- तौलको अनुपातमा बंगुरबाट प्राप्त हुने खाना लाएक मासु बढी (६०—८० प्रतिशत) छ ।
- बंगुर छिटो बढ्छ र बंगुरमा गरिएको लगानीबाट प्राप्त हुने प्रतिफल पनि बढी छ ।
बंगुर पालन
परिचय
नस्लहरु
- स्थानीय जातमा च्वाचे (३५ केजी), हुर्रा (४६ केजी), बामपुड्के (२५ केजी) पाल्न सकिन्छ |
- यिनीहरुको उत्पादन कम भए पनि मासु भने स्वादिस्ठ हुने हुँदा ग्रामिण भेगमा लोकप्रिय छ |
- हेम्प्शायर (३००केजी) पाल्न सकिन्छ |
- यिनीहरुको उत्पादन स्थानीयको भन्दा बढी हुन्छ | यी जातहरु पूर्वी नेपालमा लोकप्रिय छन् | त्यस्तै सेतो जातमा ल्यान्ड्रेस (४०० केजी), योर्कसायर (३७५ केजी) र ड्युरोक (३४० केजी) पाल्न सकिन्छ |
- जादै बढ़ने र ठुलो हुने हुँदा यी जातहरु व्यबसायिक रुपमा पाल्न उपयुक्त छन् |
आवास व्यवस्थापन
प्रजनन योग्य भाले
| क्षेत्रफल (बर्ग मीटर) | ६.२५ – ७.५ |
| लम्बाई र चौडाई (मीटर) | २.५*२.५ - २.५*३ |
| खुला ठाउँ (बर्ग मीटर) | ८.८ – १२ |
| खुला खोरमा राख्न सकिने संख्या | एक |
प्रजनन योग्य पोथी
| क्षेत्रफल (बर्ग मीटर) | ७.५ – ९ |
| लम्बाई र चौडाई (मीटर) | २.५*३ – ३*३ |
| खुला ठाउँ (बर्ग मीटर) | ८.८ – १२.० |
| खुला खोरमा राख्न सकिने संख्या | एक |
माउ छुट्टयाइएको पाठा पाठी
| क्षेत्रफल (बर्ग मीटर) | ०.९६ – १.८ |
| लम्बाई र चौडाई (मीटर) | ०.८*१.२ –१.२*१.५ |
| खुला ठाउँ (बर्ग मीटर) | ८.८ – १२ |
| खुला खोरमा राख्न सकिने संख्या | १०–१२ |
थारो पोथी
| क्षेत्रफल (बर्ग मीटर) | १.८ – २.७ |
| लम्बाई र चौडाई (मीटर) | १.२*१.५ – १.८ *१.५ |
| खुला ठाउँ (बर्ग मीटर) | १.४ – १.८ |
| खुला खोरमा राख्न सकिने संख्या | २ – १० |
थुनुवा गरी पाल्दा बंगुरलाई आवश्यक पर्ने न्यूनतम ठाउँ
|
प्रकार |
क्षेत्रफल (बर्ग मीटर) |
|
भाले |
४.४० |
|
पोथी |
१.३२ |
|
प्रसूतिकक्ष |
३.६० |
|
प्रसूतिखोर |
१.३२ |
|
थपन्यानो दिने बाकस |
०.०४ |
|
दूधचुस्ने पाठापाठी |
०.३० |
|
छतौरा छतौरी |
१.०० |
- प्रति पाठापाठी ०.३ वर्गमीटर ठाउँ हुनुपर्ने ।
- एउटा कोठामा १६–२४ पाठापाठी राख्ने ।
- ८–१२ पाठापाठीको समूह बनार्ई अस्थायी बारले अलग–अलग समूहमा छुट्याउने ।
- चारवटा पाठापाठीको लागि १.५ मीटर लम्बाईको एउटा दानाको भाडा व्यवस्था गर्ने ।
- भर्खरै माउ छुटाएका पाठापाठीलाई न्यानो भागमा राख्ने जसको लागि काठको बक्सा बनाएर पराल तथा भुस राखी बल्ब बाल्नु पर्छ |
आहार व्यवस्थापन
