परिचय

परिचय 

ईशापूर्व १०,००० वर्ष अघिदेखि घरपालुवा जनावरको रुपमा भेडापालन गरिंदै आएको भनाई छ । मासु, छाला, ऊन, मल उपलब्ध हुने र यातायातको कठिनाई भएको स्थानमा सामान ढुवानीको लागि समेत उपयोगी भएका कारण मानिसले भेडापालन व्यवसायलाई मन पराएको हुनुपर्दछ । यद्यपी ऊनको उत्पादन र कारोबार लामोसमयसम्म हुन सकेको थिएन । ऊन उत्पादन गर्ने भेडाको जाति ६००० वर्ष ईशापूर्वको हाराहारीमा ईरानमा उपयोगमा ल्याइयो । त्यसपछि पर्सियाको संस्कृति ऊन उत्पादन र व्यापारमा केन्द्रीत हुन थाल्यो। साथै बेबीलोनबासीले ऊनका कपडा उत्पादन गरी प्रयोगमा ल्याउन थाले। ऊनको व्यवसायिक उत्पादन र कारोबार भने मेसोपोटामियाबाट भएको थियो। ऊनको व्यापार अफ्रिका, यूरोप र अन्य मुलुकमा विस्तार हुन थाल्यो । 
घरपालुवा भेडाको विकासबारे विज्ञहरुको एउटै धारण रहेको पाइदैन । सामूहिक दृष्टिकोणबाट ७ जातका जंगली भेडाहरुलाई ४० उपजातमा विभाजन गरिएको छ । यीनीहरु मध्य पनि मध्य एशियाको अर्गली, एसियाको युरियल र एसिया माइनरको मोफलोन नामका तीन वटा जातवाट पाल्तु भेडाको विकास भएको बताइन्छ । अहिले Ovis aries जातको भेडाको बर्चस्व रहेको र यो व्यवसायिक उचाईंमा पुग्न पनि सफल रहेको देखिन्छ । 
भेडाहरु वथानमा वस्न रुचाउछन् । नेपालमा खेतीपातीको थालनी भएसँगै भेडापालन व्यवसाय शुरु भएको हो। पहिलेदेखि यसको महत्व तराईभन्दा पहाडी र हिमाली भेगमा रहदै आएको छ । खास गरी दूध, मासु, ऊन, मल, छाला उत्पादन र सामान ढुवानीको लागि नेपालमा भेडापालन गरिन्छ। लामो समयदेखि पर्वतीय कृषि व्यवसायले नेपालको पहिचान बढाइरहदा हिमाली जिल्लाहरुमा बसोवास गर्ने सबै जातजातीवीच भेडापालन व्यवसाय उल्लेख्य रहदै आएको छ । कतिपय परिवारमा सामाजिक, आर्थिक हैसियत घरमा पालेको भेडा संख्याबाट पनि निर्धारण हुन्छ । गुरुङ्ग, शेर्पा र तामाङ्ग जातीमा भेडाको महत्व अझ बढी रहेको पाइन्छ । पछिल्लो समय अधिकांश हिमाली जिल्लाहरुमा घुम्ती चरन प्रणालीबाट व्यवसाय संचालन भएको हुँदा आहाराको निम्ति कृषकले अतिरिक्त खर्च जुटाउनु पर्ने देखिदैनथ्यो । सो प्रणाली अब खुम्चिदै जान थालेको छ । कृषकको समस्या, आवश्यकतालाई ध्यानमा राखेर नेपाल सरकारले भेडापालन व्यवसाय प्रवर्द्धनका लागि विभिन्न ठाउँमा व्यवस्थित फार्महरु पनि संचालन गरेको छ । ऊन उत्पादन बढाउने, गुणस्तर कायम गरेर ऊनजन्य उद्योगलाई टेवा पुऱ्याउने हेतुले विदेशबाट शुद्ध जातका भेडा, थुमाहरु ल्याएर स्थानीय जातसँग क्रस गराउने व्यवस्था लामो समयदेखि हुँदै आए पनि ऊन उत्पादन बढ्न सकेको छैन । कृषकबाट उत्पादित कम गुणस्तरको ऊन विक्री गर्न कठिनाई परिरहेको अवस्था छ । निश्चित क्षेत्रमा ठूलो परिमाणमा ऊन उत्पादन, संकलन, ग्रेडिङ्ग, प्रशोधन र भण्डारण गर्ने व्यवस्था नहुँदा पनि ऊनको व्यापारमा कठिनाई भएको हो। तथापी भेडापालन बढी हुने क्षेत्रमा कृषक स्वयंमले ऊन कात्ने, ग्रेडिङ्ग गर्ने, प्रशोधन गर्ने, धागो कातेर कपडा बुन्ने स्थानीय प्रविधि अँगाल्दै आएका छन् ।

यसरी स्थानीय तहमा ऊनका सामाग्री उत्पादन र खपत हुने गरे पनि बृहत रुपमा बजारीकरण भएको पाइदैन। राडी, पाखी, वख्खु, कम्बल, टोपी, गलबन्दी लगायत अन्य आवश्यक कपडा स्थानीय तहमा उत्पादन भए पनि यीनीहरुको महत्व र माग घट्दो अवस्थामा छ । सस्तो आयातीत सामाग्रीले बजार भरिन थालेपछि धार्मिक, चाडपर्व, संस्कारजन्य गतिविधिमा बाहेक अन्य अवस्थामा समयमा स्थानीय ऊनका सामाग्री कमै उपयोगमा ल्याइने गरिन्छ । अव्यवस्थित बजारीकरण, न्यून गुणस्तर र परिमाणका कारण कार्पेट उद्यमी अर्को रुपैयाँ बराबरको ऊन विदेशबाट ल्याउन वाध्य छन् जसले ऊन उत्पादनमा संलग्न कृषक निराश बन्दै गएका छन् । तिब्बतबाट आयात हुने ऊनको गुणस्तर स्थानीय भ्याङलुङ्ग र वरुवाल जातका भेडाबाट उत्पादित ऊनभन्दा फरक नहुँदा पनि स्थानीय उत्पादनले बजार पाएको छैन । फेरी घुम्ती चरन प्रणालीमा पालिने भेडापालन व्यवसाय संकटमा पर्न थालेको छ। सामुदायिक बन, राष्ट्रिय निकुञ्ज, आरक्षण क्षेत्र, गाउँपालिकाहरुमा अनेकथरी नियमकानूनले भेडाको चरनक्षेत्र साँघुरिदै गएको छ । तसर्थ कृषकको निराशा र व्यवसायप्रतिको घट्दो आकर्षणलाई पुनः जागृत गराउनु जरुरी देखिएको छ ।

नेपालमा पाईने भेडाको परिचय 

भौगालिक धरातल र हावापानी अनुसार तराईदेखि हिमालसम्म विभिन्न जातका भेडा पाल्ने गरिन्छ । मुख्यतया निम्नानुसार ४ जातका भेडा नेपालमा पाइन्छन् । 

१. भ्याङलुङ्ग 
यो जातको भेडा हिमाली भेगको ३,००० मिटरभन्दा माथिको उचाईंमा पाइन्छ । खासगरी हुम्ला, डोल्पा, मुस्ताङ्ग, मनाङ्ग र मुगु जिल्लाहरुमा यिनीहरुको बाहुल्यता रहेको पाइन्छ । यसको शारीरिक तौल २५ देखि ३५ के.जी. र सरदर प्रति भेडा वार्षिक ऊन उत्पादन ७५० देखि १ के. जी. सम्म हुने गर्दछ। यसको ऊन मसिनो हुने भएकोले गलैचा उत्पादनमा प्रयोग गरिन्छ । त्यस्तै नरम खाले ऊनजन्य उत्पादन (मफलर, सल, पञ्जा, टोपी, मोजा, पर्स, कोटको कपडा आदि) बनाउन पनि प्रयोग गरिन्छ । यो जातका भेडाहरु मुख्यतया तिब्बतसंग सिमाना जोडिएका ठाउँहरुमा शेर्पाहरुले पाल्दछन् । यिनीहरुलाई भारी बोकाउने कामको लागि पनि प्रयोगमा ल्याइन्छ । प्रत्येक वयस्क भेडाहरुले ५ देखि १० के.जी. सामान बोकेर दैनिक ५ देखि ७ किलोमीटर वाटो सहज ढंगवाट पार गर्न सक्छन् । यो भेडाले देशको कुल भेडासंख्याको ४ प्रतिशत हिस्सा ओगटेको छ । 

२. बरुवाल 
यो जातको भेडा हिमाली तथा लेकाली भेगमा पालिन्छ। हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, रसुवा, लमजुङ्ग, कास्की, म्याग्दी, संखुवासभा, सोलुखुम्बु आदी जिल्लाहरुमा कृषकहरुले व्यवसायिक रुपमा पाल्दै आएका छन्। वयस्क भेडाको सालाखाला तौल ३५ देखि ४० के.जी. र भेडीको ३० देखि ३५ के. जी. हुन्छ। यीनीहरुमा वर्षको १ पटक व्याउने र एक पटकमा एउटा पाठापाठी जन्माउने गर्दछन् । राम्रो व्यवस्थापन भएमा २ वर्षमा ३ पटकसम्म व्याउन सक्छ । बरुवाल भेडाको सरदर बार्षिक ऊन उत्पादन ७५० ग्राम प्रतिभेडा प्रति वर्ष रहेको छ। यसको ऊन खस्रो हुने भएकोले राडी, पाखी, लिउ, सुकुनी बनाउन उपयोग गरिन्छ । भेडाको रङ्ग प्रायः सेतो हुने तर कुनै कालो र कुनै सेता कालो मिसिएको पनि हुन्छ। यो जातको भेडालाई नश्ल सुधार गर्न विदेशी जातका पोलवर्थ, मेरिनो, वोर्डरलिसेस्टर लगायतका थुमाहरु प्रयोग गरी वर्णशंकर पाठापाठी उत्पादन गर्ने काम विगतदेखि भएता पनि आशातित उपलब्धी हासिल भएको छैन । विदेशी जातसँग बरुवाल भेडा क्रस गराएर नतिजा अध्ययन गर्न कार्य भेडाबाख्रा अनुसन्धन कार्यक्रम गुठीचौर जुम्ला र पानसयखोला भेडाफार्म नुवाकोटमा भइरहेको छ। मजवुत शारीरिक बनावट, कठिन वातावरणमा बाँच्न सक्ने क्षमता, ढुवानीको लागि पनि उपयोगी मानिएको यो जातको भेडा १ देखि १.५ वर्षको उमेरमा पहिलो पटक बाली जाने भएकोले कृषक माझ निकै लोकप्रिय भएको पाइन्छ । जुम्लामा भारी बोक्ने भेडालाई जाकना र भारी बोक्ने खसीलाई वादे भन्ने चलन छ । भेडामा सिङ्ग हुन्छ तर भेडीहरु (Polled) अर्थात् सिङ्गरहित हुन्छन् । नेपालमा कुल भेडा संख्याको ६३ प्रतिशत यो जातले प्रतिनिधित्व गर्दछ । 

३. कागे 
यो जातको भेडालाई मध्य पहाडी र भित्री मधेश क्षेत्रमा पाल्ने गरिएको छ । ५ देखि ५० वटासम्मको संख्यामा कृषकले पालेको देखिन्छ। यो जनावर नेपालको भित्री मधेश लगायत काठमाडौं, पोखरा उपत्यका, दाङ्ग, चितवन, नवलपरासी जिल्लाहरुमा विभिन्न जातजातीले यो भेडा पाल्ने गरेको पाइन्छ । सानो संख्या धान्न सक्नेहरुले ५ देखि ७वटासम्म भेडा पाल्ने गर्दछन् । वर्षमा एउटा भेडाबाट सरदर ५०० ग्राम ऊन उपादन हुने र कागे भेडाको ऊन राडी, पाखी बनाउने काममा उपयोग गर्ने चलन छ। सरदर वयस्क भेडाको तौल २२ देखि २७ के. जी. र भेडीको तौल २० देखि २५ के. जी. हुन्छ । २ वर्षमा ३ पटक व्याउने र करिव २५ देखि ३० प्रतिशतले जुम्ल्याहा पाठापाठी जन्माउने गर्दछन् । संख्यात्मक हिसावले छिटो वृद्धि हुने भएकोले लमजुङ्ग, पर्वत, कास्की लगायतका जिल्लामा व्यवसायिक फार्मिङ्ग संचालन गरिरहेकाछन् । यो जातको बाहुल्यता मध्य पहाडी इलाकामा नै छ। सरकारी स्तरबाट भेडाको आनुवांशिकी स्रोत संरक्षण गर्ने हेतुले कागे भेडालाई पशु विकास फार्म, पोखरामा पनि राखिएको छ । यसले कुल भेडा संख्याको २१ प्रतिशत हिस्सा ओगटेको छ । 

