मस्याङ पौष्टिक हिसाबले निकै उपयोगी दलहन बाली हो । यसमा कार्बोहाइड्रेट, प्रोटिन, खरानी, तेल, फाइबर जस्ता महत्वपूर्ण चिजहरू पाइन्छ । मस्याङ दाल, तरकारी, गाईवस्तुको लागि घाँस मात्र नभएर यसबाट बन्ने विभिन्न मूल्य अभिवृद्धिकृत परिकारहरुले गर्दा यसको लोकप्रियता बढ्दो छ । मस्याङबाट बन्ने परिकार जस्तै बटुक, फुलौरा, नमकिनले समुदायमा छुटै विशेष पहिचान बोकेको छ । स्थानीय हाट बजार, होटेल, पसलमा मस्याङबाट बनेका थुप्रै परिकारहरू पाइन्छ जुन आयआर्जनको राम्रो श्रोत हो । मस्याङबाट बन्ने केही परिचित परिकार यस प्रकारका छन् ।
मस्याङको सेल रोटी
चाहिने सामग्री : मस्याङको पिठो, चामलको पिठो, बेकिंग पाउडर, घ्यू, चिनी
मस्याङको बिस्कुट
चाहिने सामग्री : मस्याङको पिठो, मैदा, बटर, चिनी, बेकिंग पाउडर
मस्याङको बिरम्ला
चाहिने सामग्री : मस्याङको पिठो, प्याज, अदुवाको पेष्ट, लसुनको पेष्ट, खुर्सानीको धुलो, नुन, घ्यू
मस्याङको बटुक
चाहिने सामग्री : मस्याङको पिठो, बेसार, नुन, तेल