परिचय

परिचय

भैंसी नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण मेरुदण्ड हो। हाम्रो देशमा ५० लाख भैंसीहरु रहेको तथ्याङ्क छ। तिनीहरु मध्ये ३५ प्रतिशत विदेशी (विशुद्ध वा वर्णशंकर) हुन् भने बाकी रैथाने हुन्। ग्रामीण घरपरिवारमा र मुलुककै अर्थतन्त्रमा यिनीहरुको अत्यन्तै बहुउपयोगी भूमिका रहेको छ। यिनीहरुले मानिसका लागि खाद्य पदार्थ (दूध र मासु), कृषि क्रियाकलापका लागि उर्जा साथै माटोको उर्वरा शक्ति बढाउन र कायम राख्नका लागि मलखाद प्रदान गर्दछन् । यसबाहेक यिनीहरुको छाला, हाड र रौंहरु पनि उपयोगमा आउने गर्दछन्। यिनीहरुको कच्चा छाला तथा हाड उद्योगहरुका लागि आम्दानीको स्रोतमात्र नभई मुलुककै लागि वैदेशिक मुद्रा विनिमयको आधार पनि बन्ने गरेको छ । यहाँका कुनै कुनै समुदायमा यिनीहरुको सांस्कृतिक र सामाजिकका साथै धार्मिक महत्व पनि रहेको पाइन्छ ।  भैंसीले मुलुकको कृषि अर्थतन्त्रमा एउटा महत्वपूर्ण स्थान ओगटेको छ। यहाँ प्रचलनमा रहेको संगठित खेतीपाति प्रणालीमा पनि यसको महत्व सर्वाधिक रहेको पाईन्छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पशुधनको ५२.९% भाग भैसीमात्रले पूरा गरेको छ। यी भैंसीहरु मुलुकको दक्षिणी सीमानामा तराईका समथर भू-भागदेखि उत्तरी पहाडी भू-भागका उच्च पर्वतीय क्षेत्रसम्म सर्वत्र पाइन्छन् । यिनीहरुको यति विशाल क्षेत्रमा भएको फैलावट स्वयम्‌ले यसको महत्व सहित अन्य प्रजातिका घरपालुवा पशुहरुमध्ये यसको पहिलो प्राथमिकतालाई पुष्टि गर्दछ । नेपालको कृषि प्रणालीमा यिनीहरुको बहुउद्देश्यीय भूमिका निःसन्देह प्रशंसनीय छ ।

महत्व
  • भैसीले मुलुकको कृषि अर्थतन्त्रमा एउटा महत्वपूर्ण स्थान ओगटेको छ। यहाँ प्रचलनमा रहेको संगठित खेतीपाति प्रणालीमा पनि यसको महत्व सर्वाधिक रहेको पाईन्छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पशुधनको ५२.९ % भाग भैसीमात्रले पूरा गरेको छ। 
  • नेपालको ४५% भन्दा बढी (४८.५%) घरपरिवारमा नियमित खेतीपातिका रुपमा भैसीपालन गरिन्छ । पशुजन्य कुल गार्हस्थ्य उत्पादनमा योगदान दिनेमध्ये भैंसी पहिलो कोटीमा पर्दछ।
  • यिनीहरुको उत्पादनमध्ये सबैभन्दा ठूलो योगदान दूधबाट (४७%) प्राप्त हुन्छ भने त्यसपछि क्रमैसँग मासुजन्य उत्पादनबाट (३१%), यातायातबाट (१६%), अन्डाबाट (५%), छालाबाट ( ०.८%) र ऊनबाट (०.२%) प्राप्त हुन्छ। भैसीले राष्ट्रिय बजारमा ७० % दूधको योगदान गर्छ भने बाकीं ३०% गाईवस्तुबाट प्राप्त हुन्छ ।
  • मासु उत्पादनका सन्दर्भमा पनि राष्ट्रिय बजारको सबैभन्दा ठूलो हिस्सा राँगाभैंसीबाटै (कुल मासु बजारको ६४%) प्राप्त हुन्छ ।

विशेषता

सकारात्मक गुण / विशेषताहरु

रैथाने भैंसीहरुमा बृहद स्तरमा अनुकूलता ग्रहण गर्न सक्ने क्षमता हुन्छ जसअन्तर्गत यिनीहरुको अनुकूलनीयता सुख्खा भू-भागदेखि हिमालय क्षेत्र सम्म पाइन्छ । नेपाल एक क्षि पर्यावरणीय विविधता भएको देश भएकोले यहांका रैथाने भैसीहरु यस देशको विशाल भौगोलिक तहहरुमा अनुकूलित भएका हुन्। विविध कृषिपर्यावरणीय क्षेत्रमा अनुकूल हुनु, स्याउला तथा जंगली घांसहरु पचाउन सक्ने क्षमता हुनु, पोषणको व्यवस्था कम भएको स्थानमा पनि बाँच्न सक्नु तथा सामान्य व्यवस्थापनामा पनि हुर्कन सक्नु जस्ता विशेषताहरु यी रैथाने भैंसीका गुणहरु हुन् । 
रैथाने भैंसीहरुको शारीरिक कद तुलनात्मक रुपमा सानो तर हट्टाकट्टा हुन्छ । यिनीहरु हाम्रो देशको कुल भू-भागको ७०% भाग ओगट्‌ने साँघुरो तथा भिरालो पहाडी भू-बनोटका स्थानहरुमा पशुपालन गर्न अति उपयोगी हुन्छन्। यिनीहरु प्रायःजसो पोषण अभावको अवस्था भइरहने स्थानीय विकट तथा रुखो वातावरणमा पनि अत्यन्तै राम्रोसँग अनुकूल हुन सक्दछन् । यी गुणहरुले निश्चितरुपमा रैथाने नश्लका भैंसीहरु विदेशी वा वर्णशंकरित (हाइब्रिड) भन्दा उत्कृष्ट छन् भन्ने कुरालाई जोड पुऱ्याएको छ ।
आनुवांशिक रुपमा भन्नुपर्दा रैथाने भैंसीहरु धेरै दूध दिन सक्षम हुन्छन् । यी रैथाने भैंसीहरुको दूध उत्पादनमा देखिएको विशाल भिन्नतालाई यिनीहरुको सामूहिक राष्ट्रिय औसत उत्पादनसँग तुलना गर्ने हो भने यिनीहरुको सम्भाव्यताको पूर्ण उपभोग नभएको देख्न सकिन्छ । त्यसमाथि पनि धेरैजसो अवस्थामा स्थानीय वा रैथाने भैंसीहरुले विदेशी वा वर्णशंकरभन्दा राम्रो दूध उत्पादन गर्ने नै गर्दछन्। माथि उल्लेख भएझै, भैंसीले मुलुकको मासुको मागको प्रमुख भाग आपूर्ति गर्दछ । रैथाने भैंसीहरुको सकारात्मक गुण वा विशेषताहरु तल दिइएका छन् ।

