सेतो ढुसी (Downy mildew)

रोगको जीवाणु : Pseudoperonospora sp
यो एक ढुसीबाट लाग्ने रोग हो । यो रोग धेरै बर्षा हुने र आद्रता बढि हुने समयमा लाग्ने रोग हो । सुरुमा पातको माथिल्लो भागमा पहेंला थोप्लाहरु देखा पर्दछन् । यी थोप्लाहरु बिस्तारित हुँदै पातको नसाहरुमा कोणाकारको रुपमा देखिन्छन् र पातको तल्लो भागमा बैजनी रंगको कपास जस्तो ढुसी पलाउँछ । बिस्तारै सुक्दै पुरै पातहरु सुकेर जान्छन् । यो रोग साधारणतया बिचमा पातहरुमा देखिन्छन् र फैलिंदै जाँदा यसले फलमा समेत आक्रमण गर्दछ । यस्तो रोगी बोटमा फल्ने फल सानो, बाङ्गाटिङ्गा, डल्लो हुने गर्दछन् ।

व्यवस्थापन

  1. यसका जिवाणु माटोमा तथा बिउमा रहने र हावाबाट पनि सर्ने हुँदा घुम्तीबाली प्रणाली अपनाउनु पर्दछ ।
  2. फाटफुट रोगको लक्षण देखिने बित्तिकै रोगी पात काट्ने र माटोमा गाड्ने अथवा जलाई दिने गर्नुपर्दछ । 
  3. खेतबारीको सरसफाईमा ध्यान दिनुपर्दछ र फर्सी जातका अन्य बिरुवा हटाउनु पर्दछ । 
  4. रोगको आक्रमण देखिएमा रेडोमिल वा तामायुक्त विषादी २-३ ग्राम प्रतिलिटर पानीमा मिसाई हरेक ८-१० दिनको अन्तरमा ३-४ पटक छर्नु पर्दछ ।

तरकारीको प्रकार

Serial No.

3

तरकारी विवरणको प्रकार