वानस्पतिक विवरण र जातहरु
इस्कुस झाँगिएर बेरिँदै थाँक्रोमा चढ्ने, लहरे, बहुवर्षिय बाली हो । यसको लहरा १२–१५ मिटरसम्म लामो र धेरै शाखा लहरा तथा उप–शाखा लहरायुक्त हुन्छ । इस्कुसमा भाले फूल र पोथी फूल अलग–अलग हुन्छन् । भाले फूल झुप्पामा हुन्छन् भने पोथी फुलएउटा मात्र हुन्छ । भाले फूल र पोथी फूल एउटै आँखलामा हुन्छन् । इस्कुसको फलको भेट्नुपट्टिको भाग केही सानो हुन्छ । कुनै कुनै जातका फलमा मसिना काँडाहरु हुन्छन् । कुनै कुनै जात काँडारहित चिल्ल हुन्छन् । फल खण्ड–खण्ड परेको हुन्छ ।
तरकारीको प्रकार
Serial No.
1