टेबल ५: रैथाने भैंसीहरुका सकारात्मक गुण वा विशेषताहरु

5

नस्लहरु

नस्ल पहिचान

मुलुकका पहिचान भएका सम्पूर्ण रैथाने भैसीहरु २५ जोडी गुणसूत्र (2n=30) भएका जलभैसीका प्रकार हुन्। यिनीहरु प्रायः कालो रङ्गका हुन्छन् तथा शरीरका विभिन्न भागमा केही विशेषता झल्काउने दाग वा निशानहरु हुन्छन्। प्रत्येक नश्लका भैसीहरुको सिङको आकार फरक फरक हुन्छ जसलाई नश्ल पहिचानको एक सरल तरिकाको रुपमा पनि लिन सकिन्छ । यसबाहेक शरीरको रङ्ग, सिङ्गको आकार र शरीरमा पाइने धर्साहरु वा थोप्लाहरु नश्ल वर्गिकरणमा लक्षण छुट्याउने अवयव बन्न सक्छन् । यिनीहरु मध्यम देखि साना कदसम्मका हुन्छन् जसको पूर्ण विकसित वा वयस्क तौल ३१० देखि ४५० केजीसम्म पुग्दछ । यि विविध नश्लका भैंसीहरुमध्ये गड्डी भैसी सबैभन्दा ठूलो र लिमे भैंसी सबैभन्दा सानो हुन्छ । यिनीहरु सबै दूध, मासु, जोत्न र विशेषगरी तराईमा गाडा तान्नका लागि प्रयोग गरिन्छ । यिनीहरु खेतबारीका लागि मल तथा जैविक उर्जा प्रदान गर्ने स्रोत पनि हुन्। यिनीहरुको फैलावट मुलुकको तराई देखि पहाडसम्म र ओसिलो देखि सुख्खा क्षेत्रसम्म पाइन्छ । भैंसीको जंगली किसिम, जसलाई स्थानीयस्तरमा अर्ना भनिन्छ, एक पहिचान भएको प्रजाति हो जुन नेपालका पूर्वी भेगमा पाइन्छ। रैथाने भनिने भैंसीहरु यिनै अर्नाहरुको वंशज भएको अनुमान छ। यिनीहरु पूर्वी नेपालको सुनसरी जिल्लामा अवस्थित कोसी टप्पु वन्यजन्तु आरक्षमा संरक्षित गरिएका छन् । यिनीहरुको शरीर विज्ञानको अध्ययन अनुसार  यिनीहरुको ठूलो सिङ, गोलो निधार र गाढा कालो रङ्गको शरीर हुन्छ। यिनीहरुको निधारमा, आँखामाथि र घुँडामा लामा रौहरु हुन्छन् । यिनीहरु मुखदेखि पुच्छरसम्ममा ३.२ मिटर लामो हुन्छन् भने कुमसम्म १.७ मिटर अग्ला हुन्छन् । यिनीहरु ९०० केजी भन्दा बढी तौलका हुन्छन्। यो नश्लको उत्पादन नतिजाको बारेमा ज्यादै कम मात्र पत्ता लागेको छ । 
 

लिमे

लिमे भैसीहरु मुलुकको न्यून र मध्य पहाडमा अवस्थित पाइन्छन् भने मुख्यतः निम्न पहाडमा पाउन सकिन्छ । यिनीहरुलाई वेंसीहरुमा र नदितटमा पनि पालिने गरिन्छ । यिनीहरु जलभैंसीका प्रकार हुनाको साथै औसत दूध उत्पादक पनि हुन्। तर यिनीहरुको बाह्य लक्षणहरु थाईल्यान्ड र फिलिपिन्सका दलदले भैसीसँग मिल्दछ ।  यिनीहरुलाई प्रमुख रुपमा मासु, मल तथा थोरै मात्रामा दूधको लागि पनि प्रयोग गरिन्छ । यिनीहरुले ३ देखि ४ लिटर सम्म दुध हरेक दिन दिन्छन। यी भैंसीहरुको जनसंख्या तीव्र गतिमा घट्दै गइरहेको छ किनभने दूध उत्पादन वृद्धि गर्नाको खातिर यिनीहरुलाई भारतीय भैंसीहरुसँग वर्णशंकर वा क्रसब्रिड गराउने प्रक्रिया धमाधम बढ्ने क्रममा छ। त्यसमाथि पनि यो नश्लका साँढेहरु पाउन पनि ठूलै समस्या हुन थालेको छ किनकि उत्तम प्रकारका भालेलाई या त मासुका लागि प्रयोग गरिन्छ किन भने नशबंधी पश्चात खेत जोत्नमा प्रयोग गरिन्छ। यिनीहरु मासुको लागि उत्तम प्रकारका भैसी हुन्। साथै यिनीहरुको क्रोमोजम स्तरमा चारित्रीकरण भैसकेको छ ।

 

लिमे

 

