ओईलाउने रोग

ओईलाउने रोग (ढुसीजन्य)

परिचय 
ढुसीजन्य ओईलाउने रोगका कारक जीवाणुहरु माटोमा रहेका हुन्छन् । गोलभेडाको बोटमा रोग संक्रमणको शुरुवातमा तलका पातहरु पहेंलिन्छ । डाठँ काटेर हेर्दा भित्री भाग खैरो कालो देखिन्छ, पछि बोटहरु ओईलाउदछन् ।

hi

व्यवस्थापन 

  • निरोधक जात र रोगरहित स्वस्थ बीउ प्रयोग गर्ने ।
  • रोग रहित वारीवाट उत्पादन गरिएको वेर्ना प्रयोग गर्ने ।
  • रोग लाग्ने वित्तिकै स्वस्थ बोटमा सर्न नदिन रोगी विरुवाहरुलाई उखेलेर नष्ट गर्ने ।
  • बाली चक्र अपनाउने, खाद्यान्न वाली र गोलभेडा एक पछि अर्को गरि लगाउने ।
  •  उचित मलखाद र सिंचाई प्रयोग गर्ने ।
  •  पानी निकासको उचित ब्यवस्था गर्ने ।
  • माटो उपचार गर्ने ।
  •  पुरानो रोगी बालीको अवशेष नष्ट गर्ने ।
  •  बचाउका लागि बेर्ना सार्नु अगाडी ढुसीनासक विषादी ट्राइकोडर्मा ५ ग्राम प्रति लिटर पानीमा वा कार्वेन्डाजिम १ ग्राम प्रति लिटर पानीको घोलमा जरा डुबाएर बेर्ना उपचार गरी रोप्ने ।
  •  ५ ग्राम ट्राइकोडर्मा १ लि. पानीका दरले बिरुवाको जरा वरपरको माटो भिज्ने गरि प्रयोग गर्ने । वा कार्वेन्डाजिम वा कार्वेन्डाजिम र म्यानकोजेवयुक्त ढुसीनाशक बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई जरा र वरपरको माटो भिज्ने गरी प्रयोग गर्ने, ड्रेन्चिब गर्ने ।

ओएलाउने रोग (ब्याक्टेरियाजन्य)

परिचय 
बोटहरु टुप्पोबाट सर्लक्क ओईलाउदछन् । बिहान, बेलुका स्वस्थ देखिन्छ ।शुरुको अवस्थामा दिउँसो घाम लागेको बेलामा ओईलाउदछ । अन्तमा सबै बोट ओईलाउदछ ।

ब्याक्टेरियल विल्ट (ओईलाउने रोग) रोगको परीक्षणका लागि उज टेष्ट :

  • सफा सिसाको पारदर्शी गिलासमा पानी राख्ने
  • त्यसमा ओईलाएको विरुवाको डाँठ गिलासको पिंध नछुने गरि राख्ने
  • केहि मिनेटमा डाँठबाट सेतो चुरोटको धुवाँ जस्तो आएमा व्याक्टेरियाजन्य ओईलाउने रोग लागेको  बुझ्नु पर्दछ ।

व्यवस्थापन 

  • रोग निरोधक जात लगाउने । 
  • रोगमुक्त बीउ प्रयोग गर्ने । 
  • बाली चक्र अपनाउने (सोलानेसी परिवार बाहेकका बालीसंग घुम्ती बालि अपनाउने )
  • माटो उपचार गर्ने ।
  • रोगी विरुवा नष्ट गर्ने । 
  • जरामा चोट पटक नलगाउने |
  • कपर अक्सिक्लोराईड वा स्ट्रेप्टोमाईसिन सल्फेट + टेट्रासाईक्लिन हाईड्रोक्लोराईड (एग्रिसिन), वा सफ्टगार्ड प्रयोग गर्ने ।

तरकारीको प्रकार

Serial No.

6

तरकारी विवरणको प्रकार