राई घाँस : Lolium perenne
जात: धुन्चे राई घाँस
चरन तथा घाँसेबाली महाशाखा, खुमलटारबाट उन्मोचित राई घाँस–धुन्चे एक लोकप्रिय पौष्टिक तथा स्वादिष्ट मध्य–पहाडी र उच्च–पहाडी भेगमा हुने अन्य घाँसहरूको तुलनामा धेरै पोसिलो र सजिलैसँग पचाउन सकिने वहुवर्सिय चरन घाँस हो । यो घाँस एक पटक लगाएपछि ६–८ वर्षसम्म लगातार उत्पादन दिइरहन्छ । यो ठुलो गाँज हाल्ने र १ मिटरसम्म अग्लो हुने भएकाले चराउन र काटेरसमेत खुवाउन सकिन्छ ।

