बेर्ना कुहिने रोग (damping off)
जमिनको सतहमाथि बेर्नाको फेदमा पानीले भिजेजस्तो दाग लाग्दछ, बेर्ना ओइलाउँदछ, ढल्दछ र मर्दछ । बीउबाट निस्केको टुसा माटोभित्रै कुहेर मर्न पनि सक्दछ । यो ढुसीबाट लाग्ने रोग हो । यसका जीवाणु बीउ, माटो वा दुवैबाट सर्न सक्दछन् ।
नियन्त्रण
- अन्न बालीसँगको लामो घुम्ती बाली अपनाउने ।
- फर्मालिनले ब्याडको उपचार गर्ने ।
- थिरम र डाइथेन एम ४५ को ०.२ % झोल वा बेभिस्टिन ०.१ % झोलले ब्याडको उपचार गर्ने ।
- ब्याडको चिस्यान बढी हुन नदिने ।
- पातलो गरी बीउ छर्ने र बाक्लो भएमा पातलो पार्ने ।
तरकारीको प्रकार
Serial No.
1