जन्मेको २४ घण्टा भित्र पाठापाठीलाई बिगौती खुवाउनु जरुरी छ । भर्खरका पाठापाठीको लागि बनाइएको दाना (creep feed) मा १९–२० प्रतिशत प्रोटीन हुनुपर्छ ।
|
क्र.सं. |
कच्चा पदार्थ हिस्सा |
हिस्सा (%) |
|
१ |
पहेलो मकैको पिठो |
४० |
|
२ |
स्कीम मिल्क पाउडर |
१० |
|
३ |
बदामको पीना |
१० |
|
४ |
तिलको पीना |
१० |
|
५ |
गहुको चोकर |
१० |
|
६ |
खुदो |
१० |
|
७ |
माछाको धुलो |
६ |
|
८ |
कट (जाड रक्सी बनाउदाको छोक्रा) |
२ |
|
९ |
खनिजमिश्रण |
२ |
|
१० |
भिटामिन |
०.०००१ |
|
जम्मा |
१००.०००१ |
- पाठापाठी हुर्काईरहेको पोथीले दिनमा ४ देखि ७ के.जी. दाना खान्छ।
- पोथीमा लागि रहेको भालेलाई दिनमा ३ के.जी.दाना दिनु जरुरी हुन्छ ।
- दाना दिनलाई डुडहरु प्रयोग गरिने भए प्रति बंगुर आठ हप्ताको उमेरसम्म ०.१५ मीटर, छतौरा छतौरीलाई ०.३ मीटर र प्रजननको माउ तथा भालेलाई ०.४५ मीटर ठाउँ आवश्यक पर्छ ।
बङ्गुर एउटा नउग्राउने पशु भएकाले घाँस पराल राम्ररी नपचाउने भए तापनि नरम खालको र पोसिलो घाँसलाई यसको आहारामा २०% सम्म मिसाउन सकिन्छ । विभिन्न कच्चा पदार्थहरू प्रयोग गरी दाना तयार पारेर बङ्गुरलाई खुवाउँदा बढी मुनाफा लिन सकिन्छ । बङ्गुरको आहारा व्यवस्थापन तल उल्लेख गरिएअनुसार दाना मिश्रणको अनुपात मिलाई गर्न सिफारिस गरिएको छ । सामान्यतया बङ्गुरलाई उसले खाने एक के.जी. दाना बराबर २–३ लिटर पानी चाहिन्छ ।
स्थानीय कच्चा पदार्थ प्रयोग गरी १०० के.जी. दानातयार पार्ने तरिका
(सबै के.जी. मा)
|
कच्चा पदार्थ |
माउ छुटाएका पाठा पाठीको दाना |
छतौरा छतौरीको दाना |
वयश्क बंगुरको दाना |
|
पहेलो मकै |
५६ |
५० |
५० |
|
ब्रानखली |
४ |
१० |
१८ |
|
खुदो (मोल्यासस) |
८ |
१० |
१० |
|
माछाको धुलो |
८ |
६ |
८ |
|
भटमास पीना |
२२ |
२० |
५ |
|
तोरी पीना |
० |
२ |
७ |
|
डाई क्याल्सिअम फस्फेट |
०.७५ |
०.७५ |
०.७५ |
|
अनिज मिश्रण |
०.५ |
०.५ |
०.५ |
|
फाइटेज |
०.०१ |
०.०१ |
०.०१ |
|
नुन |
०.५ |
०.५ |
०.५ |
|
नेफ्टीन |
०.२ |
०.२ |
०.२ |
|
जिंक अक्साइड |
०.२५ |
०.१२५ |
०.०२५ |
|
जम्मा |
१००.२१ |
१००.०८५ |
९९.९८५ |
हेरचाह
- बंगुर ब्याउँदा कुनै किसिमको होहल्ला गर्दैन र साधारणतया रातमा ब्याउँछ ।
- बंगुर सुरुको १–२ घण्टाभित्र नै ब्याइसक्छ ।
- ब्याउन सुरु गरेको ५ घण्टासम्म पनि बाँकी पठापाठी जन्मिएन भने चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
