जमरा प्रविधिमा मकै, जौ,र जै को प्रयोग धेरै हुन्छ ।

कति बिउले कति घाँस उत्पादन हुन्छ?

मकै—१ के.जी.— ७ के.जी. हरियो घाँस

जै—१ के.जी.—७ के.जी हरियो घाँस

जौ—१ के.जी.—८ के.जी. हरियो घाँस

जमरा प्रविधिमा मकै, जौ,र जै को प्रयोग धेरै हुन्छ ।

कति बिउले कति घाँस उत्पादन हुन्छ?

मकै—१ के.जी.— ७ के.जी. हरियो घाँस

जै—१ के.जी.—७ के.जी हरियो घाँस

जौ—१ के.जी.—८ के.जी. हरियो घाँस

बङ्गुर उद्योगमा सबै भन्दा बढी लगानी आहारामा रहेको छ । करिब ७० देखि ८० प्रतिशतसम्म आहारामा खर्च हुने हुँदा, कम लागतमा गुणस्तर युक्त आहाराको व्यवस्थापन गर्न जरुरी रहेको छ । नेपालमा बङ्गुर दानाको लागि लागत एकदमै बढी छ किनभने बङ्गुरको आहारामा हुने स्थानीय कच्चा पदार्थ जस्तै मकै, भट्मास, विभिन्न पिनाहरू भारतबाट नै आयात गरिने गरिन्छ । विदेशमा लागत कम गर्नको लागि हरियो घाँसमा आधारित बङ्गुरपालन गर्ने गरेको पाईएको छ जसले गर्दा लागत खर्च कम हुने गरेको र फाइदा बढी भएको पाईएको छ । बङ्गुरपालनमा दानाको लागत कम गर्नको लागि नेपाल कृषि अनुसन्धान परिषद्अन्र्तगत बङ्गुर तथा कुखुरा अनुसन्धान कार्यक्रम, खुमलटारमा बङ्गुरको आहारामा जमरा प्रविधि (गलँैचा प्रविधि) मा परीक्षण भइरहेको छ । प्रारम्भिक नतिजाअनुसार जमरा प्रविधि बङ्गुर तथा कुखुराको आहारामा साह्रै नै उपयोगी पाईएको छ ।
एकै पटकमा र थोरै ठाउँमा धेरै जमरा उत्पादन गर्न सकिने भएकाले उक्त प्रविधिको प्रयोगमा श्रम खर्च कम हुन्छ । थोरै स्थानमा धेरै उत्पादन लिन सकिने भएकाले दानाको खर्चमा समेत कमी हुन्छ । उक्त प्रविधिको प्रयोगमा पशुवस्तुमा रोग कम लाग्ने भएकाले लगभग ५० प्रतिशत पशु चिकित्सासम्बन्धी खर्चमा कमी आउँछ । स्थानीय स्तरमै उत्पादन गर्न सकिने भएकाले आहारा ढुवानीको खर्चमा समेत बचत हुन्छ । सुख्खा ग्रस्त क्षेत्रमा यो प्रविधि निकै उपयोगी पाइएको छ । हरियो अङ्कुरित घाँसमा इन्जाइमको मात्रा बढी हुने हुनाले अरु पोषक तत्वहरूलाई पचाउनसमेत मद्दत गर्छ । जमरामा भिटामिन ए, ई, र बी को मात्रा बढी हुने हुनाले यी भिटामिनहरूको कमीले हुने रोगबाट समेत पशुबस्तुलाई जोगाउन सकिन्छ ।
माटो तथा मलखादबिना गरिने घाँस खेतीलाई जमरा प्रविधि भनिन्छ । यसको तयारीका लागि घाँस तथा विभिन्न अन्न जस्तै मकै, जौँ, गहुँ, जै आदिको बिउलाई २४ घण्टा पानीमा भिजाएर राख्ने । यसरी भिजाई राख्दा पानीको तापक्रम २१ देखि २७ डिग्री सेन्टिगे्रड हुनु जरुरी छ । प्रोटिनको उपलब्धता सुनिश्चित गर्नका लागि कोसेबाली वर्गका बालीहरू जस्तै केराउ तथा चनाको बिउ पनि मिसाउनुपर्छ । यसरी बिउ भिँजाएको २४ घण्टा पछि ट्रे वा वाटामा फिजाएर राख्नुपर्दछ । उपयुक्त चिस्यान कायम गरी राख्न र जमराकोवृद्धिदर उच्च राखिराख्न जमरामा दिनदिनैहल्कापानी छर्किरहनुपर्दछ । सातौँ दिनमा सबै बिउहरू अङ्कुरित भएर घाँस बन्छ र तत्व जराहरूले गलैचाको रुप लिन्छ । त्यसलाई बङ्गुर तथा कुखुरा र अरु पशुहरूलाई पनि खुवाउन सकिन्छ ।
पशु आहारा महाशाखा, खुमलटारले प्रयोगशालामा गरेको परीक्षण अनुसार (जौ)मा निम्न अनुसारको पोषण तत्व रहेको छ ।
| दिन | क्रुड प्रोटिन (प्रतिशत सुख्खा पदार्थ) | क्रुड फाईबर (प्रतिशत सुख्खा पदार्थ) | खनिज पदार्थ(प्रतिशत सुख्खा पदार्थ) |
| विउ | १२.७ | ५.४ | २१ |
| १ | १२.७ | ५.६ | २२ |
| २ | १३ | ५.८ | २२ |
| ३ | १३.६ | ७.४ | २३ |
| ४ | १३.९ | ९.७ | ३१ |
| ५ | १४.० | १०.८ | ५३ |
| ६ | १५.५ | १६ | ६५ |