र पत्ती नरम र रवर जस्तो लचिलो हुन्छ । यदि पत्तीको साइज ठुलो /खराब छ भने रोस्टिङ्ग गरेको पत्तीको रङ्ग पहेँलो हुन्छ र विग्रिएको पत्तीको रङ्ग रातो हुन्छ । रोस्टर भित्रको तापक्रम १००–१२०°C हुन्छ । र यो वाफ (स्टिम) वोइलर प्लान्टबाट निकालिएको हुन्छ । ग्रीन टी को लागि Baby boiler (१५० किलो –३०० किलो) सम्म क्षमता भएको राख्दा पर्याप्त हुन्छ । यसरी रोस्टिङ्ग गरेको चिया पत्तालाई चाँडो भन्दा चाँडो सफा र चिसो भुईमा खन्याउनु पर्छ र पातलो पारेर फिँजाएर राखी पत्तीमा भएको पानी सुकाउनको लागि चिसो हावा axile fan बाट चलाउनु पर्दछ । अथवा, चाँडो पत्ती सेलाउन सिफ्टर को पनि प्रयोग गर्न सकिन्छ र कन्भेयर वेल्टको पनि प्रयोग गर्न सकिन्छ । १०–१५ मिनेट भित्र चियालाई चिसो र बाहिरीपानी सुकाएपछि टेवल रोलर मा प्रथम रोलिङ्गको लागि पठाइन्छ । 

प्रथम रोलिङ : २५ मिनेट 
१० मिनेट : खुल्ला विना चाप 
१० मिनेट : हल्का चाप 
५ मिनेट : विना चाप (खुल्ला) चिया झार्ने । 
झरेको चियाको हल्का डल्लाहरु फुटाई प्रथम फाइरिङ्गको लागि ड्रायर मा पठाउने 

प्रथम फाइरिङ्ग : १५ मिनेट 
पत्तीको मोटाइ  : १” 
भित्रको तापक्रम : १५°C 
डेम्पर : ५०% 
निक्लिएको चियाबाट ५०% पानी चिस्यान सुकाइन्छ र चियालाई सिफ्टरमा पठाइन्छ । सिफ्टरबाट मुनि झरेको चिया (रोल भईसकेको )लाई ड्रायर मा दोस्रो फाइरिङ्गको लागि पठाइन्छ । भने अगाडि झरेको चियालाई दोस्रो रोलिङ्गमा पठाइन्छ । 

दोस्रो रोलिङ् : ४० मिनेट 
५ मिनेट  : विना चाप (खुल्ला) 
५ मिनेट  : केप १ हल्का चाप (छुने मात्र) 
१० मिनेट  : केप २ मिडियम चाप 
५ मिनेट  : विना चाप 
१० मिनेट  : कडा चाप (केप ३) 
५ मिनेट  : विना चाप (डल्ला फुटाउन) चिया झार्ने । 
झरेको चियालाई दोश्रो (अन्तिम) फाइरिङ्ग को लागि अलग अलग ड्रायर मा पठाउने । अन्तिम फाइरिङ् : १५–२० मिनेट 
पत्तीको मोटाई : ३/४” 
भित्रको तापक्रम : २००°C 

डेम्पर : ७५% निक्लिएको चियाको सबै चिस्यान सुकि ३–४% मात्र बाँकि हुन्छ र चिया तयार हुन्छ । यसको रिको भरीब्ल्याक टीको भन्दा अलिक कम हुन्छ । यसरि बनाइएको चियामा डाइमिथाइल सल्फाइड र मिथाइल मेथिओनाइन सल्फो नीम साल्ट तत्वले केहि वास्ना विकास गरेको हुन्छ र ब्ल्याक टीको जस्ता VFC, एरोमा र फ्लेभर यसमा हुँदैन । जापानको प्रचलित ग्रीन टी सेनचा, गायो कुरो, टेन्चा, कावुसे न्चा लगभग यही प्रविधिबाट बनाइन्छ र सबै चिया त्यहीँ खपत हुन्छ । 

