लहरे तरकारीका मुख्य रोगहरु तथा ब्यवस्थापन
१. पाउडरी मिल्ड्यु
लक्षण
पातको माथिल्लो सतहमा हल्का सेता वा कैला रंगका थोप्ला देखिन्छ र फलहरु साना एवं गुणस्तरहिन हुन्छ
समाधान
तलका पातहरु काटेर जम्मा गरी जलाउने, समुचित खाद्यतत्वको प्रयोग गर्ने र केराथिन २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने । बिरुवा सरेपछि गहुँत पानीको मिश्रण वा झोलमलको ८–१० दिनको फरकमा नियमित प्रयोग गरेमा यसको प्रकोप कम हुन्छ ।
२.डाउनी मिल्ड्यु
लक्षण
पातको तल्लो भाग पानीले भिजेजस्तो देखिन्छ र पछि पातको माथिल्लो भागमा चहकिला पहेला थोप्ला देखा पर्दछन् ।
समाधान
रोगले ग्रसित पातहरु जम्मा गरी जलाउने, समुचित खाद्यतत्वको प्रयोग गर्ने र कासु वी १ मि.लि र २ ग्राम कपरअक्सिक्लोराईडयुक्त बिषादी १ लिटर पानीमा मिसाई छर्ने ।
३.एन्गुलर लिफ स्पट
न्यानो तथा आद्र समयमा यो समस्या देखा पर्दछ ।
समाधान
पानी तथा शित परेको वेलामा बारीभित्र नपस्ने, कासु वी १ मि.लि र २ ग्राम कपरअक्सिक्लोराईडयुक्त बिषादी १ लिटर पानीमा मिसाई छर्ने
४. दाद
चिसो रात तथा वढी आद्रता भएको समयमा यो समस्या देखा पर्दछ । गाढा ढुसीले दाग ढाक्दछन् । पात, फल र भर्खरका मुनामा बढी मात्रामा यो समस्या देखा पर्दछ
समाधान
सरसफाईमा ध्यान दिने ,मेन्कोजेव युक्त बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने
५.एन्थ्राकनोज
लक्षण
पातमा रातो खैरो सुख्खा थोप्ला बन्दछ र पात मर्दछ । बिशेष गरी ढिला रोपेका बिरुवामा यो समस्या देखा पर्दछ
समाधान
सरसफाईमा ध्यान दिने , मेन्कोजेव युक्त बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने
६.जरामा गाँठापार्ने जुका
लक्षण
बिशेष गरी हल्का बलौटे माटोमा बढी प्रकोप हुन्छ । बिरुवा होचा भई पातको आकार समान हुदैन र वोट ओइलाउँदछ
समाधान
फल टिप्ने कार्य सकिएपछि जरासहित बोट उखेल्ने, माटोको निर्मलीकरण गर्ने बालीचक्र प्रणाली अबलम्वन गर्ने
७.मोजाईक भाईरस
लक्षण
नयाँ पातका नशा वरिपरि हरियो र पहेलो धव्वा देखिन्छन् । पातहरु घुम्रेका एवं तल माथि उठेका हुन्छन् । बोटमा फुल लाग्दैन ।
समाधान
ग्रसित बोटहरु उखेलेर जलाउने र चुसाहा कीरा नियन्त्रण गर्न दैहिक बिष २ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्ने । दुध (१० मि.लि. प्रति लिटर पानी) र गाई बस्तुको पिसाव र पानी (१ः५) पालै पालो गरी ४–५ चोटि छर्दा रोगको प्रकोप न्युनीकरणमा सहयोग पुग्दछ ।
