परिचय

नेपालमा खुर्सानी खेती मसला, अचार, तरकारी को रुपमा प्रयोग गर्ने गरीन्छ । यसमा भिटामिन ए र सी प्रचुर मात्रामा पाईन्छ । यसमा भएको पिरोपन क्याप्सिसिन र पाके पछि रातो रंग क्याप्स्यान्थिनले गर्दा हुन्छ । यस्को खेती खास गरी पिरोपनाको लागि गरिन्छ । केही जातका खुर्सानीमा औषधीको गुण भएकोले औषधी बनाउनका लागि पनि प्रशस्तै प्रयोग गरिन्छ । अकबरे खुर्सानीको खेति नेपालको सम्पूर्ण पहाडी क्षेत्रमा विस्तार भइरहेको छ । बिशेष गरेर धनकुटा, भोजपुर, इलाम लगायतका जिल्लाहरुमा यसको व्यवसायिक रुपमा खेति भैरहेको छ । यसको अहिले भइरहेको उत्पादन सम्बन्धि कुनै तथ्याङ्क उपलब्ध नभएतापनि, विर्तामोड, जोगबनी नाकाबाट बर्सेनि हजारौ किलो अकबरे खुर्सानी भारततर्फ निर्यात हुनेगरेको छ । आ. व.२०६२र६३ मा धरान कृषि बजार उपज बजार स्थलबाट रु. १ करोड २० लाख सम्मको व्यापार भएको तथ्यांक छ । उत्पादनको आधा परिमाण नेपालमा खपत हुने र बाँकि भारतमा निर्यात हुने गरेको बताइन्छ । अकबरे खुर्सानी महँगो भाउमा बिक्री हुने भएकोले कृषकहरुको लागि राम्रो आम्दानीको श्रोत बनेको छ । यसमा धेरै रोगहरुलाई निको पार्ने गुण भएकोले यस्कोे महत्व बढी रहेको छ । प्रति इकाइ क्षेत्रफलमा यसको उत्पादन पनि राम्रो हुने भएकोले कृषकहरुको लागि आम्दानीको राम्रो श्रोत बन्न सक्ने प्रवल संभावना देखिन्छ ।

तरकारीको प्रकार

Serial No.

1

तरकारी विवरणको प्रकार