चाइनिज प्रविधि ग्रीन टी

यो प्रविधिबाट इण्डोनेसिया मा पनि चिया बनाइन्छ । यो Hoji Cha भनेर प्रख्यात छ । चाइनिज प्रविधिबाट बनाउँदा गुणस्तरिय (५०% फाइनलिफ काउन्ट भएको) ताजा पत्तीलाई डाइरेक्ट वा इनडाइरेक्ट फाइरिङ्ग सिस्टमबाट भुट्ने (roasting) काम गरिन्छ । डाइरेक्ट फाइरिङ्गमा : पेनर, रिभोल्भिङ्ग ड्रायर, इन्जाइमर, रोटेटिङ्ग ड्रायर मेसिनहरु पर्दछन् भने इनडाइरेक्ट फाइरिङ्गमा सबै कन्भेन्सनल ड्रायर हरु पर्दछन् । डाइरेक्ट फाइरिङ्गमा पेनर को तापक्रम १५०–२००°C र अन्य कन्भेन्सनल ड्रायर मा तापक्रम १००–१०७°C  
यदि पत्ती भिजेको छ भने तापक्रम १०५–११५°C भुटेर निक्लिएको चियाको चिस्यान ४५–५०% सुकाइन्छ र निस्किएको पत्तीलाई वाफिन नदिई नभिजेको चिसो भुईमा खन्याई सेलाउनु पर्छ र सेलाएको चियालाई रोलिङ्ग टेवलमा पठाइन्छ । भारतीय कन्भेन्सनल रोलर, चाइना बेबी रोलर वा जापानीज ड्रम रोलर जुनैमा पनि गर्दा हुन्छ । आवश्यक अनुसार र रोलिङ्ग टेवलको प्रकार अनुसार २०–४० मिनेट रोलिङ्ग गर्दा चिया राम्ररि रोल भई सकेको हुन्छ र उक्त्त चिया रोलर बाट झारि डल्लाहरु फुटाउनु पर्छ अथवा वब ब्रेकरमा हालेर डल्ला फुटाउन सकिन्छ । त्यसपछि फाइरिङ्गको लागि ड्रायर मा पठाइन्छ । ड्रायर हरु सानो मा रिभल्भिङ्ग ड्रायर रोटेटिङ्ग ड्रम ड्रायर , ECP ड्रायर , Qualigy ड्रायर वा पेन फायर्ड ड्रायर कुनै मा पनि लगाई चियामा भएको सबै चिस्यान सुकाई ३–४% मात्र बाँकी राखी चिया बाहिर निकालिन्छ ड्रायर को तापक्रम १०४–११०°C र समय आवश्यक अनुसार वा ड्रायर अनुसार १५ मिनेट देखि ६० मिनेट सम्म हुन सक्छ । यो प्रकारले बनाएको चिया पहिलो प्रविधि भन्दा अलिक भिन्न हुन्छ र यसमा विभिन्न ६६ वटा यौगिक (Compounds) र २१ वटा प्यारोक्साइन भेटिएको छ र यसको एरोमा पनि बढी हुन्छ । चाइनाको प्रचलित ग्रीन टी मा “कामारीचा” लगभग यहि प्रविधि बाट तर सानो मेसिन र हातको बढी प्रयोग गरेर बनाइन्छ । 