४. लामपुच्छे 
यो जातको भेडा तराईका केही जिल्लामा पाल्ने गरिन्छ । भेडाको रङ्ग कालो र खैरो हुन्छ । घुमन्ते पाराबाट यो भेडा पालिदै आएको छ । यसको पुच्छर अरु भेडाको तुलनामा लामो हुने भएकाले यसलाई लामपुच्छ्रे भेडा भनिएको हो। यो जातको भेडा वर्षमा १ पटक व्याउने र २५ देखि ३० प्रतिशत भेडीहरुले जुम्ल्याहा पाठापाठी पाउँछन् । यो भेडाको सरदर शारीरिक तौल ३० देखि ४० के.जी. र भेडीको तौल २० देखि २५ के. जी. हुन्छ । वार्षिक ऊन उत्पादन ५०० देखि ७५० ग्राम हुने गरेको पाइन्छ । लामपुच्छे भेडाको ऊनलाई सेतो उनसंग मिसाएर प्रयोगमा ल्याउदा राम्रो मानिन्छ । ऊनलाई राडी, पाखी र कम्बल बनाउन प्रयोग गरिन्छ । यो जातको नश्ल सुधार गर्ने कार्यक्रम सरकारी स्तरबाट हालसम्म संचालन भएको पाइदैन ।

1

 

उत्पादनशील विदेशी जातका भेडाको परिचय 

स्थानीय भेडाको तुलनामा विदेशी नश्लका अधिकांश भेडाको शारीरिक तौल ऊन उत्पादन क्षमता निकै बढी हुन्छ। केही उदाहरण टेबल नं. १ मा दिइएको छ ।

1

 

नेपालमा भित्र्याइएका केही उन्नत नश्लका भेडाहरु

स्थानीय भेडाको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि अनि स्थानीय भेडाको अपग्रेडिङ्ग गर्न केही विदेशी जातका भेडी र थुमाबाट उत्पादित ५० प्रतिशतको वर्णशंकर पाठापाठी हुर्काएर कृषकस्तरमा लामो समयदेखि वितरण गर्ने काम भएको छ । केही उन्नत नश्लका भेडाको संक्षिप्त परिचय तल दिइएको छ :

१. मेरिनो 
यो जातको भेडा स्पेनमा उत्पत्ति भएपनि अहिले यो विश्वभर फैलिएको छ । यो जान मसिनो ऊन उत्पादनको लागि प्रशिद्ध छ । यसको अनुहार र खुट्टा सेतो हुन्छ । भालेमा सिङ्ग हुन्छ भने पोथी मुडुलो अर्थात सिङ्ग हुदैन। टाउको र खुट्टा समेत ऊनले छोपिएको हुन्छ । पेटको दुर्ब तर्फ पाटापाटा परेको ऊन नै मेरिनो भेडाको विशेषता मानिन्छ । यो जातको भेडा अत्यन्त कठोर र प्रतिकुल वातावरणमा पनि आफूलाई ढाल्न सक्ने खुबी भएको साथै हैसियत विग्रीएको चरन क्षेत्रमा बाँच्न सक्ने क्षमता राख्दछन् । मेरिनो भेडा अन्य जातको तुलनामा बढी बाँच्ने र लामो समयसम्म उत्पादनशील हुने गरेको पाइन्छ । 

s1

२. राम बुलेट 
यो जात स्पेनीस मेरिनोको सन्तान हो र यसलाई फ्रान्समा विकास गरिएको हो । सरसर्ती हेर्दा टाउको ठूलो, नाक र कानको वरिपरि ऊनले भरिएको पाइन्छ । थुमाको सिङ्ग हुन्छ तर कहिले काहिं मुडुलो पनि हुनसक्छ, पोथीहरु भने सबै मुडुला हुन्छन् ।यिनीहरुको तौला बढी हुने भए पनि मासुभन्दा ऊन उत्पादनको लागि प्रशिद्ध बनेका छन् । यसको ऊन बाक्लो र वजनदार हुन्छ । पुरा शरीर बाक्लो ऊनले भरिएको हुन्छ । यसको बढी संख्यामा पाठापाठी उत्पादन गर्ने क्षमता भए पनि हैसियत विग्रेको चरन क्षेत्रबाट भने राम्रो उत्पादन लिन सकिदैन । 

s2

३. बोर्डरलेसेस्टर 
यो जातको भेडाहरु मध्यम आकारका र चनाखो हुन्छन् । यिनीहरुको खुट्टा र अनुहार सफा हुन्छ । भेडीहरुमा बढी सन्तान उत्पादन गर्ने क्षमता हुँदैन । शारीरिक बनावट र लामो ऊन हुने भएकोले यीनीहरु अरु जातको भेडाको तुलनामा अलि फरक देखिन्छन् । वास्तवमा चेभियट र लेसेस्टर बीच क्रस गराएर निस्किएको वर्णशंकरलाई बोर्डरलेसेस्टर भनिएको हो ।

s3

४. पोलवर्थ 
यो जातको भेडा मेरिनो खप्न नसक्ने स्थानमा पनि खप्न सक्ने र राम्रो उत्पादन दिने भएकोले विकास गरिएको हो। यो अष्ट्रलियामा लिंकन भेडाको थुमा र मेरिनो भेडीबिच क्रस गरी उत्पादित पहिलो पुस्तालाई मेरिनो थुमा लगाई हाडानाताबाट उत्पादित भेडाको जातलाई पोलवर्थ नामाकरण गरिएको हो । यो जातको भेडा मेरिनो हुन नसक्ने वातावरण, ओसिलो र चीसो स्थानमा ऊन उत्पादनको लागि विकास गरिएको हो । यीनीहरुको शरीरलाई राम्रासंग ऊनले ढाकिएको हुन्छ । यो जातको र यस्तै चरित्रको कुपवार्थ जातको भेडा स्थानीयलाई अपग्रेड गर्न भेडाबाखा अनुसन्धान कार्यक्रम गुठीचौर, जुम्लामा राखिएको छ । यीनीहरुबाट उत्पादित ५० प्रतिशत रगत भएका थुमा कृषकहरुलाई वितरण गरी नश्ल सुधार गर्ने कार्यक्रमले निरन्तरता पाइरहेको छ । यीनीहरुका सन्तानले विरलै जुम्ल्याहा बच्चा जन्माउने अर्थात संख्या विस्तार गर्ने काममा कमजोर देखिएका छन् ।

s4

५. कोरिडेल 
अन्य जातको भेडाको तुलनामा यो नयाँ जातको भेडा हो। यो भेडालाई मासु, ऊन, दुबैको लागि राम्रो मानिन्छ । कोरिडेलले बढी पाठापाठी उत्पादन गर्ने र कठिन वातावरणमा पनि बाँच्ने क्षमता राख्दछन् । यो भेडाको जातीय गुण लिंकन, मेरिनो र लेसेस्टरसंग मिल्दोजुल्दो हुन्छ । यो जातको भेडा अलि होचो हुने भएकोले भुईमा घस्रिएर ऊनको गुणस्तरमा केही ह्रास आउछ ।

s5

 

छनौट तथा प्रजनन् व्यवस्थापन

छनौटको लागि मापदण्ड 

उच्च आर्थिक लाग प्राप्त हुने भेडाको जात छनौटको लागि प्राथमिकतामा राख्नुपर्छ । उच्च उत्पादन र उत्पादकत्व हासिल गर्न निम्न तरिका अवलम्बन गरिनु आवश्यक देखिन्छ। 
१. उच्च गुणस्तरकोलाई छनौट गर्ने, न्यूनकोटीको लाई हटाउने । 
२. न्यून गुणस्तरको भेडालाई बढी उत्पादनशील गुण भएकोसंग क्रस गराउने । 
३. गुणस्तरहिन जनावरलाई हटाएर बाहिरबाट नयाँ स्टक ल्याउने । 

छनौटको लागि मापदण्ड 
• जनावरको आफ्‌नो गुणको आधारमा 
• पुस्ता, नातेदारको गुणको आधारमा 
• पाठापाठीको गुणस्तरको आधारमा 

छनौट प्रकृयाबाट गुणस्तरयुक्त भेडाको पहिचान गर्न व्यवसायी फार्मले व्यवस्थित तरिकाको रेकर्ड राख्ने कामलाई प्राथमिकतामा राखेर त्यसलाई निरन्तरता दिनुपर्छ ।

कस्तो जनावर हटाउने ? 
• उल्टिरहने 
• थुमा खोजीरहने 
• दुईबेतको अन्तराल लामो भएको 
• एक अण्डे थुमा 
• रोगी 
• दीर्घअवस्थाको थुनिलो रोगले ग्रसित 
• दूध उत्पादन न्यून भएको 
• पाठापाठीको हेरचाहमा चाख नदेखाउने, मातृत्वको भावना नभएको भेडी 
• जात अनुसार रङ्गमा एकरुपता नभएको 
• सानो, शरीरको आकृति विग्रीएको• लामो खुट्टा, शरीरको रौं पातलो भएको 
• वेढंगको शारीरिक आकार 
• टाउकोमा कम या अत्यधिक रौं भएको 
• कमजोर प्रजनन् क्षमता भएको 
• झस्किने, आत्तिने खालको 
• कमजोर पाठापाठी जन्माउने 
• वृद्ध अवस्थाको 
• शारीरिक बनावटमा खराबी

भेडाको प्रजनन्बारे थप जानकारी 

भेडाको प्रजनन्बारे थप जानकारी 
• शुरुको प्रजनन् योग्य थुमाको उमेर १२ देखि १८ महिनाको हुनुपर्ने । 
• त्यस्तै पाठीको उमेर १५ देखि १८ महिना उपयुक्त हुने । 
• हाडानातासंग क्रस गराउन नहुने । 
• एक वर्ष उमेरको प्रत्येक थुमाको लागि १५ देखि २० वटा भेडी, २ देखि २.५ वर्षको थुमालाई ३० देखि ४० भेडी आवश्यक । 
• कुनै हालतमा पनि भालेपोथीको अनुपात १:५० हुन नहुने । 
• नेपालमा प्रजनन् गराउन उपयुक्त समय बैशाख, जेठ तर चरन क्षेत्रमा पुगेका ६० देखि  ८० प्रतिशत भेडीहरुले खानेकुराको प्रचुरता बढेसंगै असारदेखि भदौसम्म थुमा खोज्ने गर्दछन् । जाडोयाममा प्रजनन् कार्य नगन्य संख्यामा मात्र देखिन्छ । 
• भेडीहरु ५ वर्षको उमेरसम्म प्रजनन्‌को लागि उपयुक्त हुन्छन्, तापनि ७वर्षसम्म राख्ने चलन पनि छ । 
• भेडीमा थुमा खोज्ने ऋतुचक्र ९भ्कतचगक ऋथअभि० १७ दिनको हुन्छ औसत १४ देखि १९ दिन) 
• खोजेको ३० देखि ३६ घण्टासम्म थुमा लगाउन सकिन्छ । 
• औषत गर्भ अवधि १४७ दिन । 
थुमा खोजेको २० घण्टापछि विहान या बेलुका क्रस गराउनु उपयुक्त मानिन्छ ।भेडीहरु मौसम अनुसार पोली इस्ट्रस अर्थात् दुईपटकभन्दा बढी भाले खोज्दछन् । तर गर्भवती भने कुनै एक निश्चित सिजनमा मात्र हुन्छन् । भाले खोज्ने समय १ देखि ३ दिनको भए पनि धेरै जसो भेडीहरु २१ देखि ३९ घण्टासम्म मात्र ऋतुकालमा रहन्छन् । अरु घरपालुवा जनावर जस्तो भेडीहरु नियमित रुपमा ऋतुचक्रमा आउदैनन् । 
भेडीहरुमा ३ वटा प्रजनन् चक्र हुन्छ : 

१. सुख्खा गर्मीयाम - फागुन १५ देखि बैशाख १५ सम्म) 
करिव १५ देखि २० प्रतिशत भेडीहरु यो समयमा ऋतुचक्रमा आउछन् । 

२. वर्षायाम असार १५ देखि भदौ १५ सम्म) 
यो बेला ६० देखि ८० प्रतिशत भेडीहरु यो समयमा ऋतुचक्रमा आउछन् ।

३. जाडायाम - असोज १५ देखि मंसिर १५ सम्म) 
यो समयमा धेरै कम भेडीहरु ऋतुचक्रमा आउँछन् । गर्मीयाममा बाली लागेर व्याएका भेडीका बच्चाहरु स्वस्थ, हृष्टपुष्ठ हुन्छन् किनकी गर्भवती माउले प्रशस्त हरियापरियो घाँस खान पाएका हुन्छन् । जाडोयाममा व्याएका भेडीहरुमा चरन र आहाराको उचित व्यवस्था भएमा मात्र राम्रो हुन्छ तर सुख्खा गर्मीयाममा जन्मेका पाठापाठीहरु त्यति राम्रोसंग फस्टाउदैनन् त्यसैले कृषकले प्रजनन् व्यवस्थापनमा विशेष ध्यान दिनु जरुरी देखिन्छ ।

भेडी र थुमालाई प्रजनन् योग्य बनाउने तरिका 

भेडी र थुमालाई प्रजनन् योग्य बनाउने तरिका 
प्रजनन्‌को लागि राखीएका थुमालाई अलग्गै खोरमा राखी एक आपसमा लड्नबाट जोगाउनुपर्दछ । सामान्यतया गाउँघरमा पालिएका भेडाहरु वर्षमा एक पटक मात्र व्याउने र सामान्यतया एक पटकमा एउटा मात्र पाठापाठी जन्माउने गर्दछन् । यसले गर्दा भेडापालक कृषकहरुले व्यवसायिक ढंगबाट फाइदा लिन सकिरहेका छैनन् । स्वस्थ एवं जुम्ल्याहा पाठापाठी उत्पादनको लागि प्रजनन् सिजन अथवा सोभन्दा १५-२० दिन अगावै देखि विशेष प्रकारको आहारा खुवाउनुपर्दछ । यस्तो घाँस, दाना दुवाउने प्रक्रियालाई फूलसिङ (Flushing) भनिन्छ ।