- ब्याएपछि बंगुरलाई तुरुन्तै सफा मनतातो पानीमा थोरै चिनी वा खुदो वा ग्लुकोज वा मकैको पिठो मिसाएर खुवाउनुपर्छ ।
- पाठापाठी जन्मने वित्तिकै नाक मुख तथा शरीरका अन्य भागहरूमा पातलो झिल्ली टाँसिएको हुन्छ, त्यसलाई सफा तथा नरम कपडाले सफा गर्नुपर्छ ।
- पाठापाठी जन्मिएको केही समयपछि नाभी काट्नुपर्छ र नाभीलाई आयोडिन घोलमा डुबाउनुपर्छ ।
- यदि श्वास फेर्न गाह्रो भएमा कृत्रिम स्वास फेराउनुपर्छ छातीमा हल्कासँग मालिस गर्नुपर्छ ।
- दूध खाए–नखाएको हेरी कमजोर पाठापाठीलाई दूध चुस्न सहयोग गर्नुपर्छ ।
- यदि माउको दूध कम आएमा बाख्रा वा गाईको दूध दिनुपर्छ अथवा थोरै चिनीको घोल मिसाएर दिनुपर्छ ।
- यदि माउले पाठापाठीलाई दूध खान नदिएमा अर्को माउसँग राखी दिनुपर्छ ।
- पाठापाठीमा तिखो दाँत हुन्छ जसले माउको थुनमा चोट लगाउन सक्छ । तसर्थ तीखो दाँत काटिदिनुपर्छ ।
- पाठापाठीमा आइरन स्टोर गरेर राख्न सक्ने क्षमता हुँदैन त्यसकारण रक्त अल्पताबाट मृत्युदर कम गर्न अनिवार्यरूपमा आइरन दिनुपर्छ । ३ दिनमा एक एमएल र दसौँ दिनमा २ एमएल आइरन सुईमार्फत दिने ।
- यदि चिसो मौसम छ भने तापक्रम मिलाउनु आवश्यक हुन्छ ।
- साधारणतया ३५ दिनमा दूध छुटाइन्छ र पाठापाठीको खोरमा राख्ने ।
- पाठापाठी थिचिएर मर्न सक्छन्, त्यसकारण खोरमा रेल बनाउनुपर्छ ।
- पाठापाठीलाई पहिचानका लागि चिन्ह लगाउनुपर्छ ।
स्वास्थ्य व्यवस्थापन
समय–समयमा जुकाको औषधी र खोप लगाउँदा महामारी रोगबाट बङ्गुरलाई बचाउन सकिन्छ । जुकाको औषधी खुवाउने समय पाठापाठीको लागि पहिलो पटक ४–५ हप्ताको उमेरमा, त्यसपछि वर्षको ३ पटक अल्बेण्डाजोल, र फेन्बेन्डाजोल खुवाउने ।
बंगुरपालन गर्ने मानिसहरुले बंगुरलाई रोग लागिसकेपछि उपचारमा धेरै पैसा खर्च गरेको पाइन्छ । तसर्थ बंगुरलाई रोग लाग्नै नदिने उपायहरुको कार्यान्वयन गर्नु राम्रो हुन्छ । बंगुरहरुलाई रोग नलागोस भनेर निम्न उपायहरु गर्न सकिन्छ ।
- बंगुरको खोरमा प्रवेश गर्ने कीटाणु, विषाणु र ढुसीका स्रोतलाई नियन्त्रण गर्न ढोकामा र वरिपरि चुन, फिनेल आदि छरिरहनु पर्दछ ।
- बंगुर तथा बंगुर बस्ने खोर सधैं सफा गर्ने ।
- खोरमा नयाँ बंगुर प्रवेश गराउँदा रोग लागेको हुनु हुँदैन ।
- दुईवटा खोरको दुरी १ कि. मिटर हुनुपर्दछ । बंगुरको खोरमा दिने पानीको स्रोत कीटाणु, विषाणु र ढुसी नभएको हुनुपर्दछ ।