ओलुङ् चिया प्रशोधन तरिका

ओलुङ्ग चियालाई सेमी–फर्मेन्टेड चिया पनि भनिन्छ । यो चिया स्पेसालिटि चियाको विषेश चिया (particular tea) अन्तर्गत पर्दछ, ग्रीन टी र ब्ल्याक टी को मिश्रण गर्दा हुने जस्तो यसको गुण हुन्छ किनकि चियाको रङ्ग ब्ल्याक जस्तो गाडा/कडा हुँदैन तर वास्नादार हुन्छ भने लिकर ग्रीन टी को जस्तो लाइट सुन्तला रङ्गको हुन्छ । 
प्रशोधन गर्ने तरिका 
१) ताजा पत्तीलाई वाँसको /चित्राको वास्केट वा नाङ्लो इत्यादिमा घाममा बाहिर राख्ने तातो घाममा– ३० मिनेट, कम तातोमा– ६० मिनेट (पत्तीको तापक्रम ४०°C सम्म बनाउने) । 
२) पत्तीलाई कोठामा विदरिङ्ग गर्ने ६–८ घण्टा सम्म–पत्तीलाई बारम्बार चलाइराख्ने (घण्टामा कमसे कम १ पटक) यो अवस्थामा पत्तीको छेउ छेउको भाग रातो रङ्गमा परिणत हुन्छ र कडा वास्ना आउँछ । लगभग ४० प्रतिशत सम्म चिस्यान सुकाउनु पर्छ । यो विधिबाट चियाको वास्ना र रङ्गको विकास हुन्छ । 
३) विदर भएको चियालाई प्रथम रोलिङ्ग गर्ने । हातले वा सानो रोलिङ्ग टे वलमा १५–२० मिनेट । 
४) रोल भएको चियालाई २०–२५ मिनेटसम्म फर्मेन्टिङ्ग गर्ने भुईमा वा वाँसको वक्सामा। 
५) फर्मेन्टिङ्ग भएको चियालाई इन्जाइमको प्रतिक्रिया रोक्न वा अक्सिडेसन प्रक्रिया बन्द गराउनको लागि २००–२५०°C तापक्रममा पेन फायरमा फाइरिङ्ग गर्ने १०–१५ मिनेट । 
६) चियालाई दोश्रो रोलिङ्गमा पठाउने र १५ मिनेटसम्म हातले वा सानो रोलिङ्ग टे वलमा रोलिङ्ग गर्ने । 
७) चियालाई तुरुन्त रिफायरिङ्ग (दोश्रो फायरिङ्ग) गराउने पेन फायरिङ्ग वा इन्जाइमर मा ११०–१४०°C तापक्रममा ७–१० मिनेट । 
८) चियालाई १०–१५ मिनेटसम्म सेलाउने । 
९) चिसो भएको चियालाई फाइनल रोलिङ्ग (तेस्रो रोलिङ्ग) १५–२० मिनेटसम्म गर्ने । १०) राम्ररि रोल भएको चियालाई अन्तिम फाइरिङ्ग (तेस्रो फाइरिङ्ग) गराउने – चियामा बढीमा ३ प्रतिशत चिस्यान राखेर बाँकि चिस्यान सबै सुकाउने । एवं प्रकार ले ओलुङ्ग चिया तयार हुन्छ । यो चियालाई ग्रेडिङ्ग नगरि त्यसमा भएको धुलो, सिन्का, अन्य पत्ता इत्यादि हटाइ प्याकिङ्ग गरि राखिन्छ । ओ लुङ्ग चिया विशेष ठाउँमा, विशेष पत्तीबाट कम मात्रामा बनाउने भएको हुँदा हातबाटै वा स–साना मेसिनहरुबाट उत्पादन गरिन्छ । यो ओलुङ्ग चियालाई पनि प्रशोधनको आधारमा तीन प्रकार मा बाडिन्छ : हल्का अक्सिडेसन गरेको ओलुङ्ग चिया एक तिहाई रातो (अर्थोडक्स) ओलुङ्ग चिया दुई तिहाई रातो ओलुङ्ग चिया प्रशोधनको क्रममा पत्तीलाई गुम्स्याएर राखेर रातो /कालो इत्यादि रङ्गमा परिणत गरि चिया बनाइन्छ । यो चिया बनाउनु पनि एउटा कला भएको हुँदा आ–आफ्नो तरि काले चिया बनाइन्छ तर बने को चिया उपभोग कर्ताले मन पराएको खण्डमा सोहि चियाको माग आइ्रराख्छ र उक्त पद्धतिको चिया लोकप्रिय हुन्छ ।
 

सर्टिङ्ग
  • बनेको चिया वा ड्रायरबाट निक्लेको वा ग्रेड गरेकोलाई राम्रो भाँडो वा बोरा/ लाइनर मा राख्नु पर्छ । 
  • चिस्यान नपक्डिीयोस भन्नाको लागि दैनिक सर्टिङ्ग गरेको राम्रो । 
  • चियाले चाडो बाहिरी चिस्यान समात्छ यसले लगभग ५ – ६ घण्टामा १२% सम्म चुस्न सक्ने भएको ले राम्ररीराख्नु पर्छ ।
  • खराब पत्ता, सुके का पत्ता सिन्काहरु अर्थोडक्स चियामा विदरिङ्ग गर्दै  हटाउनु पर्छ र पछि फेरी सर्टिङ्ग गर्नु अघि नै निकाल्नु पर्छ । 
  • सर्टिङ्ग मेशीनमा एक रुपमा चिया हाल्नु पर्छ कम या बढी भएमा ग्रे डहरु मिसीन्छ । दुलो परेको, नतन्कीने चिया छान्ने जालीहरु लाई रिपेरिङ्ग गर्ने  वा परिवर्तन गर्नु पर्छ 
  • ग्रे डीङ्ग भएको वा सर्टिङ्ग गरीने चियालाई बढी हेन्डलिङ्ग नगर्ने  यसले चियाको साइज आकार, रङ्ग मा असर पार्छ र टल्किनेपना हटाउँछ । 
  • सफा चिया, एक रुपको चिया, मो इस्चर नभएको चियामात्र पे कीङ्ग गर्नु पर्छ । 
  • तातो चियालाई हल्का सेलाएर मात्र पेकीङ्ग गर्ने  र तातो चियालाई हिप गरेर पनि राख्नु हुँदैन नत्र stewing हुन्छ । (चियामा पसिना आई बाहिर को काँचो हुन्छ । 
  • चियाको मसिनो वा सानो ग्रेड डस्ट (धुलो) को ‘कपेज केरेक्टर’ – बढी चिया बनाउने क्षमता हुन्छ र क्रमशः फेनिङ्ग, ब्रोकन र लिफको कम कम हुँदै जान्छ |
चियाको गुणस्तर नियन्त्रण