१. फ्लसिङ (Flushing Ewes) 
भेडीलाई प्रजनन् सिजन आउनुभन्दा २-३ हप्ता अगावै थप खुराकी दिइन्छ । यसको फलस्वरुप प्रजनन् समयमा तौल बढ्‌ने, समय अगाडि थुमा खोज्ने, अन्ततः चाँडै व्याउने पनि हुन्छन् । ठूला फार्महरुमा भेडीहरुलाई फूलसिङ गरी एकै समयमा भाले खोज्ने र एकै समयमा व्याउने प्रकृया मिलाइन्छ जसबाट जुम्ल्याहा पाठापाठी उत्पादन हुने सम्भावना रहन्छ । फूलसिङ खुराक भनेको पोषिलो घाँस भएको चरनमा चराउने र दिनहुँ २५० ग्राम दाना दिने अथवा २५० ग्राम पीना या पोषिलो घाँसको हे र १०० ग्राम गहुँको चोकर वा १५० देखि २०० ग्राम अनाज तथा शारीरिक तौलाको १० प्रतिशत हरियो घाँस र १०० ग्राम पीना प्रत्येक भेडालाई दिन सकिन्छ । यस्तो दानामा मिनरल पनि मिसाएर खुवाउँदा प्रजनन् क्षमता अरु बढेको देख्न सकिन्छ । बढी दाना खुवाएको भेडीहरुको पाठेघरको वरिपरि बोसो जम्मा भई प्रजजन् क्षमता कमजोर हुन पुग्छ । फ्लसिङ कार्य भाले खोज्ने अवधिभर नियमित रुपमा संचालन गर्नुपर्दछ । 

२. थुमाको लागि दानापानी व्यवस्थापन 
प्रजनन्‌को लागि पालिएका थुमालाई पनि दानाको उचित प्रबन्ध मिलाउनु पर्छ । जसको फलस्वरुप थुमा प्रजनन् कार्यको लागि सधैं तम्तयार रहन्छ । चरन क्षेत्र राम्रो भएको खण्डमा थुमालाई थप दाना दिइरहनु पर्दैन । थुमालाई बढी मोटो हुने हिसाबले दाना खुवाउनु हुदैन । बाली लाग्ने महिनाहरुमा हरेक दिन ७५ प्रतिशत जौ र २५ प्रतिशत गहुँको चोकर मिसिएको ४०० देखि ७५० ग्राम दिए पर्याप्त हुन्छ । थुमालाई छरितो, फुर्तिलो, प्रजनन्योग्य राख्ने प्रमुख कारण मध्य प्रजनन् सिजनमा २५ देखि ३० वटा भेडी प्रति थुमाको व्यवस्था मिलाउनु नै हो ।

प्रजननको लागि भेडाभेडीको छनौट र कृत्रिम गर्भाधान

प्रजननको लागि भेडाभेडीको छनौट 
• जातीय शुद्धता भएकोलाई मात्र छनौट गर्ने । 
• निरोगी, स्वस्थ, चनाखो र फुर्तिलालाई मात्र छनौट गर्ने । 
• भेडाको हकमा प्रजनन् अंङ्ग अर्थात दुवै अण्डकोष बराबर आकारको भई झुण्डिएको हुनुपर्ने । 
• चारै खुट्टा सन्तुलित र बराबर हुनुपर्ने । 
• जुम्ल्याहा पाठापाठी जन्माई हुर्काउने खालका माउवाट जन्मीएकालाई मात्र बथानमा छानेर राख्ने । 
• उमेर अनुसार शारीरिक वृद्धि भएकोलाई मात्र छनौट गर्ने । 
• आर्थिक दृष्टिले महत्वपूर्ण कुराहरु जस्तै प्रतिभेडी कति पाठापाठी हुर्किए, पाठापाठीको शारीरिक वृद्धिदर कस्तो रह्यो र ऊन उत्पादन तथा गुणस्तर कस्तो थियो भन्ने जस्ता कुरालाई ध्यानमा राखी भेडाभेडीको छनौट गर्ने । 
• १२ देखि १८ महिनाको उमेरमा भेडा, थुमाको छनौट गर्ने । 
• भेडीको हकमा राम्रो, विकसित कल्वोंडो र दुई वटा विर्कासत थुन भएकोलाई छनौट गर्ने ।

कृत्रिम गर्भाधान (Artificial Insemination) 
गाई/भैंसीहरुमा जस्तै भेडाहरुमा पनि उच्च गुणस्तरका थुमाबाट वीर्य संकलन गरी कृत्रिम तरिकावाट भाले खोजेका भेडीको पाठेघरमा वीर्य राखिन्छ। यसको लागि दक्ष इन्सेमिनेटरको आवश्यकता पर्दछ । परिक्षणको लागि छिमेकी देश भारतमा भेडामा कृत्रिम गर्भाधान कार्यको थालनी गरिएपनि व्यवसायिक तरिकाले अघि बढ्न सकेको छैन । हाम्रो देशमा पनि नार्कमा थालनी भए पनि व्यवसायिक रुपमा प्रयोग भएको छैन ।

प्रजनन् पद्दती

प्रजनन् पद्दती (System of Breeding) 
बढी उत्पादन दिन सक्ने खालका भेडाको विकास गर्न विभिन्न प्रजनन् पद्दतीहरुको विकास गरिएको छ । यी प्रविधिहरुका आ-आफ्‌नै फाइदा र बेफाइदाहरु छन् । यस्ता पद्दतीहरुको बारेमा भेडा व्यवसायीहरुलाई जानकारी हुनु जरुरी देखिन्छ । केही पद्दतीहरु तल वर्णन गरिएको छ : 
Pure Breeding 
• हाडनाता प्रजनन् (Inbreeding) 
• मिश्रित प्रजनन् (Cross Breeding) 
• Out Crossing

१. हाडनाता प्रजजन् (Inbreeding) 
हाडनाता प्रजनन् भन्नाले आपसमा नजिकको नाता पर्ने पशुहरुबीच गरिने प्रजनन् कार्यलाई बुझाउछ । जस्तै पशुहरुको आमा छोरा, बाउ छोरी, दिदि भाई जस्ता निकट नाता भएका र काका भतिजी, मामा भान्जी जस्ता अलि टाढाका तर हाडनातामा पर्ने पशुहरुबीच प्रजनन् गराउनु यो पद्दती अन्तर्गत पर्दछ । यो पद्दतीका फाइदा बेफाइदाहरु निम्न बमोजिम छन् : 

फाइदाहरु 
• एकै किसिमको गुण भएका भेडाहरुको विकास गर्न सकिन्छ । 
• अवगुण पत्ता लगाई यसलाई सजिलै हटाउन सकिन्छ । 

बेफाइदाहरु 
प्रजनन् क्षमतामा प्रतिकुल प्रभाव 
प्रायः सबैजसो पशुहरुमा प्रजनन् क्षमतामा कमी हुँदै जान्छ । यस पद्दतीबाट जन्मेका थुमाहरुको अण्डकोषको विकास छिटो नहुने, छतौरा छतौरी तन्नेरी हुन लामो समय लाग्ने, भ्रुणको मृत्युदर बढी हुने जस्ता विकृतिहरु देखापर्दछन् । 

वृद्धिमा नकारात्मक प्रभाव 
भेडाहरुको रोग सहन गर्ने क्षमतामा कमी आउने भएकाले मिश्रित प्रजनन् प्रणाली अपनाएर जन्मेका भेडाहरुभन्दा धेरै ढिलोगरी वढ्ने र रोग लागिरहने अवगुणको विकास हुने भएकोले पशुहरु लुरे ख्याउटे हुने गर्दछन् । 

उत्पादनमा प्रतिकूल प्रभाव 
भेडाहरुको ऊन र मासु उत्पादनमा क्रमिक रुपले ह्रास आएको देखिन्छ । यो प्रजनन् पद्दती सरकारी फार्महरुले राम्रोसंग सदुपयोग गरी भेडाको जातीय विकासका लागि व्यवस्था मिलाउन सकिन्छ जसको लागि प्राविधिक तथा साधनश्रोतहरुको व्यवस्था मिलाइएको हुन्छ । व्यवसायिक रुपमा भेडापालन गर्नेहरुले भने यस पद्दतीबारे जानकारी नहुँदा आर्थिक लाभ लिन सकिरहेका हुँदैनन । अर्थात यो पद्दती उनीहरुको लागि फाइदाजनक देखिदैन ।

२. मिश्रित प्रजनन् (Cross Breeding/Out crossing) 
दुई भिन्न जातका पशुहरुका बीच प्रजनन् गराउने प्रक्रियालाई मिश्रित प्रजनन् प्रणाली भनिन्छ । यो प्रणालीमा बढी ऊन तथा मासु उत्पादन गर्न सक्ने क्षमता भएका उन्नत भेडाका थुमाहरु कम उत्पादनशील तर स्थानीय हावापानीमा राम्रोसंग हुर्कन सक्ने भेडीहरुलाई लगाई वर्णशंकर भेडाभेडी उत्पादन गर्ने गरिन्छ। यसरी उत्पादन भएका वर्णशंकरहरुबाट स्थानीय भेडाको तुलनामा ३ गुणा सम्म बढी उत्पादन हुन सक्ने कुरा नेपालमा भएको अनुसन्धानले देखाएको छ । यो प्रजनन् प्रणालीमा प्रजनन्‌को लागि छनौट भएका योग्य भाले र पोथी बीच प्रजनन् गराइने यसवाट वढी संख्यामा उच्च गुणस्तर भएका पाठापाठी जन्मिन्छन् ।

प्रजनन् कार्यको लागि छनौट तथा छटाई कार्य 

प्रजनन् कार्यको लागि छनौट तथा छटाई कार्य 
वास्तवमा भन्ने हो भने छनौट या छटाई (पाल्नका लागि, वथानवाट हाउनका लागि छटाई गर्नु) एउटै सिक्काका दुई पाटाहरु हुन। पशुहरुको छनौट (Selection) भन्नाले बथानवाट राम्रा गुण भएका पशुहरु अर्को पुस्ताको लागि आमा वा बाबु हुनका लागि छान्ने कार्यलाई बुझाउछ भने छटाई (Culling) ले नराम्रा तथा अनुत्पादक पशुहरुलाई बथानबाट हटाउने कार्यलाई बुझाउछ, यस प्रकार छनौट र छटाई कार्य एकैसाथ हुन्छ। 

पशु छनौट गर्ने आधारहरु 
१. व्यक्तिगत गुणको आधारमा गरिने छनौट (Individual Seletion) 
२. वंशावलीको आधारमा गरिने छनौट (Pedigree Selection) 
३. सन्तती गुणको आधारमा गरिने छनौट (Selection from Progeny Testing) 

१. व्यक्तिगत गुणको आधारमा गरिने छनौट 
बथानमा भए मध्यका राम्रा र उत्पादनशील देखिएका भेडाभेडीहरुलाई छनौट गरी प्रजनन् कार्यमा उपयोगमा ल्याउने प्रक्रियालाई यो प्रणालीभित्र समावेश गरिएको छ । पशुगत आधारमा बढी ऊन तथा मासु उत्पादन गर्ने खालका भेडाहरु छानी प्रजजन् कार्यको लागि प्रयोगमा ल्याइएकाबाट उत्पादित सन्ताहरुबाट बढी मासु तथा ऊन उत्पादन हुने निश्चितत छ। पशुगत गुणका आधारमा भेडाहरु छानी त्यसबाट प्रजनन् गराएर नश्ल सुधार गर्दै लैजान सकिन्छ। यो छनौट प्रक्रियालाई आधार मानेर भेडामा हुने जातीय विशेषताका गुणहरु भने समावेश गर्न सकिदैन। जस्तै थुमाको छनौटबाट दूध उत्पादन क्षमता र मातृत्वको गुण जस्ता विशेषता समावेश हुने निश्चितता रहँदैन । यो प्रक्रियाबाट पशुहरुको छनौट गर्दा बथानको औषत उत्पादन भन्दा बढी नै उत्पादन दिने खालका पशुहरुको छनौट गर्नु आवश्यक हुन्छ ।

२. बंशावलीको आधारमा गरिने छनौट 
छनौट गरिने पशुको आमा बाबु र पुर्खाहरुको उत्पादन अभिलेख हेरी त्यसैको आधारमा गरिने छनौटको प्रथा यो प्रणाली अन्तर्गत पर्दछ । पशुगत गुणका आधारभित्र समावेश हुन नसकेका गुण यसमा समेटिने गर्दछन् । थुमा छनौट गर्दा वंशावलीको आधारमा लिनुपर्दछ । जस्तै त्यस थुमाको माउ कत्तिको दुधालु थिई र उसमा मातृत्वको गुण कस्तो थियो भन्ने कुरा अभिलेखबाट पत्ता लगाई थुमाको छनौट गर्नुपर्छ । यसरी वंशावलीको अभिलेख हेरेर राम्रा गुण भएका थुमा र भेडी छनौट गरिन्छ । सम्भव भएसम्म यही प्रक्रियाबाट छनौट गरिनु उत्तम मानिन्छ । 

