परिचय

परिचय

भेंडाहरु मुलुकको, विशेषगरी पहाड र हिमालका लागि एउटा महत्वपूर्ण पशुधन हो । मुलुकमा ८.० लाख भेंडाहरु रहेका छन् । यसमध्ये ५ देखि १० प्रतिशत विदेशी (शुद्ध वा वर्णशंकर) छन् भने बाँकी रैथाने हुन्  जसले यो देखाउँछ कि सबैभन्दा बढी योगदान रैथानेबाटै उपलब्ध हुन्छ । यिनीहरुलाई मुख्यतः ऊन, मासु, मल र भारी बोक्ने काममा (विशेषगरी पहाड र हिमालमा) का लागि पालिन्छ। यसबाहेक यिनीहरुका अन्य उपयोग पनि छन्, जस्तै छाला, हाड र रौं । त्यसभन्दा बाहेक यिनीहरुको मुलुकमा सांस्कृतिक र सामाजिक महत्व पनि उत्तिकै छ । मुलुकका लगभग ३ % (३.४%) घरपरिवारले भेंडापालन गर्दछन् । भेंडापालनको मुख्य कार्य ऊन उत्पादन हो । यिनीहरुको ऊनलाई राडीपाखी बनाउन प्रयोग गरिन्छ । यिनीहरुको ऊनलाई अझ नरम र उत्कृष्ट बनाउन अन्य धेरै विदेही नश्लका भेंडाहरु (पोलवार्थ, मेरिनो, बोर्डर लिसिस्टर, रामबोइलेट र रोमनी मार्स) लाई मुलुकमा आयात गरिएको थियो र स्थानीय नश्लसँग वर्णशंकर (क्रसब्रीड) गराइएको थियो । धेरैजसो वर्णशंकर कार्य विदेशी पोलवार्थको बरुवल जातको स्थानीय भेंडासँग गरिएको थियो । वर्णशंकर कार्यले वर्णशंकरित भेंडामा ऊन उत्पादन वृद्धि गर्न त सफल भयो तर वर्णशंकरित भेंडाको ऊनलाई प्रयोगमा ल्याउन (कात्न र कोर्न) समस्या आयो । त्यसैले वर्णशंकर कार्य लामो समयसम्म टिक्न सकेन । 
मुलुकमा हालसम्म पहिचान भएका र चारित्रीकरण भएका जम्मा चारवटा भेंडाका नश्लहरु छन् । तिनीहरु लामपुच्छ्रे, कागे, बरुवाल र भ्याङ्गलुङ्ग हुन् । भेंडाको अनुमानित कुल जनसंख्यामध्ये ४% भ्याङ्गलुङ्ग, ६३% बरुवल, २१% कागे र १२% लामपुच्छ्रे छन् । करीब ८४% भेंडाहरु पहाडी क्षेत्रमा पाइन्छन् भने बाँकी चाँहि तराईमा छन् । लामपुच्छ्रे बाहेक अन्य तीन नश्ललाई क्रोमोजोमस्तरमा वर्गिकृत गरिएको छ । रैथाने मध्येमा भ्याङ्गलुङ्गमात्र एक नश्ल हो जसले गलैंचाका लागि उपयुक्त ऊन उत्पादन गर्दछ । यिनीहरु उच्च पहाड र घुम्ती बसाइँ प्रणाली हुने स्थानहरुमा अवस्थित पाइन्छन् । लामपुच्छ्रेहरु तराईका जिल्लाहरुमा अवस्थित पाइन्छन् र सामान्यतया मासुका लागि पालिने पशु हुन् । कागे भेंडाहरु भित्री उपत्याका र न्युन पहाडतिर पाइन्छन् । यिनीहरुले खस्रो ऊन उत्पादन गर्दछन् । मध्यपहाडतिर पाइने बरुवल भेंडा चाँहि रैथाने नश्ल मध्ये प्रमुख हो ।

 

स्थिति 

लामपुच्छ्रे भेंडा संकटग्रस्त अवस्थामा रहेको छ र यिनीहरुको संरक्षण तथा उपयोगका लागि ध्यान दिइनु जरुरी छ । बरुवल सामान्य अवस्थामा पाइन्छ भने अन्य दुई रैथाने नश्लहरुको संख्या घट्दो क्रममा रहेको छ ।

