परिचय

महत्व
  1. तौलको अनुपातमा बंगुरबाट प्राप्त हुने खाना लाएक मासु बढी (६०—८० प्रतिशत) छ ।
  2. बंगुर छिटो बढ्छ र बंगुरमा गरिएको लगानीबाट प्राप्त हुने प्रतिफल पनि बढी छ ।

नस्लहरु

जात
  1. स्थानीय जातमा च्वाचे (३५ केजी), हुर्रा (४६ केजी), बामपुड्के (२५ केजी) पाल्न सकिन्छ |
  2. यिनीहरुको उत्पादन कम भए पनि मासु भने स्वादिस्ठ हुने हुँदा ग्रामिण भेगमा लोकप्रिय छ |
  3. हेम्प्शायर (३००केजी) पाल्न सकिन्छ |
  4. यिनीहरुको उत्पादन स्थानीयको भन्दा बढी हुन्छ | यी जातहरु पूर्वी नेपालमा लोकप्रिय छन् | त्यस्तै सेतो जातमा ल्यान्ड्रेस (४०० केजी), योर्कसायर (३७५ केजी) र ड्युरोक (३४० केजी) पाल्न सकिन्छ |
  5. जादै बढ़ने र ठुलो हुने हुँदा यी जातहरु व्यबसायिक रुपमा पाल्न उपयुक्त छन् |

आवास व्यवस्थापन

खुला प्रणाली

प्रजनन योग्य भाले

क्षेत्रफल (बर्ग मीटर) ६.२५ – ७.५  
लम्बाई र चौडाई (मीटर) २.५*२.५ - २.५*३
खुला ठाउँ (बर्ग मीटर) ८.८ – १२
खुला खोरमा राख्न सकिने संख्या एक

 

प्रजनन योग्य पोथी

क्षेत्रफल (बर्ग मीटर) ७.५ – ९
लम्बाई र चौडाई (मीटर)  २.५*३ – ३*३ 
खुला ठाउँ (बर्ग मीटर) ८.८ – १२.० 
खुला खोरमा राख्न सकिने संख्या एक

 

माउ छुट्टयाइएको पाठा पाठी

क्षेत्रफल (बर्ग मीटर) ०.९६ – १.८ 
लम्बाई र चौडाई (मीटर) ०.८*१.२ –१.२*१.५
खुला ठाउँ (बर्ग मीटर) ८.८ – १२
खुला खोरमा राख्न सकिने संख्या १०–१२

 

थारो पोथी

क्षेत्रफल (बर्ग मीटर) १.८ – २.७
लम्बाई र चौडाई (मीटर) १.२*१.५ – १.८ *१.५
खुला ठाउँ (बर्ग मीटर) १.४ – १.८
खुला खोरमा राख्न सकिने संख्या २ – १०
थुनुवा प्रणाली

थुनुवा गरी पाल्दा बंगुरलाई आवश्यक पर्ने न्यूनतम ठाउँ

प्रकार

क्षेत्रफल (बर्ग मीटर)

भाले

४.४०

पोथी

१.३२

प्रसूतिकक्ष

३.६०

प्रसूतिखोर

१.३२

थपन्यानो दिने बाकस

०.०४ 

दूधचुस्ने पाठापाठी

०.३० 

छतौरा छतौरी

१.००

पाठापाठी हुर्काउने खोरको मापदण्ड
  1. प्रति पाठापाठी ०.३ वर्गमीटर ठाउँ हुनुपर्ने ।
  2. एउटा कोठामा १६–२४ पाठापाठी राख्ने ।
  3. ८–१२ पाठापाठीको समूह बनार्ई अस्थायी बारले अलग–अलग समूहमा छुट्याउने ।
  4. चारवटा पाठापाठीको लागि १.५ मीटर लम्बाईको एउटा दानाको भाडा व्यवस्था गर्ने ।
  5. भर्खरै माउ छुटाएका पाठापाठीलाई न्यानो भागमा राख्ने जसको लागि काठको बक्सा बनाएर पराल तथा भुस राखी बल्ब बाल्नु पर्छ |

आहार व्यवस्थापन

कच्चा पदार्थ

जन्मेको २४ घण्टा भित्र पाठापाठीलाई बिगौती खुवाउनु जरुरी छ । भर्खरका पाठापाठीको लागि बनाइएको दाना (creep feed) मा १९–२० प्रतिशत प्रोटीन हुनुपर्छ ।

क्र.सं.