(क) अर्थोडक्स चिया बनाउने पत्तीको मुना वा पहिलो पत्तामा भुवा भएमा राम्रो गुणस्तर मानिन्छ ।
(ख) बर्षाको समयको पत्तीभन्दा सुख्खा समयको चियाको गुणस्तर राम्रो हुन्छ । 
(ग) दिउँसो भन्दा बेलुका चिया प्रशोधन गरेमा गुणस्तर राम्रो हुन्छ । 
(घ) चिया बनाउदा सहि पत्तीलाई सही प्रकार को ट्रिटमेन्ट गरेमा राम्रो गुणस्तर लिन सकिन्छ । जस्तै कलम (काँटछाँट) गरेको आधारमा अलग अलग चिया प्रशोधन गर्ने, बगानमा कम से कम ६ प्रकार का चियाको बिरुवाहरु लगाउने, ४०% सम्म गोटी बिरुवाहरु लगाउने, बिरुवाको क्वालिटि, स्टेण्डर र इल्डको आधार मा क्रमशः ५०%, २०% र ३०% चियाको बिरुवा मिलाएर लगाउने गरेमा गुणस्तरीय चिया उत्पादन गर्न सकिन्छ । 
(ङ) गुणस्तरीय कच्चा पदार्थ मात्र गुणस्तर को लागि महत्वपूर्ण नभई गुणस्तरीय मेसिन र गुणस्तरीय प्रशोधन प्रविधि तथा प्राविधिक को पनि त्यति नै भुमिका हुन्छ । 
(च) पत्तीको सिजन अनुसार निम्न प्रकार को उत्पादन हुन्छ । 
पहिलो बाली- गुणस्तरीय 
दोश्रो बाली- धेरै गुणस्तरीय 
बर्षे बाली- कम गुणस्तरीय 
शरदे बाली- राम्रो गुणस्तरीय 
(छ) प्रशोधन सकिएर बनेको तयारि चियामा विभिन्न कारणबाट जस्तै सर्टिङ्ग गर्दा, स्टोर गर्दा, खुल्ला राख्दा, गोडाउनमा राख्दा, जहाजबाट लैजादा वा ढुवानी गर्दा वा अन्य कुनै पनि कारणले चिस्यान समातेमा चियाको गुणस्तर खराब हुन्छ । 
(ज) CTC प्रविधिबाट बनाइएको चियको धेरै गाडा, तेजिलो तथा चमक भएको लिकर हुन्छ । अर्थाोडक्स प्रविधिको चियाको रङ्ग लिकर उज्यालो अलि कम गाडा र तेजिलो हुन्छ । दुवै चियाहरु आ–आफ्नो ग्राहक वा प्रयोगकर्ता को लागि आ–आफ्नै दृष्टिकोणको गुणस्तरता हुन्छ अथवा राम्रो गुणस्तर को मुल्यवान अर्थाोडक्स पनि CTC मात्र प्रयोग गर्ने ठाउँ वा उपभोगकर्ताको लागि गुणस्तरीय नहुन सक्छ । 

टी टेस्टिङ्

तयारि चिया बनिसकेपछि बनेको चियाको चिरफार अथवा बनेको सुख्खा चिया सुख्खाबाट बनेको तरल (लिकर ) र लिकर बनाएर उब्रिएको छोक्रा (इन्फ्युज लिफ) को नाक, मुख र हातबाट गरिने परीक्षण लाई टी टेस्टिङ् भनिन्छ र त्यसमा भएका तत्वहरु मुख्यगरि पानीमा घुलनसिल तत्व %, खरानी (क्षार )%, पानीमा घुल्ने खरानी %, कच्चा फाइबर %, इत्यादि परीक्षणलाई टी टेस्टिङ् भनिन्छ। यसको परीक्षण प्रयोगशाला वा ल्यावमा गरिन्छ । 

