परिचय
यस तरकारी बाली अन्तर्गत नेपालमा खेती हुने तरकारीमा गोलभेडा, भन्टा, खुर्सानी र रामतोरिया पर्दछन् । यस प्रकारका तरकारी बालीले गर्मी मन पराउँदछन् । यस प्रकारका तरकारीहरुको प्राय खेती बर्षा याममा गरिने हुनाले खेती गरिएका संरचनामा पानी जम्न नदिने तथा विरुवालाइ पानीवाट जोगाउन सकेमा लामो समयसम्म उत्पादन लिन सकिन्छ । यस समुहका भिण्डी वाहेक सबैको वेर्ना जमाएर विरुवा सारी खेती गरिन्छ । यस समूहका प्राय तरकारीहरुलाइ तालिम तथा काँटछाँटको आबश्यकता पर्दछ ।
केही प्रचलित फल तरकारी तथा खेती समय
|
बाली
|
जात
|
बीउ
दर
प्रति
रोपनी
ग्राम
|
लगाउने समय
|
दुरी (से.मी.)
|
तयार हुने समय दिन
|
जतिय गुण
|
| गोलभेडा |
सृजना, मनिसा, अबिनास, सुरक्षा, विनसारी, मनप्रेकस, लप्सीगेडे आदि
|
५ -७ |
पहाडमा चैत्र देखी असार तराइमा भाद्र |
हाेचो बाेट हुने ४० से.मी. अग्लो बोट हुने जात ५० देखी ६० से.मी. |
विरुवा रोपेको लगभग २ महिनावाट ,पानि तथा चिसोबाट जोगाएमा ६ महिनासम्म उत्पादन लिन सकिने |
सृजनाको अग्लो वोट प्रति बोट ८ के.जि सम्म उत्पादन,अचारको लागि उपयुक्त । विनसारी तथा मनिसा सलादको लागि उपयुक्त । मनप्रेकस तथा लप्सीगेडे बर्षा समयमा कम पानी पर्ने ठाउँमा खुला खेती गर्न सकिने बोट मध्यम उचाइकाे तरकारी तथा अचारको लागि उपयुक्त |
|
खुर्सानी
|
एनएस १७०१
|
५०
|
चैत्र–
आषाढ
|
४५ *३०
|
७५ देखी ८५ दिन
|
हाइब्रिड जात,
करिव १ मी सम्म अग्लो वोट।
अत्याधिक फल लाग्ने
|
|
कर्मा ७४७
|
५०
|
चैत्र–
आषाढ
|
४५*३०
|
७० दिन
|
हाइब्रिड जात,
करिव ८० से. मी सम्म अग्लो वोट
|
|
ज्वाला
|
५०
|
चैत्र–
आषाढ
|
४५ *३०
|
६०–
७०दिन
|
लामो फल,
हरियो फल पाके पछि रातो हुने।
वोट ४० देखी ४५ से.मी अग्लो र
झाँगिने।
|
|
अकवरे खुर्सानी
|
स्थानिय
|
२५ग्राम
|
चैत्र–
आषाढ
|
१००*५०
|
१००
|
कम वियाँ भएको,
बास्नादार र खाँदा पेट नपोल्ने केही डल्लो आकार,
पहाडी भागमा लामो समय उत्पादन दिने
|
|
भेडे खुर्सानी
|
क्यालि फोर्निया वण्डर
|
५० –७५
|
माघ–
फाल्गुन
|
६०* ४५
|
६०–९०
|
गाढा हरियो फल,
वोटको उचाइ ७० देखी ७५ सेमी,
फलको तौल २०० ग्राम
|
| |
इन्द्रा |
५० ग्राम |
माघ–
फाल्गुन
|
६०* ४५ |
६०–९० |
अग्लो बोट तथा राम्रो उत्पादन |
|
भण्टा
|
नुर्की
|
२५–३०
|
माघ–
फाल्गुन
|
६०*४५
|
६०–६५
|
मध्यम वोट,
डाँठ र पात गुलावी,
१५ देखी २० से.मी लामो ४ देखी ५ फल प्रति झुप्पा
|
|
अर्का केशव
|
२५–३०
|
माघ–
फाल्गुन
|
६०*४५
|
७०–७५
|
हाइब्रिड जात,
वोटको उचाइ ५० देखी ६०से.मी
|
|
पुषा पर्पल लंग
|
२५–३०
|
माघ–
फाल्गुन
|
६०* ४५
|
५०–६०
|
वोटको उचाइ ५० देखी ६० से.मी र २५ देखी ३० सेमी लामो फल
|
|
रामतोरिया
|
अर्का अनमिका
|
७५०
|
चैत्र–
साउन
|
६०*३०
|
६०–७०
|
खुला सेचित जात
|
|
पर्वती
|
७५०
|
चैत्र–
आषाढ
|
५०*२०
|
५०–६०
|
राम्रो उत्पादन दिने
अगौटे जात।
भाइरस सहन सक्ने
|
|
जुली
|
७५०
|
चैत्र-
आषाढ
|
५०*२०
|
५०–६०
|
राम्रो उत्पादन दिने जात,
भाइरस सहन सक्ने
|
नोट : जात छनौट गर्दा स्थान अनुसार सिफारिस गरीएका हावापानी सुहाउँदो उपयुक्त जातहरुको छनौट गर्न जरुरी छ ।
माटो
यस बर्गका तरकारी खेतीको लागि पानी नजम्ने बलौटे तथा दोमट माटो उपयुक्त हुन्छ । माटोको पि.एच ६ देखी ७ सम्म भएको माटो खेतीका लागि उपयुक्त हुन्छ । यस बर्गका तरकारी वालीहरु लामो समय सम्म उत्पादन दिने वाली भएकाले समूचित मलखाद ब्यबस्थापनमा ध्यान दिन जरुरी छ । स्थानिय तरीकावाट तयार गरीएको झोलमल १० दिनको फरकमा प्रयोग गर्न सकेमा उत्पादन बृद्धि हुन्छ । यस बर्गका तरकारीहरुलाइ माटो विना खेती गर्न सकिन्छ ।
बाली ब्यवस्थापन
यस बर्गका तरकारीहरुलाइ तालिम काँटछाँट र टेकाको समेत ब्यबस्था गर्न जरुरी हुन्छ । यस बर्गका तरकारीहरुमा बिशेष गरी गोलभेडा, भेडे खुर्सानी, अकवरे खुर्सानी र भण्टाका अनाबश्यक मुला वेला वेलामा निरिक्षण गरी हटाउन तथा उत्पादन हुदै गएपछि थप मलखाद दिन जरुरी हुन्छ । यस बर्गका तरकारीहरुमा पानीको मात्रा वढी भएमा जरा कुहिने समस्या देखापर्ने हुँदा पानीको उचित ब्यबस्थापन तथा बर्षा याममा खेती गर्न प्लाष्टिकको छाना आबश्यक पर्दछ । यस बर्गका तरकारीहरुमा सुक्ष्म तत्वहरु बोरोन, क्याल्सियम लगायतको कमीका लक्षण देखापर्न सक्ने भएकोले आबश्यकता अनुसार सुक्ष्म तत्व समेत दिन जरुरी हुन्छ ।
संझनुपर्ने कुरा
टेका दिने कार्य,मुना हटाउने कार्य र लामो समय सम्म उत्पादन लिन बर्षायाममा पानीवाट जोगाउने कार्य यस बर्गका तरकारीका लागि महत्वपूर्ण कार्य हाे ।