- बंगुरको स्याहार सुसार गर्ने मानिस लगायत अन्य खोरमा पस्ने मानिसले हात खुट्टाका नङ्ग काटेर साबुन पानीले सफा गरेर लगाएको लुगा (किटाणु रहित लुगा) लगाएर प्रवेश गर्नुपर्दछ । खोरको भाँडाकुँडा सधैं सफा गर्नु पर्दछ ।
- खोरको वरिपरिको क्षेत्रमा समय समयमा चुन, फिनेल छरिरहनु पर्दछ ।
- बंगुरलाई दाना खुवाउन भन्दा एक दिन अगावै हावा आवतजावत गर्ने कोठामा खाना राखेर फ्यूमिगेशन गरेर मात्र खुवाउनु पर्दछ ।
- बंगुरको मलमुत्र एक ठाउँमा थुपारी कुहिए पछि खेतबारीमा प्रयोग गनुपर्दछ । ∙बंगुरलाई खुला ठाउँमा काट्नु हुँदैन ।
- बंगुरले खोर बाहिर हिड्डुल गर्ने खुला ठाउँमा कीरा तथा चराहरु पस्न नसक्ने गरी नाइलन तथा तार जालीले बेरि दिनुपर्दछ ।
यो कहिले काही बंगुरमा लाग्ने भयानक सरुवा रोग हो । यो रोग प्रार्य जसो वर्षा सुरु हुनु भन्दा अगाडी लाग्छ । गरम हावापानी भएको ठाउँमा यसको प्रकोप बढी हुन्छ । यसको असरले पशु १२ देखि ४८ घण्टा भित्र मृत्यु हुन्छ ।
लक्षण: खाना वन्द गर्ने,दाँत किट्किट् गर्ने, पशुको घाँटी, टाउको, ह्याकुलो, जिव्रो पुच्छर सुनिन्छ, सुनिएको भागकडा र तातो हुने,पशुलेदुखेको महशुस गर्दछ, मुखबाट र्याल, नाकबाट पानी बगाउने, आँखा रातो हुने, आँखाबाटआँसु आउने,कान लत्रिने,जिव्रो बाहिर निकाल्ने, सास फेर्दा घ्यार घ्यार आवाज आउने,पेट फुल्ने र पेटको चाल वन्द हुने |
उपचार: बायोट्रिम र ओरिप्रिमरसुल्कोप्रिम १ एम एल प्रति केजी शारीरिक तौलको आधारमा दिनको एक पटक ५ दिन सम्म नसामा ईन्जेक्सन दिने | साथै यो रोग नलागोस भन्नको लागि यो रोग विरुद्ध भ्याक्सिन दिने |
लक्षण: १०४ देखी १०६ फरेन्हाइट जोरो आउछ,र्याल काँढ्छ ,मुख, गिजा र जिव्रोमा स–सानाफोकाहरु देखिन्छ, जुन पछि फोका फुटेर घाउ हुन्छ । खुरको कापा र वरीपरीको मासुमा घाउ हुन्छ ।कल्चौडो, थुनमा समेत स साना फोका देखिन्छन् । बाक्लो रङ्ग हिनफिंज जस्तो र्याल मुखबाट झरिरहन्छ ।
उपचार: यो रोग वीषाणुबाट लाग्ने भएकोले यसको औषधि उपचार लाभदायक हुँदैन । तर रोग फैलिनबाट रोक्न ठूलो पशुलाई ४० दिनको १ पटक ३–५ दिन सम्म लगातार मासुमा सुई दिने । सानो पशुलाई १० दिनको १ पटक ३–५ दिन सम्म लगातार मासुमा पेन्सिलिनको सुई दिने । मुखको घाउमा पोटासियम परम्याग्नेट १:२००० वा एक्रीफाविन १:५००० को झोलले सफा गरी एलुम + बोरेक्सं + ग्ल्यासिरिन मिलाई बनाएको मलम मुखको घाउमा लगाई दिने | खुरको घाउमा फिनेल पानीले सफा गरी हिमेक्स मलम लगाई दिने ।
