जुम्ली सिमी अथवा कर्णाली प्रदेशमा पाईने सिमीमा जातीय विविधता प्रशस्तै छ । राजमा सिमीसंग मिल्दो जुल्दो यो सिमीको गेडाको रंग, गेडाको आकार, फूलको रंग, कोशाको आकार, बोकाको रंग, बालि पाक्न लाग्ने दिन, स्वाद, उत्पादन क्षमता, पौष्टिक गुण, बोटको बनौट आदि विभिन्न किसिमको जातीय भिन्नता तथा विविधता पाईन्छ । यहां पाईने स्थानिय सिमीको रंग कालो, छिरबिरे, रातो, पहेंलो, सेतो, सेतो छिरबिरे तथा अन्य मिश्रित रङ समेत हुन्छ । यी सबै किसिमका सिमीहरु एकै ठाउंमा मिसाएर खेती गर्ने गरिएकोले जुम्ली सिमी एक नाशको नभई सबै किसिमको मिसावट भएको हो । साविकका दिनमा यो बालिलाई त्यति महत्व दिने गरिएको थिएन तथापी यसको महत्व हाल आएर कृषक वर्गमा अवगत हुदै गएबाट यो बालि नगदे बालिको रुपमा रुपान्तरण हुन थालि सकेको छ । जुम्ली सिमीको दाना बजारमा पाईने भारतीय राजमा जस्तो ठूलो आकारको नभएतापनि यसको स्वादको आफनै मौलिकता छ ।
जुम्ली सिमी
परिचय
परिचय
