बीउ रोप्ने, सार्ने र बाली लिने समय
नेपालमा भान्टाको मौसमी बाली लगाउने र लिने समय निम्नअनुसार छ ।
तालिका: विभिन्न भैगोलिक क्षेत्रमा बीउ रोप्ने, बेर्ना सार्ने र बाली लिने समय
|
भौगोलिक क्षेत्र |
बीउ रोप्ने र बेर्ना सार्ने समय |
बाली लिने समय |
|
उच्च पहाड |
चैत – वैशाख |
असार – भदौ |
|
मध्य पहाड |
माघ – फागुन |
वैशाख – असार |
|
खोंच, बेसी र तराई |
भदौ – असोज |
मंसिर – माघ |
उच्च पहाड र मध्य पहाडमा जाडो सकिएपछि र तराईमा वर्षायामको अन्त्यमा भान्टाको बीउ रोप्ने र बेर्ना सार्ने काम गरिन्छ । भान्टाको यस्तो खेतीबाट उच्च पहाड र मध्य पहाडमा ग्रीष्म–वर्षायाममा भान्टा उत्पादन गरिन्छ भने तराईमा जाडो मौसमा गरिन्छ । यो मौसमी खेतीबाट बजारमा सालभर भान्टा उपलब्ध हुन नसक्ने भएकोले कृषि र पशु विज्ञान अध्ययन संस्थानले अनुसन्धानका आधारमा मध्य तथा सुदूर पश्चिमका तराई तथा मध्य पहाडमा सालभर सफल भान्टा खेती गर्ने तालिका अनुसार गर्न कृषकहरूलाई सल्लाह दिएको छ । सालभर सफल भान्टा खेती गर्ने तालिका तल दिइएको छ । बजारको विकास भएमा यो तालिकाअनुसार मध्य र सुदूर पश्चिममा सालभर भान्टा उत्पादन गर्न सकिन्छ ।
तालिका: विभिन्न मौसममा बीउ रोप्ने, बेर्ना सार्ने र बाली लिने समय
|
बालीको नाम |
बेर्ना हुर्काउने र सार्ने समय |
बाली लिने समय |
|
वसन्त – ग्रीष्म |
कात्तिक – मंसिर |
फागुन – असार |
|
ग्रीष्म – वर्षा |
फागुन – चैत |
जेठ – भदौ |
|
वर्षा – जाडो |
असार – साउन |
असोज – फागुन |
