डाँठ तथा फलको गवारो (Brinjal fruit and shoot borer)
यसको पुतलीले भान्टाको पात, मुन्टा र फलमा फुल पार्दछ । फुलबाट औँसा निस्केर कलिला मुन्टा तथा फल खान शुरु गर्दछन् । फलभित्र बसी गुदी खान्छन् र फलमा स–साना प्वालहरू देखिन्छन् ।
रोकथाम
- गवारो नलाग्ने बालीहरू घुम्ती बालीका रूपमा लगाउनु पर्दछ ।
- झुप्पामा साना फल लाग्ने जात लगाउनु पर्दछ ।
- भान्टासँग सुप र धनियाँ मिश्रित बालीको रूपमा लगाउन सकिन्छ ।
- कीरा लागेका फल र मुन्टा जम्मा गरेर नष्ट गर्नुपर्दछ ।
- भाले पुतलीलाई आकर्षण गर्ने ल्युसिन ल्युरको पासो राखेर संख्या घटाउन सकिन्छ ।
- फल लाग्नु अगाडि वा फल टिपेपछि थायोडन २ मि.लि. प्रतिलिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा दुई पटक छर्कनुपर्दछ । यो छर्केपछि फल टिप्न १० दिन पर्खनुपर्दछ ।
- कीरा बढी लाग्न थालेमा साइपरमेथ्रिन वा फेनभलेरट एक मि.लि. प्रतिलिटर पानीमा मिसाई छर्कनुपर्दछ । यो एकपटक छरेपछि अर्को पटक थायोडन वा नुमान आलोपालो छर्कनुपर्दछ ।

तरकारीको प्रकार
Serial No.
1
