परिचय

परिचय

कुखुराहरु नेपालका एक महत्वपूर्ण पशुधन हुन् । मुलुकमा ३ करोड ९५ लाख कुखुराहरु छन् । यिनीहरुमध्ये ६०% भन्दा बढी रैथाने वा स्थानीय छन् भने बाँकी विदेशी मुलका छन्  । विदेशी जातहरु धेरैजसो शहरी क्षेत्रमा पाइन्छन् जहाँ लेयर्स तथा ब्रोइलर्स दुवैको व्यापारिक तहको उत्पादन हुन्छ । यसले के देखाउँछ भने कुखुरापालन पशुधन मध्यमा ज्यादै नै स्थापित क्षेत्र भए तापनि रैथानेको जनसंख्या बढी छ र यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पनि बढी नै गरेको छ । 
यिनीहरुलाई मुख्यगरी मासु तथा अण्डाका लागि पालिन्छ तथा यिनीहरुले मानिसहरुका लागि पशुजन्य प्रोटिन र माटोको उर्वराशक्ति कायम राख्न मल प्रदान गर्दछन् । मुलुकमा यिनीहरुको सांस्कृतिक तथा सामाजिक मूल्य पनि उत्तिकै छ। धेरै नेपाली समुदायहरुमा कुखुराहरु देवीदेवताका लागि बली दिन पनि प्रयोग हुन्छ । मुलुकका ५०% भन्दा बढी घरगृहस्थी (५२%) ले कुखुरापालन गर्ने गर्दछन्  । यो तथ्याङ्क काठमाडौं र चितवन जस्ता शहरी क्षेत्रमा अझै बढी छ । कुखुराको मासु मुलुकमा अन्य मासुको तुलनामा धेरै नै प्राथमिकता दिइने मासु हो। विगत २० वर्षदेखि कुखुराको मासुको मूल्य त्यति अत्याधिक रुपमा बढेको छैन र अन्य प्रजातिका मासुको तुलनामा यसको मुल्यवृद्धिमा समानता रहेको पाइन्छ जसले यो देखाउँछ कि मुलुकमा कुखुराको मासुको उत्पादन अन्य मासुको भन्दा दक्ष रहेको छ । कुखुराको मासुको सफल उत्पादन यसकारण सम्भव भएको हो कि यस क्षेत्रमा निजी उद्यमीहरुको ठूलो संलग्नताका साथै उच्च उत्पादन गर्ने सिन्थेटिक ब्रीडहरुको साथ रहेको छ । रांगाको मासु पश्चात कुखुराको मासु सबभन्दा सस्तो र शहरी वासिन्दाले सबैभन्दा बढी मन पराएको मासु पनि हो । 
मुलुकमा हालसम्म पहिचान भएका तीन रैथाने स्थानीय नश्लका कुखुराहरु छन् र यिनीहरुको बारेमा आगामी पृष्ठहरुमा विस्तृत व्याख्या गरिएको छ । तिनीहरु साकिनी, घाँटी खुइले र प्वाँख उल्टे हुन् । साकिनी मुलुकभरी नै पाइने कुखुरा हो । घाँटी खुइले, साकिनी वा पूरा प्वाँखउल्टे मासुको लागि स्वादिलो मानिन्छ । यिनीहरुको ओथारो दिने गुण र मातृत्व क्षमता राम्रो हुनुका साथै यिनीहरु रोग प्रतिरोधात्मक पनि हुन्छन् यसर्थ यिनीहरु ग्रामीण भेगमा लोकप्रिय छन् ।

नस्लहरुको स्थिति 

साकिनी बाहेक अन्य रैथाने नस्लहरु संरक्षणका हिसाबले नाजुक अवस्थामा छन् । घाँटी खुइले र प्वाँख उल्टे दुवैलाई सीमित संख्यामा मात्र पाउन सकिन्छ तसर्थ यिनीहरुलाई संरक्षण गर्न विशेष ध्यान दिनु जरुरी छ । कृषकहरुद्धारा प्राप्त जानकारी अनुसार यिनीहरु (घाँटी खुइले र प्वाँख उल्टे) साकिनीभन्दा बढी रोग प्रतिरोधात्मक हुन्छन् । यिनीहरुले साकिनीको भन्दा स्वादिलो मासु पनि उत्पादन गर्दछन् । 