पार्कोटे

पार्कोटे भैसीहरु मुलुकको निम्नदेखि उच्च पहाडभर छरिएर रहेका छन् भने मुख्य गरी मध्यपहाडमा पाउन सकिन्छ। यिनीहरु लेकाली जलभैसीका प्रकार हुन् । यिनीहरु औसत दूध उत्पादक हुन्। लिमे र पार्कोटे भैसीले मुलुकको भैंसीको कुल जनसंख्याको ५८% भाग ओगटेका छन्। यी भैसीहरुले दैनिक २ देखि ४ लिटर दूध उत्पादन गर्दछन् । यिनीहरुको क्रोमोजम स्तरमा चारित्रीकरण भैसकेको छ। संरक्षणको दृष्टिकोणले पारकोटे भैसीहरु त्यति खतरामा छैनन् ।

 

पर्कोटे

 

गड्डी

गड्डी भैंसीहरु मुलुकको सुदुरपश्चिमाञ्चल क्षेत्रमा अवस्थित पाइन्छन् । यो नश्लको नाम यस भेगमा बसोवास गर्ने एक आदिवासी समुदायको नामबाट राखिएको हो। यिनीहरु जलभैंसीकै प्रकार हुन् र असल दूध उत्पादक पनि हुन् । दूध बाहेक यिनीहरुलाई मासु, उर्जा र मलका लागि पनि प्रयोग गरिन्छ। सुदुरपश्चिमका मानिसहरुले भैंसीको दूधबाट ध्यू उत्पादन गर्ने गर्दछन् र त्यसलाई सीमानाका भारतीय बजारमा लगि बेच्ने गर्दछन्। गड्डी भैंसीहरु ५४८२ वर्ग कि.मी. को बृहत् क्षेत्रमा र समुद्रसतह देखि १५०० देखि ४५०० मिटरको उचॉईसम्मको विशालतम भू-भागमा फैलिएका छन् जहाँको तापक्रम १८.८० सेल्सियस देखि २८० सेल्सियससम्म पुग्दछ। यी स्थानहरुमा वार्षिक वर्षाको विवरण ८६० मिमि देखि १२४२ मिमि सम्म हुन्छ । यो क्षेत्रमा पाइने १,०१,५०० भैसीहरुमध्ये गड्डीको संख्या केवल १६,००० मात्र भएको उल्लेख छ । यिनीहरुको जनसंख्या तीव्र गतिमा घढ्दै छ र यस नश्लका विशुद्ध भाले वंशहरु आकलझुकल मात्र पाइन्छन्। यिनीहरुको पनि क्रोमोजम स्तरमा चारित्रीकरण भैसकेको छ ।

 

gaddi
नस्ल स्थिति 

नेपालको पहाडी क्षेत्रमा गरिएको एक अध्ययनले देखाए अनुसार त्यस क्षेत्रमा पाइएका भैसीको जनसंख्यामध्ये लगभग ६४% रैथाने र तिनीहरु बीचको प्रकार थिए। यो परिदृष्य मुलुकका अरु क्षेत्रहरुमा पनि उत्तिकै प्रभावकारी देखिन्छ । वर्णशंकर (crossbred) कार्यका लागि विदेशी नश्लका भैंसीहरुलाई देशका भित्रने क्रमले गर्दा रैथाने भैंसीहरुको जनसंख्यामा क्रमिक असर परिरहेको छ जसले गर्दा यिनीहरुको वंश घट्दै गएको छ। मुलुकको सुदुरपश्चिम क्षेत्रमा जथाभावी गरिने वर्णशंकर कार्यले गर्दा गड्डी भैसीको शुद्ध नश्ल संकटमै परिसकेको छ । मुख्यगरी कृषि-पर्यावरणीय भेगलाई मध्यनजर गर्दै र त्यसको कार्यान्वयन प्रक्रियालाई ध्यानमा राखेर गरिने प्रष्ट पशुपालन कार्यनीतिका साथै रैथाने नश्लका शुद्ध वंशको अभावका कारण लिमे, पार्कोटे र गड्डी भैंसीहरुको संख्यामा ठूलो हास आउने क्रम जारी छ। यिनीहरुको जनसंख्याको आधारमा र संरक्षणका दृष्टिकोणले यी नश्लहरुको स्थिति तल तालिकामा दिइएको छ ।

टेबुल ४ : जनसंख्याको आधारमा र संरक्षणका दृष्टिकोणले स्थानिय भैंसीका नस्लको स्थिति

झ

 

उत्पादन

लिमे

लिमे पहिचान भएका भैंसीका तीन नश्लमध्येको सबैभन्दा सानो नश्ल हो। यसलाई मुख्यगरी मासु, मल र उर्जाको लागि पालिन्छ। यस भैसीको दूध उत्पादन मुलुकको अन्य नश्लका भैंसीहरुमध्ये तुलनात्मक रुपमा थोरै हुन्छ । यस भैसीबाट प्राप्त दूधको दैनिक औसत २.५ लिटर छ भने यो न्यूनतम २ देखि अधिकतम ४ लिटरसम्म हुन्छ । पश्चिममा लिमे भैंसीहरुको अध्ययनबाट निकालेको निष्कर्ष अनुसार यस नश्लको दूध उत्पादन घटवढ ३०५ दिन र १०४८ लिटर थियो । उनीहरुले रैथाने जनसंख्यामा पनि केही उच्च उत्पादन दिने संख्या हुने उल्लेख गर्दै यसको बथानकै अनुवंशकीय सुधारका लागि यिनीहरुको संख्यालाई अझै बढाउँदै लानुपर्ने सुझाव दिनुभएको छ । 
उच्च हिमाली वा लेकाली लिमे भैंसीहरु निम्न पहाडी वा जलभैसीभन्दा बढी दुहुनो क्षमताका वा लैनु हुन्छन् । 
पाल्पा जिल्लाको लिमे भैंसीको प्रतिदिनको औसत दूध उत्पादन १० महिनाको दुहुनो अवधिमा ३.७ केजी थियो। कृषकहरुको स्थानीय भैसीवथानको तथ्याङ्कमा सर्वाधिक दैनिक दूध उत्पादन ६ लिटरसम्म मापन गरिएको थियो। मनसुनको महिनाहरुमा व्याउने वा सन्तान जन्माउने भैसीहरुले बढी दूध उत्पादन गरेको पाइयो ।