                                                         टेबल : संरक्षणका दृष्टिकोणले रैथाने नश्लका भेंडाहरुको स्थिति

b

पहिचान

टेबल  : रैथाने नश्लका भेंडाहरुको पहिचान

ss

विशेषता

सकारात्मक गुण / विशेषताहरु 

सामान्यतया रैथाने भेडाहरु मासु र ऊन उत्पादनका हिसाबले विदेशी भन्दा कम उत्पादक हुन्छन् । तथापि यिनीहरुका अन्य धेरै सकारात्मक गुणहरु छन्, जस्तै: तगडापन, स्थानीय कठोर हावापानीमा पनि अनुकूल हुनु र कम भरण प्रणालीमा पनि उत्पादन गर्न सक्नु आदि । यी सकारात्मक विशेषताहरुको सही तवरले पहिचान हुन नसकेको र त्यसकारणले विदेशी नश्लका भेंडाहरुलाई यिनीहरुभन्दा बढी र अनावश्यक महत्त्व दिइएको देख्न सकिन्छ । 


टेबल  : रैथाने नश्लका भेंडाहरुको सकारात्मक गुण/विशेषताहरु

qualities

नस्लहरु

लामपुच्छ्रे भेंडा

लामपुच्छ्रे भेंडाहरु मुलुकको तराई क्षेत्र (उष्ण तथा उपोष्ण हावापानी) मा पाइन्छन् र यिनीहरु मासुका लागि तथा भेंडा जुधाईका लागि राम्रो मानिन्छन् । यिनीहरुले कुल भेंडा जनसंख्याको १२% भागको प्रतिनिधित्व गर्दछन् । यिनीहरुको जनसंख्या घट्ने क्रममा छ र यिनीहरुको संरक्षणका लागि ध्यान पुर्याउनु आवश्यक छ । यिनीहरुलाई फिरन्ते अवस्थामा पाउन सकिन्छ । यिनीहरुको शारीरिक बाह्य बनोटको चारित्रीकरण भइसकेको छ ।

bh

 

कागे भेंडा

न्युन पहाड र उपत्यकाहरुमा पाइने कागे भेंडाहरुले मुलुकको कुल भेंडा जनसंख्याको २१ % भागको प्रतिनिधित्व गर्दछन्। यिनीहरु खस्रो ऊनका लागि उपयुक्त छन् साथै यिनीहरु न्युनदेखि मध्य पहाडसम्म (उपोष्ण हावापानी) मा पाइन्छन् र मुख्यतः ऊनका लागि प्रयोग हुन्छन् । यिनीहरुले उत्पादन गर्ने खस्रो ऊन राडीपाखी बनाउन उपयुक्त हुन्छ । यिनीहरु मुलुककै सबैभन्दा सानो नश्ल हुन् । यिनीहरुको संख्या घट्ने क्रममा छ र यिनीहरुको संरक्षणका लागि ध्यान पुर्याउनु जरुरी छ । यिनीहरुलाई शारीरिक बाह्य बनोट र क्रोमोजोमस्तरमा वर्गिकृत गरिएको छ ।

kage

 

बरुवला भेंडा

बरुवाल भेंडाहरु मुलुकको प्रमुख भेंडा नश्ल हो र यिनीहरु मुलुकको पहाडी क्षेत्रमा अवस्थित पाइन्छन् । यिनीहरुले देशमा पाइने कुल भेंडा जनसंख्याको ६३% भागको प्रतिनिधित्व गर्दछन् र मुख्यगरी हिमाली क्षेत्रमा (४१%) र पहाडी क्षेत्रमा (२२%) केन्द्रित पाइन्छन् । यिनीहरुको ऊन राडीपाखी, स्वेटर र पछ्यौरा (सल) हरु बनाउन उपयुक्त हुन्छ । यिनीहरुको चरनको लागि थपयुक्त साथै घुम्ती बसाइँ प्रणालीका लाउिपयुक्त हुन्छन् । यिनीहरुलाई बाह्य शारीरिक बनोट र क्रोमोजोमस्तरमा चारित्रीकरण गरिएको छ ।

baruwal

 