टेबल  : संरक्षणका हिसाबले रैथाने कुखुराको नश्लहरुको स्थिति

ct

विशेषता

सकारात्मक गुण/विशेषताहरु

सामान्यतया रैथाने कुखुरा विदेशीभन्दा मासु र अण्डा उत्पादनका सम्बन्धमा कम उत्पादक हुन्छन् । तथापि यिनीहरुका अन्य थुप्रै सकारात्मक गुणहरु छन्, जस्तैः रोगसंग लड्ने क्षमता, स्थानीय कठोर वातावरणमा अनुकूल र सामान्य व्यवस्थापनमा एवं आहारामा पनि उत्पादन दिन सक्छन । साथै यिनीहरुको मासु विदेशी मासु भन्दा स्वादिलो तथा बजारमा महंगो पनि छ । यिनीहरुका सकारात्मक गुणहरुलाई सही पहिचान गर्न नसकिएको र विदेशी नश्लहरुलाई यिनीहरुभन्दा बढी प्राथमिकता दिएको देख्न सकिन्छ । 


टेबल ५ रैथाने कुखुराका नश्लहरुको सकारात्मक गुण/विशेषताहरु

cb

नस्लहरु

साकिनी

 साकिनी कुखुराहरु मुलुकभर नै पाइन्छन् । यिनीहरुको उष्ण देखि समशितोष्णसम्मको वृहद क्षेत्रमा अनुकूलता पाइन्छ । यिनीहरु रोगसंग लड्ने क्षमता भएको र चारा आफै खोजी खाने छाडा अवस्थामा पाल्न पनि उचित हुन्छन् । यिनीहरु सेतो देखि गाढा रङ्ग (कालो र खैरो) र मिश्रित रङ्गसम्मको विविधतामा पाइन्छन् । यिनीहरुलाई फेनोटाइपिक स्तरमा चारित्रीकरण गरिएको छ ।

sakini

 

घाँटी खुइले

घाँटी खुइले कुखुराहरु मुलुकभरमा सीमित संख्यामा छरिएर रहेको पाइन्छन् । यिनीहरु चारा खोजी खाने, रोग प्रतिरोधात्मक र स्थानीय वातावरणमा राम्ररी हुर्कने पन्छी हुन् । यिनीहरुलाई विभिन्न रङ्गमा पाउन सकिन्छ । यिनीहरुलाई बाह्य शारीरिक बनोट स्तरमा चारित्रीकरण गरिएको छ। संरक्षणका दृष्टिकोणले यिनीहरु संकटग्रस्त छन् ।

g

 

प्वाँख उल्टे

प्वाँख उल्टे कुखुराहरु मुलुकभरमा सीमित संख्यामा पाइन्छन् । यिनीहरु पन रोग प्रतिरोधात्मक हुन्छन् र मासु तथा अण्डा दुवैका लागि उपयुक्त हुन्छन् । यिनीहरुको प्वाँख खजमजिएको हुन्छ । यिनीहरुलाई जताततै पाउन गाहो छ त्यसैले यिनीहरुलाई संरक्षण गर्न तत्काल ध्यान पुऱ्याइनु जरुरी छ। यिनीहरुलाई विभिन्न रङ्गमा पाउन सकिन्छ । यिनीहरुको बाह्य शारीरिक बनोटको आधारमा मात्र चारित्रीकरण गरिएको छ । संरक्षणका दृष्टिकोणले यिनीहरु संकटग्रस्त छन् । यी प्रजाति वा नश्लहरुबाहेक मासु र अण्डाका लागि आयातित थुप्रै नश्लहरु देशमा पाइन्छन् । ति मध्ये धेरै आमरुपमा पाइने प्रजातिमा न्यू ह्याम्पशायर, कालो अस्ट्रोलोर्प र गिरिराजा हुन जुन मासु र अण्डा उपयोगी छन् । व्यावसायिक सिन्थेटिक ब्रोइलर (मासु) नश्लहरुमध्ये प्रायः प्रयोग गरिने नश्लहरु हबबर्ड, कब १००, केगब्रो र सेभर स्टार ब्रो छन् । सिन्थेटिक लेयर्समध्ये (अण्डा) धेरै प्रयोग हुने हाइलाइन ब्राउन, इसा ब्राउन, कि स्टोन ब्राउन र लेहम्यान ब्राउन छन् ।

p

 