उच्च हिमाली वा लेकाली लिमे भैंसीहरु निम्न पहाडी वा जलभैसीभन्दा बढी दुहुनो क्षमताका वा लैनु हुन्छन् । पहिलो संसर्गको औसत उमेर, पहिलो बेतको उमेर र सन्तान उत्पादनको अन्तर क्रमशः ५२.००.६, ६१.००.५ र २१.००.८ महिना मापन गरिएको छ (टेवल ३) । 

टेबल ३ : स्थानीय/रैथाने भैंसीहरुको उत्पादन नतिजा (परिमाणहरु औसत से.मी.मा सामान्य घटबढ सहित)

3

पर्कोटे

पर्कोटे भैसी लिमे र गड्डीको तुलनामा मध्यम प्रकारका नश्ल हो । या भसाका शरीरका ढाँचाले यसको दुहुनो वा लैनु प्रकारको प्रतिनिधित्व गर्दछ । यी भैंसीहरुको पूर्ण विकसित कल्चौंडा र पुष्ट निस्केको दूधे नशाहरु हुन्छन्। यस नश्लको औसत दैनिक दूध उत्पादन ३.५ लिटर मापन गरिएको थियो जुन २ देखि ५ लिटरसम्मको सीमामा हुन्छ । नेपालको पश्चिम पहाडमा कृषकको व्यवस्थापन परिस्थिति अन्तर्गतका भैंसीहरुको घटबढ ३०५ दिनको दुहुनो अवधिमा दूध उत्पादन १०३१ लिटर थियो। तथापि निम्न पहाडहरुमा र जलायशयुक्त क्षेत्रमा यी नश्लले राम्रो उत्पादन गरेको पाइन्छ । यी क्षेत्रहरुमा दैनिक दूध उत्पादन ०.५ देखि ६.५ लिटरसम्म पाइएको थियो । क्षेत्रिय कृषि अनुसन्धान केन्द्र, लुम्लेले एक अध्ययन गरे अनुसार स्थानीय वा रैथाने भैसीहरुको दूध उत्पादन चौथो देखि सातौ वेतभित्रमा अत्याधिक भएको पाइयो जसमा सातौं बेतमा सर्वाधिक नतिजा देखाउँदै (दूध उत्पादन ११२३ लिटर प्रति बेतको उत्पादन औसतमा १००० लिटर पुगेको थियो । अध्ययन गरिएका कुल भैंसीको जनसंख्यामध्ये १२ % पशुले प्रति औसत दुहुनो अवधिमा १००० लिटरभन्दा माथि उत्पादन गरेको पाइयो । अन्य रैथाने भैंसीहरु सरह पार्कोट भैसीको दूधमा पनि घृतांश प्रतिशत बढी हुन्छ । 
पार्कोटेको पहिलो संसर्ग महिना, संसर्ग अवधि र बेतको अन्तर क्रमशः ५१.००.६ महिना, १७५ दिन र २१.० १.० महिना पाइएको थियो (टेबल ३) । टेबल ३ मा उल्लेख गरे अनुसार पार्कोटे भैंसीहरुको समष्टिगत पहिलो बेत जन्माउँदाको उमेर, सन्तान उत्पादन देखि पहिलो प्रजनन् अवधि र बेतहरु बीचको अन्तर क्रमशः ५५.२ महिना, १७५ दिन र १७.६ महिना पाइयो ।

गड्डी

गड्डी भैसी नेपालका अन्य दुई रैथाने भैसीको तुलनामा अत्याधिक दूध उत्पादन गर्ने भैसी हुन् । शरिर विज्ञान लक्षणहरु र शारीरिक बनोटले यस नश्लको दूध उत्पादन क्षमतालाई प्रष्ट रुपमा उजागर गर्दछ । यी भैंसीहरु असार देखि असोजसम्ममा ब्याउने गर्दछन् भने यिनीहरुको दुहुनो अवधि यिनको दानापानी, रेखदेख र कृषकहरुको आर्थिकस्तर अनुसार १४ देखि २२ महिनासम्मको हुन सक्छ। जब कृषकहरुले २ बटा कल्चौडा भर्खर जन्मेको पाडापाडीका लागि छोड्छन्, त्यसबखत पहिलो ३ महिनाको दूध उत्पादन दैनिक ४७ लिटर हुन्छ । त्यसपछि जब अर्को ३ महिना पाडापाडीका लागि एक कल्चौडा छोडिन्छ तब दूध उत्पादन दैनिक ४.६ लिटर पुग्दछ ।
गड्डी भैंसीले दिने दूध उत्पादनले मुलुकका अन्य रैथाने नश्लका भैसीले दिने दूध उत्पादनलाई उछिन्ने गरेको पाईन्छ। प्रशस्त चरन र वर्षेभरी उपलब्ध हुने घाँस तथा पौष्टिक आहारका कारणले नै गड्डी भैंसीहरु असल दूध उत्पादन क्षमताका लागि परिचित छन् । पशु प्रजनन् महाशाखा, नार्क (२००३) को वार्षिक प्रतिवेदन अनुसार गड्डी भैंसीहरुको औसत दैनिक दूध उत्पादन ३.५ लिटर हुन्छ, जुन २.५ देखि ५.५ लिटरको औसत मान हो। गड्डी भैंसीको पहिलो प्रजनन् उमेर, पहिलो बेतको उमेर र बेतको अन्तर क्रमशः ४६.००.७, ६८.००.४ र २३.०:०.५ महिना मापन गरिएको थियो। यो नश्लको संसर्ग अवधि अन्य नश्लको भन्दा तुलनात्मक रुपमा लामो हुन्छ । रैथाने भैंसीहरुको उत्पादन नतिजा तल टेबलमा उल्लेख गरिएको छ ।