भ्याङ्गलुङ्ग भेंडा

भ्याङ्गलुङ्ग भेंडाहरु उच्च हिमाली क्षेत्र र हिमालपारीको क्षेत्रमा समुद्रसतहभन्दा २५०० मिटर माथिको भूभागमा अवस्थित पाइन्छन् । यिनीहरुले मुलुकको कुल भेंडा जनसंख्याको ४% भागको प्रतिनिधित्व गर्दछन् । यिनीहरु एकमात्र रैथने भेंडाका नश्ल हुन् जसले गलैंचाका लागि उपडुक्त हुने ऊन उत्पादन गर्दछन् । यिनीहरुलाई कृषकहरु आफैले प्राकृतिक वासस्थानमा हुर्काउँदै आएका छन् । यिनीहरुको जनसंख्या घट्दै छ र यिनीहरुको संरक्षणका लागि समयमा नै उचित संरक्षण व्यवस्था दिनु अपरिहार्य छ । यिनीहरुलाई बाह्य शारीरिक बनोट र क्रोमोजोमस्तरमा चारित्रीकरण गरिएको छ ।

bs

 

उत्पादन

लामपुच्छ्रे भेंडा 

लामपुच्छ्रे भेंडाको जाति तराई क्षेत्रमा मासु उत्पादनका लागि उपयुक्त मानिन्छ । यिनीहरु रोगसंग लड्न सक्ने क्षमता र गर्मी हावापानीयुक्त स्थानहरुमा पाल्न उपयुक्त हुन्छन् । यिनीहरुले प्रजनन् वयस्कता एक वर्षको उमेरमा हासिल गर्दछन् भने पहिलो बेत १.५ वर्षको उमेरमा जन्माउँछन्  । यिनीहरुको बेत अन्तर ८ देखि १२ महिनाको हुन्छ । यिनीहरुले वर्षमा ०.२५ देखि ०.५ केजीसम्मको खस्रो ऊन उत्पादन गर्दछन् । यिनीहरुको ऊन खस्रो राडीपाखी बुन्न प्रयोग गरिन्छ । यिनीहरुको वर्षमा तीन पटक ऊन काटिन्छ र वार्षिक ऊन उत्पादन २५० देखि ५०० ग्राम हुन्छ भने ऊन वा रौं २५-५० μ परिधिको हुन्छ ।

कागे भेंडा 

कागे भेंडा एक रोगसंग लड्न सक्ने क्षमता भएको हो जुन न्युन पहाड तथा भित्री उपत्यकाहरुमा अनुकूल हुन्छ । यिनीहरुले प्रजनन्‌का लागि वयस्क उमेर एक वर्षमा हासिल गर्दछन् भने पहिलो बेत १.५ वर्षको उमेरमा जन्माउँछन् । बेतहरु बीचको अन्तर ८ देखि १४ महिनाको हुन्छ । वर्षमा दुई पटक ऊन काट्दा यिनीहरुले वार्षिक ३०० देखि ५०० ग्राम भुवा वा ऊन उत्पादन गर्दछन् जसमा प्रत्येक रेसाको परिधि २५-५०µ को हुन्छ  । साथै यिनीहरुको ऊनलाई मध्यम गुणस्तरको ओढ्ने वा पछ्यौरा (सल) बनाउन पनि प्रयोग गरिन्छ ।

बरुवाल भेंडा 

बरुवल भेंडा मध्य तथा उच्च पहाडलाई उपयुक्त हुने भेंडाको नश्ल हो । यिनीहरु रोगसंग लड्ने क्षमतम भएका शरीरका भेंडा हुन् र यिनीहरु घुम्ती बसाइँ हुने क्षेत्रहरुका लागि उपयुक्त छन् । यिनीहरुमा चरनको लागि उपयुक्त मानिन्छ । बरुवाल भेंडाको प्रमुख पदमार्ग मुलुकभरका पहाडी र हिमाली क्षेत्र हो (समुद्र सतहबाट १५०० देखि २५५ मिटर) जो गृष्मकालीन समयमा ४००० मिटरमाथि सम्म पनि बसाइँ सर्ने गर्दछन् । यिनीहरुलाई प्रायः सिन्हल बाखाहरुसँगै एकै बथानमा पालिन्छ । बरुवाल भेंडाको ऊनको भुत्लाको रङ्ग प्रायः सेतो (८२%, शरीरको छेउछाउका ऊन नकाटिने ठाउँको अन्य रङ्गसमेत) हुन्छ जसपछाडि क्रमशः खैरो (१०%), कालो-खैरो (५%) र निख्खर कालो (३%) हुन्छ । यिनीहरुको प्रजनन् वयस्क उमेर १.५ वर्षको उमेरमा हुन्छ भने पहिलो वेत २ वर्षको उमेरमा जन्माउँछन् । बेत अन्तर ६ महिनादेखि १२ महिनासम्मको हुन्छ । यिनीहरुलाई समान्यतया वर्षमा २ पटक कत्रने वा ऊन काट्‌ने गरिन्छ, एक वसन्त ऋतुमा अनि अर्को शरदमा । यिनीहरुको औसत ऊन उत्पादन वार्षिक ९०० देखि १२०० ग्राम हुन्छ भने हरेक ऊनको रेसा ४६.३५ परिधिको हुन्छ । यिनीहरुको ऊनलाई राडीपाखी बनाउन र खस्रो गुन्द्रीहरु वा खस्रो खोल बनाउन प्रयोग गरिन्छ ।