उत्पादन

साकिनी

साकिनी मासु तथा अण्डा दुवै प्रायोजनमा पालिने तथा मुलुकभर पाइने कुखुराको नश्ल हो । यिनीहरुले प्रजनन् वयस्कता ६ महिनामा प्राप्त गर्दछन् भने वार्षिक ६० देखि ८० (औसत ६८) अण्डा पार्ने गर्दछन् । यसको वयस्क शारीरिक तौल पोथीमा १.५ देखि २.४ केजी र भालेमा १.८ देखि ३.० केजी सम्म हुन्छ । यिनीहरुको ओथारो बस्ने गुण राम्रो हुन्छ जसमा ८० % भन्दा बढी अण्डा कोरल्ने क्षमता हुन्छ ।

घाँटी खुइले 

घाँटी खुइले पनि मासु तथा अण्डा दुवै प्रयोजनमा पालिने तथा र मुलुकभरका सीमित क्षेत्रहरुमा थोरै संख्यामा पाइने कुखुराको नश्ल हो । यिनीहरुले प्रजनन् वयस्कता ५ देखि ६ महिनामा प्राप्त गर्दछन् र वार्षिक ६० देखि ८० (औसत ७५) अण्डा पार्दछन् । यसको वयस्क शरीरको तौल पोथीमा १.५ देखि २.२ केजी र भालेमा १.८ देखि २.८ केजीसम्म हुन्छ  । यिनीहरुको ओथारो बस्ने गुण राम्रो हुन्छ र ८५% भन्दा बढी अण्डा कोरल्ने क्षमता हुन्छ ।

प्वाँख उल्टे 

प्वाँख उल्टे पनि मासु तथा अण्डा दुवै प्रयोजनमा प्रयोग हुने र मुलुकभरका सीमित क्षेत्रहरुमा थोरै संख्यामा पाइने कुखुराको नश्ल हो। यिनीहरुले प्रजनन् वयस्कता ६ महिनामा प्राप्त गर्दछन् र वार्षिक ६० देखि ८० (औसत ५५) अण्डा उत्पादन गर्दछन् । यसको वयस्क शारीरिक तौल पोथीमा १.४ देखि २.२ केजी र भालेमा १.७८ देखि २.५ केजीसम्म हुन्छ  । यिनीहरुको औथारो बस्ने गुण राम्रो हुन्छ र ८०% भन्दा बढी अण्डा कोरल्ने क्षमता हुन्छ ।

अन्य जानकारी

रैथाने कुखुराको महत्व

नेपालको दीगो कृषि विकासका लागि रैथाने स्थानीय घरपालुवा पशुपंक्षीहरुको वा आनुवांशिक स्रोतको एकदमै आवश्यकता रहेको छ । ग्रामीण समुदायहरुमा रैथाने कुखुराहरुलाई प्रोटिन तथा घरेलु आम्दानीको एक महत्वपूर्ण स्रोतका रुपमा पालिन्छ । प्रायः हरेक कृषकहरुले केही संख्यामा कुखुराहरु आफ्नो घर वरपर पालेका हुन्छन् र यी पन्छीहरु चारा खोजेर खोतलेर  खाई हुर्कन्छन् । यिनीहरुलाई विशेष खोर र अन्य व्यवस्थापनको पनि त्यति आवश्यकता पर्दैन । मुलुकका स्थानीय कुखुराहरुको उत्पादन नतिजा विदेशी नश्लहरुको भन्दा कम भए तापनि यिनीहरुका धेरै नै सकारात्मक विशेषताहरु छन् जसलाई नजरअन्दाज गरिनु हुँदैन, जस्तैः यिनीहरुको ओथारो बस्ने गुण कृषकहरुका लागि ग्रामीण स्तरमा जंहा बिजुली छैन चल्ला उत्पादन गर्न एकदमै उपयोगी हुन सक्छ । त्यसैगरि रैथाने कुखुराको मासु र अण्डाको स्वाद धेरैको प्राथमिकतामा पर्ने हुदा बढी मुल्य तिरेर पनि मानिसहरले उपभोग गर्दछन । कृषकहरुको अनुभवले यी विशेषताहरुलाई विशेष ध्यानमा राखि महत्व दिएको पाइन्छ । यही कारणले हुन सक्छ कि ९८.६% अण्डा र ७.१% मासु उत्पादन गर्ने ३ करोड ९५ लाख कुखुराहरुमध्ये ठूलो हिस्सा रैथाने कुखुराहरुका जात बाटनै प्राप्त हुन्छ । यसका साथ साथै एक ठूलो संख्याका कृषकहरुद्धारा हाँस, लौकाट, परेवा र बट्टाई पालन गरिने भए तापनि समग्र घरेलु पन्छी उत्पादनमा यिनीहरुको योगदान त्यति उल्लेखनीय छैन । देशमा उपलब्ध भएका अधिकांश घरेलु पन्छीका मासु र अण्डाहरुलाई ठूला व्यापारिक फार्महरुमा भन्दा स-साना फार्महरुमा उत्पादन गरिन्छ जसको संख्या विशेषत ग्रामीण भेगमानै रहेको छ ।