सुगुरको ज्वरो यो सबै उमेरका सुगुर, बंगुर, बदेलमा विषाणुबाट लाग्ने तीक्ष्ण प्रकारको अति डरलाग्दो सरुवा रोग हो । यसको प्रकोप महामारीको रुपमा फैलियो भने साना उमेरका पाठा पाठीलाई बढी असर पुर्याउँछ ।
लक्षणहरु
- ज्वरो १०७ सम्म आउने र ज्वरो एक हप्ता सम्म एकनासले रही रहने |
- पशु झोक्रिने, पुच्छर तल झार्ने, टाउको पछाडी लैजाने, ठाडो गर्न नसक्ने, बढी तिर्खाउने कहिले काही वान्ता गर्ने ।
- दिसा कब्जीयत हुने |
- नाक,कान, पेटको तल्लो भाग, तिघ्राको भित्री भागको छाला तातो हुने छाला निलो तथा रातो धर्काहरु देखिने |
- कहिले काही निलो र रातो धर्का भएको ठाउबाट रगत पनि बग्ने ।
- आँखा रातो हुने, आखाँबाट आसु र नाकबाट सिगान वगाउने, सिगान पिप जस्तो देखिन्छ । दाँत किटकिट गर्ने । निमोनिया जस्ता लक्षण देखाउने । हिड्दा लरखराउने र पछि पक्षघात हुने । पशु व्याउने छ भने तुहिन्छ ।
- कानको टुप्पोमा कालो रंगको दाग देखिने र कुहिने, पछिपुच्छर, योनी, थुतोनाको भागकुहीने, आखाँका परेलाटाँसीने ।
यो रोग वीषाणुबाट लाग्ने भएकोले यसको उपचार लाभदायक हुँदैन । तर रोग फैलिनबाट रोक्न सल्फोनामाईड २-३ बोलस ठुलो र १-२ बोलस सानो बंगुरलाई खुदो र सख्खर घोली दिनको २ पटक सञ्चो नभए सम्म खुवाउने |
यो कलेजो र पित्त थैलीमा लाग्ने हानीकारक आन्तरिक च्याप्टे जुका हो । नाम्ले लाग्दा बंगुरको कोखा उकासीदैन । कहिले काही खोक्छ । रौ सजिलैसंग उखेलिन्छ । पातालो र गनाउने दिशा छेर्छ | माटो चाट्छ, च्यापु सुनिन्छ । आँखाको कोष सेतो देखिन्छ र उत्पादन घट्छ । अन्तिममा हाड र छालामात्र भएर पशु मर्दछ ।
उपचार: क्सिक्लोजानाईड ३० एम एल वा १ बोलस प्रति १०० केजी शारीरिक तौलको आधारमा खुवाउने
रोकथाम: रोकथामको लागि बंगुरको दिसा परिक्षण गरि नियमित औषधि खुवाउने |
लक्षण
पशुले एक्कासी खोक्ने र श्वास फेर्न गाह्रो हुने । पशु दुब्लाउदै जाने । कहिले काही छेर्ने ।आखाँको कोष सेतो देखिने । पशु झोक्राएर टाउको तल पारेर वस्छ । विस्तारै विरामी हुन्छन्, उत्पादनमा ह्रास आउछ । ह्याकुलोमा हातले हिर्काएमा पशुले खोक्छ । श्वास फेर्दा स्पष्ट करङ चलेको देखिन्छ ।
उपचार
टेटट्रामिसोल १-३ ग्राम खुदो/भातको माडसंग घोलेर एक पटक मुखबाट खुवाउने ।अथवा एनबेन्डाजोल ५ मिलि ग्राम प्रति केजी शारीरिक तौलको आधारमा खुदोसंग घोलेर एक पटक मुखबाट खुवाउने ।
जुम्रा, किर्ना, उपियाँ, माईटस,नाकको जुका