भ्याङ्गलुङ्ग भेंडा 

भ्याङ्गलुङ्ग भेंडा एक हिमाली भेंडा नश्ल हो। यिनीहरु अत्यन्तै रोगसंग लड्ने क्षमता तथा घुम्ती बसाइँ हुने क्षेत्रमा उपयोगी हुन्छन् । यिनीहरु गलैंचा बनाउन उपयुक्त ऊन उत्पादन गर्ने मुलुककै एकमात्र भेंडा प्रजाति हुन् । यिनीहरुको प्रजनन् वयस्क उमेर १.५ वर्षमा पुग्दछ भने पहिलो बेत २ वर्षको उमेरमा जन्माउँछन् । बेत अन्तर ७ महिनाको हुन्छ । यिनीहरुलाई वर्षको एक पटक ऊन काट्‌ने वा कत्रिने गरिन्छ भने यिनीहरुले वार्षिक ०.८ देखि १.१ केजीसम्मको प्रति रेसा २६.६५५ परिधि भएका ऊन उत्पादन गर्ने गर्दछन् । यिनीहरुको ऊनलाई गलैंचा बनाउन प्रयोग गरिन्छ ।

उत्पादन चरित्र

टेबल : रैथाने भेंडाहरुको उत्पादन चरित्र

production

अन्य जानकारी

रैथाने भेंडाको महत्व

मुलुकको दीगो कृषि विकासका लागि रैथाने घरपालुवा पशुहरुको आनुवांशिक स्रति एकदमै महत्वपूर्ण हुन्छ । नेपालका बहुसंख्यक घरपालुवा प्रजातिहरु रैथाने मुलका छन् । नेपालमा ४ भिन्दाभिन्दै नश्लका (लामपुच्छ्रे, कागे, बरुवल र भ्याङ्गलुङ्ग) गरी ८.० लाख भेंडाहरु छन् । यी नश्लहरुले कुल भेंडा जनसंख्याको ९५% भन्दा बढी भाग ओगट्छन् । सन् १९९५/९६ मा नेपालमा ८.७ लाख भेंडाहरु थिए जुन २०१०/११ सम्ममा घटेर ८.० लाख पुग्यो । यहाँको एक विशेष जनजाति समूहले यी भेंडाहरुलाई उच्च पहाड तथा हिमाली क्षेत्रको भूभागहरुमा घुम्ती बसाइँ अन्तर्गत पालन गर्दछन् । पशुपालन गर्ने परम्पराबाट शहरी क्षेत्रको सहज जीवन र अवसरहरुतर्फ भएको परिवर्तन भेंडाको जनसंख्यामा ह्रास आउनुको एक प्रमुख कारण हो । परम्परागत प्रणालीलाई जगेर्ना गर्न प्रोत्साहन दिइने हो भने नयाँ पुस्ताका भेंडापालकहरुलाई आकर्षित गर्न सकिन्छ । रैथाने भेंडाहरुलाई आवश्यक परेको बेलामा सहजै उठाउन सकिने लगानीका रुपमा लिइन्छ । यसबाट प्राप्त हुने उत्पादनहरुले दिने कच्चा पदार्थहरुबाट साना घरेलु उद्योगहरु संचालन गर्न सकिन्छ जहाँ खस्रो ऊनबाट (रैथाने भेंडाका उत्पादन) राडी, पाखी, लुई आदि बनाइन्छ र यसबाट रोजगारी सिर्जना गर्न सकिन्छ । यी वस्तुहरु स्थानीयस्तरमै बनाइन्छ तथा उपभोग गरिन्छ । गलैंचालाई उपयुक्त हुने ऊन उत्पादन गर्ने एकमात्र प्रकारको भेंडा भ्याङ्गलुङ्ग हो । भ्याङ्गलुङ्ग भेंडाको २०% ऊनलाई न्युजल्यान्डबाट आयातित ऊनसँग पेलेर बनाइने धागोले उच्चस्तरीय गुणस्तरको गलैंचा उत्पादन गर्न सकिन्छ ।