पछिल्लो शताब्दीयता घरपालुवा पशुहरुको संख्यामा उल्लेखनीय परिवर्तन आएको पाइन्छ । निजी प्रयास र सरकारी कार्यक्रमहरुको नतिजास्वरुप सम्भावित व्यापारिक उद्देश्यका विदेशी नश्लहरुको आयात तथा रैथाने जनसंख्यासँगको वर्णशंकर वा क्रसब्रीड मार्फत् यिनीहरुको पछिल्लो पुस्ताको विकास भएको छ । कुखुरापालन उद्योगको सन्दर्भमा व्यापारिक हाइब्रीडहरुको आयात र सफल औद्योगिक विकासले चारा खोजेर खाने वा छाडा पालिएका कुखुराहरु र घरआँगनमा हुने स्थानीय कुखुरापालनलाई विस्थापित गरेको पाइन्छ । 

जैविक विविधता र जोखिममा अस्तित्व

रैथाने जनसंख्याको उद्भवस्थल पत्ता लगाई व्यवस्थित ऐतिहासिक, सांस्कृतिक र वंशजका अभिलेखहरु राख्न असफल हुनुले पनि निश्चित जनसंख्या पहिचान गर्ने कार्यलाई बोझिलो बनाएको छ। यद्यपि, रैथाने कुखुराहरुलाई जंगली कुखुरा वा सिमकुखुरा (Gallus gallus murghi) को वंशज भएको अनुमान गरिन्छ । वायोकेमिकल चारित्रीकरण सम्बन्धी केही कार्यहरु भएका त छन् तर घरेलु कुखुराका सम्बन्धमा चाँहि हालसम्म कुनै कार्य हुन सकेको छैन । त्यसमाथि कुखुरा/पंक्षी ब्रीडरहरुको हकहितको प्रतिनिधित्व गर्ने ब्रीडर संघ वा समाज जस्ता औपचारिक संस्थाहरुको अभाव र ब्रीडर सम्बन्धी कार्यहरुसँग सम्बन्धित प्रचारप्रसार र जनचेतनाको कमी पनि यी जनसंख्यालाई गहनरुपमा चारित्रीकरण गर्न नसक्नुको कारण हो । तथापि, रैथाने समुहको प्राकृतिक वासस्थानमा हुने अनुकूलतालाई यिनीहरुको मासु तथा अण्डा उत्पादनमार्फत् उल्लेखनीय रुपमा पहिचान गरिएको छ । कुखुरापालनमा मात्र नभई अन्य सबै पहिचान भएका रैथाने पशुहरुमा पनि अनुवंशकीय, पोषण, प्रजनन्, रोग प्रतिरोधात्मकता र पालनपोषणका तौरतरिकाहरुमा भएका वैज्ञानिक प्रगतिहरु पूर्ण रुपमा लागू गरिएका छैनन् । धेरैजसो भएका कार्यहरु रैथाने नश्लको उत्पादकत्वमा सुधार गर्न नयाँ नश्लहरु आयात गर्ने र तिनीहरुलाई नेपाली हावापानीमा अनुकूल गराउने तथा नेपाली जिब्रोमा स्विकार्य गराउने प्रयासमै सीमित छ ।

