ब्याड बनाउने तरीका

नर्सरी ब्याड ढिलो गरिलगाउँदा तुषारोले नोक्सान हुने भएकोले समयमै असोज देखि मंसिरसम्म प्लाष्टिकको गुमोज बनाई व्याडमा बीउ छर्नु पर्दछ। । ब्याड बनाउने जमिनलाई राम्रोसँग खनजोत गरी त्यहाँ रहेका झारपात तथा ढुङालाई हटाई माटोलाई मसिनो भुरभुराउँदो बनाउनु पर्दछ । ब्याड बनाउँदा हिउँदमा ६ इन्च र वर्षातमा १० इन्च अग्लो र १ मीटर चौडाइको बनाएर उक्त ब्याडमा सेतो प्लाष्टिकले हावा नपस्ने गरी छोपेर १५/२० दिन सम्म घाम लाग्न दिनु पर्दछ । त्यस पछि उक्त प्लाष्टिक हटाएर ४ इन्चको फरकमा आधा इन्च गहिरोे लाइन बनाई १–१ इन्चको फरकमा बीउ खसाल्नु पर्दछ । उक्त बीउलाई मसिनो माटो, खरानी वा गोठेमलले छोप्नु पर्दछ । त्यसमाथि सुकेको पराल वा गँहुको छवालीले छापो दिनुु पर्दछ । मौसम अनुसार र माटोमा चिस्यानकोे अवस्था हेरि १ दिन बिराएर सिँचाइ गर्नु पर्दछ । बीउ टुसाउन थाले पछि छापो हटाइदिनु पर्दछ । यदि जाडो मौसम भएमा तुषारो तथा रातीको कम तापक्रमको असरबाट बचाउनको लागि गुमोजमा पुरै प्लाष्टिक ओढाउनु पर्दछ । वर्षा याममा बेर्नालाई पानीवाट बचाउन अग्लो प्लाष्टिक घरमा वा प्लाष्टिकको एक पाखे छानो भएको घर भित्र वा टाँडे नर्सरीमा बेर्ना जमाउनु पर्दछ । खुर्सानीको जात र मौसम अनुसार अगौटे जात ३–४ हप्तामा र पछौटे जात २ महिनासम्ममा  सार्नको लागि तयार हुन्छ । बेर्ना सार्नु १ हप्तापहिले नै बेर्ना दह्रोे बनाउनका लागि छहारी वा प्लाष्टिक हटाउने, सिँचाइ बन्द गर्नुका साथै बेर्नालाई जरखरयाउनु पर्दछ । खुर्सानी बालीमा धेरै किसिमका चुसाहा कीरा लाग्ने र उक्त कीराहरुले भाइरस रोग सार्ने हुनाले नर्सरी ब्याड जालीघर भित्र लगाउँदा धेरै हद सम्म कम भएको पाइएको छ । नर्सरीमा बेला बेलामा ढुसी तथा ढुसीजन्य रोगहरुवाट बचाउन जैबिक बिषादी निप्रोट (ट्राइकोडरमा भिरिडी ढुसि) ३–५ ग्राम प्रति लीटर पानीको दरले वा ढुसीनाषक विषादी,वेभिस्टिन १ ग्राम प्रति लीटर पानीको दरले मिसाएर छर्नु पर्दछ । पशुमूत्रमा वनस्पतिहरु कुहाएर  तयार गरिएको गितीमल, चियामल आदि नियमित रुपमा छर्नु पर्दछ ।

तरकारीको प्रकार

Serial No.

2

तरकारी विवरणको प्रकार