- मेकेडेमियानट अष्ट्रेलियाको पुरानो (Native) फल हो ।
- दक्षिणपूर्वी स्वीजरल्याण्ड र नयाँ दक्षिणी वेल्सको उत्तरपूर्वका जंगलबाट यस फलको उत्पत्ति भएको मानिन्छ।
- यस फललाई क्वीन्सल्याण्ड नट, अष्ट्रेलियन नट, पोपल नट, बपल नट किन्डल, बुमबेरा र बुरोवाङ
- आदि विभिन्न नामबाट चिनिन्छ ।
- यसको वोट विरुवा सदावहार, रुपमा रहने, बढिमा ५० फिट अग्लो र झाडिदार हुने स्वाभावको यस फलको हुन्छ ।
- बोटमा फूलहरु सेतो देखि बैजनी (pink) रंगका हुन्छन् भने फूलको आकार गोलाकार (spherical) देखि लाम्चो (fusiform) हुन्छ । व्यापारीक जातहरुको फलको गेडा (kernel) गुलीयो र सुपाच्य मानिन्छ ।
- यसको फल पोषणको हिसाबले ज्यादै उपयोगी देखिन्छ । पाकेको भुटेको मेकेडेमियानटमा १० प्रतिशत कार्वोहाइड्रेड, ९.२ प्रतिशत प्रोटिन, ७८.२ प्रतिशत तेल विभिन्न खनिजतत्वहरु प्रसस्त मात्रामा पाइन्छ । यसको फल र प्रशोधित वस्तुहरुको विभिन्न रुपमा प्रयोग गर्न सकिन्छ ।
- यो काँचै वा भुटेर र नुनिलो कटुसको गेडा (kernel) को रुपमा प्रयोग गरीन्छ ।
- मेकेडेमिया नट विभिन्न कन्फेक्सनरी उद्योगहरु जस्तै आइसक्रिम क्यान्डी, चकलेट केक, विस्कुटहरुमा प्रयोग गरिन्छ ।
- यसको फल खाँदा अन्य कटुसको भन्दा छुट्टै किसिमको स्वाद, गन्ध र हेर्दा राम्रो आकर्षक रंगको भएको कारणले गर्दा राम्रो कटुस (नट) को रुपमा प्रयोग हुन्छ ।
- यो नटबाट निस्कने तेल, सलाद तेल र औषधिय गुणका उच्च स्तरका सावुनहरु बनाउन र औषधिहरुमा प्रयोग गरिन्छ ।
- यसको पिना (oil cake) नउग्राउने पशुहरु (non-ruminant animals) को आहारा र नटका बोक्राहरु (shells) छापोको रुपमा र खुदो मिसाई पशु दानाको रुपमा र दाउराको रुपमा समेत प्रयोग गरिन्छ ।
- फलको भित्री दाना (kernel) बाट उच्चगुणस्तर नटको घ्यू (nut butter) बनाउन सकिन्छ ।
- सदावहार पात नझर्ने भएकोले तराइ र भित्रीमधेशका भेकहरुमा बाटाको छेउछाउमा सजिसजावटका लागि लाइनमा बोट विरुवाहरु रोप्न सकिन्छ ।
- अमेरिकाको हवाइ राज्यबाट सुरुमा germplasm सन् १८८० बाट विभिन्न देशमा आयात गरेर खेती हुदै आएको देखिन्छ । अमेरिकाको हवाई, अष्ट्रेलिया, दक्षिणी अफ्रिका, ग्वाटेमाला केन्य, कोस्टारोका, मलावी, जिम्बाने, ब्राजिल र फुजी आदि देशहरुमा खेती भएरहेको पाइन्छ ।
- नेपालको लागि मेकेडेमिया नट नयाँ फलको रुपमा रहेको छ । यो फलको व्यवसायीकरण राम्रो हुन सकेको छैन । नेपालमा यो फल भित्रीएको बारे यकिन नभएता पनि सन् १९६२ मा त्रिशुली वागवानी फर्म नुवाकोटको स्थापना पश्चात सन् १९७९ मा अष्ट्रेलियाबाट ल्याई माउबोट बगैंचाको रुपमा कायम गरिएको छ । हाल त्रिशुली फर्म नै बिरुवा उत्पादनको मुख्य स्रोतकेन्द्र हो । यसको आसपासको क्षेत्रहरु नुवाकोट, काभ्रे, सिन्धुली र पोखरा र यसका आसपासका क्षेत्रहरुमा खेती गर्ने कार्य विस्तार हुदैं गएको छ । कृषि अनुसन्धान केन्द्र (वागवानी) पोखरा र कन्दमुल तरकारी विकास केन्द्र सिन्धुलीले पनि यस फलको बोट विरुवाहरुको उत्पादन तथा बिक्री एवं प्रचार प्रसार र अनुसन्धान मूलक कामहरु गरिरहेको छ ।
मेकेडेमिया खेति प्रविधि
परिचय
जातहरु
