लहरे तरकारी बालीका मुख्य कीराहरु
काँक्रोको रातो खपटे
लाभ्रेले विरुवाका जरा भित्र पसेर खान्छन् र यिनले जमिनको सतह छोएका पात,डाँठ, मुल हाँगा र फलमा भित्र पसी खान्छन् भने बयस्कले पातको हरियो पर्दाथ खान्छन् ।
समाधान
- बिहानीपख वयस्कलाई टिपेर मार्ने एवं निममा आधारित विषादी २ मि.लि. प्रति लिटर पानीका दरले प्रयोग गर्ने
२. खैरा तथा निला खपटे
माथि रातो खपटेमा बताए अनुसार क्षति गर्दछ र नियन्त्रणको लागि माथि उल्लेखित विधि अपनाउने
३.लाही कीरा
यिनिहरुले विरुवाको रस चुस्दछन् तथा मोजाईक भाईरस सार्ने कार्य गर्दछन्
समाधान
- झोलमल (१ भागमा ५ भाग पानी मिसाएर) छर्ने , सुर्तीको पात, गहुँत र पानी मिसाएर छर्ने वा नियन्दैत्हिरण नभएमा दैहिक विषको प्रयोग गर्ने ।
४.सेतो झिँगा
यिनिहरुले विरुवाको रस चुस्दछन्
समाधान
- स्टिकि ट्रयापको प्रयोग गर्ने,निमजन्य बिषादीको प्रयोगले कीराले अण्डा पार्न सक्दैन र संख्या नियन्त्रण गर्न सहयोग पुग्दछ, यदि नियन्नण नभएमा दैहिक विषादी इमिडाक्लोरपिड ( ३ लिटर पानीमा १ मि.लि.) मिसाएर छर्ने तर यसको पर्खने अवधि लामो भएकोले गर्दा बजारमा लहरे तरकारी लैजाने वेलामा प्रयोग गर्नु हुदैन ।
५.फल कुहाउने औसा (चित्र :११)
पोथि झिंगाले फुल पार्ने अंगको सहायताले डाँठ,फुल वा फलमा छेडेर फुल पार्दछ जसवाट औसा निस्किएर क्षाति गर्दछ
समाधान
- ग्रसित फल तथा फुल टिपेर बिषादीमा डुवाई खाडलमा पुर्ने
- लेको संख्या नियन्त्रण गर्न क्युल्युरको प्रयोग गर्ने । पानीमा, चिनि वा सख्खर मिसाई प्रति लिटरमा १ मि.लि.का दरले मालाथियन मिसाई वाली लगाएको क्षेत्रको केही ठाउँहरुमा छर्ने । पाकेका, फर्सी, काँक्रा वा तरबुजाका केही भाग काटेर वाटा वा माटोको कतारीमा १–२ मीटर उचाईमा केही पानी हालेर राख्ने र सो पानीमा ५–७ थोपा मालाथियन झोल मिसाउने ।
६. स्पाईडर माईट
यसले कलिला मुन्टा र पातबाट रस चुसि बिरुवाको बृद्धि हुदैन र पात गुजमुज भई शुरुको अबस्थामा भाईरस संग मिल्दोजुल्दो लक्षण देखाउँदछ ।
समाधान
- खनिज तेल १५ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने वा केल्थेन २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने
७. पतेरो ( चित्र :१५)
यस कीराका माउ र वच्चाले पात र डाँठवाट रस चुस्दछन्
समाधान
- जालीको सहायताले माउ र वच्चालाई बिहानीपख पक्रेर मार्ने, झोलमलको प्रयोग ८ देखी १० दिनको फरकमा गर्ने |