३. सन्तती गुणको आधारमा गरिने छनौट 
वंशजहरुको मुल्यांकन (आमावावु) तिनीहरुको सन्ततीले देखाएको उत्पादनशील गुणहरुको आधारमा मूल्यांकन गरी पशुहरुलाई छनौट गरिने प्रक्रिया अन्तर्गत प्रोजेनी टेस्टीङ्गको आधारमा छनौट गर्ने गरिन्छ ।

ऋतुकालमा एकैपटक ल्याउने र गर्भवती भेडीको लक्षण 

ऋतुकालमा एकैपटक ल्याउने (Syncronization of Heat) 
बथानमा भएका सबै प्रजनन्योग्य भेडीहरुलाई एकैपटक २-३ दिनभित्र थुमा खोज्ने बनाउन सकिन्छ । 
यसका फाइदा निम्नानुसार छन् : 
• भेडापालकले आफूले चाहेको उपयुक्त समयमा पाठापाठी जन्माउने व्यवस्था मिलाउन सक्छ । जसले गर्दा पाठापाठी हुर्काउने समस्यापर्दैन । 
• एकै पटक बथानका सबै भेडीहरुले थुमा खोज्ने हुँदा प्राकृतिक तथा कृत्रिम गर्भाधान संचालनमा ल्याउन सजिलो हुन्छ । 
• सबै भेडीहरुको एकै अवस्थाको हुने हुँदा व्यवस्थापन गर्न सजिलो पर्छ । 
• उत्पादित भेडाभेडीको बजार व्यवस्थापनको अनुकुलता हेरी पाठापाठी उत्पादन गर्न सकिन्छ ।

गर्भवती भेडीको लक्षण 
• भेडीहरु ऋतुचक्रमा आउदैनन् 
• भेडीहरुमा सुस्तता आउछ अर्थात उनीहरु अल्छी हुन्छन् 
• शारीरिक तौल क्रमिक रुपमा वढ्‌दै जान्छ । 
• पेट तलतिर झर्छ 
• फाँचोको आकार बढ्छ 
• गर्भको अन्तिम महिनातिर थुनको मुखमा खोटो जस्तो देखा पर्छ

आवास व्यवस्थापन

खोरको व्यवस्थापन 

खोरको व्यवस्थापन 
भेडाहरुलाई सामान्यतया महंगो किसिमको खोर बनाईराख्नु पर्दैन । प्रतिकुल मौसमबाट जोगाउन र जंगली जनावरबाट बचाउन स्थानीय साधन र श्रोतबाट तयार पारिएको सामान्य खोर भए पुग्छ । खोरको वरिपरि पर्खाल लगाउने र त्यसमाथि साधारण तरिकाले घेरा लगाई छानाको प्रबन्ध मिलाउनु पर्दछ । सामान्य खोरको व्यवस्थाले पनि भेडाको उत्पादकत्वमा वृद्धि हुन मद्दत पुग्दछ । भेडापालनको लागि छोड्वा खोर प्रकृतिको खोर राम्रो हुन्छ । यसको लागि खोर अगाडि खुला आँगन आवश्यक पर्दैन किनभने भेडाहरुलाई चराएर ल्याएपछि सिधै खोरमा राख्न सकिन्छ । छोड्वा खोर बनाउनदा एउटा वयस्क भेडाभेडीको लागि करिब ५ x ५ फीट (१.५ x १.५ मिटर) क्षेत्रफल र १.३५ x १.५ मीटर उचाईको पर्खाल हुनुपर्दछ । ठण्डीको समयमा भेडाभेडीलाई खोरभित्र थुनेर पाल्नु पर्दछ। पानी नपरेको समयमा बढी उत्पादनशील र छनौट गरिएका भेडाभेडीलाई खोरभित्रै राख्नुपर्दछ । ५० देखि ६० वटा भेडाको बथान नेपालको सन्दर्भमा आर्थिक दृष्टिकोणले बढी लाभप्रद हुने गरेको पाइन्छ । बधुवा प्रणालीमा भेडापालन गर्नाले १०/१५ वर्गफीट भुई क्षेत्र दानापानीको लागि अलग ठाउँ उपलब्ध गराउनु पर्दछ । 

१. खोरका प्रकारहरु 
भौगोलिक क्षेत्रका आधारमा भेडापालनका लागि विभिन्न प्रकारका खोरहरु निर्माण गर्न सकिन्छ । जस अनुसार हाल चलनचल्तीमा ल्याइएका खोरहरु निम्न अनुसार छन् :

१.१. टाँडे खोर 
यस प्रकारको खोरको खासगरी बढी वर्षात् हुने पानी जम्ने र गर्मी ठाउँको लागि उपयुक्त हुन्छ । यस प्रणालीमा भेडा वस्ने सतहलाई करिव १ मिटरजति जमीनको सतहबाट टॉड बनाएर उँचो राखिन्छ । टाँडबाट भेडाको मलमुत्र सजिलै तल झर्नसक्ने प्रावधान हुनुपर्दछ । जमीनको सतहबाट स्लेट मिलाएर राख्ने गरिन्छ । जहाँ मलमुत्र जम्मा हुने गर्दछ । यसले गर्दा मलमुत्र सफा गर्न सजिलो हुन्छ यस्ता खोरभित्र गर्मी मौसममा पनि भेडाहरुले शितलताको महशुस गर्न पाउँछन् । खारको भित्तामा ख आकारको टाँट्नु बनाई है, घाँस र स्याउला राख्ने प्रवन्ध मिलाउनु पर्दछ । टाँड बनाउनको लागि बाँस या काठको प्रयोग गर्न सकिन्छ । टाँड मलमुत्रमात्र छिर्नसक्ने गरी बनाउनु पर्दछ । भेडा, पाठापाठीको खुट्टा अड्किने गरी ठूला छिद्र बनाउनु हुदैन । यसरी टाँड बनाउदा प्रति भेडाको लागि भुईंको सतहको लम्बाई र चौडाई क्रमशः १.३५ र ०.७५ हुनुपर्दछ । 
खोर बनाउदा व्याउने माउ, थारा माउ, भरखर व्याएका दूध चुसाउने भेडी, पाठापाठी र थुमालाई अलग अलग राख्न मिल्ने गरी छुट्टयाउनु पर्दछ । यसो गर्दा भेडाको शारीरिक अवस्था अनुसार दाना पानीको व्यवस्था गर्न सजिलो पर्दछ । 

१.२. साधारण खोर 
वयस्क भेडीहरुलाई यस्तो खोरमा राखिन्छ । प्रत्येक खोरमा ५०-६० भेडीहरुलाई राख्न सकिन्छ । खोर करिव ३ मीटर अग्लो गरि बनाईन्छ भुईंमा स्लेट, ईटा मिलाएर राख्ने गरिन्छ। बढी पानी पर्ने ठाउँमा भेडा बस्ने भुईं अलि उचा पार्नुपर्दछ । हिमाली क्षेत्रमा खोर बनाउदा खोरको सतहलाई काठले भुइँमा ल्यांपकिङ गर्नुपर्दछ । 

१.३. थुमा बस्ने खोर 
प्रजनन्‌को लागि राखिएका थुमाहरुलाई अलग्गै खोर मा राख्ने गर्नुपर्दछ । ठूलो खोर भएमा बीचमा पार्टीसन गरि कोठा कोठा बनाएर थुमा राख्नुपर्दछ । प्रजनन्‌का लागि पालिएका थुमाको लागि जमीनको सतहको लम्बाई चौडाई क्रमशः २.२५ र १.५ मिटर हुनु आवश्यक छ ।

१.४. व्याउने भेडीको लागि खोर 
यस्तो खोरमा व्याउने माउलाई राख्ने गरिन्छ । यस्तो खोरमा प्रत्येक माउलाई अलग अलग राख्नु पर्दछ । यस्तो खोर हावाहुरीबाट सुरक्षित रहन्छन् । धेरै ठण्डी ठाउँ छ भने खोर तताउने व्यवस्था मिलाउनु पर्दछ । खोरभित्र अन्य पशुपन्छी पस्न नसक्ने व्यवस्था पनि मिलाउनुपर्दछ । 

१.५. पाठापाठीको लागि खोर 
यस्तो खोरमा दूध छुटाएदेखि वयस्क नहुँदासम्म पाठापाठीलाई राखिन्छ । साधारणतया एउटा खोरमा २५-३० वटा पाठापाठी राखिन्छ । एउटा ठूलो खोरलाई विभिन्न पार्टीसन गरी दूध खाँदै गरेका, दूध छुटाएका, बढ्दो उमेरका छतौरा छतौरीलाई अलग अलग राख्ने गरिन्छ । ठुलाठुला भेडा फार्ममा यीनै ३ समूहका छतौरा छतौरी लाई अलग अलग राख्ने गरी खोरको व्यवस्था मिलाइएको हुन्छ। यसरी खोरको व्यवस्था मिलाउदा प्रति १० पाठापाठीको लागि ३.८४ वर्गमिटर क्षेत्रफल आवश्यक पर्दछ । 

१.६. विरामी पशुको लागि खोर 
विरामी भेडाभेडीको खोर अरु भेडाभेडीको भन्दा टाढा बनाउनुपर्दछ । भेडाको बथानको संख्या हेरेर १-२ वटा खोर विरामी भेडाभेडीको लागि बनाउनु पर्दछ । खोरको आकार १० फीट लम्बाई र ५ फीट चौडाई (३ मीटर लम्बाई ह १.५ मीटर चौडाई) को हुनु उपयुक्त मानिन्छ । विरामी भेडाभेडीको लागि बनाएको खोरमा विजुली पानीको उचित व्यवस्था हुनु पर्दछ ।

आहार व्यवस्थापन

आहारा व्यवस्थापन (सुख्खा पदार्थ)

आहारा व्यवस्थापन 
भेडाहरु प्राकृतिक घाँस, झाडीवुट्यान र वालीनाली कटानपछि बाँकी रहेका ठुटाटी एवं झारपात खाएर बाँच्न सक्ने विशेष गुण भएका जनावर हुन् । यीनीहरुको मुखले सानोभन्दा सानो घाँसको पात टिप्न सक्छ जुन कुरा अरु ठुला जनावरले टिप्न सक्दैनन । नेपालको सन्दर्भमा खाना मात्र खुवाएर भेडापालन गर्न आर्थिक दृष्टिकोणले फाइदाजनक देखिदैन । भेडाहरुको लागि राम्रो चरनको आवश्यकता हुनु नितान्त जरुरी देखिन्छ । चरन तथा हैसियत विग्रिएको स्थान भेडाको आहाराको लागि सर्वोत्तम ठहरिन्छ । जहाँ यी जनावर जस्तोसुकै प्रतिकुल मौसममा पनि चर्न सकुन । भेडाहरुले आफ्‌नो लागि आवश्यक पौष्टिक आहारा पत्ता लगाई घाँस, कोशे घाँस, झारपात, जडिबुटी, झाडीको बनस्पति जो प्राकृतिक या खेती गरिएको ठाउँमा उपलब्ध हुन्छ, राम्रोसंग उपयोग गर्न सक्छन् । 
दुर्भाग्यवस हाम्रो देशमा दाना तथा घाँसको कमी, चरन क्षेत्रको अभाव तथा भएको चरन क्षेत्रमा उपयुक्त घाँसपातको कमी र अन्य समस्याले गर्दा भेडापालन व्यवसायमा संलग्न कृषकहरुले निकै समस्या झेल्नु परिरहेकोछ । फलस्वरुप सालवसाली यो पेशावाट कृषकहरु प्लायन उन्मुख बनी अन्य पेशमा लाग्न वाध्य बनेका छन् । आजको प्रमुख आवश्यकता भनेको भेडा उत्पादनका लागि आवश्यक पशु पोषणको समस्या समाधान गर्नु हो। यसको लागि भएको चरन क्षेत्रलाई उपयुक्त खालका पोषिलो घाँस लगाउने, चरन व्यवस्थापन गर्ने, वर्षातमा बढी भएको घाँसपातलाई संरक्षण गर्ने र घुम्ती चरन प्रणाली अपनाउनु अपरिहार्य देखिन्छ । 


१. भेडाको लागि पोषणको आवश्यकता 
भेडाको बथानलाई स्वस्थ, मजबुत र उत्पादनशील बनाउन पोषण व्यवस्थापनमा उचित ध्यान दिनुपर्दछ । हाम्रो देशमा पालन गरिएका भेडाहरु मुख्यतः डाले घाँस, झाडी, जंगली घाँस, बुट्यान, बालीनालीको अवशेष तथा झारपातमा निर्भर देखिन्छन् । यीनीहरुको आहाराको आवश्यकतामाथि भौगोलिक वातावरणले पनि असर पारेको हुन्छ । जस्तैः हावा, तापक्रम, हुरीको वेग, आद्रता, ऊनको लम्बाई तथा ऊन कात्ने समय, चरनको दूरी आदि । यी तत्वहरुको असरले गर्दा प्रजनन् दर, दुग्ध उत्पादन तथा उत्पादन अवधिमा प्रतिकुल असर पर्ने साथै रोग सहन गर्ने क्षमतामा ह्रास आएको देखिन्छ । भेडाहरुलाई निम्न अनुसार आहाराको आवश्यकता पर्दछ :

