मलखाद वगैचा अनुसार फरक फरक पर्दछ किनकी ठाँउ अनुसार माटोको मलिलोपना फरक फरक पर्दछ । लिचीमा सकेसम्म प्राङ्गारिक मलको प्रयोग गर्नु उपयुक्त हुन्छ । प्रमुख खाद्यतत्वहरु (N,P, K) लाई मुख्यगरी माटोमा हाल्नु उपयुक्त हुन्छ तर नाईट्रोजन लाई पातमा छर्न पनि सकिन्छ ।
तालिकाः लिचीको लागी मलखादको सिफारिस मात्रा
| वर्ष |
मात्रा/वार्षिक/वोट |
| |
के.जि. |
ग्राम |
| |
कम्पोष्ट |
पिना |
नाईट्रोजन |
फस्फोरस |
पोटास |
जिन्क |
वोरन |
| १ |
१० |
१ |
५० |
२५ |
२५ |
२५ |
|
| २ |
१५ |
१.५ |
१०० |
५० |
५० |
५० |
|
| ३ |
२० |
२ |
१५० |
१२५ |
७५ |
७५ |
|
| ४ |
२५ |
२.५ |
२०० |
१५० |
१०० |
१०० |
|
| ५ |
३० |
३ |
२५० |
२०० |
१२५ |
१२५ |
१२५ |
| ६ |
३५ |
३.५ |
३०० |
२५० |
१५० |
१५० |
१५० |
| ७ |
४० |
४ |
३५० |
३०० |
१७५ |
१७५ |
१७५ |
| ८ |
४५ |
४.५ |
४०० |
३५० |
२०० |
२०० |
२०० |
| ९ |
५० |
५ |
५०० |
४०० |
२५० |
२५० |
२२५ |
| ≥९ |
६० |
५ |
६०० |
६०० |
२५० |
२५० |
२५० |
विरुवा रोपेको ३ वर्षसम्म मलखाद राम्रो सँग दिन सकेमा विरुवाका वृद्वि विकास राम्रोसँग हुन मद्वत गर्दछ । रासायनिक मल सिफारिस मात्राभन्दा वढी हाल्नु हुँदैन र मल हाल्दा वोटको फेदैमा पर्ने गरि हालेमा विरुवा मर्ने सम्भावना हुन्छ तसर्थ विरुवाका वरीपरी माथी पात फैलिएर गएको ठाँउसम्म पर्नेगरी राम्रोसँग खनेर हाल्नु पर्दछ । मलखाद्य साधारणतया वर्षको दुईपटक दिन सकिन्छ, एकपटक फल टिपेको लगत्तै पछि र अर्को असोज कार्तिक महिनामा तर मलखाद्य दिने वित्तीकै सिंचाईको राम्रो प्रवन्ध मिलाउनु पर्दछ ।
मुख्य खाद्यतत्वहरु (N,P,K) व्यवस्थापन गर्दा ध्यान पुर्याउनु पर्दछ । नाईट्रोजन पाँच वर्ष सम्मको विरुवालाई आधा भाग फल टिपेको लगत्तै तथा आधा भाग फाल्गुन/चैत्रको समयमा दिनु पर्दछ तर ५ वर्षभन्दा माथीको वोटमा २५–३० प्रतिशत फल लागे पश्चात र वाँकी फल टिपेको लगत्तै दिनु राम्रो हुन्छ । साधारणतया १००० के.जि ताजा लिची उत्पादन हुँदा माटोबाट बिरुवाले नाईट्रोजन २.२ के.जि, फस्फोरस २ के.जि, पोटास ६.६ के.जि,क्याल्सियम १.६ के.जि,म्याग्नेसियम १.१ के.जि लिने गर्दछ ।
फस्फोरसको पुरै मात्रा फल टिपे पछि दिनु पर्दछ भने पोटासको ३० प्रतिशत फल लागे पश्चात (Pea size)र वाँकी फल टिपेपछि दिनु उपयुक्त हुन्छ ।
शुक्ष्म खाद्यतत्वहरु पातमा छरेर (Foliar spray) गर्नु उपयुक्त हुन्छ । पातमा छर्कनाले तत्काल खाद्यतत्वको कमिवाट हुने समस्यालाई न्युनिकरण गर्न सकिन्छ । साधारणतया वोरन र जिड्ढ वर्षको एक पटक छर्दा राम्रो हुन्छ तर शुक्ष्म खाद्यतत्वहरुको जव वोटमा कमि देखिन्छ तव छर्दा राम्रो हुन्छ ।
तालिकाः शुक्ष्म खाद्य तत्वहरुको सिफारिस मात्रा
| खाद्यतत्व |
उत्पादित वस्तु |
माटोमा (ग्राम/मी.) |
पातमा छर्ने (ग्राम/लीटर) |
| वोरन (B) |
वोरेक्स |
२ |
२ |
| जिन्क (Zn) |
जिन्क सल्फेट |
२५ |
१ |
| तामा (Cu) |
कपर सल्फेट |
४ |
२ |
| फलाम (Fe) |
फेरस सल्फेट |
१० |
५ |
| म्याङ्गानिज (Mn) |
म्यागानिज सल्फेट |
५ |
२.५ |
शुक्ष्म खाद्यतत्वहरुले लिचीको फूल फूल्न र फल लाग्नको लागी विशेष सहयोग गर्दछ । खाद्यतत्व लाई झोल वनाएर छर्दा विशेष ध्यान दिनुपर्दछ । यदि सिफारीस गरिएको मात्रा भन्दा वढी मात्रामा छरियो भने त्यसले फलफुलहरु झर्ने समस्या हुन सक्दछ ।