हावापानी तथा माटो

नेपालमा उपलब्ध बन्दाका हाइब्रिड जातहरू उष्ण किसिमका हुन् र तिनीहरूले उच्च तापक्रमको बेमौसमी अवस्थामा पनि राम्रो बाली उत्पादन गर्न सकिन्छ तथा वर्णशंकर जातहरू लगाएमा नेपालको मध्य पहाडी भागहरूमा बाह्रै महिना यसको व्यावसायिक खेती गर्न सकिन्छ । ठण्डा र ओसिलो मौसममा बन्दाले राम्रो उत्पादन दिन्छ । बन्दाले काउलीले भन्दा बढी तुषारो सहन सक्दछ । राम्रोसँग जर्खराएको बेर्नाले –२ डि.से. देखि –५ डि.से. तापक्रममा राम्रो सप्रन्छ । उच्च तापक्रम सहन सक्ने जातले २५ डि.से. तापक्रममा पनि राम्रो बन्दा बाली उत्पादन गर्दछन् । शीतोष्ण क्षेत्रका युरोपियन जातहरूले १५–२० डि.से. तापक्रमको अवस्थामा कसिला बन्दा उत्पादन गर्दछन् ।

बन्दाको खेती बलौटे देखि चिम्टाइलो सबै किसिमका माटोमा गर्न सकिन्छ । बलौटे दोमट माटो अगौटे जातका लागि र चिम्टाइलो दोमट माटो मध्यम मौसमी र पछौटे जातको खेती गर्न उपयुक्त हुन्छन् । माटोको पी.एच. मान ६.०– ६.५ राम्रो मानिन्छ ।

तरकारीको प्रकार

Serial No.

1

तरकारी विवरणको प्रकार