बाली संरक्षण

रोग कीराको एकिकृत व्यबस्थापनका उपायहरु

व्यवसायिक रुपमा अकवरे खुर्सानी खेती गर्ने कृषकले एकिकृत रुपमा रोग तथा कीराको नियन्त्रण गर्न निम्न कुराहरुमा ध्यान दिनु पर्दछ :

  1. प्रारम्भिक अवस्थामा नै प्रति बोट १–१.५ ग्राम केल्डान वा डर्सवान मल माटोसँग मिलाएर प्रयोग गरेमा थ्रिप्स, लाही र सेतो झिंगालाई नियन्त्रण गर्न सकिन्छ । 
  2. करिव १५–२० दिनको अन्तरमा डेसिस वा रोगर १.५ मि.ली प्रति लिटर पानीमा राखेर राम्रोसँग छर्नु पर्दछ।
  3. इन्डोसल्फान वा मालाथिएन डेसिस वा नीमका विषादी २ मि.लि.प्रतिलिटर पानीमा मिसाएर छर्नाले फलको गवारो र पात खाने कीरालाई राम्ररी नियन्त्रण गर्न सकिन्छ ।
  4. पानीको राम्रो निकासको व्यवस्था गरेमा जरा कुहिने तथा आइले रोगलाई नियन्त्रण गर्न सकिन्छ ।
  5. फियूजारियम ढुसीबाट हुने ओइलिने रोगको लागि दुई तीन बर्ष बाली चक्र अपनाउनु पर्दछ, जसका लागि जुनेलो, बाजरा, धान बालीहरु लगाउनु पर्दछ, तर । कपास, सुर्ति, आलु, भिन्डी, टमाटर जस्ता एउटै बर्गका बाली लगाउनु हुदैन ।
  6. एन्थ्राक्नोज र पातको थोप्ले रोगको नियन्त्रणका लागि बेभिस्टिन १ ग्राम या डाईथेन एम.४५ वा डाईथेन जेड ७८ २ ग्राम वा कपरअक्सिक्लोराइड ( व्लाइटौक्स ५०) २ ग्राम प्रति लिटर पानीको दरले मिलाएर स्प्रे गर्नु पर्दछ।
  7. पात गुजमुज पर्र्ने रोग चुसाहा किराको कारणले सर्ने भएकोले उक्त रोगको प्रकोप कम गर्न गहुंत तथा वनस्पतिक विषादि नियमित रुपमा १० दिनको फरकमा छर्कने र दैहिक किटनाशक डेसिस/रोगर १.५ मि.ली. प्रति लिटर पानीको दरले स्प्रे गर्नु पर्दछ ।
  8. पातको तल्लो भागमा लाग्ने सेतो धुले ढुसी नियन्त्रण गर्न सल्फर पाउडरकोे प्रयोग गर्नुपर्छ ।
  9. चैत्र बैशाखको घाममा खेतबारी जोतेर १०–१५ दिनसम्म सुकाउनु पर्दछ जसले गर्दा माटोमा रहने रोग तथा कीराहरुको नियन्त्रण गर्न सकिन्छ ।

तरकारीको प्रकार

Serial No.

5

तरकारी विवरणको प्रकार