मलखाद प्रयोग गर्ने सिद्धान्त र विधि

High Value Crops Type

सिद्धान्तः 
कुनै पनि चियाका बोटबाट प्रत्येक बर्ष लिइने बालीको मात्रा (quantity) वा काँटछाँटबाट हटाइने मात्रा (quantity of biomass) को अनुपातमा नै मलखादको प्रयोग गरिन्छ । मल प्रयोग गर्नु भन्दा पहिले बगैँचा गोडमेल गर्नु पर्दछ । गोडमेल नगरी मल प्रयोग गरेमा मलमा भएको पोषक तत्व झारले लिइदिन्छ र बिरुवालाई पोषक तत्व पुग्दैन । बिरुवाले निम्नानुसारको अवधिदेखि पोषक तत्व प्राप्त गर्न सुरु गर्दछ । बिरुवाद्वारा नाइट्रोजन मल प्रयोग गरेको २ हप्तादेखि १५/१६ हप्तासम्म पोषक तत्व लिने कार्य भइर हन्छ । तर, चुस्ने कार्य भने ४ दे खि ५ महिना सम्म गर्दछ । यसैलाई आधार मानी प्रयोग गरिने नाइट्रोजनको मात्रा प्रति रोपनी ५ के .जी. भन्दा बढी छ भने २/३ भाग गरी ३/४ महिनाको फरकमा ६०:४० वा ४०:३०:३० को अनुपातमा प्रयोग गर्नु पर्दछ । मलखाद २ किसिमले प्रयोग गरिन्छ ।

क) माटोमा (soil application) 
१. चियाका नया बिरुवामा मल प्रयोग गर्दा समथर ठाउँ भए फेदको वरि परि ४ देखि ६ इञ्च टाढा लगाउनु पर्दछ । भिरालो ठाउँ भए फेदको माथिल्लो भागमा अर्ध चन्द्राकार रुपमा ४ देखि ६ इञ्च टाढा लगाउनुपर्दछ ।
२. परिपक्व चियामा मल प्रयोग गर्दा छर्ने  विधिद्वारा प्रयोग गरिन्छ । तर, बिरुवाले ढाकेको  झ्याङभित्र चाहिँ वोटभन्दा ४ देखि छ इञ्च वरिपरि वा अर्धचन्द्राकार वा बिरुवा रोपिएको दुई लाइनको बीचमा प्रयोग गरिन्छ । 
३. चियाको नयाँ बिरुवामा ६ देखि ८ हप्ताको फरकमा मल हालिन्छ भने परिपक्व चियामा ३ देखि ४ महिनाको फरकमा मल हाल्नु पर्दछ । 
४. मलको प्रयोग गर्दा बगैँचाका सबै बोटहरुले समान रुपले पाउने गरीहाल्नु पर्दछ । 

ख) पातमा (foliar application) 
१. पानी जम्ने र सुख्खा ठाउँका बिरुवाको पातमा मल स्प्रे गरीछर्कने गरिन्छ । यसरी मल प्रयोग गर्दा बिरुवालाई खाद्यतत्व तुरुन्त प्राप्त हुन सक्ने हुँदा बिरुवामा तुरुन्तै सकारात्मक असर देखा पर्दछ । म्यूरेट अफ पोटासको २ प्रतिशत घोल सुख्खा ठाउँमा छर्कनाले बिरुवाहरुमा तुरुन्तै प्रभाव देखिन्छ । 
२. फागुनदेखि चैतमा ४ प्रतिशत नाइट्रोजन, फस्फोरस, पोटास (एन.पि.के .) को मिश्रण (झोल) तयार गरी बिरुवाको पातको पूरै भाग भिज्ने गरी १५ दिनको फरकमा स्प्रे गर्नु पर्दछ । 
३. निकासको राम्रो व्यवस्था नभएको जमिनमा यूरिया, एमोनियम सल्फेट, डाइएमो नियम सल्फेट र म्यूरेट अफ पोटास जस्ता खाद्यतत्व छुट्टाछुट्टै प्रयोग गर्दा (भदौ १५ देखि मंसिर १५ सम्म) फाइदाजनक देखिएको छ । निम्न पोषक तत्व निम्न घनत्वमा प्रयोग गर्न अनुसन्धानबाट सिफारिस भएको छ । 
यूरिया : २ देखि ४ प्रतिशत – हाते स्प्रे द्वारा
एमोनियम सल्फेट : २ देखि ४ प्रतिशत – हाते स्प्रे द्वारा
डाइएमोनियम सल्फेट  : २ देखि ४ प्रतिशत – हाते स्प्रे द्वारा
म्यूरेट अफ पोटास : २ देखि ४ प्रतिशत – हाते स्प्रे द्वारा
एन पि.के . मिश्रण : २ देखि ४ प्रतिशत – हाते स्प्रे द्वारा।
स्प्रे द्वारा मल प्रयोग गर्ने  समय : स्प्रे द्वारामल प्रयोग गर्दा बिहान, बेलुकाका समयमा गर्नुपर्छ । हावा जुन दिशाबाट आएको छ त्यसको विपरीत दिशातर्फ फर्केर स्प्रे गदै जानु लाभप्रद हुन्छ । घाम लागेको , धुम्मिएको र बढी हावा चलेको समयमा मल स्प्रे गर्नु हुँदैन ।

Serial Number

1