जातहरु

जातहरु

पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चलको सिंचित तराई

जात

पाक्ने दिन

उत्पादन ( टन/हे)

जीतपुर  १

३०० -३६० 

७१ 

जीतपुर २

३०० -३६० 

९२ 

तराई

जात पाक्ने दिन उत्पादन ( टन/हे)

जीतपुर ३ 

३०० -३६० 

७९.२ 

जीतपुर ४ 

३०० -३६० 

८६ 

बाली व्यवस्थापन तथा हेरचाह

उखु बालीको मलखाद व्यवस्थापन

प्रांगारिक मल (टन/हे) = १० 

मल (किलो प्रति हेक्टरमा) मुख्य बाली खुट्टी बाली
नाइट्रोजन १५० २००
फोस्फोरस ६० ६०
पोटास ४० ४०
डी.ए.पी १३०.५ १३०.५
युरिया २७५.१ ३८३.८
पोटास ६६.७ ६६.७

रासायनिक मलको प्रयोग गर्दा फोस्फोरस र पोटासको पुरै मात्रा तथा नाइट्रोजनको एक तिहाई मात्रा बाली रोप्ने समयमा, एक तिहाई मात्रा बाली लगाएको ६० दिन (पहिलो गोडाइ) पछि र बाकी बालीमा माटो चढाउने बेलामा (९०-१२० दिन पछि) प्रयोग गर्नु पर्दछ |

किरा व्यवस्थापन

उखुको गवारो

 पोथी पुतलीले उखुको पातको तल्लोपट्टी मूल नसाको छेउमा गोला, कत्ला जस्ता एक माथि अर्को खप्टिएका फुलहरु पार्दछ र ३—५ दिनमा लार्भा निस्कन्छ । मसिना लार्भा जमिनको सतह नजिकैबाट डाँठ भित्र पस्दछन् र भित्रभित्रै कलिलो भाग खादै बढ्दछन् । यसरी लार्भा १ महिनापछि डाँठ भित्रै अचल अवस्थामा जान्छन् र ६–७ दिनमा पुतलीको रुपमा निस्कन्छ । वयस्क पुतली पराले रङ्गको हुन्छ । यसका अघिल्ला पखेटा हल्का खैरो रङ्गका र पछिल्ला नजाँनिदा खैरो रङ्गका हुन्छन् । लार्भाको टाउको कालो र शरीरमा मसिना रौंको फेदमा काला धब्बाहरु हुन्छन् ।

क्षति र फैलावट

यो गवारो चैत्र–वैशाखतिर धेरै संख्यामा देखा पर्दछ । यसको लार्भाले क्षति पुर्याएको बिरुवामा मृत गुबो भेटिन्छ जुन तानेमा सजिलै आउँछ । यो गवारो उखु उम्रने बित्तिकै लाग्यो भने पुरै बिरुवा मर्दछ तर उखुले गाँज हाल्न थालेपछि लागेमा अरु गाँज हाल्छ र क्षति कम हुन्छ ।

व्यवस्थापनका उपायहरु

  • बसन्तकाल (माघ–फाल्गुन) मा रोपेको उखुमा बढी प्रकोप हुने भएकोले बर्षेनी कीरा लाग्ने क्षेत्रमा शरदकालिन रोपाईलाई प्राथमिकता दिने ।
  • बसन्तकालमा रोप्ने बाध्यता भए सकेसम्म छिट्टै रोपाई सक्ने ।
  • बसन्तकालिन उखुमा रोपेको ४५ र ६० दिनमा २–३ इन्च माटो चढाई दिने ।
  • छिटो बढ्ने र बढी गाँज आउने जातलाई बढी प्राथमिकता दिने ।
  • कीरा देखा पर्न थालेपछि सिंचाई गरिदिने ।
  • उखु रोपेको ३० देखि ४० दिन पछिबाट ट्राइकोग्रामा (Trichogramma) १,००,००० प्रति हेक्टर का दरले १०–१० दिनको अन्तरालमा ४–६ पटक छाड्ने ।
  • प्रकोप बढी हुने क्षेत्रमा रोपाईकै समयमा क्लोरानट्रानिलिप्रोल ०.४% जी वा फिप्रोनील ०.३% जी ०.७५ देखि १.०० के.जी. प्रति कठ्ठाका दरले उखुको नालामा हाली माटोले पुर्ने र सिंचाई गरिदिने ।
  • थायोडिकार्प ७५% डब्लु पि २ ग्राम प्रति लिटर पानीका दरले ८००–१००० लिटर घोल तयार गरी स्प्रे गर्ने ।Plassy Borerplassy borer adult

     