१.१ सुख्खा पदार्थको आवश्यकता 
बँधुवा प्रणालीमा पालिएका भेडाले पोषिलो घाँसपात खान भएमा आफ्‌नो शरीरको तौलको २५ देखि ३ प्रतिशत सुख्खा पदार्थ खान सक्छन् । तर त्यही भेडाले चरन क्षेत्रमा नरम, पोषिलो घाँस पाउदा बद्ध्वा प्रणालीमा भन्दा सालाखाला १५ प्रतिशतभन्दा बढी सुख्खा पदार्थ खाने गर्दछ। यदि नराम्रो खालको घाँस चरन क्षेत्रमा छ भने कम आहारा खाने र शारीरिक आवश्यकता अनुसार उर्जा र प्रोटिन अपुग हुन गई उत्पादनमा नकारात्मक असर देखिन्छ ।

आहारा व्यवस्थापन (इनर्जी र प्रोटिन)

१.२ इनर्जी र प्रोटिनको आवश्यकता 
इनर्जीको प्रमुख स्रोत कार्बोहाइड्रेट्स हो। यसको कमी भएमा भेडाभेडीहरु कमजोर हुन्छन् । इनर्जी, प्रोटिनको कमी हुनु आहाराको अभाव, खडेरी, सुख्खा पदार्थको कमी, बढी कलिलो घाँस, धेरै छिप्पिएको घाँसपात, चरनक्षेत्र हिउँले ढाकिएको अवस्था जस्ता अवान्छित तत्तवसंग सम्बन्धित छन् । यस्तो स्थितिमा भेडाको शारीरिक अवस्था, उमेर अनुसार घाँस, दानाको उचित प्रबन्ध मिलाउनुपर्दछ । एउटा वयस्क भेडाको जीवन निर्वाहको लागि कुल पाच्य पोषण (TDN) ०.७५ के. जी. प्रतिदिन आवश्यक पर्दछ। कुल पाच्य पोषण तत्व गर्भवती भेडी तथा थुमाको लागि थप व्यवस्था गर्नुपर्दछ । किनभने गर्भको अन्तिम ६ हप्तामा पाठापाठीको शारीरिक वृद्धिदर अत्यधिक बढ्‌ने र यो अवस्थामा किटोसिस र प्रेग्न्यान्सी टक्सिमियाबाट बचाउन बढी पोषण तत्व अनिवार्य हुन्छ । त्यस्तै प्रजनन्‌को लागि राखिएको थुमालाई प्रजनन् हुने सिजनमा थप कुल पाच्य पोषण जरुरी हुन्छ । भेडाहरुको लागि प्रोटिन पनि त्यनि नै जरुरी हुन्छ किन भने ऊन सल्फरयुक्त प्रोटिनबाट बनेको हुन्छ। एउटा ३० के. जी. ओजन भएको भेडालाई ४०० ग्राम कुल पाच्य पोषण (TDN) र ४० ग्राम पाच्य कोरा प्रोटिन (DCP) प्रतिदिन उपलब्ध गराएमा ठिक मात्रामा ऊन उत्पादन गर्न सघाउ पुग्दछ । भेडालाई खुवाउने दानामा १० प्रतिशत प्रोटिन ऊन उत्पादनको लागि पर्याप्त हुन्छ । यो भन्दा बढी मात्रामा भएको प्रोटिनयुक्त दाना खुवाउदा पनि ऊन उत्पादनमा खासै वृद्धि भएकोपाइदैन । 
व्याएका भेडीहरुलाई पनि कोशे तथा पोषिलो घास, हे, साइलेज र चरन क्षेत्रवाट यथेष्ट प्रोटिन प्राप्त गर्दछन् । प्रोटिनको कमीबाट अरुची हुने, प्रजजन् क्षमता र ऊन उत्पादन घटेर जान्छ । यस्तो अवस्थामा प्रोटिन आपूर्तिको लागि यूरियाको प्रयोग गर्न सकिन्छ । अधिकतम क्रिया उपयोगको लागि तत्काल शरीरले लिन सक्ने कार्बोहाइड्रेट्स (चिनी, सखर) आवश्यकता पर्दछ । निर्वाहको लागि भेडाको शारीरिक तौलका आधारमा आवश्यक पर्ने प्रमुख पोषण तत्वहरुको मात्रा टेबुल नं. २ मा उल्लेख गरिएको छ ।

1

 

1

 

आहारा व्यवस्थापन (चिल्लो पदार्थ (फ्याट))

१.३. चिल्लो पदार्थ (फ्याट) को काम 
• फ्याटले दिने शक्ति (उर्जा) प्रोटिन र कार्बोहाइड्रेटले दिनेभन्दा ३.२५ गुणा बढी हुन्छ । 
• शक्तिमने भण्डारणको रुपमा कार्य गर्दछ । लिनोलिक, आराकिडोनिक, लिनोलिनिक एसिड जस्ता शरीरको लागि आवश्यक फेटि एसिड उपलब्ध गराउछ । 
• शरीरको बोसो र चिल्लो पदार्थ बन्न मद्दत गर्दछ । 
• शरीरमा २० प्रतिशत सम्म हिस्सा ओगट्न सक्छ । 
• फोस्फोलिपिड उपलब्ध गराउछ । 
• तन्तुमा अवस्थिति प्रोटोप्लाज्मको हिस्सा बनेको हुन्छ । 
• ए, डि, ई, के जस्ता चिल्लोमा घुलनशील हुने भिटामीन शरीरलाई उपलब्ध गराउछ । 
• शरीरमा क्यारोटिन सोस्न मद्दत पुर्याउछ ।

1

 

आहारा व्यवस्थापन (खनिज पदार्थ)

१.४. खनिज पदार्थको आवश्यकता 
हालसम्म पत्ता लागेका २१ किसिमका खनिज तत्वहरु भेडाबाखाको लागि आवश्यक पर्दछ । शरीरभित्र विभिन्न जैविक प्रक्रिया पुरा हुन लाई र शारीरिक वृद्धि, दूध उत्पादन र सन्तानोत्पादनको लागि यी तत्वहरु जरुरी हुन्छन् । यिनीहरु मध्य क्याल्सियम, फोस्फोरस, सोडियम, पोटासियम, म्याग्नेसियम, सल्फर र क्लोरिन बढी मात्रामा आवश्यक पर्दछ । तथापी थोरै मात्रामा अन्य खनिज पदार्थको पनि आवश्यकता पर्दछ । भेडाहरुलाई आवश्यक प्रमुख तत्वहरुमा खाने नून, क्याल्सियम र फोस्फोरसलाई लिइन्छ । यद्यपी अरु खनिज पदार्थको महत्व नहुने भन्ने चाहि होइन । भेडाको लागि कुल खुराक मध्य एक तिहाई सुख्खा पददार्थ कोशे घाँसबाट उपलब्ध गराउन सकेमा आवश्यक क्याल्सियमका मात्रा पूरा हुने र फोस्फोरसको लागि सन्तुलित दानमा हड्डीचूर्ण मिसाएमा फोस्फोरसको आवश्यकता पनि पुरा हुन्छ । कुनै कुनै क्षेत्रका भेडामा कपर भन्ने खनिजको अभावका कारण समस्या आउने हुँदा त्यस्ता ठाउँमा चरिचरन गरिने भेडाहरुलाई ५ मि.ग्रा. कपर प्रतिभेडा प्रतिदिन दिएमा आवश्यकता पूर्ति हुन्छ । यसको लागि ०.५ के.जी. कपर सल्फेट र १५ ग्राम कोबाल्ट सल्फेट अथवा क्लोराइड प्रति १०० के.जी. खाने नुनमा मिसाई उक्त मिश्रण नुन दानामा मिसाउदा कपरबाट हुने समस्या निराकरण गर्न सकिन्छ । जिंक भेडाहरुलाई कति आवश्यक पर्छ भन्ने कुरा हालसम्म परिक्षण गरिएको छैन । तथापी जिंकको कमीबाट छतौरा, थुमामा अण्डकोषको वृद्धि नहुने र बीर्य बन्ने कार्यमा मन्दी आएको पाइन्छ । यसबाट के प्रमाणित हुन्छ भने छतौराहरुको प्रजनन् क्षमता विकासका लागि जिंकको अपरिहार्यतामाथि कुनै शंका रहदैन। खनिज पदार्थकको कमी हुन अवस्था देखिएमा बजारमा उपलब्ध खनिज मिश्रण दानामा मिसाउने तथा खनिजको डिको नियमित रुपमा चाट्न दिनु पर्छ ।

1

 

दूध छुटाएपछि पाठापाठीको हेरचाह

दूध छुटाएपछि पाठापाठीको हेरचाह
• पाठापाठीलाई ३ महिना पुगेपछि दूध छुटाउनु पर्दछ । यदि कम दूध दिने या चाडै बाली लगाउनु पर्ने खालका माउ छन् भने दुई महिनामै पाठापाठीको दूध छुटाउन सकिन्छ ।

• दूध छुटाएका छतौरा छतौरीलाई राम्रो सफा चरनमा चराई उल्लेखित मात्रामा सन्तुलित दाना खुवाउन जरुरी हुन्छ । 
• दूध छुटाएको १ महिनाभित्र आन्तरिक परजिवी (जुका) विरुद्ध औषधि खुवाउनु पर्छ । 
• पाठापाठीलाई इन्टरोटक्सिमिया र विफर रोग विरुद्ध खोप लगाउनु पर्दछ । 
• 
पाठापाठीलाई जंगली जनावर र प्रतिकुल मौसमबाट बचाउन विशेष ध्यान दिनुपर्दछ । 
• दूध छुटाएपछि माउ पाठामा समस्या नआउला भन्न सकिदैन । 
• माउमा थुनिलो समस्या आउन सक्छ भने पाठापाठीलाई तनाव, कमजोरी, जुका पर्ने समस्या, पेटको गडबडी हुनसक्छ । 
• थुनिलोका समस्या कम गर्न दूध छुटाउने हप्ताभर सुख्खा एवं कम पोषणयुक्त घाँसपात खुवाउदा दूध उत्पादन कम भई उक्त समस्याबाट पार पाउन सकिन्छ । 
• दूध छुटाउने दिन २४ घण्टासम्म माउलाई पानी दिनु हुदैन । त्यसपछि ३ दिनसम्म दिनको १ पटक पानी दिनुपर्छ । 
• दूध छुटाएको एक हप्ताभित्र सुकाउने व्यवस्थाको लागि रुखासुख्खा आहारा दिनु उपयुक्त हुन्छ ।

आहारा व्यवस्थापन (भिटामीन र पानी)

१.५. भिटामीनको आवश्यकता 
वयस्क उग्राउने खालका पशुलाई खुराकीमा छुट्टै भिटामीनहरु दिइरहनु पर्दैन । हरियो घाँसपातलाई भिटामीन ए को प्रमुख श्रोत मानिएको छ । अन्य भिटामीनहरु पशुको पाचन प्रणालीमा हुने शुक्ष्म जीवाणुहरुले बनाउछन् । हाम्रो देशमा बढ्दो उमेरका पाठापाठीको शारीरिक वृद्धिदर न्यून रहने गरेको पाइन्छ । न्यून शारीरिक वृद्धिदर हुनाको प्रमुख कारण पोषणको कमीकमजोरी नै हो । वास्तवमा भिटामीनहरु थोरै भए पनि पुग्दछ । तथापी कमी भएपछि विभिन्न समस्या देखा पर्न थाल्दछन् । भिटामीनहरु ६ प्रकारका हुन्छन् : ए, बी, सी, डी, ई र के। भिटामीन ए, डी, ई र के चिल्लो पदार्थमा घुलनशील हुन्छन् भने वी र सी पानीमा घुल्छन् । 

१.६. पानीको आवश्यकता 
पानी जीवीत पशुपन्छीको लागि जीवनरस हो । पशुको शरीरमा झण्डै ६५ प्रतिशत पानी हुन्छ । पानीले शरीरमा घोलक र रासायनिक प्रक्रिया पुरा गर्नको लागि माध्य बनेर कार्य गर्दछ । पानीले पाचन नलीमा भएको दाना र घाँसपातलाई नरम र चिल्लो पार्ने काम गर्दछ र पचेको खानेकुरालाई शरीरको विभिन्न ठाउँमा उपयोगको लागि पुऱ्याउछ । पानीले शरीरका विकारहरुलाई पसिना र पिसाबको रुपमा बाहिर निस्कन मद्दत गर्छ । पानीले शरीरको तापमक्रम पनि सन्तुलित पारिराख्छ । यसले उग्राउने पशुको पेटमा हुने जीवाणुलाई हुर्कन र खस्रा, रेसायुक्त आहारा, जस्तै घाँस पराल पचाउन सहयोग गर्दछ । शरीरमा भएको पानीको मात्रा पसिना, पिसाब, दिशा, दूध उत्पादन, श्वासप्रश्वास आदि प्रक्रियाबाट बाहिर निस्कने हुँदा सो को परिपूर्तिको लागि पशुलाई पर्याप्त मात्रामा सफा पिउने पानीको व्यवस्था गर्नुपर्दछ । पानीको मात्रा पशुको अवस्था, आहाराको किसिम र मौसम अनुसार फरक पर्दछ । सुख्खा र प्राटिनयुक्त आहारामा पानीको मात्रा बढी चाहिन्छ । तर हरियो घाँस बढी दिएको, जाडो र आद्रता बढी भएको समयमा र थारा पशुलाई पानीको परिमाण कम भए पनि पुग्छ ।