कच्चा पदार्थ हिस्सा

 हिस्सा (%)

पहेलो मकैको पिठो 

४०

स्कीम मिल्क पाउडर 

१०

३ 

बदामको पीना

१०

४ 

तिलको पीना 

१०

गहुको चोकर 

१०

६ 

खुदो 

१०

७ 

माछाको धुलो 

कट (जाड रक्सी बनाउदाको छोक्रा)

९ 

खनिजमिश्रण

१० 

भिटामिन 

०.०००१

 

जम्मा

 १००.०००१

  • पाठापाठी हुर्काईरहेको पोथीले दिनमा ४ देखि ७ के.जी. दाना खान्छ।
  • पोथीमा लागि रहेको भालेलाई दिनमा ३ के.जी.दाना दिनु जरुरी हुन्छ ।
  • दाना दिनलाई डुडहरु प्रयोग गरिने भए प्रति बंगुर आठ हप्ताको उमेरसम्म ०.१५ मीटर, छतौरा छतौरीलाई ०.३ मीटर र प्रजननको माउ तथा भालेलाई ०.४५ मीटर ठाउँ आवश्यक पर्छ । 
स्थानीय कच्चा पदार्थ

बङ्गुर एउटा नउग्राउने पशु भएकाले घाँस पराल राम्ररी नपचाउने भए तापनि नरम खालको र पोसिलो घाँसलाई यसको आहारामा २०% सम्म मिसाउन सकिन्छ । विभिन्न कच्चा पदार्थहरू प्रयोग गरी दाना तयार पारेर बङ्गुरलाई खुवाउँदा बढी मुनाफा लिन सकिन्छ । बङ्गुरको आहारा व्यवस्थापन तल उल्लेख गरिएअनुसार दाना मिश्रणको अनुपात मिलाई गर्न सिफारिस गरिएको छ । सामान्यतया बङ्गुरलाई उसले खाने एक के.जी. दाना बराबर २–३ लिटर पानी चाहिन्छ ।

स्थानीय कच्चा पदार्थ प्रयोग गरी १०० के.जी. दानातयार पार्ने तरिका
(सबै के.जी. मा)

कच्चा पदार्थ

माउ छुटाएका पाठा पाठीको दाना

छतौरा छतौरीको दाना

वयश्क बंगुरको दाना

 पहेलो मकै 

५६

५० 

५०

ब्रानखली

४ 

१०

१८

खुदो (मोल्यासस)

