परिचय

जानकारी

जै घाँस हिउँद याममा हरीयो घाँसको लागि तराई देखि मध्य पहाडी क्षेत्रमा उपयुत्त र लोकप्रिय घाँस हो । यसलाई असोज कार्तिकमा प्रति रोपनी ५ के.जी. बिउका दरले लगाउन सकिन्छ । रोपेको ३०–४५ दिनपछि पहिलो कटाई गरी एक महिनाको अन्तरालमा ३–४ पटकसम्म कटाई गर्न सकिन्छ । यसका जात, व्यवस्थापन तथा लगाइने क्षेत्र अनुसार प्रति रोपनी १.५ देखि ४ टनसम्म हरियो घाँस तथा ५०–२०० किलो सम्म बिउ उत्पादन हुन्छ । जै घाँसमा सरदर ७– १३% सम्म क्रुड प्रोटिन पाइन्छ ।

जातहरु

जातहरु

यसका सिफारिस जातहरु निम्नानुसार छ ।

जात

घाँस उत्पादन

(टन/हे)

बिउ उत्पादन

(टन/हे)

नेत्र

३२९१

१.०१.८

कामधेनु

५१७५

१.५३.३

स्वान

३५४५

३.९

पार्वती

६१७०

१.५२.०

गणेश

५०५७

१.६ २.३

नन्दिनी

५०५७

१.६ ३.३

अमृत धारा

५५५७

१.५ २.०

स्वान जै घाँस

स्वान जै घाँस एक प्रकारको जौ जस्तै देखिने घाँस हो । यो घाँस जौ अथवा गहुँ जस्तै उम्रन्छ । हिउँद याममा जुन बखत अरू स्थानीय घाँस हुँदैन, त्यो समयमा यो घाँसको खेती गरेर आफ्नो पशुहरूलाई हरियो घाँस खुवाई बढी उत्पादन लिन सकिन्छ । यो एउटा पौष्टिक तथा स्वादिष्ट घाँस हो । स्वान जै हिउँदको लागि एक उत्तम पोसिलो घाँस हो । अरू स्थानीय घाँस हिउँद महिनामा सुकी पशुको उत्पादन क्षमतामा ह्रास आउने भएकाले सो समयमा हरियो जै घाँस कृषकहरूले प्रयोगमा ल्याउन सक्छन् । यसले दुग्ध व्यवसायी कृषकहरूको वस्तुभाउको दुग्ध उत्पादनमा ३५% सम्म वृद्घिको साथै पशुको स्वास्थ्यमा समेत सुधार भएको पाईएको छ । यो घाँस बढी उत्पादन गराएर सुख्खा समयमा खुवाउन तथा हे बनाई राख्न सकिन्छ । जातीय गुणहरू स्वान जै घाँसको बोट १२०–१५० से.मी. उचाईको हुन्छ । रोपेको दिन देखि ११०–११३ दिन सम्म यसको फूल समय हो भने १७०–१७७ दिनमा बिउ पाक्दछ । यसको एउटा गाँजमा ८–११ वटा बोट हुन्छन्।

1

हावापानी र माटो
स्वान जै घाँसलाई तराईदेखि उच्च–पहाडसम्म खेती गर्न सकिन्छ । यसलाई जुनसुकै माटोमा खेती गर्न सके पनि बढी उब्जाउको लागि पांगो दोमट माटो सबैभन्दा राम्रो हुन्छ । पानी जम्ने ठाउँमा यसको खेती राम्रो हुँदैन ।

जमिनको तयारी
गहुँ बालीलाई जस्तै गरी २ देखि ३ पटक खनजोत गरेर जमिनको तयारी गर्नुपर्दछ । एक हेक्टरमा ५ मे.टन. गोबरमल या कम्पोस्ट मल हाल्नुपर्दछ । बढी उब्जाउ लिनलाई रासायनिक मल नाइट्रोजन ८० के.जी., फस्फोरस ६० के.जी. र पोटास ४० के.जी. प्रति हेक्टर (२० रोपनी) का दरले दिनुपर्छ ।

लगाउने समय
स्वान जै घाँस आश्विन महिनाको तेस्रो हप्तादेखि मंसिरको पहिलो हप्तासम्म माटोमा चिस्यान हेरी खनजोत गरी लगाउन सकिन्छ । उच्च पहाडी क्षेत्रमा हिँउ पग्लेपछि चैत्र वैशाखमा यसको खेती गर्न सकिन्छ ।

बिउको मात्रा
स्वान जै घाँसको बिउ प्रतिरोपनी ५–६ के.जी. अर्थात १०० देखि १२० के.जी. प्रतिहेक्टर आवश्यक पर्दछ ।

सिँचाइ
माटोको चिस्यान हेरी प्रत्येक कटाइपछि सिँचाइ सुविधा पुर्याएमा उब्जनी बढी लिन सकिन्छ । अर्थात ३ देखि ४ पटकसम्म सिचाइ गर्नुपर्दछ ।

उत्पादन
स्थानीय हावापानी, माटो, मलजलको मात्राअनुसार पनि घाँस उत्पादनमा असर पर्दछ । चरन तथा घाँसेबाली अनुसन्धान महाशाखा खुमलटारले गरेको अनुसन्धानबाट यस जातको घाँसबाट प्रतिहेक्टर हरियो घाँस ३० देखि ३५ मे.टन. र विउ ३.५ देखि ३.९ मे.टन. उत्पादन लिन सकिन्छ ।