चुनौती र अनुसन्धान

हिमाली क्षेत्रको विशेष स्थानहरुमा मात्र पाइने (२२०० मिटरमाथि) भ्याङ्गलुङ्ग भेंडाको जनसंख्या घट्दै गएको छ र यिनीहरुलाई कम उचाइका पहाडमा पाल्न तथा अनुकूल गराउन एकदमै मुस्किल हुन्छ । त्यसकारण विदेशी नश्लहरु (मेरिनो, पोलवर्थ, रामबोलेट, बोर्डर लिसिस्टर, रोमानी मार्स) र सबैभन्दा ज्यादा पाइने रैथाने नश्ल (बरुवल र कागे) को विभिन्न अनुवंशको (genotype) घुम्ती बसाइँ हुने अनुकूलता र उत्पादकत्वको बारेमा धेरै अनुसन्धानहरु गरिएका छन् । तर वर्णशंकरितमा हुने अत्याधिक मृत्युदरले कमजोर बथाने प्रवृति देखायो जसले अत्याधिक असामयिक मृत्युतर्फ डोऱ्यायो । बसाइँ सर्ने भेंडाका आनुवंशकीय स्रोतहरु पहाडी क्षेत्रको कृषिका लागि एक महत्वपूर्ण पाटो हो। यी भेंडाहरुले यिनीहरुको वयस्क शारीरिक तौलको ७०% अंश लेकाली चरनबाट बेंसी झर्ने बेलामा जीवनको पहिलो वर्षभित्रै प्राप्त गरिसकेका हुन्छन् । 
भेडाहरमा वैज्ञानिक तवरबाट उत्पादन वृद्धिका साथै रोगहरुका रोकथामका क्षेत्रमा उल्लेखनिय उपलब्धीहरु हुन सकेका छैनन् । भेडाका फुट रट समस्याको महत्वपुर्ण परियोजना, जुन क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले पश्चिमी पहाडका कास्की, लमजुङ र मनाङमा लागु भएको थियो । जसबाट त्यस क्षेत्रका किसानहरुलाई उक्त परियोजनाबाट निकै नै महत्वपु उपलब्धी हासिल भएको थियो। भेडा मात्रमा हैन अरु पहिचान भईसकेका स्थानीय जनावरहरुमा पनि अनुवंशकीय, आहारा प्रजनन र रोग रोकथाम र जनावरहरु व्यवस्थापन क्षेत्रमा विदेशी जातहरु जस्तो प्रविधिहरुीवकसित गर्न सकिएकोछैन । धैरैजसो अनुसन्धानमा स्थानीय जातहरुको सही पहिचान र न्युन उत्पादकत्व विकसित गर्ने काममा अनुसन्धात्मक कामहरु ऋगाडि बढेको देखिन्छ जुन जातहरु नेपालका हावापानमिा सजिलै सुहांउदा र नेपाली जनमासमा स्थानीय जातका उत्पादनहरु लोकप्रिय छन् । भ्याङलुङ्ग जातका स्थानीय भेडाहरुको घट्दो जनसख्यालाई तिव्रता दिन नेपाल सरकारले चिनको तिब्बतबाट विर्यहरु आयात गर्ने काममा पनि सफलता प्राप्त गर्न सकेको देखिदैन । अहिलेसम्म भएका प्रविधि तथा ज्ञानबाट स्थानयि जातका जनावरहरु जुन क्षमताका कारण नेपाली माटोमा थोरै लगानकिा बावजुत महत्वपूर्ण उत्पादन दिइरहेका छन् । जसको उत्पादकत्व अझ बढाएर हाम्रा रैथाने स्रोतहरुलाई चिनाउन थप अनुसन्धान तथा स्पष्ट नितिहरु विकास गरिनु जरुरी छ । विगत दुई दशकदेखि पशु तथा कुखुरामा मलेकुलरको क्षेत्रमा निकै नै उल्लेखनीय कामहरु भएका छन्, जुन अनुसन्धानका क्षेत्रमा एउटा कोशेढुङ्गा नै सावित भएको छ ।