लक्षण: बाहय परजीवी परेका पशुपंक्षीहरु दुब्लो र पातलो देखिन्छन् । शरीर चिलाउँछ । रौं खस्रो र जिङरिङ्ग परेका हुन्छ । रौं, पखेटामा लिखा र छालामा जुम्रा देखिन्छ ।पशु छटपटाउँछ र उत्तेजित हुन्छन् ।
उपचार: मलाथीयन पाउडर १ भागमा १० भाग खरानी मिसाउने र हप्ताको १ पटक ३ हप्ता सम्म शरीरमा लगाई दिने ।
रोकथाम : स्सागुरो ठाउँमा धेरै पशु नबाँध्ने । गोठ सफा राख्ने ।पौष्टिक युक्त दाना पानी घाँसपात खुवाउने, पशुपंक्षीहरुको शरीर सफा राख्ने ।
अन्य व्यवस्थापन
- बंगुरको गर्भावधि ११४ दिन भएकोले एक हप्ता अगावै प्रसुती खेरमा सार्नुपर्छ ।
- ३ दिन अघिदेखि दानाको मात्रा घटाएर १ केजी बनाउने ।
- ब्याउनुभन्दा एक महिनाअघिदेखि दाना वृद्धि गर्ने । साधारणतया प्रतिदिन ३०० ग्रामका दरले ।
- थोरै संख्यामा पाठापाठी जन्माउने र १० बेदभन्दा धेरै ब्याएको माउ हटाउनुपर्छ ।
- बाहिरबाट ल्याएको गारबेज पकाएर मात्र खुवाउनुपर्छ ।
बंगुर नस्ल सुधार
भाले खोज्दा देखिने लक्षण
- बेचैन हुने
- प्रजनन्अंग रातो हुने
- छट्पटाउने
- खाना नखाने
- ब्याउन नसक्ने अथवा ब्याउँदा जन्माउन गाह्रो हुने माउलाई खोरबाट हटाउनुपर्छ ।
भाले खोजेको पोथी बंगुरमा बालि लगाउने उपयुक्त समय बारे जानकारी
- माउ तथा गिल्ट बंगुरको ऋतुकालमा प्रवेश हुनुभन्दा औसत २.७ दिन अगाडि देखि शुरु भै २.७ ऋतुकालपछि औसत २.४ दिनसम्म ऋतुकालका लक्षणहरु देखाइ रहन्छन् । तुलनात्मक रुपमा ऋतुकालको अवधि (समय) माउ भन्दा गिल्टमा थोरै भएको पाइन्छ । ऋतुकालमा माउ तथा गिल्टले देखाउने लक्षणहरु यस प्रकार छन्ः
- दाना मन लगाएर खाँदैन ।
- सुतबाट सेतो पदार्थ आउने गर्दछ ।
- सुत सुनिने र गुलाफी रातो देखिने गर्दछ । अरु बंगुरमाथि चढ्ने गर्दछ ।
- अरु बंगुर आफू माथि उक्लँदा वा हातले थिच्दा आनन्दसँग उभिरहने गर्दछ । ऋतुकाल शुरु भएको ३८ घण्टासम्ममा सबै डिम्बको उत्पादन भइसक्छ ।
- एक पकटको ऋतुकालमा बंगुरको कति संख्यामा डिम्ब निस्किन्छ भन्ने कुरा जात, तौल, उमेर र मौसम आदिमा भर पर्दछ ।
- साधारणतया गिल्टले तेस्रो ऋतुकालमा धेरै डिम्ब निकाल्छ ।
- अर्को कुरा हाडनाताबाट जन्मिएको गिल्ट भन्दा वर्ण शंकरबाट (खच्चड) जन्मेको गिल्टले धेरै डिम्ब उत्पादन गर्दछ ।
- भाले खोजेको बंगुरमा बाली लगाउने समय फरक फरक भए पनि साधारणतया ऋतुकालमा प्रवेश गरेको १० देखि २२.५ घण्टासम्म पहिलो पटक र २२.५ देखि ४० घण्टासम्ममा दोस्रो पटक वाली लगाउँदा धेरै पाठापाठी जन्मन्छन्।
माउको छनौट
