जातहरु

जात

सेतो क्लोभर : Trifolium repens
जात : प्याउली

व्यवस्थापन

बाली व्यवस्थापन

यो घाँसबाट राम्रो उत्पादन लिनको लागि प्रति रोपनी १०–१५ डोको गोबर मल र ७ किलो डि.ए.पीे. मल प्रयोग गर्नुपर्दछ । मल जमिनको अन्तिम तयारीको समयमा बिउ छर्नु भन्दा अगाडी प्रयोग गर्नु पर्दछ । फुल फुल्ने समयमा र हरेक कटानपछि सिंचाई गर्न सके राम्रो उत्पादन लिन सकिन्छ । सेतो प्याउली घाँस पटक पटक काटेर अथवा चराएर खुवाइने भएकोले, यो घाँसमा रोग तथा किराको खासै समस्या देखिदैन।

जानकारी

खेति प्रविधि

यस घाँस लाई मध्य पहाड देखि उच्च पहाड सम्म सफलतापुर्वक लगाउन सकिन्छ । उच्च पहाडी भेगमा हिउँ पग्लेपछि चैत्र वैशाखमा तथा मध्य पहाडी भेगमा जेष्ठ असार महिनामा प्रती रोपनी २५० ग्राम बिउका दरले लगाउन सकिन्छ । रोपेको चार महिनापछि पहिलो कटाई र त्यसको एक डेढ महिनाको अन्तरालमा ३–४ पटकसम्म कटाई गर्न सकिन्छ । यो घाँसको बाली व्यवस्थापन तथा लगाइने क्षेत्र अनुसार प्रति रोपनी १.५ देखि २.५ टनसम्म हरियो घाँस तथा ६ किलो सम्म बिउ उत्पादन हुन्छ । यो घाँसमा सरदर २०% सम्म क्रुड प्रोटिन पाइन्छ ।