१०

१०

माछाको धुलो

 ८ 

 ८ 

भटमास पीना

२२ 

२०

तोरी पीना

० 

२ 

डाई क्याल्सिअम फस्फेट

 ०.७५ 

 ०.७५ 

 ०.७५ 

अनिज मिश्रण 

०.५

०.५

०.५

फाइटेज

०.०१

०.०१

०.०१

नुन

०.५

०.५

०.५

नेफ्टीन

०.२

०.२

०.२

जिंक अक्साइड

०.२५

०.१२५

०.०२५

जम्मा

१००.२१  

१००.०८५

९९.९८५

हेरचाह

पाठापाठी जन्मिएको वा अड्किएको अनुमान गर्ने
  1. बंगुर ब्याउँदा कुनै किसिमको होहल्ला गर्दैन र साधारणतया रातमा ब्याउँछ । 
  2. बंगुर सुरुको १–२ घण्टाभित्र नै ब्याइसक्छ ।
  3. ब्याउन सुरु गरेको ५ घण्टासम्म पनि बाँकी पठापाठी जन्मिएन भने चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
  4. ब्याएपछि बंगुरलाई तुरुन्तै सफा मनतातो पानीमा थोरै चिनी वा खुदो वा ग्लुकोज वा मकैको पिठो मिसाएर खुवाउनुपर्छ ।
पाठापाठीको स्याहार
  1. पाठापाठी जन्मने वित्तिकै नाक मुख तथा शरीरका अन्य भागहरूमा पातलो झिल्ली टाँसिएको हुन्छ, त्यसलाई सफा तथा नरम कपडाले सफा गर्नुपर्छ । 
  2. पाठापाठी जन्मिएको केही समयपछि नाभी काट्नुपर्छ र नाभीलाई आयोडिन घोलमा डुबाउनुपर्छ ।
  3. यदि श्वास फेर्न गाह्रो भएमा कृत्रिम स्वास फेराउनुपर्छ छातीमा हल्कासँग मालिस गर्नुपर्छ ।
  4. दूध खाए–नखाएको हेरी कमजोर पाठापाठीलाई दूध चुस्न सहयोग गर्नुपर्छ ।
  5. यदि माउको दूध कम आएमा बाख्रा वा गाईको दूध दिनुपर्छ अथवा थोरै चिनीको घोल मिसाएर दिनुपर्छ ।
  6. यदि माउले पाठापाठीलाई दूध खान नदिएमा अर्को माउसँग राखी दिनुपर्छ । 
  7. पाठापाठीमा तिखो दाँत हुन्छ जसले माउको थुनमा चोट लगाउन सक्छ । तसर्थ तीखो दाँत काटिदिनुपर्छ ।
  8. पाठापाठीमा आइरन स्टोर गरेर राख्न सक्ने क्षमता हुँदैन त्यसकारण रक्त अल्पताबाट मृत्युदर कम गर्न अनिवार्यरूपमा आइरन दिनुपर्छ । ३ दिनमा एक एमएल र दसौँ दिनमा २ एमएल आइरन सुईमार्फत दिने ।
  9. यदि चिसो मौसम छ भने तापक्रम मिलाउनु आवश्यक हुन्छ । 
  10. साधारणतया ३५ दिनमा दूध छुटाइन्छ र पाठापाठीको खोरमा राख्ने ।
  11. पाठापाठी थिचिएर मर्न सक्छन्, त्यसकारण खोरमा रेल बनाउनुपर्छ । 
  12. पाठापाठीलाई पहिचानका लागि चिन्ह लगाउनुपर्छ ।

स्वास्थ्य व्यवस्थापन

स्वास्थ्य व्यवस्थापन

समय–समयमा जुकाको औषधी र खोप लगाउँदा महामारी रोगबाट बङ्गुरलाई बचाउन सकिन्छ । जुकाको औषधी खुवाउने समय पाठापाठीको लागि पहिलो पटक ४–५ हप्ताको उमेरमा, त्यसपछि वर्षको ३ पटक अल्बेण्डाजोल, र फेन्बेन्डाजोल खुवाउने ।

बंगुरपालन गर्ने मानिसहरुले बंगुरलाई रोग लागिसकेपछि उपचारमा धेरै पैसा खर्च गरेको पाइन्छ । तसर्थ  बंगुरलाई रोग लाग्नै नदिने उपायहरुको कार्यान्वयन गर्नु राम्रो हुन्छ । बंगुरहरुलाई रोग नलागोस भनेर निम्न उपायहरु गर्न सकिन्छ । 