सन्तुलित आहार
111111

 

हेरचाह

गर्भवती भेडीको हेरचाह 

गर्भवती भेडीको हेरचाह 
गर्भावस्थामा भेडीहरुको सावधानीपूर्वक हेरचाह पुगेपछि पाठापाठी जन्माउन र हुर्काउन सजिलो हुन्छ । गर्भिणी माउको उचित व्यवस्थापनको लागि निम्न कुरामा ध्यान दिनु जरुरी देखिन्छ : 
• व्याउने माउलाई बढी हिडाउने, उचाल पछार गर्नु हुँदैन । 
• गर्भावस्थाको अन्तिम महिनामा व्याउने माउलाई वथानबाट अलग राखी उचित दाना पानीको व्यवस्था मिलाउनु पर्दछ । 
• कुपोषण तथा अपर्याप्त खुराकीले गर्दा माउ कमजोर भई गर्भमा रहेको बच्चालाई नराम्रो असर पर्ने तुहिने र दिन नपुग्दै कमजोर बच्चा जन्माउने गर्दछ । तसर्थ गर्भिणी भेडीलाई शारीरिक तौलको आधारमा सन्तुलित आहाराका व्यवस्था गर्नु अपरिहार्य देखिन्छ । 
• व्याउने महिना लागेपछि अर्थात व्याउनुभन्दा ३-४ हप्ता अगाडि देखि माउलाई थप खुराकी अर्थात दाना पानी दिनुपर्दछ जसले गर्दा गर्भको बच्चा तन्दुरुस्त रहने, माउको दूध उत्पादन बढ्‌ने, वजनदार पाठापाठी जन्मने र जन्मीसकेपछि पनि शारीरिक वृद्धिदर बढी हुने गर्दछ ।
• व्याउने दिनभन्दा ४-५ दिन अगाडिदेखि भेडीलाई बच्चा जन्माउन तयार पारिएको सुविधायुक्त कोठामा सबै व्ययवस्था मिलाएर राख्नुपर्दछ । 
• भेडीको गर्भअवधि १४२ दिनदेखि १५० दिन हुने भएकोले सम्भावित व्याउने दिनको ख्याल गर्नुपर्दछ । 
• व्याउने भेडालाई तातो, चिसो, धूलो र धुवाँदेखि जोगाएर राख्नुपर्दछ ।

भरखर जन्मिएका पाठापाठी, व्याउने अवस्थाका माउको हेरचाह

भरखर जन्मिएका पाठापाठी, व्याउने अवस्थाका माउको हेरचाह
व्याउने बेलामा सामान्यतया माउ वथानवाट अलग्गीने, छटपटाउने, फाँचो ठूलो भई प्रष्ट देखिने अवस्थामा पुग्ने, सुतबाट फोहोर फाल्ने आदि लक्षण देखाउछ । स्वस्थ भेडीलाई बच्चा जन्माउन खासै कठिन हुँदैन । तथापी भेडापालक कृषकहरुले व्याउने अवस्थाको लागि तत्पर रहने साथै जन्मेका पाठापाठीलाई निम्न अनुसार व्यवस्था मिलाउनु पर्दछ : 
• व्याउने मितिभन्दा ४-६ दिन अगाडिबाट भेडीलाई छुट्टै ठाउँ, कोठामा राख्ने । 
• हिडडुललाई सिमित राख्ने । 
• नरम सोतरको व्यवस्था गर्ने । 
• ब्रिडिङ्ग रेकर्डको आधारमा सम्भावित व्याउने दिन तय गर्ने । 
• व्याउनुभन्दा २-३ घण्टा अगाडि भेडी बेचैन भई कराउन थाल्छ । 
• व्याउनलाई कठिन भएको छ छैन ध्यानपुर्वक विचार गर्ने । 
• व्याउने वित्तिकै मनतातो पानी खान दिने । 
• केही बेरपछि खोले खुवाउने । 
• प्रशस्त मात्रामा घाँसपात र सन्तुलित आहारा खुवाउने । 
• व्याएको एक महिनासम्म छुट्टै ठाउँमा चर्ने व्यवस्था मिलाउने । 
• दुब्लो अवस्थाको, सानो माउलाई ठूलो थुमा लगाइएको आदि कारणले व्याउन कठिनाई पर्न सक्दछ । यस्तो अवस्थामा अनुभवी व्यक्तिको दरकार पर्दछ । 
• स्वस्थ पाठापाठी जन्मीएर माउले चाटिसकेपछि आफै उभिन खोज्छन् । माउको दूध चुस्न खोजी गर्छन । यस्तो गर्न नसक्ने पाठापाठीलाई सहयोग गर्नु पर्दछ । भरखर जन्मीएका पाठापाठीलाई अनिवार्य रुपमा विगौती दूध खुवाउनुपर्दछ । विगौती दूधले पाठापाठी स्वस्थ भई रोग व्याध सहन सक्ने क्षमताको अभिवृद्धि हुनछ । 
• पाठापाठीलाई चिसोको प्रतिकुल असर पर्न दिनु हुदैन । 
• पाठापाठीको नाभीमा एण्टिसेप्टिक प्रयोग गर्नुपर्दछ । 
• आन्द्रे दिशा (Meconium) फाल्नको लागि एक चम्चा अण्डीको तेल वा लिक्विड पाराफीन खुवाएपछि सजिलै दिशा फ्याक्न सक्दछ । 
• जन्मीने वित्तीकैका पाठापाठीलाई कृषकले नियन्त्रणमा नलिई माउसंग छोडिदिनुपर्दछ । 
• जन्मेको एक हप्तासम्म पाठापाठीलाई माउसंगै राख्नुपर्दछ । 
• दूध उत्पादनलाई आवश्यक पर्ने पोषण पुरा गर्न पोषिलो घाँस तथा दाना उपलब्ध गराउनुपर्दछ । 
• व्याएको माउलाई पर्याप्त मात्रामा ताजा र सफा पानी पिउन दिनु पर्छ । अरु अवस्थामा भन्दा भरखर व्याएका माउले बढी पानी खान रुचाउछन् ।

हुर्कदो अवस्थाका पाठापाठीको हेरचाह 

हुर्कदो अवस्थाका पाठापाठीको हेरचाह 
जन्मने अवस्थादेखि नै पाठापाठीको लागि विशेष ध्यान दिनु पर्दछ । ध्यान नपुग्दा विविध कारणले पाठापाठीको मृत्यु नहोला पनि भन्न सकिदैन । हेरचाहको लागि निम्न कुरामा विशेष ध्यान पुर्याउनुपर्दछ : 
• १५ दिनसम्म आफ्‌नै माउको मात्रै दूध चुसाउने । 
• ३ हप्ताको उमेर नपुगेसम्म पाठापाठीलाई दिनको ३ पटक माउको दूध चुसाउने, त्यसपछि २ पटक चुसाए पुग्छ । 
• माउको दूध नपुगेमा, माउ विरामी परेमा वा मृत्यु भएमा अरु भेडाको दूध खुवाउने व्यवस्था गर्नुपर्छ । 
• यो अवस्थामा दूध खुवाउन मानेन भने भेडीको नाकमा मट्टितेल लगाइदिनुपर्छ । अथवा भेडीको दूध पाठाको जीउभरी छर्किदिएमा नयाँ पाठा स्वीकार गर्दछ । 
• १५ दिनको उमेर पुगेपछि पाठापाठीलाई माउबाट अलग (Weaning) नगर्दासम्म "क्रीप आहाराको मिश्रण" खुवाउन जरुरी हुन्छ । यो आहारामा कुल पाच्य प्रोटिन १४ देखि १६ प्रतिशत र कुल पाच्य पोषण ७० देखि ७५ प्रतिशतसम्म हुनुपर्दछ । 
• पाठापाठी एक महिनाको पुगेपछि माउसंगै चरनमा पठाउनुपर्दछ । रातमा माउसंगै राख्ने र हरेक दिन ५० देखि १०० ग्राम सन्तुलित आहारा दिनुपर्दछ । 
• दुई महिना पुगेपछि पाठापाठीलाई १०० देखि १५० ग्राम दाना खुवाउनु पर्छ । 
• आहाराको परिमाण बढाउदै लगेर तेस्रो महिनाको २०० देखि २५० ग्राम खुवाउनुपर्दछ । 
• माउसंग छुटाए पछि हरेक दिन पाठापाठीलाई ३५० ग्राम दाना वा अनाज खुवाउने साथै दिनको ६ देखि ८ घण्टा चराउनुपर्दछ । 
• पाठापाठीले राम्रोसंग दूध चुसेनचुसेको कुरामा ध्यान दिनुपर्दछ । माउको थुन कानो भएको या निलो भए नभएको कुरा पनि परिक्षण गर्नुपर्दछ । 
• पाठापाठीहरुले आ-आफ्‌नो माउको दूध चुसेका छन् छैनन् सो को निगरानी राख्नुपर्दछ । नचुसेको भए सहयोग गर्नुपर्दछ । 
• पाठापाठीलाई १५ दिनको उमेरदेखि दूध नछुटाएसम्म गुणस्तरयुक्त हे घाँसका साथै थोरै सन्तुलित दाना खुवाउनुपर्दछ । दानको साटो आधा मानाजति खोले पीठो खुवाउन सकिन्छ । 
• यदि हरियो नरम घाँस उपलब्ध हुने समय छ भने दूध चुस्ने समयमा माउको नजिक हरियो घाँस झुण्ड्याइदिनुपर्छ । यसवाट पाठापाठीले घाँसपात खान सिक्छन् । 
• पहिचानको लागि प्रत्येक पाठापाठीलाई ट्याग वा अन्य नम्बर लगाउनुपर्छ । 
• पहिलो हप्ताको उमेरमा पुच्छर काट्‌ने र खसी पार्ने काम गर्नु उपयुक्त मानिन्छ । 
• खसी पार्दाको समयमा सफासुग्घर राख्नु जरुरी हुन्छ ता की धनुषटंकार र अन्य किसिमका संक्रमणबाट जोगाउन सकियोस् ।