3

अन्य जानकारी

भैसीमा प्रजनन सुधारका उपायहरू

नार्कले कृषकको व्यवस्थापन परिस्थितिमा प्रजनन् क्रिया सम्बन्धी समस्याहरुलाई कम गर्न उत्पादन मापदण्डको अध्ययन प्रारम्भ गरेको छ । समाधान गरिनुपर्ने प्रमुख प्रश्नहरु पोथी र भालेको प्रजनन्शीलता र पाडापाडीको मृत्युदरसँग सम्बन्धित छन् । अझै विस्तृत अध्ययन गरिनुपर्ने समस्याहरुमा पहिलो बेतको ढिलाई, व्यायपछि लामो समयसम्म भाले नखोज्ने, शान्त किसिमको संसर्गइच्छा आदि हुन् । शुक्राणुको विकास (spermatogenesis), इपिडिडाइमस (Epididymis) मा हुने शुक्राणु (spermatozoa) को रुपान्तरण (metabolism), सेमाइनल प्लाज्मा (seminal plasma) को प्रकृति र भूमिका, वीर्यको विस्तृत जीव रासायनिक (biochemical) गुण, चिस्याउने र जमाउने क्रममा  वीर्यमा हुने बदलाव र पोथीको प्रजनन् नलीमा हुने शुक्राणुको रुपान्तरणको आदि विषयमा पनि अझ वढी योजनाबद्ध र विस्तृत अनुसन्धान कार्यक्रमहरु सुरुवात गरिनु जरुरी छ। भैसीको वीर्य चिस्यान तथा भण्डारणको विषयमा अझ धेरै अध्ययन जरुरी छ। कृत्रिम वीर्यरोपण (AI) मा भैंसीहरुको गर्भाधान दर एकैनासले गाईवस्तुमा भन्दा धेरै कम भएको पाइन्छ जसले यिनीहरुको प्रगतिको रफ्तारमा कमी ल्याएको छ । भैंसीहरुले शान्त प्रकारको संसर्गइच्छा देखाउँछन् । यही कारणले पनि यिनीहरुको गर्भाधानदरमा कमी आएको हुन सक्दछ । तसर्थ विविध कृषिपर्यावरणीय क्षेत्रमा बसोबास गर्ने विभिन्न रैथाने भैसीका नश्लहरुलाई उपयुक्त हुने क्रियोप्रिजर्भेशन प्रविधिको विस्तृत अध्ययन गरिनु आवश्यक देखिन्छ ।

 

आगामी सम्भाव्यताहरु 

१. रैथाने भैंसीको उत्पादन क्षमता र प्रजनन सुधारको सम्भावना

हाम्रो मुलुकका भैसीहरुको औसत दूध उत्पादन यिनीहरुको वंशाणुगत क्षमताभन्दा तुलनात्मक रुपमा कम पाइन्छ । स्थानीय/रैथाने भैंसीहरुको उत्पादकत्वको विभिन्न अध्ययन अनुसार उचित व्यवस्थापन र पशुपालन विधि अपनाइएको खण्डमा यिनीहरुले एक औसत दुहुनो अवधिमा १००० लिटरभन्दा बढी उत्पादन गर्न सक्छन् । Shrestha and Shrestha (1998) का अनुसार यी भैंसीहरुको दूध उत्पादनमा प्रति औसत दुहुनो अवधिमा ३०० देखि २५०० लिटरसम्मको एउटा बृहत् विविधताको सम्भाव्यता उल्लेख गरेका छन् । यी रैथाने भैंसीहरुले यिनीहरुको बीचमा कुनै प्रकारको विवेचनात्मक छनौटको प्रभाव नहुँदा पनि देखिएको नतिजा नेपालमा भित्राइएका विदेशी पशुवंशकै हाराहारीमा पाइएको छ। रैथाने भैंसीमा हाल देखिआएको दूध उत्पादकत्वको विविधतालाई मध्यनजर गर्दै छनौट वा चयनात्मक पशुपालन कार्यक्रममार्फत् यिनीहरुको उत्पादकत्व वृद्धि गर्न कदम चालिनु आवश्यक छ । दूध उत्पादनमा मात्र होइन, यिनीहरुको आर्थिक कारोबारका सबै तह (मासु, भारवहन तथा जोतः मा ठूलो अन्तर पाइएको छ र यिनको वंशाणुगत गुण र अन्र्तक्रियाका बारेमा ज्यादै कम मात्र जानकारी उपलब्ध छन् । यिनीहरुको उत्पादक स्वभावका बारेमा अनुसन्धान गरिनु जरुरी छ ताकि यी भैंसीहरुको वास्तविक क्षमताको भरपूर उपयोग गर्न सकियोस् ।

मुलुकमा भइरहेका व्यापक वर्णशंकर वा क्रसब्रीड कार्यक्रमहरुका बावजुद नेपालको पहाडि भू-भागहरुमा केवल १०% भैसीहरुमात्र वर्णशंकरित गराइएको पाइयो (Sherchan, 2001।। पश्चिमाञ्चल क्षेत्रमा नमूना लिइएका किसानहरुमध्ये तीन चौथाईभन्दा बढीले रैथाने साँढेहरु प्रयोग गराएको पाइयो भने बाँकीले चाहिं वर्णशंकरलाई प्राथमिकता दिएको पाइयो । वर्णशंकरभन्दा रैथाने साँढेहरुलाई महत्व दिनुका पछाडि पक्कै पनि केही व्यवहारिक कारण हुनुपर्दछ । साथै तिनीहरुको पारम्परिक पशुपालन विधिमा अनुकूल हुन सक्ने खुबी पनि एक कारण हुन सक्दछ । यिनीहरुको विशेषतालाई अध्ययन गरी प्रभावकारी रुपमा वार्षिक कुल गार्हस्थ्य उत्पादनमा (AGDP) प्रयोग गरिनु पर्दछ । 
पश्चिम नेपालतिर भैसीका पाडाहरुलाई सानै उमेरमा मारिने गरिन्छ (Rana et al., 2000) । यो क्षेत्रका कृक्षकहरुले माउको दूध घरकै प्रयोगका लागि वा/तथा तुरुन्त विक्रीका लागि पाडापाडी, विशेषतः पाडाहरुबाट छुटकारा लिने गर्दछन् । ति पाडाहरुमात्र बाँच्न पाउँछन् जसको माउले बच्चाविना दूध दिन मान्दैन। नतिजास्वरुप यसले नकारात्मक छनौटतर्फ डोऱ्याउँछ । यी न्यूनिकरणका लागि) मारिने पाडाहरुको उचित प्रयोग गरी नकारात्मक छनौटलाई रोक्नु अत्यावश्यक भैसकेको छ ।