  1. बंगुरको खोरमा प्रवेश गर्ने कीटाणु, विषाणु र ढुसीका स्रोतलाई नियन्त्रण गर्न ढोकामा र वरिपरि चुन, फिनेल आदि छरिरहनु पर्दछ । 
  2. बंगुर तथा बंगुर बस्ने खोर सधैं सफा गर्ने । 
  3. खोरमा नयाँ बंगुर प्रवेश गराउँदा रोग लागेको हुनु हुँदैन । 
  4. दुईवटा खोरको दुरी १ कि. मिटर हुनुपर्दछ । बंगुरको खोरमा दिने पानीको स्रोत कीटाणु, विषाणु र  ढुसी नभएको हुनुपर्दछ । 
  5. बंगुरको स्याहार सुसार गर्ने मानिस लगायत अन्य खोरमा पस्ने मानिसले हात खुट्टाका नङ्ग काटेर  साबुन पानीले सफा गरेर लगाएको लुगा (किटाणु रहित लुगा) लगाएर प्रवेश गर्नुपर्दछ । खोरको  भाँडाकुँडा सधैं सफा गर्नु पर्दछ । 
  6. खोरको वरिपरिको क्षेत्रमा समय समयमा चुन, फिनेल छरिरहनु पर्दछ । 
  7. बंगुरलाई दाना खुवाउन भन्दा एक दिन अगावै हावा आवतजावत गर्ने कोठामा खाना राखेर  फ्यूमिगेशन गरेर मात्र खुवाउनु पर्दछ । 
  8. बंगुरको मलमुत्र एक ठाउँमा थुपारी कुहिए पछि खेतबारीमा प्रयोग गनुपर्दछ । ∙बंगुरलाई खुला ठाउँमा काट्नु हुँदैन । 
  9. बंगुरले खोर बाहिर हिड्डुल गर्ने खुला ठाउँमा कीरा तथा चराहरु पस्न नसक्ने गरी नाइलन तथा तार जालीले बेरि दिनुपर्दछ । 
भ्यागुते

यो कहिले काही बंगुरमा लाग्ने भयानक सरुवा रोग हो । यो रोग प्रार्य जसो वर्षा सुरु हुनु भन्दा अगाडी लाग्छ । गरम हावापानी भएको ठाउँमा यसको प्रकोप बढी हुन्छ । यसको असरले पशु १२ देखि ४८ घण्टा भित्र मृत्यु हुन्छ ।

लक्षण: खाना वन्द गर्ने,दाँत किट्किट् गर्ने, पशुको घाँटी, टाउको, ह्याकुलो, जिव्रो पुच्छर सुनिन्छ, सुनिएको भागकडा र तातो हुने,पशुलेदुखेको महशुस गर्दछ, मुखबाट र्याल, नाकबाट पानी बगाउने, आँखा रातो हुने, आँखाबाटआँसु आउने,कान लत्रिने,जिव्रो बाहिर निकाल्ने, सास फेर्दा घ्यार घ्यार आवाज आउने,पेट फुल्ने र पेटको चाल वन्द हुने |

उपचार: बायोट्रिम र ओरिप्रिमरसुल्कोप्रिम १ एम एल प्रति केजी शारीरिक तौलको आधारमा दिनको एक पटक ५ दिन सम्म नसामा ईन्जेक्सन दिने | साथै यो रोग नलागोस भन्नको लागि यो रोग विरुद्ध भ्याक्सिन दिने |

खोरेत

लक्षण: १०४ देखी १०६ फरेन्हाइट जोरो आउछ,र्याल काँढ्छ ,मुख, गिजा र जिव्रोमा स–सानाफोकाहरु देखिन्छ, जुन पछि फोका फुटेर घाउ हुन्छ । खुरको कापा र वरीपरीको मासुमा घाउ हुन्छ ।कल्चौडो, थुनमा समेत स साना फोका देखिन्छन् । बाक्लो रङ्ग हिनफिंज जस्तो र्याल मुखबाट झरिरहन्छ । 

उपचार: यो रोग वीषाणुबाट लाग्ने भएकोले यसको औषधि उपचार लाभदायक हुँदैन । तर रोग फैलिनबाट रोक्न ठूलो पशुलाई ४० दिनको १ पटक ३–५ दिन सम्म लगातार मासुमा सुई दिने । सानो पशुलाई  १० दिनको १ पटक ३–५ दिन सम्म लगातार मासुमा पेन्सिलिनको सुई दिने । मुखको घाउमा पोटासियम परम्याग्नेट १:२००० वा एक्रीफाविन १:५००० को झोलले सफा गरी एलुम + बोरेक्सं + ग्ल्यासिरिन मिलाई बनाएको मलम मुखको घाउमा लगाई दिने | खुरको घाउमा फिनेल पानीले सफा गरी हिमेक्स मलम लगाई दिने ।

