जातहरू

नेपालमा विभिन्न किसिमका जस्तै हाइब्रिड (hybrid), खुला सेंचित (open pollinated) जातहरू खेती गरिँदै आएका छन् । पहिला देखि नै खेती गरिँदै आएका बन्दाका खुला सेंचित जातहरूको छोटो विवरण यहाँ दिइएको छ ।

लेट लार्ज ड्रम हेड
यो बेर्ना सारेको ११५–१२० दिनमा बाली लिन तयार हुने पछौटे जात हो । यसका पातहरू गाढा हरिया हुन्छन् र एक बोटमा २०–२५ बटा खुला पातहरू हुन्छन् । कोपीहरू ठूला, चेप्टा अर्ध खँदिला र सरदर ३.५ के.जी. तौलका हुन्छन् । उत्पादन सरदर १८००–२५०० के.जी. प्रति रोपनी हुन्छ ।

कोपन हेगन मार्केट
यो बेर्ना सारेको ७०–८० दिनमा बाली दिने मध्यम मौसमी जात हो । कोपीहरू हरिया, गोलाकारमा, अर्ध खँदिला देखि खँदिला र १.५–२.५ के.जी. तौलका हुन्छन् । सरदर १२००–१५०० के.जी. प्रति रोपनी उत्पादन दिन्छ ।

गोल्डेन एकर
यो बेर्ना सारेको ६५–७५ दिनमा बाली दिने अगौटे जात हो । बोट साना र कोपी १.५ – २.० के.जी. तौलका हुन्छन् । सरदर १०००–१२०० के.जी. प्रति रोपनी उत्पादन दिन्छ ।

प्राइड अफ इन्डिया
यो बेर्ना सारेको ८०–८५ दिनमा बाली दिने अगौटे जात हो । कोपीहरू गोला, खँदिला र १–२ के.जी. तौलका हुन्छन् । यसले सरदर १०००–१२०० के.जी. प्रति रोपनी उत्पादन दिन्छ ।

मुख्य मौसममा यी माथिका खुला सेंचित जातहरूको खेती गरिन्छ । बेमौसमी बन्दाका विभिन्न मुलुकबाट आयात गरिएका हाइब्रिड जातहरूको खेती गरिन्छ । व्यावसायिक स्तरमा बन्दाको बेमौसमी खेती गर्न असार देखि मंसिरसम्म बाली लिन शुरु भए यता विदेशबाट आयात गरिने हाइब्रिड जातहरू र तिनको बीउको मात्रा बढ्दै गएको छ । नेपालमा खेती गर्नका लागि सिफारिस गरिएका खुला सेंचित जात र हाइब्रिड जातहरूको नाम उन्मोचित वर्ष र खेती गरिने क्षेत्रको विवरण अनुसूचीमा दिइएको छ । उन्मोचित नभएका तर खेती गरिदै आएका केही हाइब्रिड जातहरूमा ग्रीन स्टोन, ग्रीन क्राउन, एन.एस–२१, एन.एस.–२५, एन.एस.–२७, न्यू टप, अल सिजन आदि पर्दछन् । धेरैजसो हाइब्रिड जातहरू तराई र मध्य पहाडमा खेती गर्नको लागि सिफारिस भएका छन् । ग्रीन कोरोनेट जातको हाइब्रिड जातको बन्दा मध्य पहाडमा साउन र भदौ महिनाबाहेक (पानी नसहने भएकोले कुहिएर जाने भएकोले) प्रायः वर्षभरि नै खेती गर्न सकिन्छ ।

तरकारीको प्रकार

Serial No.

1

तरकारी विवरणको प्रकार