बगर खेती गर्ने तरिका

खाडलमा लगाउने विधि (Pit method)

  1. बेर्ना सार्नु भन्दा १ हप्ता पहिला खाडलमा माटो र कम्पोष्ट मल मिसाइ पुर्ने
  2. खाडलमा सिंचाई गर्ने
  3. बेर्नाको जरामा रहेको माटो नझारी रोप्ने
  4. बिरुवा रोपे पछि सिंचाई गरिहाल्ने

बगर खेती गर्दा के के कुरामा ध्यान दिनु पर्छ ?

  1. हावाहुरीबाट आउने धुलो बालुवाका कणहरुबाट बालीलाई जोगाउन, उपजको गुणस्तर बढाउन, जमिनमा चिस्यान कायम राख्न जमिनको सतहमा सुख्खा घाँस पराल, सोत्तर वा पात पतिंगरको छापो दिनु पर्छ ।
  2. राम्रो उत्पादन पाउनको लागि घाँस उम्रिसकेको बगरमा भन्दा भर्खरमात्र त्यसै बर्षको बाढीले पुरेको बालुवा/बगरमा खेती गर्नु पर्दछ ।
  3. कम उब्जाउ बगरहरुमा बिरुवा बाक्लो रोप्नु उपयुक्त हुन्छ ।
  4. खस्रो बालुवा भएको स्थानमा प्रति खाडल १–२ के.जी. चिम्टाइलो माटो मिसाई बाली लगाउँदा उत्पादन राम्रो हुन्छ ।
  5. पानीको सतह हेरी आवश्यकता अनुसार बालुवा उठाएर सतह मै अथवा खाडल बनाई बिउ रोप्दा बाली राम्रो हुन्छ ।
  6. बगरमा खाद्यतत्वहरु चाँडै नै सकिने हुँदा तर्बुजामा लामो समयसम्म उत्पादन लिन डि.ए.पी.,युरिया र पोटास मलले उकेरा दिनु पर्दछ ।
  7. हावाहुरीबाट नोक्सान कम गर्न र यसले ल्याउने धूलो, बगरका कणहरुलाई तरकारीको झाङ्मा नपरोस साथै अतिरिक्त आम्दानी समेत लिनको लागि गहुँ बालीलाई हारमा लगाउँदा राम्रो हुन्छ ।

तरकारीको प्रकार

Serial No.

1

तरकारी विवरणको प्रकार