- हाडनाता नपर्ने, लामो शरीर भएका, धेरै पाठापाठी जन्माउने, कुनै पनि रोग नलागेका पोथी बंगुरलाई माउको रूपमा छनौट गर्नुपर्दछ ।
- प्रजननका लागि पोथीहरू छनोट गर्दा ५–६ महिनाको उमेरमा छानेर, उमेर आठ महिना पुगेपछि पहिलो पटक बाली लगाउनुपर्दछ ।
- थुनको सङ्ख्या धेरै भएको, थुनहरू एकैनासले दुवैतिर मिलेको, साथै लामो जिउ र हल्का छाती र टाउको भएको बङ्गुर छान्नुपर्दछ ।
गिल्टको छनौट
बाली खोज्ने समय भएको तर एकपटक पनि नब्याएको पोथी बंगुर गिल्ट हो । यस्ता गिल्टललाई रोगी तथा बुढी माउहरूको ठाउँमा प्रतिस्थापन गर्नुपर्छ । छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरू:
- सुरुदेखि नै पाठीको विशेषता पहिचान गरिरहनुपर्छ ।
- पालनपोषण गर्दा कुनै शारिरीक खराबी देखिएमा त्यस्ता गिल्टलाई बथानबाट हटाउँदै जानुपर्छ ।
- गिल्टको कम्तीमा १२ वटा राम्रो थुन हुनुपर्छ । सुपरन्युमरेरी थुन, उल्टो थुन वा थुनको फेदमा बोसो भएमा त्यस्ता पाठीलाई छनौट गर्नुहुँदैन ।
- ९–१० पाठापाठी प्रतिवेत दिने माउबाट गिल्ट छनौट गर्नुपर्छ ।
- बाहिरबाट देखिन प्रजनन्अंगहरू राम्रोसँग विकास भएको हुनुपर्छ ।
- छोटो कदको, थुतुनो र बंगारा सानो भएको अगाडिको खुट्टाको पाता र छाती सानो भएका, खुट्टाहरू साना भएका गिल्ट छनौट गर्नुहुँदैन ।
- गिल्टले सात महिनामा भाले खोजे पनि ८–९ महिनाको उमेरमा मात्र भालेसँग मिसाउनुपर्छ ।
प्रजनन् भाले छनौट
धेरै पाठापाठी जन्माई राम्रोसँग हुर्काउन सक्ने आमाबाट जन्मेको पाठालाई भाले छनौट गर्नुपर्छ । बलियो खुट्टा भएका भालेलाई पहिलोपटक ८ महिनामा प्रजननको लागि प्रयोग गर्नुपर्छ । हाड नाता हुन नदिन भालेलाई प्रतिस्थापन गर्नुपर्छ । प्रजननको लागि प्रयोग गरिने भाले ३०–३६ महिनाको उमेरसम्म प्रयोग गर्न सकिन्छ । तर, १०–१२ महिनादेखि नै प्रजनन (हप्ताको एकपटक) गराउन सकिन्छ । २० वटा पोथीका लागि एउटा परिपक्व र एउटा भर्खरको गरी २ वटा भाले बङ्गुर जरुरी हुन्छ ।
वर्ण संकर गराउनुका फाइदा
फरकफरक जातका वंगुरबीच प्रजनन गराउँदा फाइदा हुन्छ । वर्णसंकर गराउँदा प्रतिवेतमा सरदर १२ पाठापाठी जन्मिन्छन्। यसरी जन्मेका पाठापाठी बलियो, स्वस्थ, रोग कम लाग्ने र तौल छिटो बढ्ने हुन्छन्। जस्तै : पोथी ह्यापसायर र भाले ल्याण्डरेस वर्णसंकर : ह्याम्सायर र ल्याण्डरेस
अन्य जानकारी
- ८ देखि ९ महिनाको उमेरमा ६० देखि ८० केजी शारीरिक तौल भएको लाई पहिलो पटक भाले खोजेकोमा भाले सँग नमिसाई दोस्रोपटक मिसाउनु पर्छ
