बन्दाको लाही (Cabbage aphid)
यो सानो कीरा हरियो रंगको हुन्छ । यसले रस चुसेर बालीको नोक्सान गर्दछ । भाइरस रोग पनि रोगी बोटबाट सार्दछ ।
रोकथाम
- शुरुमा एक भाग गाई–भैँसीको पिसाबमा १० भाग पानी मिसाई लाही देखिने बित्तिकै पूरै पात भिज्ने गरी ३–४ दिनको फरकमा ३ पटक छर्नु पर्दछ ।
- मारगोस निम ३ मि.लि. प्रतिलिटरका दरले लाही देखिन थालेपछि ७ दिनको फरकमा ३ पटक छर्कनु पर्दछ।
- ९ भाग पानीमा १ भाग जीवाड मिसाई २-२ दिनमा फरकमा ५-६ पटक छर्कंदा लाही नियन्त्रण हुन्छ ।

तरकारीको प्रकार
Serial No.
3