सुगुरको हैजा

सुगुरको ज्वरो यो सबै उमेरका सुगुर, बंगुर, बदेलमा विषाणुबाट लाग्ने तीक्ष्ण प्रकारको अति डरलाग्दो सरुवा रोग हो । यसको प्रकोप महामारीको रुपमा फैलियो भने साना उमेरका पाठा पाठीलाई बढी असर पुर्याउँछ । 

लक्षणहरु 

  1. ज्वरो १०७ सम्म आउने र ज्वरो एक हप्ता सम्म एकनासले रही रहने |
  2. पशु झोक्रिने, पुच्छर तल झार्ने, टाउको पछाडी लैजाने, ठाडो गर्न नसक्ने, बढी तिर्खाउने कहिले काही वान्ता गर्ने ।
  3. दिसा कब्जीयत हुने |
  4. नाक,कान, पेटको तल्लो भाग, तिघ्राको भित्री भागको छाला तातो हुने छाला निलो तथा रातो धर्काहरु देखिने |
  5. कहिले काही निलो र रातो धर्का भएको ठाउबाट रगत पनि बग्ने ।
  6. आँखा रातो हुने, आखाँबाट आसु र नाकबाट सिगान वगाउने, सिगान पिप जस्तो देखिन्छ । दाँत किटकिट गर्ने । निमोनिया जस्ता लक्षण देखाउने । हिड्दा लरखराउने र पछि पक्षघात हुने । पशु व्याउने छ भने तुहिन्छ ।
  7. कानको टुप्पोमा कालो रंगको दाग देखिने र कुहिने, पछिपुच्छर, योनी, थुतोनाको भागकुहीने, आखाँका परेलाटाँसीने । 

    यो रोग वीषाणुबाट लाग्ने भएकोले यसको उपचार लाभदायक हुँदैन । तर रोग फैलिनबाट रोक्न सल्फोनामाईड २-३ बोलस ठुलो र १-२ बोलस सानो बंगुरलाई खुदो र सख्खर घोली दिनको २ पटक सञ्चो नभए सम्म खुवाउने |
नाम्ले/माटे

यो कलेजो र पित्त थैलीमा लाग्ने हानीकारक आन्तरिक च्याप्टे जुका हो । नाम्ले लाग्दा बंगुरको कोखा उकासीदैन । कहिले काही खोक्छ । रौ सजिलैसंग उखेलिन्छ । पातालो र गनाउने दिशा छेर्छ | माटो चाट्छ, च्यापु सुनिन्छ । आँखाको कोष सेतो देखिन्छ र उत्पादन घट्छ । अन्तिममा हाड र छालामात्र भएर पशु मर्दछ ।

उपचार: क्सिक्लोजानाईड ३० एम एल वा १ बोलस प्रति १०० केजी शारीरिक तौलको आधारमा खुवाउने 

रोकथाम: रोकथामको लागि बंगुरको दिसा परिक्षण गरि नियमित औषधि खुवाउने |

गोलो जुका

लक्षण
पशुले एक्कासी खोक्ने र श्वास फेर्न गाह्रो हुने । पशु दुब्लाउदै जाने । कहिले काही छेर्ने ।आखाँको कोष सेतो देखिने । पशु झोक्राएर टाउको तल पारेर वस्छ । विस्तारै विरामी हुन्छन्, उत्पादनमा ह्रास आउछ । ह्याकुलोमा हातले हिर्काएमा पशुले खोक्छ । श्वास फेर्दा स्पष्ट करङ चलेको देखिन्छ । 

उपचार
टेटट्रामिसोल १-३ ग्राम खुदो/भातको माडसंग घोलेर एक पटक मुखबाट खुवाउने ।अथवा एनबेन्डाजोल ५ मिलि ग्राम प्रति केजी शारीरिक तौलको आधारमा खुदोसंग घोलेर एक पटक मुखबाट खुवाउने ।

बाहिरी परजीवी

जुम्रा, किर्ना, उपियाँ, माईटस,नाकको जुका

लक्षण: बाहय परजीवी परेका पशुपंक्षीहरु दुब्लो र पातलो देखिन्छन् । शरीर चिलाउँछ ।  रौं खस्रो र जिङरिङ्ग परेका हुन्छ । रौं, पखेटामा लिखा र छालामा जुम्रा देखिन्छ ।पशु छटपटाउँछ र उत्तेजित हुन्छन् ।   

