बाली टिपाई
तरकारी तथा फलफूलको उपयुक्त अबस्थाको विचार गरी टिप्नु पर्दछ । फल ठुलो बनाएर टिप्छु भनेर धेरै समय बोटमै राख्नु हुदैन यसले नयाँ आउने फल लाइ असर पार्दछ । तसर्थ टिप्न योग्य अबस्थाको विचार गरी टिप्दै जानु पदर्छ ।
तालिकाः केही तरकारी वालीको टिप्ने समय
|
तरकारी |
टिप्ने समय |
तरीका |
|
गोलभेडा |
टाढाको बजारमा लैजाने भए भेट्नो सहित छिप्पेको अबस्थामा टिप्ने (गोलभेडालाई काट्दा भित्रको बियाँ नकाटिएमा छिप्पेको भनेर जान्ने) नजिकको बजारमा लैजान पहेलो रंग चढेपछि लैजाने |
कैचीको सहायताले भेट्नो सहित |
|
काउली |
फूल कस्सिएको अबस्थामा |
फुल छोपिने गरी केही पात राखेर धारिलो हतियारले |
|
काँक्रो |
फुलफुलेको साधारणतया |
१५–२० दिन पछि केही भेटेनो राखेर कैचीले |
|
बन्दा |
पुष्ट तथा साह्रो अबस्था |
कैचीको सहायताले |
|
सिमी |
बिकसित भएको अपरिपक्ब अबस्था |
कैचीको सहायताले |
|
करेला |
िबकसित भएको अपरिपक्ब अबस्था |
कैचीको सहायताले |