 

नस्लहरुको चारित्रिकरण

बाह्य शारीरिक बनोट चारित्रीकरण 

१ लामपुच्छ्रे भेंडा : लामपुच्छ्रे एउटा लामो पुच्छर रोगसंग लड्न सक्ने क्षमता भएको भेंडाको नस्ल हो र यसलाई विशेषगरी पश्चिम तराईको फिरन्ता मानिसहरुले पालन गर्दछन् । यो प्रायःजसो सेतो रङ्गको र टाउकोमा सेतो देखि खैरो र कालोसम्मको विविध रङ्गमा पाइन्छ । यिनीहरुको ऊन कालो र सेतो रङ्गमा (४५%) पाइएको थियो भने त्यसपश्चात निख्खर सेतो (३०%) र अरु रङ्गको मिश्रण (२५%) पाइएको थियो । यसको औसत शारीरिक तौल ३० केजी  हुन्छ जसमा शारीरिक लम्बाई ६३ सेमी र छातीको गोलाई ७१ सेमी हुन्छ । काँधको उचाइ औसत ६१ सेमी हुन्छ । भेंडीहरुको सिङ नभएका सेतो रङ्गको टाउको हुन्छ भने भेंडाहरुको ३१ सेमी लामो घुमाउरो सिङ हुन्छ । यो नश्लको भेंडाको छोटो कान हुन्छ । यिनीहरु मासुका लागि र भेंडा जुधाईका लागि राम्रो मानिन्छन् । यिनीहरुको जनसंख्या घट्दै छ तसर्थ समयमै यिनीहरुको संरक्षणमा ध्यान पुऱ्याइनु आवश्यक छ । यिनीहरुलाई बाह्य शारीरिक बनोट स्तरमा मात्र चारित्रीकरण गरिएको छ ।

२ कागे भेंडा : कागे भेंडा एउटा छोटो पुच्छर भएको रोगसंग लड्न सक्ने क्षमता भएको भेंडा हो जुन सामान्यतया मध्य पहाडी क्षेत्रका मानिसहरुले पालन गर्ने गर्दछन् । कागे भेंडा रैथाने भेंडाहरुमध्ये सबैभन्दा सानो हुनुका साथै अत्याधिक सन्तान उत्पादन गर्ने (१८% जुम्ल्याहा बेत) नश्ल हो । यसमा भालेको सिङ हँसिया आकारको हुन्छ भने पोथीहरु प्रायःजसो सिङविहिन हुन्छन् । टाउकोमा बाहेक यिनीहरुको शरीरको भुवा वा ऊनको पत्र सेतो हुन्छ । टाउको चाँहि प्रायः खैरो हुन्छ । भेंडाहरु सिङ भएका हुन्छन् भने भेंडीहरु चाँहि सिङबुच्चे हुन्छन् । भेंडीहरुको शारीरिक तौल औसत २२ केजी हुन्छ । भाले भेंडाको तौल भने लगभग ३२ केजी हुन्छ । शरीको लम्बाई ६२ केजी हुन्छ भने छातीको गोलाई ६५ से.मी. हुन्छ । काँधको उचाइ औसत ६० से.मी हुन्छ । यिनीहरुले खस्रो ऊन उत्पादन गर्दछन् जुन राडीपाखी बुन्न उपयुक्त हुन्छ । यिनीहरुको जनसंख्या घट्दैछ तसर्थ यिनीहरुको संरक्षणका लागि ध्यान पुऱ्याइनु जरुरी छ । यिनीहरुलाई बाह्य शारीरिक बनोट र क्रोमोजोमस्तरमा वर्गिकृत गरिएको छ |