हालको समयमा व्यापारिक कुखुरा फार्महरुको संख्यामा भएको नाटकीय वृद्धि र उच्च उत्पादकत्वका नश्लहरु प्रयोग गर्ने प्रवृतिले धेरै रैथाने पशुहरु चिन्ताजनक दरमा लोप हुँदै गएका छन् । घाँटी खुइले र प्वाँख उल्टे जस्ता नश्लहरु व्यापक रुपमा घट्दै गइरहेका छन् र यिनीहरुलाई संरक्षण गर्नु जरुरी छ । विशेष उत्पादनहरु बजारमा लैजाँदा यस्ता मूल्य अभिवृद्धि गरिएका उत्पादनहरु रासायनिक मल, विषादि र कृत्रिम तौल बढाउने औषधिहरु प्रयोग नगरी पालिएका रैथाने पशुपन्छीहरुको प्रयोगबाट प्राप्त भएका छन् भन्ने कुरामा जोड दिइनु आवश्यक छ । र यसको लागि जनमानसमा जनचेतना जगाउनु जरुरी छ । साथै, रैथाने पशुहरुको प्राकृतिक वातावरणमा अनुकूल हुने क्षमता र नयाँ आम्दानीका बाटोहरुलाई उच्चतम उपयोग गर्न प्रविधि तथा ज्ञानहरुको अनुसन्धान तथा विकास गरिनु पर्दछ । पछिल्ला दुई दशकयता मलेकुलर जीवविज्ञान वा मोलिक्युलर वायोलोजीको क्षेत्रमा भएका प्रगतिहरु नाटकीय रहेका छन् जसले जीनको संरचना र कार्यका बारेमा जानकारी बढाउँदै लगेको छ र तअनुसार पशु तथा पन्छी प्रजातिको जीनोमको पहिचान, नक्शाङ्कन र क्रम मिलाउने कार्यतर्फ उन्मुख गराएको छ । यद्यपि, मोलिक्युलर अनुसन्धानबाट थप जानकारी नआएसम्म पूर्ण रुपमा वैज्ञानिक आधारमा पुग्न सकिदैन । यही तथ्यलाई ध्यानमा राखेर पशु प्रजनन महाशाखाले कार्यहरु अगाडी बढाएको छ । 
मुलुकको प्रमुख कुखुराको नश्ल साकिनीलाई मासु र अण्डा उत्पादनका लागि उपयोग गरिन्छ । व्यावसायिक नश्लहरुले शहरी वासिन्दालाई मासु आपूर्ति गर्ने कार्यमा वर्चस्व लिएको छ । स्थानीय कुखुराको मासु व्यावसायिक कुखुराको भन्दा स्वादिलो हुन्छ । यी कुखुराहरु धेरै रोग र परजीवी प्रतिरोधात्मक हुन्छन् । यी स्थानीय नश्लहरुको उचित प्रयोगका लागि यिनीहरुको मासुको स्वादको मोल (स्थानीय कुखुराको मासु ब्रोइलरको भन्दा स्वादिलो हुन्छ), तगडापन र रोग प्रतिरोधात्मकतालाई आर्थिक, सामाजिक र सांस्कृतिक सन्दर्भमा महत्व दिइनु पर्दछ । स्थानीय नश्लहरुमा प्राङ्गरिक उत्पादन गर्ने क्षमता हुन्छ जसको राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा उच्च बजार मूल्य छ। यसको उदाहरण खुला पालिने स्थानीय कुखुराको अण्डा र मासु उत्पादन हो । त्यसैगरी स्थानीय नश्लको उचित प्रयोग गर्न संरक्षण र सुधार कार्यहरुलाई एकसाथ जोड्नु पर्दछ र यिनीहरुलाई सँगसँगै अगाडि बढाइनु पर्दछ ।

नस्लहरुको चारित्रिकरण

परिचय

मुलुकमा पाइने अधिकतर स्थानीय कुखुराहरु पूरा प्वाँख भएका छन् भने केही घाँटीमा खुइलेका छन् । पूरा प्वाँख भएका कुखुराहरुमा शरीरको पूरै भागमा टाउकोदेखि खुट्टाको जोर्नीसम्म प्वाँखले ढाकेको हुन्छ । घाँटी खुइले कुखुरा जातिमा चाँहि शरीरको फरकफरक भागहरुमा प्वाँख खुइलिएका छालाहरु रहेको पाइन्छ । केहीमा चाँहि घाँटीको अगाडितिरको भागमा प्वाँखका झुप्पा पाउन सकिन्छ । यिनीहरुको प्वाँखको रङ्ग जलवायुको भिन्नताअनुसार फरकफरक हुन सक्छ। नेपालका समथर भूभागतिर धेरैजसो खरानी, ध्यू र खैरो-रातो रङ्गको कुखुरा पाइन्छ भने समशितोष्ण भूभागमा खैरो रातो र कालो पाइन्छ । तथापि समग्रमा हेर्दा खैरो रातो रङ्ग बढी आम रुपमा पाइन्छ । यसको श्रेय रातो जंगली कुखुरालाई जान्छ जसबाट रैथाने कुखुराहरुको उत्पति भएको मानिन्छ । यिनीहरुमध्ये बहुसंख्यकको कानको लोती सेतो र पहेलो नलीखुट्टा सहित एकमात्र सिउर हुन्छ भने केहीमा चाँहि केराउ वा गुलाबी सिउर तथा रातो वा गुलाबी कानको लोती हुन्छ । नसिदा लगायतले नेपाल र भारतका जंगलहरुमा पाइने स्थानीय कुखुराहरुको लक्षण अध्ययन गरी यो उल्लेख गरेका छन् कि नेपालमा पाइने स्थानीय कुखुराहरु दक्षिण एसियामा पाइने कुखुराहरुसँग नजिक देखिन्छन् ।