२. भैंसी प्रजननमा गुणस्तरीय सुधारको आवश्यकता

नेपालमा पाइने यी जलभैंसीहरुको दूध र मासु उत्पादनको आनुवांशिकताप्रति चासो बढ्‌दै गइरहेको छ तर यो क्षेत्रमा भएका अनुसन्धानहरु भने ज्यादै खण्डित मात्र पाइन्छ । यी अनुसन्धानहरुको मुख्य जोड विभिन्न फेनोटाइपिक र आनुवांशिक मापदण्डको स्थापना गर्नु हो जसले केही हदसम्म भैंसीपालन सम्बन्धी रणनीति विकास गर्नतर्फ कदम चालोस्। धेरै उत्पादक भैंसीहरुको दर्ता, साँढेको माउ पहिचान, आनुवांशिक रुपमा उत्कृष्ट सांढे उत्पादन र कृत्रिम वीर्यरोपण (AI) कार्यकम मार्फत तिनीहरुको व्यापक उपयोग गर्न प्रजनन् क्षमता जाँच जस्ता कार्यक्रमहरुलाई तीव्र पारिनु जरुरी छ जसबाट ठूलो संख्याका ग्रामीण भैंसी उत्पादकहरुलाई समेटेर ग्रामीण भैंसीहरुको उत्पादकत्वमा सुधार ल्याउन सकियोस् । कृत्रिम वीर्यरोपण (AI) कार्यक्रमलाई प्रभावकारी ढङ्गमा संचालन गर्न तथा राष्ट्रियरुपमा औसत भैंसीको बथानलाई सुधार गर्न एउटा उत्कृष्ट प्रजनन्शील भैंसीको बथान तयार गरिनु आवश्यक छ । बढी आणुवांशिक योग्यताका जर्मप्लाजम उत्पादन गर्नु एउटा सुस्त कार्य नै हो किनकि प्रजनन् गुण वंशाणुगत रुपमा जानेको संख्या निकै कम हुन्छ साथै पुस्तान्तर पनि तुलनात्मक रुपमा लामो नै हुन्छ । त्यसैले भैसी उत्पादकहरुलाई भेला गराई प्रजनन् समाज बनाउने, गुणस्तरीय कृत्रिम वीर्यरोपण (AI) सेवाहरु प्रदान गर्ने साथै सही अभिलेख राख्ने र उत्कृष्ट भालेको छनौट गर्ने गरेमा मात्र यो सम्भव हुने देखिन्छ । वर्तमान परिप्रेक्षमा भैसीको प्रजनन्‌का लागि उत्कृष्ट भालेको विकास वा छनौट भएका नगन्यमात्र उदाहरण पाइन्छ । त्यसैले रैथाने भैसीका बधानमा सुधार वा विकास गर्न प्रजनन् क्षमता जाँच गरिएका साँढेहरु उत्पादन गर्न माउ पहिचान गर्ने कार्यक्रम प्रारम्भ गरिनु पनि अति आवश्यक छ। पोषणको अभाव तथा असन्तुलनता, जुन पोथीहरुमा वयस्कतामा ढिलाई, बाँझोपन तथा गर्भपातका कारण र भालेमा प्रजनन् इच्छामा ह्रास तथा शुत्रकिटमा ह्रास वा गतिशीलताको कमीका कारण बारम्बार भइरहने समस्या हो, यिनीहरुको पनि संगठित अनुसन्धानका लागि प्रयास हुनुपर्ने देखिन्छ ।

३. नेपालमा रैथाने भैंसी उत्पादन सुधारका लागि प्रजनन र कृत्रिम गर्भाधान कार्यक्रम

रैथाने भैसीका नश्लहरुको तुलनात्मक रुपमा कम उत्पादकत्व प्रजनन्‌कर्ताहरुको लागि ठूलो चिन्ताको विषय बनेको छ । आयातित भारतीय मुलका मुर्रा र निली-रवि नश्लका भैंसीहरुका वर्णशंकरमार्फत् यिनीहरुको दूध उत्पादन वृद्धि गर्न थुप्रै योजनाबद्ध कार्यक्रमहरु विकसित गरिएका छन् । कृत्रिम वीर्यरोपण (AI) कार्यक्रमको पनि प्रयोग गरिएको छ । तर प्रजनन् क्षमता जाँच कार्यक्रम वा भाले निर्धारण योजनालाई भने थोरैमात्र ध्यान दिइएको छ। यो एक दीर्घकालीन प्रजनन् कार्यक्रम हो जुन मुख्यरुपमा दुग्ध उत्पादक गाईभैंसीका लागि उपयोगी हुन्छन् । उत्पादकत्वको विशिष्टताका लागि उत्कृष्ट भाले छनौट नगरी कुनै अन्य प्रजनन् कार्यक्रमहरु संचालन हुन असम्भव छ । त्यसैले यस्ता कार्यक्रमहरुलाई सम्बन्धित निकायहरुबाट सही ध्यान दिइनु पर्दछ । सन् २०००/२००१ मा पशु प्रजनन् महाशाखाले संयुक्त प्रजनन् क्षमता जाँच कार्यक्रम सुरु गरेको भए पनि सम्बन्धित भगिनीसंस्थाहरुबाट आवश्यक सहकार्यमा कमी भएकोले सो कार्यक्रम प्रभावित हुन पुग्यो। यस कार्यक्रमलाई संचालन गर्न तथा सफलता दिलाउन सबै सम्बद्ध सरोकारवालाहरुको संयुक्त प्रयास हुनु अत्यन्तै जरुरी छ अन्यथा भैंसी उत्पादकत्व सुधारका कार्यक्रमहरु छायाँमा नै रहन पुग्नेछन् ।

