लहरे तरकारी बालीमा देखा पर्ने केही प्रमुख समस्याहरु 

फल बाङगाटिङगा हुनु 

राम्रोसंग पोलिनेसन नभएमा, रोग लागेमा, मौसममा उतारचढाव आएमा (धेरै तातो, चिसो ) धेरै वा कम मलखाद दिएमा,सुक्ष्म तत्वको कमी भएमा यस प्रकारका समस्या देखा पर्दछ ।
समाधान 

  • पोलिनेसनको लागि फुल फुलेको समयमा मौरी राख्ने , ठिक मात्रामा मलखाद राख्ने ,उचित सिंचाई गर्ने , हर्मोन स्प्रे गर्ने र रोग नियन्त्रण गर्ने ।

बिभिन्न तत्बहरु कमी

नाइट्रोजन  
 विरुवाको बिकास ढिला तथा विरुवाका पुराना पातबाट पहेलोपन शुरु भइ पुरै विरुवा पहेलो हुने । नयाँ पातहरुको विकास रोकिने । झिना फलहरु फल्ने

समाधान

  • विरुवाको अबस्था तथा बृद्दि  बिचार गरी झोलमल वा अन्य नाइट्रोजन युक्त मलको प्रयोग गर्ने

फस्फोरस 
 विरुवा बिस्तार बढ्ने आँख्लाहरु बिचको दुरी छोटो हुने । पातको रंग बैजनी हुने । कम  एबं गुणस्तरहीन फल लाग्ने, फलमा बियाँ कम लाग्ने ।

समाधान

  • सन्तुलित खाद्यतत्वको प्रयोग तथा माटोको उपयुक्त पि.एच कायम गर्ने ।

पोटासियम 
पातहरु गुजुमुजु हुने जुन पुराना पातबाट शुरु हुने । पातको टुप्पो मर्ने । फलको असमान विकास हुने ।

समाधान

  • सन्तुलित खाद्यतत्वको प्रयोग तथा माटोको उपयुक्त पि.एच कायम गर्ने ।

क्याल्सियम 
 नयाँ  तथा कलिला पात तथा बोटको मुनामा पहिलो लक्षण देखिने ।बृद्धि रोकिने तथा आँख्लाको दुरी कम हुने । पातको बरिपरीको भागको विकास नहुने तथा पात तलतर्फ मोडिने, बोटको, फलको टुप्पो कुहिने समस्या देखिने ।

समाधान

  •  माटोको पि.एच उपयुक्त राख्न कृषि चुनको प्रयोग गर्ने । सन्तुलित खाद्यतत्वको प्रयोग गर्ने । चिलेटेड क्याल्सियम वा क्याल्सियमयुक्त अन्य सुक्ष्मतत्वको प्रयोग गर्ने ।

म्याग्निज
पातको नशाहरुको बिचमा पहेला तथा हरिया धब्बा देखा पर्ने र पछि पात पहेलो हुने ।

समाधान

  •  म्याग्निज सल्फेटको प्रयोग गर्ने ।

 बोरोन
मुनाहरु मरेर विरुवाको बृद्धि विकास नहुने 

समाधान

  •  बोरेक्स माटो तथा बोटमा प्रयोग गर्ने

फलाम
नयाँ पातहरुको नशा हरियो र बिचको भाग पहेलो हुने तर पुराना पातहरु  हरियो हुने  ।

समाधान

  •  माटोको पि.एच उपयुक्त राख्ने तथा सन्तुलित मलखादको प्रयोग, चिलेटेड आइरन वा आइरन भएको सुक्ष्मतत्वको प्रयोग गर्ने ।

मोलिब्लेडनम
नशाहरुको बिचमा सेतो हुने तथा पातको बरिपरीको भाग डढेजस्तो हुने । पुराना पातहरुमा पहिला लक्षण देखा पर्ने ।

 समाधान

  • माटोको पि.एच  उपयुक्त राख्ने तथा मोलिब्लेडनम युक्त सुक्ष्म तत्व प्रयोग गर्ने ।

तरकारीको प्रकार

Serial No.

1

तरकारी विवरणको प्रकार