टेबल  : रैथाने/स्थानीय कुखुराहरुको बाह्य शारीरिक बनोट चारित्रीकरण (परिमाणहरु औसत से.मी.मा सामान्य घटबढसहित)

chicken

 

बाह्य शारीरिक बनोट चारित्रीकरण 

१ साकिनी: साकिनी नेपालको एक प्रमुख कुखुराको नश्ल हो । साकिनी रोगसंग लड्ने क्षमता भएको घरपालुवा कुखुरा हो । यिनीहरु बलिया हुनुका साथै मासु र अण्डा दुवैका लागि उपयोगी एवं स्वादिलो मासुका लागि प्रख्यात हुन्छन् । यिनीहरुलाई सेतो देखि गाढा रङ्गहरु (कालो र खैरो) तथा मिश्रित रङ्गहरुसम्मको विविधतामा पाउन सकिन्छ । यिनीहरुलाई बाह्य शारीरिक बनोटमा चारित्रीकरण गरिएको छ । यिनीहरु सामान्य अवस्थामा रहेका छन् तसर्थ संरक्षणका दृष्टिले संकटमा परेका छैनन् । यिनीहरुको औसत शारीरिक लम्बाई १८.७ से.मी. र काँधको उचाइ २७.६ से.मी. हुन्छ । खुट्टाको पन्जाको लम्बाई ५.४ से.मी. हुन्छ ।

२ घाँटी खुइले : घाँटी खुइले एक रोगसंग लड्ने राम्रो क्षमता भएको कुखुराको नस्ल हो जुन मुलुकभरीका सीमित क्षेत्रहरुमा थोरै संख्यामा पाइन्छ । यिनीहरु एक असल खालका चारा खोजी खाने बलिया र स्थानीय वातावरणमा रम्ररी अनुकूल हुने पन्छी हुन् । यिनीहरुलाई विभिन्न रङ्गहरुमा पाउन सकिन्छ । यिनीहरुलाई बाह्य शारीरिक बनोटको आधारमा चारित्रीकरण गरिएको न्छ । यिनीहरुको संख्या धेरै कम छ र यिनीहरुलाई संरक्षणका लागि ध्यान दिनु जरुरी छ । यिनीहरुको शारीरिक लम्बाई १८.८ से.मी. र काँधको उचाइ ३०.६ से.मी. हुन्छ । खुट्टाका पन्जाको लम्बाई ५.६ से. मी हुन्छ । यिनीहरु मासु र अण्डाका लागि राम्रो हुन्छन् ।

३ प्वाँख उल्टे : प्वाँख उल्टे एउटा रोगसंग लड्ने राम्रो क्षमता भएका कुखुराको नस्ल हो जुन मुलुकभरका सीमित क्षेत्रहरुमा थोरै संख्यामा पाइन्छन् । यिनीहरु चारा खोज्न/खोतल्न सिपालु पन्छी हुन् जो तगडा र स्थानीय वातावरणलाई सुहाउँदो हुन्छन् । यिनीहरुलाई विभिन्न रङ्गमा पाउन सकिन्छ र यिनीहरुको प्वाँख खजमजिएको हुन्छ वा दुम्सी जस्तो हुन्छ । यिनीहरुलाई बाह्य शारीरिक बनोटको आधारमा चारित्रीकरण गरिएको छ । संरक्षणका दृष्टिले यिनीहरु संकटग्रस्त छन् । यिनीहरुको औसत शारीरिक लम्बाई १६.२ से.मी. र काँधको उचाइ २७.२ से.मी. हुन्छ । खुट्टाको पन्जाको लम्बाई ४.५ से.मी. हुन्छ । यिनीहरु मासु र अण्डाका लागि राम्रो हुन्छन् ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

पालका रैथाने घरपालुवा जनावरहरु एक परिचय

 

नेपाल कृषि अनुसन्धान परिषद्

राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान 

पशु प्रजनन् महाशाखा खुमलटार, ललितपुर