कृत्रिम वीर्यरोपण (AI) कार्यक्रमलाई प्रभावकारी ढङ्गमा संचालन गर्न तथा औसत स्थानीय भैसीको बथानलाई सुधार गर्न एउटा उत्कृष्ट प्रजनन्शील भैसी बथान तयार गरिनु आवश्यक छ । बढी आणुवांशिक योग्यताका जर्मप्लाज्म उत्पादन गर्नु एउटा सुस्त कार्य नै हो किनकि प्रजनन् गुण वंशाणुगत रुपमा जानेको संख्या निकै कम हुन्छ साथै पुस्तान्तर पनि तुलनात्मक रुपमा लामो नै हुन्छ। त्यसैले भैंसी उत्पादकहरुलाई भेला गराई प्रजनन् समाज बनाउने, गुणस्तरीय कृत्रिम वीर्यरोपण (AI) सेवाहरु प्रदान गर्ने साथै सही अभिलेख राख्ने र उत्कृष्ट भालेको छनौट गर्ने गरेमा मात्र यो सम्भव हुने देखिन्छ । वर्तमान परिप्रेक्षमा भैंसीको प्रजनन्‌का लागि उत्कृष्ट भालेको विकास वा छनौट भएका नगन्यमात्र उदाहरण पाइन्छ । त्यसैले रैथाने भैसीका बथानमा सुधार वा विकास गर्न प्रजनन् क्षमता जाँच गरिएका साँढेहरु उत्पादन गर्न माउ पहिचान गर्ने कार्यक्रम प्रारम्भ गरिनु पनि अति आवश्यक छ। यंहा समस्यालाई मध्य नजर राखि भैसी अनुवंशकीय सुधार कार्यक्रम (BGIP) अन्तर्गत USAID को सहयोगमा २००९ साल देखि पशु सेवा विभाग र पशु प्रजनन महाशाखाको संयुक्त तत्वाधनमा दुधालु गाई सुधार कार्यक्रमलाई नमुनाको रुपमा लिएर कार्यक्रम सुरु भईसकेको छ । जस अन्तर्गत फार्म गतिविधिहरु जस्तैः ट्यागिङ दुध एनालाइसिसका कार्यहरु पशु सेवा बाट भएको छ भने तथ्यांक व्यवस्थापनको कार्य पशु प्रजनन महाशाखा अन्तर्गत कार्यहरु भईरहेको छ। यसै कार्यक्रममा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर र भैसी अनुसन्धान कार्यक्रम तरहरा, सुनसरीका अलावा तराईका भैसीको प्रभुत्व रहेका दश जिल्लामा (धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सर्लाही, नवलपरासी, बारा, पर्सा, कपिलवस्तु र काभ्रे) मा समावेश गरिने छ। कम्तीमा एक जिल्ला वाट १५० रांगोका आमाहरुलाई अध्ययनमा समावेश गरिने छ। छनोट गरिएका उत्कृष्ट रांगोका आमाहरुलाई विदेशबाट ल्याइएका उत्कृष्ट प्रजनन मुल्य भएका विर्यहरु कृत्रिम गर्भाधान गर्ने कार्यको दूत गतिमा थालनी भईसकेको छ। जस्ले गर्दा आफ्‌नो देशमा उच्च प्रजनन मुल्य भएका रांगोहरु उत्पादन हुने र देशले ठूलो हिस्साको रुपमा वाहिरबाट मगाउने उन्नत मुर्राका विर्यहरु देशमै उत्पादन हुने प्रकृयाले देशका भैसी पालक उन्नत किसानहरु साथै विभाग र नार्कका फार्महरुले वाहिरबाट उन्नत विर्य आयात गरिरहनु पर्ने आवश्यक्ताको अन्त गर्न सकिन्छ। साथै उक्त कार्यक्रमले राष्ट्रलाई ठूलो रुपमा आवश्यक्ता परि बाहिरबाट आयात गरिने विर्य ल्याउदा खर्च हुने अर्थमा धेरै नै न्युनिकरण हुने आशा गरिएको छ

नस्लहरुको चारित्रिकरण

बाहिरी वनावटको आधारमा चारित्रिकरण

लिमे : लिमे भैंसी कैलो रङ्गको हुन्छ । यसको छालाको रङ्ग फिका खैरो देखि कैलोसम्मको हुन्छ । आँखीभौं सेतो हुन्छ । यिनीहरुको चिउँडोमूनि र छाती वरपर हुने खैरो वा सेतो धर्से रौंहरु यिनीहरुको फरक छुट्याउने एक ठेट लक्षण हो। यिनीहरुको घुँडादेखि तल पनि सेतो वा खैरो रङ्गले खुट्टाको भागलाई छुट्याएको हुन्छ । यिनीहरु आपेक्षित रुपमा सानो कद र छोटो शारीरिक लम्बाईका हुन्छन् । यिनीहरुको घांटीतिर घुसेको आपेक्षित सानो हँसिया आकारको सिङ हुन्छ । यो नश्लका भैंसीहरुको शारीरिक लम्बाई, काँधको उँचाई, अस्थिको उँचाई  र छातीको गोलाई क्रमशः १२५०.७६ से.मी., ११८.६१.३४ से.मी., १०९०.९४ से.मी. र १७४१.९२ से.मी. पाइएको छ। पहिचान भइसकेका भैसीका नश्लहरुमध्ये लिमे शरीरको आकार र तौलका दृष्टिकोणले सबैभन्दा सानो नश्लको भैसी हो। यो भैसीको औसत शारीरिक तौल ३१११.५ केजी हुन्छ । यसको स्वभाव अर्ध-उदण्ड किसिमको हुन्छ ।