उपचार: मलाथीयन पाउडर १ भागमा १० भाग खरानी मिसाउने र हप्ताको १ पटक ३ हप्ता सम्म शरीरमा लगाई दिने । 

रोकथाम : स्सागुरो ठाउँमा धेरै पशु नबाँध्ने । गोठ सफा राख्ने ।पौष्टिक युक्त दाना पानी घाँसपात खुवाउने, पशुपंक्षीहरुको शरीर सफा राख्ने ।

अन्य व्यवस्थापन

बंगुर माउ व्यवस्थापन
  1. बंगुरको गर्भावधि ११४ दिन भएकोले एक हप्ता अगावै प्रसुती खेरमा सार्नुपर्छ ।
  2. ३ दिन अघिदेखि दानाको मात्रा घटाएर १ केजी बनाउने ।
  3. ब्याउनुभन्दा एक महिनाअघिदेखि दाना वृद्धि गर्ने । साधारणतया प्रतिदिन ३०० ग्रामका दरले ।
  4. थोरै संख्यामा पाठापाठी जन्माउने र १० बेदभन्दा धेरै ब्याएको माउ हटाउनुपर्छ ।
  5. बाहिरबाट ल्याएको गारबेज पकाएर मात्र खुवाउनुपर्छ ।
प्रजनन व्यवस्थापन

बंगुर नस्ल सुधार

भाले खोज्दा देखिने लक्षण
  1. बेचैन हुने 
  2. प्रजनन्अंग रातो हुने
  3. छट्पटाउने 
  4. खाना नखाने 
  5. ब्याउन नसक्ने अथवा ब्याउँदा जन्माउन गाह्रो हुने माउलाई खोरबाट हटाउनुपर्छ ।
भाले खोजेको पोथी बंगुरमा बालि लगाउने उपयुक्त समय बारे जानकारी
  1. माउ तथा गिल्ट बंगुरको ऋतुकालमा प्रवेश हुनुभन्दा औसत २.७ दिन अगाडि देखि शुरु भै २.७  ऋतुकालपछि औसत २.४ दिनसम्म ऋतुकालका लक्षणहरु देखाइ रहन्छन् । तुलनात्मक रुपमा  ऋतुकालको अवधि (समय) माउ भन्दा गिल्टमा थोरै भएको पाइन्छ । ऋतुकालमा माउ तथा गिल्टले  देखाउने लक्षणहरु यस प्रकार छन्ः 
  2. दाना मन लगाएर खाँदैन । 
  3. सुतबाट सेतो पदार्थ आउने गर्दछ । 
  4. सुत सुनिने र गुलाफी रातो देखिने गर्दछ । अरु बंगुरमाथि चढ्ने गर्दछ । 
  5. अरु बंगुर आफू माथि उक्लँदा वा हातले थिच्दा आनन्दसँग उभिरहने गर्दछ । ऋतुकाल शुरु भएको ३८ घण्टासम्ममा सबै डिम्बको उत्पादन भइसक्छ । 
  6. एक पकटको ऋतुकालमा बंगुरको कति संख्यामा डिम्ब निस्किन्छ भन्ने कुरा जात, तौल, उमेर र  मौसम आदिमा भर पर्दछ । 
  7. साधारणतया गिल्टले तेस्रो ऋतुकालमा धेरै डिम्ब निकाल्छ । 
  8. अर्को कुरा हाडनाताबाट जन्मिएको गिल्ट भन्दा वर्ण शंकरबाट (खच्चड) जन्मेको गिल्टले धेरै डिम्ब  उत्पादन गर्दछ । 
  9. भाले खोजेको बंगुरमा बाली लगाउने समय फरक फरक भए पनि साधारणतया ऋतुकालमा प्रवेश  गरेको १० देखि २२.५ घण्टासम्म पहिलो पटक र २२.५ देखि ४० घण्टासम्ममा दोस्रो पटक वाली  लगाउँदा धेरै पाठापाठी जन्मन्छन्। 
माउको छनौट
  • हाडनाता नपर्ने, लामो शरीर भएका, धेरै पाठापाठी जन्माउने, कुनै पनि रोग नलागेका पोथी बंगुरलाई माउको रूपमा छनौट गर्नुपर्दछ ।
  • प्रजननका लागि पोथीहरू छनोट गर्दा ५–६ महिनाको उमेरमा छानेर, उमेर आठ महिना पुगेपछि पहिलो पटक बाली लगाउनुपर्दछ ।
  • थुनको सङ्ख्या धेरै भएको, थुनहरू एकैनासले दुवैतिर मिलेको, साथै लामो जिउ र हल्का छाती र टाउको भएको बङ्गुर छान्नुपर्दछ ।
गिल्टको छनौट

