वानस्पतिक विवरण
तरकारीको रुपमा प्रयोग गरिने मुला बिरुवाको मोटो जरा हो । सर्वप्रथम बीउबाट मसिनो लामो जरा आउँछ । त्यसपछि त्यस जरामा बिरुवाले खाद्यवस्तु जम्मा गर्दै जान्छ र खानलाईकको जरा तयार हुन्छ । मुला बिरुवालाई यसो नियालेर हेरेमा ३ भाग स्पष्ट छुट्याउन सकिन्छ । पहिलो टाउको जसमा छोटो डाँठ र पातहरू पर्दछन् । दोश्रो भाग घाँटी-जसमा हाइपोकोटाइलबाट विकसित भाग, जसबाट जरा पलाउँदैन, तेश्रो जरा भाग-जुन खास जरा हो, जसबाट साना मसिना जरा पलाउँछ । मुलाका विभिन्न जातहरूलाई जातीय स्वभाव र गुण अनुसार दुई भागमा विभाजन गरिएको छ । ती हुन् (१) एशियाली वा उष्ण प्रदेशीय मुला (२) युरोपेली वा समशीतोष्ण प्रदेशीय मुला, युरोपेली थरिका मुला सानो र कम पीरो हुन्छ ।

तरकारीको प्रकार
Serial No.
2
