यी पहिचान भएका नस्लहरुलाई प्रमुख रुपमा फेनोटाइपिक स्तरमा चारित्रीकरण गरिएको छ यद्यपि यी मध्ये केहीलाई भने क्रोमोजोम र डि.एन.ए. स्तरमा पनि वर्गिकृत गरिएको छ ।
१. लुलु गाई: लुलु गाई उच्च पर्वतीय भूभागमा पाइने सानो कदको Bos taurus चौपाया हो । यो गाई मुलुककै एकमात्र जुरोविहिन चौपाया नश्ल हो। यिनीहरु मुस्ताङ जिल्लामा र मनाङ एवं डोल्पा जिल्लाका केही भागमा पाइन्छन्। यी गाईहरु निकै बलिया हुन्छन् र सुख्खा ठन्डा हावापानीका लागि उपयुक्त हुन्छन् । यिनीहरु कठोर वातावरणमा पनि हुर्कन सक्छन् तथा कम भरण प्रणालीमा पनि उत्पादन गर्न सक्ने क्षमता राख्दछन्। यिनीहरु पहाडी अवस्थामा उपयुक्त हुने तथा सरदर वयस्क तौल १२५-१५० केजी र छातीको गोलाई ११४ से.मी. भएका साना कदका गाई हुन्। यिनीहरुको काँधको उचाई पनि अरुभन्दा केही होचो नै हुन्छ (जुरो सम्मको उचाई ८७ से.मी) । यिनीहरुको शरीरको रङ्ग कालो देखि सेतो सम्मको विभिन्न रङ्गको अर्थात् कालो, खैरो, खरानी, सेतो, कालो-सेतो टाटेपाटे आदि हुन्छ । कान सीधा र औसत १४ से.मी. लम्बाईको हुन्छ । लुलु गाईको औसत शरीरको लम्बाई, छातीको गोलाई , काधको उचाई, नितम्बको उचाई कानको लम्बाई तथा शरीरको तौल क्रमशः ९९.४±१.२ सेमी, १४४.२± १.१ से.मी., ८७.२±०.८ से.मी., ८७.७±८०.७ से.मी., १३.८±०.४ से.मी. र १२४.७±८१.८ केजी पाएको थियो (Rana et al., 1996) Takenda et al. (2002) को प्रतिवेदन अनुसार लुलु गाईको सबैभन्दा कम शारीरिक तौलका वर्गमान झारकोट गाउँमा १३०.३±२५.३ केजी, कागबेनीमा १२३.९±८१.८ केजी, छैरोमा १५६.६±४४.२ केजी र टुकुचेमा १८५.६±४९.३ केजी पाइएको थियो । कम र बढी उचाईको भूभागमा पाइने गाईहरुको शारीरिक कदमा उल्लेखनीय फरक पाइयो ।
२ अछामी गाई : अछामी गाई संसारकै सबैभन्दा सानो नश्लको गाई हो। यिनीहरुको काँधको उचाई एक मिटरभन्दा कम हुन्छ। यिनीहरु पहाडी हावापानी र सिमित व्यवस्थापनमा उपयुक्त मानिन्छन्। यिनीहरुको शरीरको रङ्ग कालो देखि सेतो सम्मको विभिन्न रङ्गको अर्थात् कालो, खैरो, खरानी, सेतो, कालो-सेतो, टाटेपाटे आदि हुन्छ। कान सीधा र औसत १७ से.मी. लम्बाईको हुन्छ। यिनीहरु सोझा देखि उदण्ड वा अटेरी सम्मको फरकफरक स्वभावका हुन्छन् । अछामी गाईको काँधको उचाई ९ वर्षको उमेरमा ९०.८±०.९६ से. मी. थियो। त्यस्तैगरी, अधिकतम तौल र शरीरको लम्बाई ८ वर्षको उमेरमा क्रमशः १४९.३±८५.१ केजी र ९८.०७±८१.५२ से.मी. पाइएको थियो ।
३ सिरी गाई: सिरी गाईहरु काला र सेता रङ्गका हुन्छन् । यिनीहरुको पूर्ण विकसित कल्चौडा (थून) हुन्छ र यिनीहरु पहाडी कालो गाईभन्दा ठूला हुन्छन्। यिनीहरुको चौडा र चेप्टो निधार, सानो कान तथा अगाडि निस्केको र थोरै माथि फर्केको तिखो सिङ हुन्छन् | पूर्वी पहाडको, विशेषगरी इलाम जिल्लाको एउटा उत्पादनशील नश्ल सिरी गाई हाल मुलुकबाटै लोप भइसकेको छ। यिनीहरुको कद मध्यम आकारको (जर्सी भन्दा धेरै सानो तर तराई र पहाडी गाई भन्दा ठूलो हुन्छ र यिनीहरु दुधालु हुन्छन्। यिनीहरु विभिन्न रङ्गको अर्थात् कालो, खैरो, खरानी, सेतो, कालो-सेतो, टाटेपाटे आदि रङ्गमा पनि भेटिन्छन्। कान सीधा र औसत १७ से.मी. लम्बाईको हुन्छ । यिनीहरु सुधो देखि अर्ध-उदण्डसम्मको फरकफरक स्वभावका हुन्छन् ।