पार्कोटे : पार्कोटे भैंसी मुख्यतः कालो रङ्गको हुन्छ तर यदाकदा यिनीहरुलाई खैरो र फिका खैरो रङ्गमा पनि पाइन्छ । यिनीहरुको लामो अनुहार र चेप्टो टाउको हुन्छ । सिङ चाहिँ तरबार आकारको र शरीरको पछिल्लो भागतिर फर्केको हुन्छ । यिनीहरुको मध्यम कद र शरीरको लम्बाई अलि बढी हुन्छ। यिनीहरुको शरीरमा कुनै पाटा वा धर्सा हुँदैन। यिनीहरुको थुतुनो वा मुख कालो हुन्छ । यिनीहरुमध्ये कुनैको खुट्टाको भाग छुट्‌याउने चिन्ह हुन्छ भने कुनैमा हुँदैन । यस नश्लका भैसीको औसत शारीरिक लम्बाई, काँधको उँचाई (height at wither), अस्थिको ऊँचाई (height at hipbone) र छातीको गोलाई (heart girth) क्रमशः १२७.७.८०.७६ से.मी., १२४.१०.८५ से.मी., ११८.६०.७९ से.मी. र १७६८०.८७ से.मी. पाइएको छ। यसको स्वभाव पनि अर्ध-उदण्ड किसिमको हुन्छ। यो भैंसीको औसत तौल ३४१.९१.३ केजी हुन्छ ।

गड्डी : गड्डी भैंसी कालो रङ्गको र निधारमा सेतो गोलो दाग वा थोप्लो भएको हुन्छ । यो चिन्ह वा दागले यस नश्ललाई मुलुकमा पाइने अन्य नश्लसँग फरक छुट्याउने लक्षणको काम गर्दछ । यदाकदा यी भैंसीहरु खैरो र फिका खैरो रङ्गमा पनि पाइन्छन् । यिनीहरुको लाम्चो अनुहार र चोप्टो टाउको हुन्छ। सिङ लामो र अर्ध-घुमाउरो हुन्छ। यिनीहरु कसिलो र गहकिलो हुन्छन् तथा शरीरको आकार कोणीय हुनाको साथै ढाडको भाग झुकेको हुन्छ । यस नश्लका भैंसीको औसत शारीरिक लम्बाई, काँधको उँचाई, अस्थिको उँचाई  र छातीको गोलाई  क्रमशः १४११.६३ से.मी., १३१ १.१ से.मी., १२३१.०७ से.मी. र १९५१.८ से.मी. पाइएको छ। यसको स्वभाव पनि अर्ध-उदण्ड किसिमको हुन्छ । यो भैसीको औसत तौल ४५२८.०३ केजी हुन्छ । यो भैसी पहिचान भएका नेपालका रैथाने भैंसीहरुमध्ये सबैभन्दा गहकिलो नश्ल हो। यिनीहरुको पूर्ण विकसित कल्चौंडा हुन्छ र पुष्ट परेको दूधका नसाहरु हुन्छन् जसले यिनीहरुको लैनु वा दुहुनो शारीरिक (मर्कोलोजिकल) प्रकृतिलाई उजागर गर्दछ ।  

टेबल १ : भैसीहरुको शरीरका भागहरुको नापतौल (परिमाणहरु औसत से.मी.मा सामान्य घटबढसहित)

1

अणुजन्य वर्गिकरण 

पहिचान भएका लिमे, पार्कोटे र गड्डी नश्लका भैंसीहरुको साइटोजेनिक अध्ययनले देखाए अनुसार यिनीहरु सबै जलभैंसीका प्रकार हुन् र यिनीहरुको २५ जोडी  क्रोमोजोम हुन्छ। लिमे र पार्कोटे भैंसीमा क्रोमोजोमको मर्फोलोजी र संख्या समान ५जोडी सब-मेटासेन्ट्रिक अटोजोमहरु, १९ जोडी एक्रोसेन्ट्रिक अटोजोमहरु र एक जोडी सेक्स क्रोमोजोमहरु हुन्छन् । पोथीमा X क्रोमोजोमको जोडी सबै एक्रोसेन्ट्रिकहरु मध्येमा ठूलो हुन्छ । भालेमा चाहिँ X- क्रोमोजोम सबैभन्दा ठूलो एक्रोसेन्ट्रिक र Y क्रोमोजोम सबैभन्दा सानो एक्रोसेन्ट्रिक हो जसको q-arm को अन्तिम छेउमा एउटा विशेष फिता हुन्छ। गड्डी भैंसी पनि जलभैसीकै प्रकारमा पर्दछ तर यिनीहरुको भिन्दै कार्योटाइप (karyotype) हुन्छ । यिनीहरुमा ३ मेटासेन्ट्रिक, ७ सब- मेटासेन्ट्रिक र ३८ एकक्रोसेन्ट्रिक अटोजोमहरु हुन्छन् । भालेमा X-क्रोमोजोम सबैभन्दा ठूलो एक्रोसेन्ट्रिक र Y क्रोमोजोम सबैभन्दा सानो एक्रोसेन्ट्रिक हो भने पोथीमा चाहिँ दुवै X क्रोमोजोम सबैभन्दा ठूलो एक्रोसेन्ट्रिक हो ।


टेबल ३ : क्रोमोजोमहरुको मेटाफेज तालिकाको विवरण

घ

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

नेपालका रैथाने घरपालुवा जनावरहरु एक परिचय

 

 नेपाल कृषि अनुसन्धान परिषद्

राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान 

पशु प्रजनन् महाशाखा

खुमलटार, ललितपुर