बाली खोज्ने समय भएको तर एकपटक पनि नब्याएको पोथी बंगुर गिल्ट हो । यस्ता गिल्टललाई रोगी तथा बुढी माउहरूको ठाउँमा प्रतिस्थापन गर्नुपर्छ । छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरू:

  1. सुरुदेखि नै पाठीको विशेषता पहिचान गरिरहनुपर्छ ।
  2. पालनपोषण गर्दा कुनै शारिरीक खराबी देखिएमा त्यस्ता गिल्टलाई बथानबाट हटाउँदै जानुपर्छ ।
  3. गिल्टको कम्तीमा १२ वटा राम्रो थुन हुनुपर्छ । सुपरन्युमरेरी थुन, उल्टो थुन वा थुनको फेदमा बोसो भएमा त्यस्ता पाठीलाई छनौट गर्नुहुँदैन । 
  4. ९–१० पाठापाठी प्रतिवेत दिने माउबाट गिल्ट छनौट गर्नुपर्छ । 
  5. बाहिरबाट देखिन प्रजनन्अंगहरू राम्रोसँग विकास भएको हुनुपर्छ ।
  6. छोटो कदको, थुतुनो र बंगारा सानो भएको अगाडिको खुट्टाको पाता र छाती सानो भएका, खुट्टाहरू साना भएका गिल्ट छनौट गर्नुहुँदैन ।
  7. गिल्टले सात महिनामा भाले खोजे पनि ८–९ महिनाको उमेरमा मात्र भालेसँग मिसाउनुपर्छ ।
प्रजनन् भाले छनौट

धेरै पाठापाठी जन्माई राम्रोसँग हुर्काउन सक्ने आमाबाट जन्मेको पाठालाई भाले छनौट गर्नुपर्छ । बलियो खुट्टा भएका भालेलाई पहिलोपटक ८ महिनामा प्रजननको लागि प्रयोग गर्नुपर्छ । हाड नाता हुन नदिन भालेलाई प्रतिस्थापन गर्नुपर्छ । प्रजननको लागि प्रयोग गरिने भाले ३०–३६ महिनाको उमेरसम्म प्रयोग गर्न सकिन्छ । तर, १०–१२ महिनादेखि नै प्रजनन (हप्ताको एकपटक) गराउन सकिन्छ । २० वटा पोथीका लागि एउटा परिपक्व र एउटा भर्खरको गरी २ वटा भाले बङ्गुर जरुरी हुन्छ ।

वर्ण संकर गराउनुका फाइदा

फरकफरक जातका वंगुरबीच प्रजनन गराउँदा फाइदा हुन्छ । वर्णसंकर गराउँदा प्रतिवेतमा सरदर १२ पाठापाठी जन्मिन्छन्। यसरी जन्मेका पाठापाठी बलियो, स्वस्थ, रोग कम लाग्ने र तौल छिटो बढ्ने हुन्छन्। जस्तै : पोथी ह्यापसायर र भाले ल्याण्डरेस वर्णसंकर : ह्याम्सायर र ल्याण्डरेस