स्वास्थ्य व्यवस्थापन

स्वास्थ्य संरक्षणका व्यवस्थापकीय पक्ष 

स्वास्थ्य संरक्षणका व्यवस्थापकीय पक्ष 
• आगन्तुकलाई जथाभावी फार्ममा पस्न नदिने । दिनै पर्ने अवस्थामा जुत्ता, चप्पल खोलेर मात्र प्रवेश गराउने । 
• फर्मालिन, चुन, फीनाइल, ल्कोरिन, वासिङ्ग पाउडर जस्ता जीवनाशक औषधि खोरका लागि र उपकरण सफा गर्न प्रयोगमा ल्याउने । 
• यदि खोर हिलो छ भने २ देखि ५ सेमी माटो निकालेर नयाँ बालुवा, माटो हाल्ने । 
• खाँदाखाँद नहोस्, जनावरहरु तनावमा आएर रोगी नबनुन् भनी प्रत्येक वयस्क भेडाभेडीको लागि जमीनको क्षेत्रफल १२ देखि १५ फीट उपयुक्त हुन्छ ।• पर्याप्त भेन्टीलेसनको व्यवस्था गरेर खोर स्वच्छ र सुख्खा राख्ने व्यवस्था मिलाउनुपर्दछ । 
• पानी र दाना खाने भाँडो फोहोर हुन दिनु हुदैन । 
• भेडाको समूहलाई पुरा कसरत हुने व्यवस्था मिलाउनु पर्दछ । 
• भुष्याहा कुकुर लगायत अन्य पशुपन्छीलाई फार्मभित्र प्रवेश गर्न दिनुहुदैन । 
• घाँस, चरन मा आधारित भेडापालन भएका स्थानहरुमा भेडालाई चरनमा लैजानुभन्दा दुई हप्ता अघि जुका, नाम्ले विरुद्ध औषधि खुवाउने, अनि चरनबाट फर्कने बेला (५-६ महिनापछि) सो औषधि फेरी खुवाउने । 
• चरन क्षेत्रमा लगेको बेलामा आवश्यक मात्रामा खनिज पदार्थको मिश्रण खुवाउने । 
• सबै भेडा, पाठापाठीलाई डिपिङ्ग गराउने तथा उपयुक्त किटनाशक औषधि प्रयोग र्ने व्यवस्था मिलाउनु पर्छ । तथापी ऊन कातेको १५- २० दिनसम्म कीटनाशक औषधि प्रयोग गर्नुहुदैन । 
• प्रजनन्‌को लागि राखिएका भेडा थुमालाई अरुबाट अलग राख्नुपर्छ । 
• खानेकुरा र पानी खान पर्याप्त ठाउँ हुनुपर्छ, हे, घाँसपात भुईंमा दिनुहुदैन । खाएर छोडेको हे, घाँसपातलाई पछि प्रयोग गर्नु पनि हुँदैन । 
• सोत्तर, मलको तह लगाउँदा स्वस्थ जनावरको पहुँच बाहिर हुनुपर्छ । 
• पुच्छर काट्ने, खसी पार्ने र अन्य चिरफारसंग सम्बन्धित कामको लागि प्रयोग हुने उपकरणलाई राम्ररी निर्मलीकरण गर्नुपर्छ । 
• आवश्यकता अनुसार ल्याइने नयाँ भेडा/पाठा (Replacement stock) स्वस्थ हुनुपर्छ । 
• घाउ, चोटपटकमा प्रयोग हुने एण्टिसेप्टिक झोल फार्ममा सबै उपलब्ध हुनुपर्छ । 
• भेडीहरु व्याउन अन्तिम ३ महिना बाँकी रहेको अवस्थामा नयाँ जनावर थप्नु हुदैन । 
• स्वास्थ्य संरक्षणको लागि खोप, उपचार, क्षतिको विवरण, खरिद, रोगबाट मरेको लगायत विवरण फार्ममा अद्यावधिक राख्नुपर्दछ । 
• प्रजनन् सिजन अगाडि बच्चा पाउन उपयोग गरिने कोठालाई उपयुक्त डिस्इन्फेक्ट्याण्ट प्रयोग गरी किटाणुरहित अवस्थामा राख्नु पर्छ । 
• पाठापाठीलाई श्वास प्रश्वासको समस्यापर्न नदिन जन्मिने वित्तिकै निगरानी राख्नुपर्दछ, आवश्यक पर्दा सहयोग गर्ने र नाभी काटिसकेपछि एण्टिसेप्टिक झोल प्रयोग गर्नुपर्छ । 
• नयाँ खरिद भएका भेडा/पाठालाई ३० दिनसम्म निगरानीमा राख्नुपर्छ । त्यसपछि मात्र वथानमा मिसाउनु उपयुक्त मानिन्छ । मिसाउनु अघि निम्न व्यवस्था मिलाउनु पर्छ : 
• वाह्य र आन्तरिक परजीवी विरुद्ध औषधि उपचारको व्यवस्था गर्ने । 
• आवश्यक पर्ने खोप लगाउने । 
• विरामीलाई अलग्गै राखेर पशु चिकित्सकको सल्लाह बमोजिम उपचार गर्ने । 
• रोग नफैलियोस भनि मरेका पशुहरुको सही तरिकाले व्यवस्थापन गर्ने । 
• मल, सोत्तरको सदुपयोग गर्ने, व्यवस्थापन गरी प्रक्षण, रोग बढ्न नदिने । 
• रोग देखा पर्ने वित्तिकै सम्बन्धित निकायमा रिपोर्टिङ्ग गरी नियन्त्रणको व्यवस्था गर्ने । 
• नियमित रोग परिक्षणको लागि नमूना प्रयोगशालामा पठाउने । 
• लामो समयसम्म भेडाहरुलाई एउटै चरन क्षेत्रमा नचराई घुम्ती चरनमा लैजाने । 
• क्वारेन्टाइनको मापदण्ड अनुसार वाहिरबाट ल्याइने भेडाभेडी, पाठापाठी त्यही राखेर आवश्यक भ्याक्सिन दिने साथै रोगको निगरानी गरेर स्वस्थ पशु मात्र भित्र्याउने । 
• फार्मको हेरचाह गर्ने व्यक्ति स्वस्थ हुनुपर्ने, सरसफाइको व्यवस्था गर्नुपर्ने । 
• रोग एवं अन्य समस्या न्यून गर्न नियमित रुपमा सन्तुलित आहारा खुवाउने । 
• नियमीत रुपमा फार्मको निरिक्षण गरिरहनुपर्छ । 
• यथा समयमा खोप लगाउने व्यवस्था मिलाउनुपर्छ । 
• रोग सार्ने विभिन्न जिवित तत्व र "इन्टरमिडियट होस्ट" को प्रभाव पर्न नदिने । 
• विभिन्न कारणवाट देखिने तनाव न्यून गर्ने ।
• पानी रोगको प्रमुख श्रोत भएकोले प्रदुषित पानी नखुवाउने ।

स्वस्थ र विरामी पशुमा देखिने भिन्नता 

स्वस्थ र विरामी पशुमा देखिने भिन्नता 
१. स्वस्थ पशुको लक्षण 
• फुर्तिलो, चनाखो र हृष्टपुष्ट देखिन हुन्छ । 
• आनीवानी स्वभाविक देखिन छ। 
• नाक, थुतुनो सुख्खा देखिदैन । 
• आँखा सफा र चम्किलो हुन्छ । 
• जनावरले आवश्यकता अनुसार समयमा दिशा पिसाब गर्ने गर्दछ, दिशापिसावमा कुनै खराबी देखिदैन । 
• उमेर अनुसार सही ढंगबाट शारीरिक वृद्धि भएको हुन्छ । 
• जनावरले दानापानी रुचाएर खाने गर्दछ । 
• राम्रोसंग हिडडुल गर्न सक्दछ । 
• नाडीको गति र श्वासप्रश्वासको गति प्रति मिनेट क्रमशः ७० देखि ८० पटक र २० देखि ३० पटकसम्म र शारीरिक तापक्रम १०१० फरेन्हाइट देखि १०३० फरेन्हाइटसम्म । 

२. बिरामी पशुको लक्षण

रोगको किसिम अनुसार अनेक लक्षणहरु देखिन्छन्, जस्तै : 
• पशुहरु झोक्राउने र हिडडुल गर्न मन नपराउने, कुनैले दाँत कटकटाउने पनि गर्छन् । 
• नाकबाट सिंगान बगेको पनि देख्न सकिन्छ । 
• आँखा निदाउरो, चिप्रा लागेको हुन्छ । 
• दिशा पातलो अथवा कब्जियत को समस्या देखा पर्न सक्छ । 
• पिसाब बढी पहेंलो हुने, रगत मिसिएको पनि हुनसक्ने, कहिलेकाहिं पिसाब बन्द पनि हुनसक्छ । 
• उमेर अनुसार वृद्धि नभई सानो र ख्याउटे हुने ।
• दानापानी मन लगाएर खाँदैन । 
• हिडडुल गर्दा खोच्याउने, एकै ठाउँमा बसीरहन मन गर्ने, झोक्राउने, कहिलेकाहिं छटपटाउने गर्छ । 
• कान चिसो अथवा रोगका प्रकार अनुसार बढी तातो हुनेगर्दछ । 
• शारीरिक तापक्रम, नाडिको गति र श्वासप्रश्वासको दर स्वस्थ अवस्थाको पशुमा भन्दा भिन्न (तल वा माथि) रहने गर्दछ । 
• साधारणतया शारीरिक तौल घट्दै जान्छ ।

भेडाको स्वास्थ्य संरक्षणका उपायहरु 

भेडाको स्वास्थ्य संरक्षणका उपायहरु 
भेडाको स्वास्थ्य संरक्षण गर्न खास गरी निम्न बमोजिम दुई वटा उपायहरु अपनाउन सकिन्छ । 
१ प्रतिकारात्मक विधि (Preventive Measures) 
२ उपचारात्मक विधि (Curative Measures) 
३ प्रतिकारात्मक विधि (Preventive Measures) 
यस उपायमा विभिन्न संक्रामक रोग विरुद्ध खोप लगाइने गरिन्छ । खोपको कारण पशुहरुमा खास रोगको विरुद्ध लड्ने क्षमता को अभिवृद्धि हुन्छ । जसले सो रोगको संक्रमणबाट बच्न सहयोग पुर्याउँछ । उदाहरणको लागि पि.पि.आर. खोरेत, इन्टेरोटक्सिमिया, भेडाको बिफर आदि । संक्रामक रोग बाहेक अन्य विभिन्न कारणबाट पर्न सक्ने समस्या, रोगको बचावटका लागि पनि प्रतिकारात्मक उपायहरु अपनाउन सकिन्छ । सबैभन्दा उचित र महत्वपूर्ण उपाय जैविक सुरक्षा (Biosecurity) को व्यवस्था मिलाउनु हो । बाहिरको रोग भित्र आउन नदिन र फार्मभित्रको रोग बाहिर जान नसक्ने अवस्था मिलाउनाले जैविक सुरक्षाको लक्ष हासिल गर्न सकिन्छ। भौतिक सुरक्षा अपनाउन तारवार, वृक्षारोपण आदिीको व्यवस्था गर्न सकिन्छ भने जैविक सुरक्षाको लागि कीटनाशक, कीटाणुनाशक औषधि प्रयोग गर्नु पर्ने हुन्छ । सो बाहेक खोरको नियमित सरसफाई, सफा एवं स्वस्थकर दानापानीको व्यवस्था, स्याहार सम्भारको समुचित व्यवस्था मिलाउने, चिसोतातो, हावाहुरी, बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपको असर न्यून गर्ने व्यवस्थाबाट पनि जनावरलाई स्वस्थ राख्न मद्दत पुग्छ ।

जैविक सुरक्षाको आवश्यकता र महत्व 
विभिन्न अदृश्य रोगका कारक तत्वबाट पशुपन्छीलाई निरोगी एवं सुरक्षित राख्ने गतिविधिलाई जैविक सुरक्षा प्रणाली भनिन्छ । विषाणु, जिवाणु, ढुसी, प्रोटोजोवा, परजीवी, मुसा, विरालो, न्याउरी मुसा एवं जंगली पशुपन्छीहरुलाई विभिन्न उपायबाट भेडी गोठ, फार्ममा आउन नदिनु जैविक सुरक्षाको अन्तरनिहित सिद्धान्त हो । भौतिक सुरक्षाको लागि तारवार, वृक्षारोपण उपयुक्त भने आन्तरिक व्यवस्थापनबाट पनि रोग नियन्त्रणमा ठूलो सहयोग पुगेको हुन्छ । सरुवा रोग नलागोस भनि समयमा खोप लगाउने, रोग लागेपछि निदान गरी उपचार विधि अपनाउने विषय पनि यहि पद्दतीभित्र पर्दछन् । 

जैविक सुरक्षाका उद्देश्यहरु 
• रोगको संक्रमण फैलाउने कारक तत्वलाई फार्म क्षेत्रमा आउन नदिनु । 
• फार्मभित्र र सेरोफेरोमा रोग ल्याउने, फैलाउने किटाणुको संख्या न्यून गर्ने । 
• संक्रमण रोगका किटाणुको संख्या शुन्यमा झार्नु ।

फार्ममा रोग कसरी फैलिन्छ ? 

फार्ममा रोग कसरी फैलिन्छ ? 
• संक्रमित भेडाभेडी, पाठापाठी फार्ममा ल्याएमा 
• उपचारबाट निको नभएका पशु भित्र्याएमा 
• फार्ममा ल्याइएका उपकरणहरु संक्रमित भएमा 
• मुसो, छुचुन्द्रो, विरालो, न्याउरीमुसो जस्ता दानामा प्रदुषण फैलाउन सक्ने प्राणीका संख्या बढी भएमा 
• भिंगा, उपियाँ, किर्ना, लामखुट्टे, उडुस, भुषुना बढी भएमा 
• संक्रमित, पुरानो दाना खुवाएमा या लसपस भएमा 
• पानीको मुहान संक्रमित भएमा अथवा पानीलाई बढी समयसम्म प्रयोग नगरेर जम्मा गरी राखेमा 
• सोत्तर या परिसरभित्रको माटो किटाणुयुक्त भएमा 
• हावाबाट सर्नसक्ने रोगहरुको ख्याल नगरी नजिक नजिक बढी संख्यामा भेडा या अन्य पशुपन्छीका फार्महरु स्थापना गरिएमा
• सडक, कलकारखाको धुलामैलो बढी भएमा, आगन्तुक र कामदारको चहलपहल, आवतजावत अत्यधिक बढी भएमा 
• सवारी साधन र फार्मभित्र ल्याइएका अन्य सामाग्री संक्रमित भएमा 
• विभिन्न उमेर, समूहका जनावरको हेरचाह, निगरानी नपुगेमा 
• संक्रमित चरनमा भेडा चराएमा 
• चरन क्षेत्रमा Grazing pressure बढी भएमा 
• चरनमा रोग पशुसंग लसपस भएमा 
• संक्रामक रोगविरुद्ध खोप नलगाएमा 
• प्रदुषित पानी खुवाएमा । 

उपचारात्मक विधि 
रोग लागिसकेपछि उपचार गर्न अपनाइने पद्दतीलाई उपचारात्मक उपाय भनिन्छ । यो उपाय बढी खर्चिलो हुने गर्दछ । प्रतिकारात्मक उपाय सफल नभएको, सबै रोग विरुद्ध उक्त विधि लागु गर्न नसकिएको अवस्थामा भेडालाई रोग या अन्य समस्याले सताएपछि सोही अनुसार उपचारातमक विधि अपनाउनुको विकल्प रहदैन । फेरी परजीवी लगायत कतिपय संक्रमक रोगहरु खोप एवं निश्चित प्रतिकारात्मक विधि नभएको हुँदा रोग निदान भए पछि सोही अनुसार उपचारको प्रबन्ध मिलाउनुपर्छ ।

