छिमलमा फल्ने वा लहरिने जात (Inderterminate)

१. मनिसा

  • अग्लो बिरुवा उचाई २.५ मिटरसम्म हुन सक्छ  त्यसैले बलियो टेका दिनुपर्छ ।
  • बेर्ना सारेको ६० दिनपछि फल तयार हुन्छ । तथा ९० देखि १२० दिनमा अधिकतम फल तयार हुन्छ ।
  • एक बिरुवामा १२ के.जी. सम्म फल लाग्ने ।
  • अण्डा आकारको रातो रङ्गको फल ।
  • बाक्लो छाला भएकोले केहि दिनसम्म भण्डारण गर्न सकिन्छ ।
  • एक फलको तौल ८०–१०० ग्राम सम्म हुन्छ ।
  • तापक्रम सहन सक्ने ।
  • सुख्खा मौसममा खेती गर्न सकिने,फागुनदेखि चैत्र र श्रावणदेखि भाद्रमा मध्य पहाड तथा आश्विनदेखि माघसम्म तराईमा बेर्ना सार्न सकिन्छ।

पुसा रुबी

  • बेर्ना सारेको ६० दिनमा उत्पादन लिन सकिने अगौटे जात हो ।
  • फल पुरा गोलाकार हुदैन र मध्यम गहिरो नलीहरु (Slight medium furrows) हुन्छ ।
  • समान रातो फल, एक फलको तौल ५० –७५ ग्राम हुन्छ  र पात तुलनात्मक रुपमा साँगुरो हुन्छन् ।
  • ६०– ६५ दिनमा फल टिप्न तयार हुन्छ, बीउको मात्रा धेरै हुन्छ ।
  • तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
  • २०४६ सालमा उन्मोचित गरिएको ।

.रोमा

  • बेर्ना सारेको ६५–७० दिनमा उत्पादन लिन सकिने  मध्यम जात हो ।
  • फल अण्डाकार, नरम, चिल्लो, समान रुपमा बाक्लो, दुई भाग (Bi-chambered) हुने र बीउको मात्रा थोरै भएको हुन्छ ।
  • एक फलको तौल ६०–८० ग्राम हुन्छ, पात चौडा र आलुको पात जस्तो हुन्छ ।
  • ६०– ६५ दिनमा फल टिप्न तयार हुन्छ ।
  • एकै पटकमा फल्ने हुनाले बोट होचो र झाङ्गिने किसिमको हुन्छ ।
  • तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
  • २०५१ सालमा उन्मोचित गरिएको ।

मनप्रेसकस

  • बेर्ना सारेको ८०–९० दिनमा उत्पादन लिन सकिने  मध्यम अगौटे जात हो ।
  • फल ग्लोब आकारको, नरम,समान रातो, Bi/tri-chambered, कसिलो र बीउको मात्रा थोरै भएको हुन्छ ।
  • एक फलको तौल ७५–१०० ग्राम हुन्छ ।
  • ८०– ९० दिनमा फल टिप्न तयार हुन्छ ।
  • पटक पटकमा फल्ने हुनाले बोट ठूलो र सिधा  हुन्छ ।
  • तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
  • २०५१ सालमा उन्मोचित गरिएको ।

५. एन.सि.एल–१

  • गर्मी र ओइलाउने रोग सहन सक्ने जात जुन बेर्ना सारेको ६५–७५दिनमा उत्पादन लिन सकिन्छ ।
  • फल आरु आकारको,अलि अलि गोलाकार ,कसिलो बाक्लो छाला भएको, हल्का रातो रङ्गको हुन्छ ।
  • एक फलको तौल ६०–७५ ग्राम हुन्छ ।
  • पटक पटकमा फल्ने हुनाले बोट ठूलो र सिधा  हुन्छ ।
  • तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
  • २०५१ सालमा उन्मोचित गरिएको ।

तरकारीको प्रकार

Serial No.

2

तरकारी विवरणको प्रकार