टी टेस्टर ब्यक्ति वा विशे षज्ञ जसले चियालाई हातले छामेर , सुँघेर , हेरेर अथवा ५ वटै ज्ञानेन्द्रिय अंगको मद्दतबाट सुख्खा चिया तथा चियाको बोक्रा र लिकर लाई परीक्षण गर्छ र एक घुट्को चिया मुखले तानेर त्यसको स्वाद लिएर परीक्षण गर्ने काम गर्दछ र चियाको गुणस्तर साथ साथै त्यसको मुल्यको अडकल लगाउने काम गर्ने व्यक्ति टी टे स्टर हो र चिया परीक्षणको उद्देश्य त्यतिमात्र नभई प्रशोधनमा भएका त्रुटिहरु पत्ता लगाउनको लागि, चियालाई ब्लेण्डिङ्ग (बजारमा र उपभोक्ता को स्वाद अनुसारको चिया बनाउनको लागि विभिन्न गुणहरु जस्तै रङ्ग, वास्ना, आकार , स्वादमा एकरुपता ल्याउनको लागि गरिने चिया र चियाको मिलावट) गर्नको लागि पनि चिया परीक्षण गरिन्छ । 

चिया परीक्षण

टी टेस्टर ले बिभिन्न दृष्टिकोणबाट हेरेको सुख्खा चिया, बनाएको चियाको छोक्रा र लिकरको विशेष गुणको विभिन्न दृष्टिकोणबाट विश्लेषण गरेको परिणाम या त बजारको आवश्यकता अनुसार या त प्रशोधन कर्ताको त्रुटिहरु पत्ता लागाई सुधार गर्नको लागि या त माग अनुसार चिया बनाउनको लागि गरेको परीक्षण नै टी टेस्टिङ्ग हो । चियाको टे स्टिङ्ग चिया फ्याट्रिले, चिया दलालहरुले, चियाका ठूला व्यापारी (खरि द कर्ता) हरुले आ–आफ्नो आवश्यकताको लागि गर्ने गर्दछन् । टेस्टर ले सर्वप्रथम सुख्खा चियाको एकरुपता, दाना र बटर्याई र घुमेको, मुना, टल्किनेपन, उज्यालोपन, आकार वास्ना, सफा इत्यादी आँखा, हात, नाकबाट जाँच गर्छ र छोक्रा (infusion) तिर परीक्षण गर्दा त्यसको अवस्था, रङ्ग, उज्यालो पन हात, नाक, मुख इत्यादी बाट जाँच गरि रङ्ग बनाइएको पानी (लिकर ) जुनचाही चाइना माटोको कपमा खन्याइएको हुन्छ त्यसको जाँचः रङ्ग कस्तो आयो , गाडापन, वास्ना, उज्यालो पन, तितो र टर्रोपन इत्यादी के कस्तो हो थाहा पाउन एक सुर्पि चिया पिएर मुखमा निकै बेर खेलाएर परीक्षण गरिन्छ । चिया जाँच गर्दा १४० एम एल पानी अट्ने चाइना माटो को कप र छोप्ने प्लेटमा २.८ ग्राम सुख्खा चिया हालेर भरी तातो पानी हालेर ४–५ मिनेट छोपेर राखेपछि उक्त लिकरलाई सरक्क चाइना माटो को कपमा खन्याइन्छ र चियाको छोक्रालाई प्लेटमा हालि कप माझि राखिन्छ र टेस्टर ले ३ वटै चिया परीक्षण गरि टि टेस्टर को विभिन्न नामाकरणले त्यसलाई वर्गिकरण तथा मर्महित गर्छन । 

सुख्खा चियाः भारि र हल्का, कालो र ब्राउन, फक्रिएको–टल्किएको र नफक्रिएको –अँध्यारो –फुस्रो, सफा र धुले , एक रुपको र एक रुप नभएको र लामो वास्ना आउने र सानो वास्ना आउने आकर्षक, स्विकारयोग्य र अयोग्य । 

चियाको छोक्राः उज्यालो र अध्यारो, तामा रङ्गको र अन्य रङ्गको वा कालो एकै रुपको रङ्ग र अनेक रुपको रङ्ग 

झोल (लिकर): उज्यालो र अँध्यारो, वाक्लो र पातलो, कडा र नरम, चेप चेप पना–मुखमा लाग्नेपना र नरम स्वाद, पानी जस्तो चम्किलो, कडकपन र कम चम्किलो र फिक्का इत्यादी । 
 

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

आधनिक चिया खेती तथा प्रशोधन सम्बन्धी म्यानुअल
राष्ट्रिय चिया तथा कफि विकास बोर्ड, काठमाण्डौ