जातहरू

न्यूकुरोडा जात नेपालमा भित्राइएका जातहरूमध्ये नयाँ हो । तर यस जातिले विस्तारै लोकप्रियता प्राप्त गर्दैछ । यो जातको माग बढ्दैछ । नेपालमा खेती गरिने गाजरका जातहरू निम्नानुसार छन्ः

नान्टिस फोर्टो

यो जातको भित्री र बाहिरी भाग सुन्तला रङको हुन्छ र चिल्लो हुनुका साथै टुप्पो बोधो हुन्छ । रोपेको ९०१०० दिनमा बाली सकिने हुन्छ । यो जात तराई र मध्य पहाडका लागि सिफारिस गरिएको जात हो । जराको लम्बाइ १५२० से.मि. हुन्छ र यसलाई २०४६ सालमा उन्मोचित गरिएको हो ।

कुरोदा मार्क

यो वर्णशंकर जात हो । जरा हल्का सुन्तला रंगको, चिल्लो र एकनासको हुन्छ । यस्को रोप्ने समय असार देखि कात्तिक हो र बोटको उचाइ १० से.मि. हुन्छ । यो जातको उत्पादन ३५० के.जी. प्रति रोपनी हुन्छ । बीउ रोपेको ५०६० दिनमा बाली लिन सकिने हुन्छ । यो तराई र मध्य पहाडको लागि सिफरिस गरिएको छ र २०६७ सालमा पञ्जीकृत गरिएको हो ।

नेपा ड्रिम

यो वर्णशंकर जात हो र यसको बोट ५७.५ से.मि. हुन्छ । बीउ रोपेको १२० दिनमा बाली लिन सकिने हुन्छ । यसको उत्पादन करिब १ मे. टन प्रति रोपनी हुन्छ । यो जात तराई र मध्य पहाडका लागि सिफारिस गरिएको छ र यो २०६६ सालमा पञ्जीकृत गरिएको हो ।

सिग्मा

यो पनि वर्णशंकर जात हो र यसको उचाइ ५७.६ से.मि. हुन्छ । यो जात १२० दिनमा बाली तयार हुन्छ र उत्पादन १ मे. टन प्रति रोपनी हुन्छ । यो तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ र २०६६ सालमा नै पञ्जीकृत गरिएको हो ।

न्यू करोदा

यो पनि वर्णशंकर जात हो र बोटको उचाइ १२१५ से.मि. हुन्छ । यो जात रोपेको १०० दिनमा बाली तयार हुन्छ । यसको उत्पादन ३ मे.टन प्रति रोपनीसम्म हुन्छ । यसलाई तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ र यसलाई २०६६ सालमा पञ्जीकृत गरिएको हो ।

तरकारीको प्रकार

तरकारी विवरणको प्रकार