रोग तथा समस्याहरु

आन्तरिक परजीवीका प्रकार रउपचार पद्ध्ती
11

 

नाम्ले रोग

नाम्ले रोग लागेपछि देखिने लक्षण 
• आहारा मन लगाएर नखाने 
• शुरु शुरुमा कब्जियत भए पनि पछि गएर गन्ध आउने दिशा गर्ने, छेर्ने 
• भेडाहरु क्रमशः दुब्लाउदै जाने 
• कुनै कुनैले माटो चाट्ने, खाने 
• बढ्दो उमेरका पशु नबढ्ने 
• समयमा बाली नजाने 
• च्यापु सुन्निने, दुब्लाउदै जाने 
• नाम्ले रोग लागेको हो होइन भन्ने पत्ता लगाउन गोबर परिक्षण आवश्यक हुन्छ । 

रोकथाम 
१. पानी जम्ने ठाउँ, धानबाली हुने खेत र सिमसार क्षेत्रमा शंखेकीरा प्रशस्त हुने भएकोले त्यस्तो ठाउँमा भेडाहरुलाई चराउनु हुदैन । त्यस्ता ठाउँको घाँसपात, पराल पनि खुवाउनु हुदैन । 
२. खोरको छेउछाउमा पानी जमेको खाडल पुरिदिनुपर्दछ । शंखेकीरा मार्न कपर सल्फेट पानी छर्कनु उपयुक्त हुन्छ । 
३. ४/४ महिनामा नजिकको पशु औषधालय, क्लिनिक, सेवा केन्द्र, प्रयोगशाला, पशु चिकित्सालयमा बड्‌कौला परिक्षण गराएर सिफारिस भएको औषधि खुवाउनु उपयुक्त हुनछ ।

जुकाको उपचार र रोकथाम 

गोलो जुका परेका पशुले देखाउने मुख्य लक्षणहरु 
• जुकाहरुले जनावरको आन्द्राभुँडीबाट रगत चुसेर खाने हुँदा घाउ भई दिशामा रगत आउन सक्छ । 
• पशुले दाना पानी खान मन पराउदैन ।
• घाँसपात छानीछानी खाने र बढी तिर्खाउने गर्दछ । 
• सुख्खा चीज बढी मन पराएर खाने गर्दछ । 
• कहिले सामान्य दिशा गर्ने, कहिले छेर्ने गर्दछ । 
• सामान्यतया पशुहरु दुब्लाउदै जान्छन् । 
• पेट फुल्ने, ढाडिने, साह्रो हुने, कराउने गर्दछन् । 
• दिशा गन्ध आउने हुन्छ । 

फोक्सोमा पाइने जुका 
जुकाको फुलबाट निस्केका बच्चा फोक्सो वा आन्द्रामा हुर्कन सक्छन् । फुलहरु श्वासनली हुँदै घाँटीमा आइपुगेपछि जनावरले निल्ने हुदा पेटमा उपयुक्त वातावरण पाएपछि फुलबाट बच्चा पैदा हुन्छन् । यीनै बच्चाहरु दिशाबाट बाहिर निस्कने र यिनीहरुसंग लसपस भएको खानेकुरा अरु पशुले खाएपछि रोग लाग्न सक्छ । रोगी पशुले खोक्ने, छिटोछिटो श्वास फेर्ने, दुब्लाउदै जाने, श्वास फेर्न अप्ठ्यारो हुने, जुकाले बढी समस्या परेको बेला भेडा घाँटी तन्काएर उभिने र ऱ्याल काढ्न थाल्छ । 

फित्ते जुका 
टुक्रा टुक्रा मिलेर लामो फित्ताको आकारमा हुने भएकोले यसलाई फित्तेजुका भनिन्छ । टाउकोमा भएको अंकुश तथा चुस्ने अंगको सहायताले अन्य प्राणीको आन्द्रामा फित्ते जुका टाँसिएर बस्छ । यसको लम्बाई १० देखि ३२ फीटसम्म हुन्छ । दिशाबाट फित्तेजुकाको फुल र जुकाका स-साना टुक्रा चौरमा झर्ने र अरु पशुलाई त्यस्तो ठाउँमा चराउने गर्नाले घाँससंगै त्यस्ता बस्तु पेटमा पुग्छन् र पछि आन्द्रामा फित्तेजुकाको रुपमा विकसित हुन्छन् । फित्ते जुका त्यति हानिकारक नभएता पनि यीनीहरुको संख्या बढी भएमा जनावरले छेर्ने र दुब्लाउदै जाने लक्षण देखाउन थाल्छ । बढी ग्रसित भएपछि दुब्लाउदै जाने, रक्त अल्पता हुने, कहिले पातलो छेर्ने र कहिले कब्जियत हुने जस्ता लक्षण देखिन्छन् । सानो उमेरका पाठापाठी यसबाट बढी प्रभावित हुने गर्दछन् ।

आन्तरिक परजीवीको रोकथाम र उपचार 
• गोठ सधैं सफासुग्घर र ओभानो राख्ने 
• दिशा लतपतिएको घाँस, दाना पशुलाई नखुवाउने 
• सिमसार, धाप, धानखेत जस्ता ठाउँमा शंखेकीरा हुने, फित्तेजुका सक्रिय रहने भएकोले त्यहाँ पशुलाई नचराउने र त्यस्ता ठाउँको घाँस पराल पशुलाई नखुवाउने । 
• चरन क्षेत्रका शंखेकीरा निर्मूल पार्ने 
• सिमसार तथा जमेको पानी जनावरलाई नखुवाउने 
• भेडालाई सन्तुलित आहारा खुवाउनुको साथै व्यवस्थित एवं पोषिलो घाँसपात भएको चरन क्षेत्रमा चराउने प्रबन्ध मिलाउने 
• दानापानी दिने भाँडाकुँडा सफा राख्ने 
• नियमित रुपमा ४/४ महिनामा आन्तरिक परजीवी विरुद्ध औषधि खुवाउने ।

भेडामा लाग्ने वाहृय परजीवी 

भेडामा लाग्ने वाहृय परजीवी 
भेडाबाख्राको शरीर वाहिर छालामा वा रौमा टाँसिएर छालाबाट रगत चुसी आफ्‌नो जीवन निर्वाह गर्ने जीवलाई वाहृय परजीवी भनिन्छ । वाह्य परजीवी मध्ये भेडाबाख्रालाई सताउने परजीवीमा जुम्रा, उपियां, किर्ता, भिंगा, माइट आदि हुन् । यी परजीवीले रगत चुस्नुका साथै एउटा पशुबाट अर्को पशुमा विभिन्न रोग सार्दछन् । जस्तै : लुतो, टिक फिवर (लहुमुते) आदि । 

वाहृय परजीवी नियन्त्रण 
वाह्य परजीवी नियन्त्रण गर्न प्रयोगमा आउने उपाय मध्य डिपिङ्ग (पशुहरुलाई परजीवी मार्ने विषादी घोल तयार गरी पशुलाई डुवाउने प्रक्रिया) एउटा व्यवहारिक र कम खर्चिलो उपाय हो । वर्षको २ पटक अर्थात चैत्र र असोजमा ऊन कातेको १/२ हप्तापछि डिपिङ्ग कार्य गर्नु राम्रो हुन्छ । सबै भेडापालक कृषकलाई पायक पर्ने गरी भेडा डुवाउने डिपिङ्ग ट्यांक निर्माण गरेको खण्डमा वाहृय परजीवी नियन्त्रण गर्न सजिलो पर्छ । वाह्य परजीवी को आक्रमण कम गर्न को लागि भेडाको खोर सफा राख्नुपर्दछ । खोरमा पर्याप्त उज्यालो र हावा प्रसार हुने व्यवस्था मिलाउनुपर्छ । खोरको चारैतिर फोहोरी वातावरण हुनु हुदैन । 
वाहृय परजीवी नियन्त्रणका लागि आइभरमेक्टिन इन्जेक्सन १ एम एल प्रति ५० के. जी. शारीरिक तौलको हिसावले छालामा लगाउन सकिन्छ । यो सुई लगाएपछि झण्डै ५/६ महिनासम्म वाहृय परजीवी, लुतो एवं आन्तरिक परजिवी नियन्त्रणमा आउछ ।

डिपिट्टमा

डिपिट्टमा प्रयोग हुने उपयुक्त विषादीहरु 
मालाथियन, साथिन, नियासिडोल, बुटक्स आदी मध्य कुनै एउटा प्रयोग गर्नुपर्दछ । यस्ता विषादीको घोलमा विषादीको मात्रा ०.५ प्रतिशत हुनुपर्दछ । घोल बनाउनदा प्राविधिको सल्लाह जरुरी हुन्छ । 

डिपङ्ग गर्दा ध्यान दिनुपर्ने कुराहरु 
• सकेसम्म बादल लागेको या झरी परेको बेला डिपिङ्ग गर्नु हुँदैन । 
• डिपिङ्ग गर्नुअघि भेडाहरुलाई पर्याप्त मात्रामा पानी खुवाउनु पर्दछ यसो गर्दा पौडिने क्रममा विषादीयुक्त पानी भेडाले पिउदैन । 
• विषादीको मात्रा जनावरलाई नकारात्मक असर पर्ने गरी पानीमा मिसाउनु हुदैन । 
• डिपिङ्ग गराउदा भेडाको ठूलो संख्या छ भने एउटै उमेर र समूहकालाई अलग अलग राखेर समूहमा पर्नेलाई सोही बमोजिम औषधि पानीमा डुबाउनु पर्दछ । 
• गर्भिणी माउलाई डुवाउदा सावधानी अपनाउनु पर्दछ । 
• ऊन कातेको ३-५ हप्तामा डिपिङ्ग गराउदा शरीरमा भएको ऊनले पर्याप्त विषादी घोल समाई राख्ने हुँदा परजीवीहरु सबै नष्ट हुन्छन् । 
• डुवाउने क्रममा समय समयमा डिपिङ्ग ट्यांकको विषादीयुक्त घोल चलाई राख्नुपर्दछ ।• विषादीयुक्त घोलमा भेडालाई डुवाउने क्रममा उक्त घोल खाई विष लागेमा उपचारको लागि मासुमा १ एम.एल. एट्रोपिन सल्फेट दिनुपर्दछ । 
• डिपिङ्ग गराउदा भेडालाई कम्तिमा १ मिनट पानीमा डुवाउनुपर्दछ ।

खोप विवरण
1

 

सन्दर्भ सामग्री

सन्दर्भ सामाग्री 

१. चेतराज उप्रेती, २०४८, नेपालमा भेडापालन, केन्द्रीय तालिम तथा प्रसार केन्द्र, हरिहरभवन, ललितपुर । 
२. चेतराज उप्रेती, २०६८, उन्नत भेडापालन प्रविधि, भेडा तथा वाखा अनुसन्धान कार्यक्रम, गुठीचौर, जुम्ला । 
२. रुद्र प्रसाद पौडेल, भेडापालन प्रविधि, २०६०, भेडा, वाखा बंगुर तथा कुखुरा विकास शाखा, हरिहरभवन, ललितपुर । 
४. शीप प्रोडक्सन इन पाकिस्ता, १९९३, पाकिस्ता कृषि अनुसन्धान परिषद्, पाकिस्तान । 
५. सुदर्शन प्रसाद रेग्मी, २०६०, चरन तथा घाँसेबाली गुणस्तर विकास प्रविधि, चरन तथा पशु आहारा विकास शाखा, हरिहरभवन, ललितपुर । 
६. एन. एस. आर. शास्त्री र आर. ए. सिंह १९९४, लाइभस्टक प्रोडक्सन म्यानेजमेण्ट, कल्याणी पब्लीसर, राजिन्द्रनगर, लुधिाना, भारत । 
७. भुवनेश्वर शर्मा, २०५९, बाख्रापालन म्यानुअल पुस्तिका), पशु उत्पादन निर्देशनालय, हरिहरभवन, ललितपुर । 
८. भुवनेश्वर शर्मा, प्रसन्न कुरमा कोइराला, २०६२, भेडापालन प्रविधि, केन्द्रिय भेडा बाखा प्रवर्द्धन कार्यालय, हरिहरभवन, ललितपुर । 
९. लाइभस्टक डायरी, २०७५, पशु सेवा तालिम तथा प्रसार निर्देशनालय, हरिहरभवन, ललितपुर । 
१०. रेन्जल्याण्ड पोलिसी, २०७०, राष्ट्रिय चरन तथा पशु आहारा केन्द्र, हरिहरभवन, ललितपुर । 
११. सोभेनियर, २०७५, फोरेज मिसन फर एलिभिएटिङ्ग फिड डिफिसिट सिचुयन अफ लाइभस्टक इन नेपाल, नेपाल भेटेरिनरी एशोसियसन, काठमाडौं । 
१२. डायरी अफ शीप एण्ट गोट फार्मिङ, २०७४, केन्द्रीय भेडा बाख्रा प्रवर्द्धन कार्यालय, हरिहरभवन, ललितपुर । 
१३. भुवनेश्वर शर्मा, २०७५, रिपोर्ट अन वेशलाइन स्टडी अन स्टाटस अफ शीप एण्ड ऊल फर कार्पेट प्रोडक्सन, फोरकाष्ट, बुद्धनगर, काठमाडौं ।