४. खैला गाई: खैला गाई सुदुरपश्चिममा पाइने र खनजोतका लागि (draught animal) उत्तम पशु हुन्। यिनीहरु शारीरिक रुपमा बलिया हुने भएकाले यिनीहरु मालसामान बोक्न र खेत जोत्नका लागि उपयुक्त हुन्छन् । यिनीहरु मुलुकका ठूला रैथाने गाईगोरुको नस्ल मध्येका एक हुन् । करीव ४२% बैला गाईहरु काला र सेता हुन्छन् भने त्यस्तैगरी करीब ६४% गाईहरुको सिङ सीधा र माथितिर फर्केको हुन्छ । यी गाईहरु अटेरी र उदण्ड हुन्छन् अतः यिनको मालिकबाहेक अरुले यिनलाई सहजै तह लगाउन सक्दैनन् ।
५. याक : याक (भाले) र नाक (पोथी) हिमाली गाईगोरु हुन् र यिनीहरु मुलुकको पर्वतीय क्षेत्रमा पाइन्छन् । यिनीहरु मुलुकको उत्तरी भागमा सीमित छन्। यिनीहरु प्रायःजसो कालो रङ्गका हुन्छन् यद्यपि सेतो र हल्का पहे रङ्ग पनि सामान्य मानिन्छ।। यिनीहरुको शरीरको रङ्ग कालो देखि सेतो सम्मको विभिन्न रङ्गको अर्थात् कालो, खैरो, खरानी, सेतो, कालो-सेतो, टाटेपाटे आदि हुन्छ । कान सीधा र औसत १४ से. मी. लम्बाईको हुन्छ। पुच्छरको औसत लम्बाई ३७ से.मी. हुन्छ र चमरजस्तो हुन्छ। यिनीहरु सोझो देखि उदण्डसम्मको फरकफरक स्वभावका हुन्छन् । सामान्यतया नाकलाई व्याएको पहिलो दुई महिनासम्म दुहिदैन ताकि यसको नवजात बाछा स्वस्थ हुन सकोस् । याक र नाकको अधिकतम वयस्क तौल क्रमशः ३५५ र ३२५ केजी मापन गरिएको छ । प्रजनन उमेरमा पुग्दा यी पशुहरुको तौल वयस्क तौलको ७०% पुगिसकेको हुन्छ । यिनीहरुले दुई प्रकारका ऊन उत्पादन गर्दछन् खस्रो भुत्ला र मसिनो नरम भुवा। याक र नाकको ऊन उत्पादन क्रमशः १.२ र ०.७ केजी हुन्छ। याक र नाक दुबैको प्रजनन उमेर ३ वर्षको हुन्छ भने पहिलो बेत (सन्तान उत्पादन) ४ वर्षको उमेरमा हुन्छ। गर्भधारण अवधि २५२ देखि २५५ दिनको हुन्छ भने वर्णशंकरको कुनै कुनै अवस्थामा यो २६९ दिनसम्म हुन सक्छ । गर्भधान चक्र अन्य चौपायामा जस्तै नै हुन्छ। यिनीहरुमा कुल बेतको करीब ५% जुल्याहा बाछा जन्मन सक्छन् ।
६ तराई गाई: तराई गाईहरु उज्याला रङ्गका, प्रायः सेता, र तराई क्षेत्रका लागि उपयुक्त हुन्छन् । यिनीहरु प्रायः कालो छालामा सेतो लिपिएजस्ता हुन्छन् । यिनीहरु कम दूधालु हुन्छन् भने खनजोतका लागि असल मानिन्छन् किनकि यिनीहरु तान्न र जोत्न सक्ने क्षमताका हुन्छन् । यिनीहरुको शरीरको रङ्ग कालो देखि सेतो सम्मको विभिन्न रङ्गको अर्थात् कालो, खैरो, खरानी, सेतो, कालो-सेतो, टाटेपाटे आदि हुन्छ। कान सीधा र औसत १८ से.मी. लम्बाईको हुन्छ । यिनीहरु सोझो देखि अर्ध-उदण्डसम्मको फरकफरक स्वभावका हुन्छन् ।
७. पहाडी गाई: चौपायाको बहुसंख्या प्रतिनिधित्व गर्ने पहाडी गाई पहाड क्षेत्रभरी सर्वत्र पाइन्छ र यिनीहरु खनजोतका लागि लाभदायी हुन्छन् । यिनीहरु प्रायः काला रङ्गका हुन्छन् । यिनीहरुको सानो कदका कारण (तौल र जुरोसम्मको उचाइ दुबैको आधारमा यिनीहरु पहाडी डाँडाकाँडामा उपयुक्त मानिन्छन् ।
टेबल : रैथाने गाईहरुको चारित्रीक वर्गिकरण (परिमाणहरु औसत से.मी.मा सामान्य घटबढ सहित) (values are means standard errors in cm)