फट्याङग्रा

फट्याङग्राको प्रकोपले गर्दा कुनै बर्ष उखुबालीमा ठुलो क्षति भएको देखिएको छ । उखुमा क्षति पुर्याउने फट्याङग्रा, हिरोग्लाइफस बनियान (Hieroglyphus banian) को बयस्क हल्का चम्किलो हरियो–पंहेलो रङ्गको हुन्छ र यसको  पखेटा र टाउको माथि तिनवटा कालो रंगको धर्साहरु हुन्छन् । बच्चाहरु पखेटा बिहिन साना तर वयस्क जस्तै हुन्छन् । प्रजनन् योग्य पोथी फट्याङग्राले माटोमुनि विशेष गरी बाझो अग्लोजमिन जस्तैः ढिस्को, आली, ड्याङ्ग आदीमा मध्य भाद्र देखि मंसिरसम्म फुल पार्दछन् । यि फुलहरुबाट वैशाख–जेष्ठतिर पहिलो झर पानी परेपछि बच्चाहरु निस्कन्छन् । यि बच्चा मसिना झारपात खाएर बढ्न लाग्दछन् । अलि ठुला भएपछि यिनीहरु उखु र अन्य बालीमा सर्दछन् । ५/६ पटक काचुली फेरेपछि ७० देखि ८० दिनमा बच्चा फट्याङग्रा वयस्क हुन्छन् । यस कीराको एक वर्षमा एक पुस्ता मात्र निस्कन्छ ।

क्षति र फैलावट
फट्याङग्राले धेरै बालीमा आक्रमण गर्दछ । यसले बिरुवाको पात आराको दाँती जस्तो बनाई छेउबाट खान्छ । धेरै संख्यामा वयस्क र बच्चाहरुले आक्रमण गरेको बेला मुल नसा बाहेक पुरै पात खाएको देखिन्छ जसले गर्दा प्रकाश सश्लेषण प्रभावित भई बिरुवाको बृद्धि कम हुन्छ । यसबाट बालीको उत्पादकत्वमा कमी आउँछ ।

फट्याङग्राको अवस्थिति पत्ता लगाउन निम्नानुसार नियमित अवलोकन गर्ने ।

  • पहिलो झरी पश्चात् सडक छेउ छाउ, चरण क्षेत्र, बाँझो जग्गामा फट्याङग्राका बच्चाहरुको आँकलन गर्ने ।
  • खेतबारीमा फट्याङग्राको आकलनको लागि एउटा 'T' आकारको लठ्ठी लिएर खेतमा हिड्दै जादा एक बर्ग मिटरमा फट्याङग्राको संख्या आकलन गर्ने ।
  • प्रति बर्ग मिटर क्षेत्रमा फट्याङग्राको संख्या १३ हाराहारीमा पुग्न थाले व्यवस्थापन कार्य छिमेकी सबै मिलि अभियानको रुपमा पुरा गर्ने ।

व्यवस्थापन

  • चैत्र–वैशाख तिर पहिलो झर पानी पर्नु भन्दा अगाडी खेतबारीका आली १० देखि १५ से.मी. तासेर  पुन त्यतिनै हिलो माटो थपिदिनाले फट्याङग्राको फुल धेरै मात्रामा नष्ट हुन्छन् ।
  • उखु लगाउनु पूर्व चैत्र वैशाखतिर खेतबारीलाई राम्ररी जोतिदिनाले फट्याङग्राको फल नष्ट हुन्छन् ।
  • खुट्टी बालीलाई पनि राम्रोसँग खनजोत र माटो चढाउने कार्य गर्ने ।
  • बाँझो जमिनमा धेरै फुल पार्ने र सुरक्षित भएकोले सकेसम्म त्यस्ता ठाँउ कम छाड्ने
  • शिकारी चरा जस्तै मैना, काग आदीलाई उखबारीमा आकर्षित गर्न चरा बस्ने ठाउँ -Bird Perch_को व्यवस्था गर्ने ।
  • फट्याङग्राको संख्या धेरै भएमा अल्फामेथ्रीन १०% ई.सी. साइपरमेथ्रिन १०% ई.सी. १६०० देखि २००० मि.लि. प्रति ८०० देखि १००० लिटर पानीमा मिसाई १ हेक्टर क्षेत्रफलमा छर्ने ।
फड्के कीरा

पहिचान
वयस्क फड्के कीरा पराले रङ्गको हुन्छ जसको अगाडी पट्टीको भाग चराको चुच्चो जस्तो लामो हुन्छ र बसेको बेला पखेटा घरको छानु जस्ता देखिन्छन् । पोथी फड्के कीराले उखुको तल्लो पातको तलपट्टि मुल नसाको छेउमा फुल पारी सेतो भुवाले ढाक्दछ । वर्षा याममा यसले खुकुला पातको बोटको आधारमा भित्रपट्टि फुल पार्दछ । फुलबाट ७ देखि १० दिनमा पङ्खविहिन बच्चाहरु निस्कन्छन् जो फुत्त उफ्रने खालका हुन्छन् । बच्चाहरुको शरिरको पछिल्ला भागमा दुईवटा कुची जस्ता अङ्गहरु हुन्छन् । गर्मी याममा बच्चाबाट वयस्क हुन १ देखि ५ महिना लाग्दछ । यसको एक वर्षमा ३ देखि ४ पुस्ता निस्कन्छ ।