- १० महिना भए पछि पनि भाले नखोजेमा, उमेर र शारीरिक तौल पुगेर पनि वली नगएमा, वालि लाग्ने तर लगातार उल्टी रहेमा, धेरै मोटो तथा धेरै दुब्लो भएमा त्यसलाई हटाउनु पर्छ
- वीर ८-९ महिनाको उमेर पुग्दा शारीरिक तौल ८० केजी। भन्दा बढी हुन्छ र अण्डकोष र लिङ्गको प्रशस्त विकास भैसकेपछि मात्र हप्ताको १ वा २ पटक वालि लगाउनु राम्रो हुन्छ
- सन्तुलित आहारा र वीरको राम्रो व्यवस्थापन भएको खण्डमा ३ दिनको अन्तरालमा अर्थात हप्तामा २ देखि ४ पटक सम्म पनि वालि लगाउन सकिन्छ
- एउटा वीरलाई ७-८ वर्ष सम्म वालि लगाउन सकिएता पनि ३-४ वर्षको उमेर सम्म प्रजननको लागि प्रयोग गर्नु राम्रो हुन्छ
- यदि एक पटक मात्र गर्भाधान गराउने हो भने भुनीलाई भाले खोजेको २४ देखि ३० घण्टामा र वयस्क पोथीलाई २८ देखि ३६ घण्टा भित्र भाले लगाउने वा तरल तथा जमेको वीर्यले कृतिम गर्भाधान गराउने
- दुई पटक गर्ने हो भने भुनीलाई १२ घण्टामा पहिलो पटक र २४ घण्टामा दोस्रो पटक अनिवयस्क पोथीलाई २४ घण्टामा पहिलोपटक र ३६ घण्टामा दोस्रो पटक भाले लगाउने वा तरल तथा जमेको वीर्यले कृतिम गर्भाधान गराउने
- बंगुरमा हाडनाता नपरोस भन्न ३ वा ३ भन्दा बढी जातहरुलाई पालै पालो क्रस गराउनु पर्छ
| कार्य विवरण | महिना १ | महिना २ | महिना ३ | महिना ४ | |||||||
| चिन्ह लगाउने |
֎
|
||||||||||
| दात काट्ने |
֎
|
||||||||||
| वन्ध्याकरण |
֎
|
||||||||||
| जुका विरुद्ध औषधि |
֎
|
֎ |
|||||||||
| स्वाइन फिभर रोग विरुद्ध लगाइने खोप |
֎
|
||||||||||
| माउसँग छुट्ट्याएर राख्ने |
֎
|
||||||||||
| प्रजनन्को लागि भाले छनोट |
֎
|
||||||||||
नेपालमा बङ्गुर मासुको माग बढी रहेको अवस्था छ । अझ पाख्रीबास कालो बङ्गुरको मासु गुणस्तर र कम बोसो हुने कारणले बढी मन पराएइको पाइन्छ । तसर्थ यसको व्यावसायिक पालन बढ्दो छ । बङ्गुर पालन ग्रामीण क्षेत्रमा साना किसानले कम लगानीमा आयआर्जन गर्ने प्रमुख व्यवसाय हो । अध्ययनअनुसार स्थानीय स्तरमा घरेलु खाद्य उत्पादन, घाँसपात तथा अन्य स्रोतको उपयोग गरी साना किसानहरूले १० देखि १५ माउ बङ्गुरहरू पाल्न सक्दछन् । माउ १ वर्षमा २ पटक ब्याउन सक्ने र साधारणतया प्रतिमाउ प्रति वर्ष १० गोटासम्म पाठापाठी उत्पादन हुने र वयष्क माउ र भाले बङ्गुरको औसत तौल १५० देखि १७० किलोग्रामसम्म हुने आधारमा व्यावसायिक पाख्रिबास बङ्गुरपालनबाट उच्च फाइदा हुने देखिएको छ ।
श्रोत: कृषि अनुसन्धान केन्द्र, पाख्रीबास, धनकुटा