३ बरुवाल भेंडा:  बरुवल भेंडाहरु हाम्रो मुलुकको प्रमुख भेंडा नश्ल हुन् र यिनीहरु ऊन उत्पादनमा राम्रा हुन्छन् । यिनीहरु देशको पहाडी क्षेत्रमा अवस्थित पाइन्छन् । यिनीहरुको ऊन राडीपाखी, स्वेटर, पछ्यौरा (सल) हरु बनाउन उपयुक्त हुन्छ । यिनीहरु सामान्य अवस्थामा छन् यसर्थ संरक्षण गरिनुपर्ने खतरामा छैनन् । यिनीहरुमा चरनका लागि साह्रै नै उपयुक्त बसाइँसराइ भइरहने ठाउका लागि सही हुन्छन् । यिनीहरुलाई वह्य शारीरिक बनोट र क्रोमोजोमस्तरमा चारित्रीकरण गरिएको छ । यी भेंडाहरुलाई धेरैजसो बेंसीबाट लेकतिर सामान ढुवानी गर्न भरिया पशुका रुपमा प्रयोग गरिन्छ । प्रत्येक भेंडाले कम्तिमा ८ केजी भारी बोक्न सक्छ । शरीरको रङ्ग प्रायः सेतो हुन्छ भने टाउकोको रङ्गमा चाँहि सेतोदेखि कालोसम्मको भिन्नता पाइन्छ । वयस्क भेंडाको तौल औसत ३५ केजी हुन्छ । औसत शारीरिक लम्बाई ७० से.मी हुन्छ भने छातीको गोलाई ७६ से.मी. हुन्छ । काँधको उचाइ ६५ से.मी हुन्छ । भेंडीहरु प्रायः सिङबुच्चे हुन्छन् भने भेंडाहरुको चाँहि ५१ से.मी. सम्म लामो घुम्रेको सिङ हुन्छ । यसको कान मात्र ७ से.मी.को छोटो हुन्छ । पुच्छरको लम्बाई लगभग १३ से.मी. हुन्छ ।

४ भ्याङ्गलुङ्ग भेंडा : भ्याङ्गलुङ्ग भेंडाहरु उच्च हिमाली र हिमालपारीको क्षेत्रका समुद्रसतहभन्दा २५०० मिटर माथिको भूभागमा पाइन्छन् । यिनीहरुलाई कृषकहरु स्वयम्ले प्राकृतिक वासस्थानमा हुर्काउँदै आएका छन् । यिनीहरुले गलैंचा बनाउन उपयुक्त हुने ऊन उत्पादन गर्दछन् । यिनीहरुको जनसंख्या घट्‌दै गइरहेको छ र यिनीहरुको संरक्षणका लागि समयमै ध्यान दिइनु जरुरी देखिन्छ । यिनीहरुलाई बाह्य शारीरिक बनोट र क्रोमोजोमस्तरमा चारित्रीकरण गरिएको छ । यिनीहरुको पनि शरीरको रङ्ग प्रायः सेतो हुन्छ भने टाउको चाँहि सेतोदेखि कालो सम्मको विभिन्न रङ्गको हुन्छ । औसत शारीरिक लम्बाई ६५ से.मी. र छातीको गोलाई ७६ से.मी. हुन्छ । काँधको उचाइ ६० से.मी. हुन्छ भने सिङको लम्बाई सोलुखुम्बुदेखि मुस्ताङसम्मको क्षेत्रमा १९ देखि ३५ से.मी. सम्मको तात्विक भिन्नतामा पाइन्छ । औसत कानको लम्बाई ११ से.मी. हुन्छ । पुच्छर लगभग १३ से.मी. लामो हुन्छ ।

क्रोमोजोमस्तरको चारित्रीकरण 

नेपालमा पहिचान भएका स्थानीय भेंडाहरुका तीन नश्लहरु (कागे, बरुवल, भ्याङ्गलुङ्ग) को कार्योटाइपको संरचना एउटै भएको पाइयो । क्रोमोजोमको संख्या 2n-५४ थियो जसमा ३ मेटासेन्ट्रिक जोडी र २३ एक्रोसेन्ट्रिक जोडी थिए । X क्रोमोजोम सबैभन्दा ठूलो एक्रोसेन्ट्रिक र Y क्रोमोजोम सबैभन्दा सानो मेटासेन्ट्रिक थियो। लामपुच्छ्र भेंडाको साइटोजिनेटिक अध्ययन गर्न अझै बाँकी छ । 


टेबल  : रैथाने भेंडाहरुको क्रोमोजोमस्तरको चारित्रीकरण

shep

शारीरिक भागहरुको नापतौल

टेबल  : रैथाने भेंडाहरुको शारीरिक भागहरुको नापतौल (परिमाणहरु औसतमा सामान्य घटबढसहित)

ship

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

नेपालका रैथाने घरपालुवा जनावरहरु एक परिचय  

 

नेपाल कृषि अनुसन्धान परिषद्

राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान 

पशु प्रजनन् महाशाखा खुमलटार, ललितपुर