क्षति र फैलाबट
यो कीराले भदौ–असोजतिर बढी मात्रामा दुःख दिन्छ । यसको वयस्क तथा बच्चाले बिरुवाको पात तथा लाक्राबाट रस चुसि खान्छ जसले गर्दा बिरुवाको बृद्धि कम हुन्छ र वजन पनि घट्दछ । यसले गर्दा अन्य रोगको पनि आक्रमण गर्छ । यस कीराले उत्पादन गरेको गुलियो पदार्थ (Honey Dew) मा कमिला जम्मा हुन्छन् जसले आफुसँगै ल्याएको कालो ढुसी (Sooty mould) फैलाई प्रकाश संश्लेषण (Photosynthesis) घटाउँदछ र उत्पादनमा कमी आउँछ । यस्तो उखुमा चीनीको मात्रा कम हुन्छ । यिनको प्रकोप ज्यादा भयो भने उखुका पात पहेलिन्छन् र अन्त्यमा ओइलाएर सुक्दछ ।

व्यवस्थापन

  • प्रति पात ३–५ फड्के कीरा वा झुप्पाफुल देखिएमा व्यवस्थापन कार्य गर्ने ।
  • नाइट्रोजन आवश्यक भन्दा बढी नदिने ।
  • पानी जम्न नदिन निकासको व्यवस्था मिलाउने ।
  • वर्षायाममा तलका खुकुल्ला पुराना सुकेका पातहरु हटाई दिनाले फुल पार्ने स्थानमा कमी आउँछ ।
  • खुट्टिबाली व्यवस्थापन गर्दा पुराना सुकेका पात जलाउनाले यसका प्राकृतिक शत्रु नष्ट हुने हुनाले जम्मा गरी मल्च (Mulch) को रुपमा प्रयोग गर्ने ।
  • इपिरक्यिनीया मेलानोल्युका (E. melanoleuca)  को कोकन वा फुल ४००० देखि ५००० सम्म प्रति हेक्टरको दरले छाड्ने । वा
  • मेटाराइजियम यनिसोप्ली (Metarrhzium anisopliae) र बीउभेरिया वासियना (Beauveria bassiana) ले संयुक्त रुपमा उपचार गरिएका २५० वयस्क फड्के कीरा प्रति हेक्टरको दरले छाड्ने । वा
  • डेरीसोम २% ई.सि.(करन्जिन) नामक वनस्पति जन्य विषादी २ मि.लि. प्रति लि. पानीको दरले मिसाई स्प्रे गर्ने । वा
  • फिप्रोनील ०.३% जी ०.७५ देखि १.०० के.जी. प्रति कठ्ठाका दरले उखुको नालामा हाली माटोले पुर्ने र सिंचाई गरिदिने । 
कालो खपटे (Heteronichus sp.)

वयस्क कीरा गाढा कालो खैरो रङ्गको हुन्छ । लार्भा अंग्रेजी 'C' आकारको हुन्छ । वयस्क पोथीले ओसिलो माटो भित्र फुलहरु पार्दछन् । फुलहरुबाट १० देखि १२ दिनमा खुम्रेहरु निस्कन्छन् ।  वयस्क खुम्रेले उखुका बढ्दै गरेका बिरुवालाई जमिनको सतहको ठिक तल दुलो बनाएर खान्छन् जसले गर्दा उखुको गुभो मर्दछ । यसरी मरेका गुभोको ४ वटासम्म पात झर्दछ । यो खुम्रेले आक्रमण गरेको लक्षण गावारोको आक्रमण भन्दा फरक सुकेका पातको संख्यामा मात्र अड्कल गर्न सकिन्छ । आक्रमणका कारण गुभो सुकेका बोटको तलतिर खोस्रर हेर्दा ति कीरा देख्न सकिन्छ ।

व्यवस्थापन

  • फाल्गुण चैत्रमा उखु लगाउनु पुर्व राम्ररी जोताई गरी माटो बाहिर निकाली दिने ।
  • गुभो सुकेका बोटको तल तिर खोस्रर वयस्क खुम्रे जम्मा गरेर नष्ट गर्ने ।
  • खुम्रेको संख्या धेरै देखिएमा उखु बालीपछि सुर्यमुखी, हिले धान वा दलहन बाली लगाउने ।
  • मेटाराइजियम यनिसोप्ल्इ  (Metarrhizium anisopliae)  को व्यवसायिक फर्मुलेसन ३ देखि ४ के.जी. प्रति हेक्टरको दरले माटोमा मिलाइदिने । यसको प्रभावकारिताको लागि माटोमा प्रशस्त चिस्यान हुनु पर्दछ ।