भटमास एक वर्षे बाली हो । यो नेपालको द्रोस्रो दलहन बालीमा पर्दछ । यसलाई मकै तथा धानको आलीमा पनि लगाईन्छ । यसमा पर्याप्त मात्रामा प्रोटिन(४५%–५०%) पाईन्छ । प्रशस्त मात्रामा प्रोटिन पाइने हुनाले यसलाइ गरिबहरु मासु पनि भनिन्छ । भर्खरै हुर्किदै गरेको बच्चाहरुलाई पिठो बनाई आहाराको रुपमा खुवाइन्छ । यसमा भिटामिन बी, सी, तथा ई पाउनुका साथै शरिरका लागि चाहिने थुप्रै खनिज तत्वहरु पाईन्छन । यसको खेती तराई (२०%),पहाड तथा हिमाल (८०%) अर्थात मकै लगाउन मिल्ने (२००–२००० मिटर) मा गर्न सकिन्छ । तापनि यसको लागि मध्य पहाड उपयुक्त ठाउँ हो । यसमा ओमेगा–३ नामक बोसो पदार्थ पाइन्छ । यसमा लिनोलेनिक अम्ल पनि पाइन्छ जुन दिमागलाई सक्रिय बनाउनुका साथै रक्तचाप पनि घटाउँछ । यसको तेलबाट वनस्पती घ्यूँ बनाइन्छ । यसबाट निसकेको पिनालाई पशुपन्छीको आहाराको रुपमा प्रयोग गरिन्छ । यसका हरिया तथा सुकेको पातलाई गाई भैसीलाई खुवाउनुको साथै हरियो मलको रुपमा पनि प्रयोग गरिन्छ । यसले वायूमण्डलीय नाइट्रोजनलाइ जमिनमा सञ्चित गरेर राख्छ जसले गर्दा माटो उर्बरा शति बढछ । त्यसैले गर्दा यसलाई घुसुवा बालीको रुपमा पनि प्रयोग गरिन्छ ।
यसको उत्पति पूर्वी एसियामा मानिए तापनि कोरियामा यसको जङगली जातहरु प्रशस्त मात्रामा पाइन्छन । यसको खेती समान्यतया अमेरिका, चीन, ब्राजिल, मेक्सिको तथा रुसमा गरिन्छ । नेपालमा प्रायः कालो जातका भटमासको बढी खेती गरेको पाइन्छ ।













