फल कुहाउने औंसा

यो एक जोडा पखेटा भएको रङ्गिन झिँगा हो । पोथी झिँगाले कलिला फल तथा फूलसहितका बतिलामा घोचेर फुल पार्दछ । फुलबाट ३–५ दिनमा औंसा निस्कन्छन् र फलको भित्री भागमा खान थाल्छन् । औंसाले खान थालेपछि फल पहेंलिने, कुहिने र झर्ने हुन्छ ।

व्यवस्थापन

  1. कुहिन लागेका फल र फूल जम्मा गरी माटो भित्र गहिरो गरी गाड्नुपर्दछ | 
  2. क्युलियर ४ थोपा र मालाथियन ५–७ थोपा राखी बनाएको फेरेमोन पासो प्रति रोपनी २–४ वटाका दरले ५ फिट उचाइमा झुन्डाउँदा भाले किराको नियन्त्रण हुन्छ |
  3. एक लिटर पानीमा १० ग्राम चिनी र एक मि.लि. मालाथियन झोल मिसाएर बालीमा छर्कनु पर्दछ । झिँगाले विषादीयुक्त झोल चाटेर मर्दछन्  |
  4. बनस्पतिक बिषादी (झोल मल) को प्रयोग झोल मल एक भागमा ७ भाग पानी मिसाउने र बोट फुल्न थालेपछि २–३ दिनको फरकमा छर्कनु पर्दछ । यो झोल मलले झिँगालाई भगाउने गर्दछ |

तरकारीको प्रकार

Serial No.

1

तरकारी विवरणको प्रकार