अन्य जानकारी

अन्य जानकारी
  • ८ देखि ९ महिनाको उमेरमा ६० देखि ८० केजी शारीरिक तौल भएको लाई पहिलो पटक भाले खोजेकोमा भाले सँग नमिसाई दोस्रोपटक मिसाउनु पर्छ
  • १० महिना भए पछि पनि भाले नखोजेमा, उमेर र शारीरिक तौल पुगेर पनि वली नगएमा, वालि लाग्ने तर लगातार उल्टी रहेमा, धेरै मोटो तथा धेरै दुब्लो भएमा त्यसलाई हटाउनु पर्छ
  • वीर ८-९ महिनाको उमेर पुग्दा शारीरिक तौल ८० केजी। भन्दा बढी हुन्छ र अण्डकोष र लिङ्गको प्रशस्त विकास भैसकेपछि मात्र हप्ताको १ वा २ पटक वालि लगाउनु राम्रो हुन्छ
  • सन्तुलित आहारा र वीरको राम्रो व्यवस्थापन भएको खण्डमा ३ दिनको अन्तरालमा अर्थात हप्तामा २ देखि ४  पटक सम्म पनि वालि लगाउन सकिन्छ
  • एउटा वीरलाई ७-८ वर्ष सम्म वालि लगाउन सकिएता पनि ३-४ वर्षको उमेर सम्म प्रजननको लागि प्रयोग गर्नु राम्रो हुन्छ
  • यदि एक पटक मात्र गर्भाधान गराउने हो भने भुनीलाई भाले खोजेको २४ देखि ३० घण्टामा र वयस्क पोथीलाई २८ देखि ३६ घण्टा भित्र भाले लगाउने वा तरल तथा जमेको वीर्यले कृतिम गर्भाधान गराउने
  • दुई पटक गर्ने हो भने भुनीलाई १२ घण्टामा पहिलो पटक र २४ घण्टामा दोस्रो पटक अनिवयस्क पोथीलाई २४ घण्टामा पहिलोपटक र ३६ घण्टामा दोस्रो पटक भाले लगाउने वा तरल तथा जमेको वीर्यले कृतिम गर्भाधान गराउने
  • बंगुरमा हाडनाता नपरोस भन्न ३ वा ३ भन्दा बढी जातहरुलाई पालै पालो क्रस गराउनु पर्छ
कार्य तालिका
कार्य विवरण महिना १ महिना २ महिना ३ महिना ४
चिन्ह लगाउने

֎

 

           
दात काट्ने

֎

 

           
वन्ध्याकरण  

֎

 

         
जुका विरुद्ध औषधि      

֎

 

   

֎

स्वाइन फिभर रोग विरुद्ध लगाइने खोप      

֎

 

     
माउसँग छुट्ट्याएर राख्ने  

֎

 

         
प्रजनन्को लागि भाले छनोट      

֎

 

लागत तथा नाफा विश्लेषण

नेपालमा बङ्गुर मासुको माग बढी रहेको अवस्था छ । अझ पाख्रीबास कालो बङ्गुरको मासु गुणस्तर र कम बोसो हुने कारणले बढी मन पराएइको पाइन्छ । तसर्थ यसको व्यावसायिक पालन बढ्दो छ । बङ्गुर पालन ग्रामीण क्षेत्रमा साना किसानले कम लगानीमा आयआर्जन गर्ने प्रमुख व्यवसाय हो । अध्ययनअनुसार स्थानीय स्तरमा घरेलु खाद्य उत्पादन, घाँसपात तथा अन्य स्रोतको उपयोग गरी साना किसानहरूले १० देखि १५ माउ बङ्गुरहरू पाल्न सक्दछन् । माउ १ वर्षमा २ पटक ब्याउन सक्ने र साधारणतया प्रतिमाउ प्रति वर्ष १० गोटासम्म पाठापाठी उत्पादन हुने र वयष्क माउ र भाले बङ्गुरको औसत तौल १५० देखि १७० किलोग्रामसम्म हुने आधारमा व्यावसायिक पाख्रिबास बङ्गुरपालनबाट उच्च फाइदा हुने देखिएको छ ।

श्रोत: कृषि अनुसन्धान केन्द्र, पाख्रीबास, धनकुटा