मेकेडेमियानटका ३ वटा प्रजातीहरु भएता पनि २ प्रकारका प्रजातीहरु खान योग्य रहेका छन् ।
(१) मेकेडेमिया इन्टीग्रीफोलीया (Macadamia integrifolia)
- यो प्रजातीमा एउटै आख्लामा ३ वटा पातहरु हुन्छन् र पात भेट्नो सहित देखिन्छन् भने पातको छेउछाउमा काँडाहरु हुदैन ।
- फूलको रंग सेतो हुन्छ ।
- विउको साइज सामान्यतया सानो (१२–३२मि.मी), र गोलाकार (spherical) र विउको बाहिरी सतह नरम हुन्छ।
- विउको गेडा (kernel) गुलियो र सुपाच्य हुन्छ ।
(२) मेकेडेमिया टेट्राफाइला (Macademia tetraphylla)
- यो प्रजातीमा एउटै आखलाबाट ४ वटा पातहरु निस्केका हुन्छन् र पातहरुको छेउछाउमा धेरै मसिना काँडाहरु हुन्छन् । विउबाट निकालिएका विरुवाहरुमा बढी विविधता देखिन्छ किनकी विरुवाहरु एक आपसमा परसेचित भइ तयार भएका विरुवाहरुवाट निकालिएको हुन्छ ।
- फूल पहेंलो देखि सेतो वा क्रिम रंगका हुन्छ । फलमा विउ खैरो खालको हरियो रंगको, साइज सामान्यतया ठूलो (१२–३८ मि.मि.), फल पाकेपछि फूट्ने र बढी झर्ने खालको, फल केही लाम्चो (fusiform) र सतह खस्रो हुन्छ, वियाँ गुलियो, सुपाच्य खालको हुन्छ ।
- यसको फल प्रशोधन अर्को प्रजाती (M. integrifolia) को तुलनामा गाह्रो हुन्छ ।
मेकेडेमिया नटका महत्वपूर्ण व्यवसायिक जातहरु र तिनको जातीय विषेश्ताहरु
१) केहुँ (Keauhou)
- यो हवाइएन छनोटबाट निकालिएको जात हो । – यसको बोट ठूलो , प्रतिकुल वातावरणमा कडा (hardy) र बढी फैलने स्वभावको हुन्छ ।
- यसको फल मध्यम देखि ठूला आकारका, खैरो नरम र गोलो हुन्छ ।
- एक केजी तौलको फूलमा झण्डै १३६ वटा गेडाहरु हुन्छन् ।
२) काकीक (kakek)
- हवाइएन छनौट जात, निकालीएकको जात– कडा, छिटो फल्ने र फैलने स्वभावको हुन्छ ।
- फूल खैरो गोलो नरम मध्य माटो बोक्रा भएको, फूलको दाना सेतो र पूर्ण गोलो, प्रति केजी फूलमा १६१ दानाहरु हुन्छन् ।
३) इकिका (Ikika)
- यो हवाइएनवाट छनोट गरी निकालिएको जात हो ।
- यसको बोट कडा र ठूलो हुन्छ ।
- फल मध्य साइजको, कडा रातो देखि खैरो रगंको सतह चाउरेको वा नरम खालको हु्न्छ ।
- फलमा दाना (kerbel) ३१–३५ रहने, प्रति केजी नटमा १७४ गेडा हुने गुणस्तर कमजोर र फरक खालको हुन्छ ।
४) कियू (keaau)
- यो जात पनि हवाइएन जातको छनौटबाट निकालिएको जात हो ।
- बोट बढ्दो हाँगाहरु रहेको रुपमा देखिन्छ । हावाको प्रवाहबाट बोट भाँचिदैन ।
- फलहरु सानो खालका कडा खैरो रंगका, नरम सतह भएका गोलो आकारका हुन्छन् । फल हुने दागहरु फरक फरक खालका देखिन्छन् फलको फेदमा गोलो धब्बा तर लाम्चो धब्बा पछि भागमा देखिन्छ ।
- फलको बोक्राको मोटाई पातलो देखि मध्य खालको हुन्छ ।
- फलमा दानाको प्रतिशत ४२ देखि ४६ पाइन्छ । फलमा दाना गोलो र सेतो खालको हुन्छ । प्रति केजी फलमा २१४ वटा गेडाहरु हुन्छन् ।
५) मकै (makai)
- यो तराइ तथा कम उच्च भूभागहरुमा खेती गर्न सकिने जात हो ।
- यो हवाइएन जातवाट छनौट गरी निकालिएको जात हो ।
- यसको बोट बढी फैलने स्वभावको हुन्छ ।
- फलमा दाना (kernel) को प्रतिशत ३४ – ४० सम्म रहेको पाइन्छ ।
- फलको गुणस्तर राम्रो हुन्छ ।
६) वन च्वाइस (own choice)
- यो अष्ट्रेलियन जातवाट छनौट गरी निकालिएको जात हो ।
- यसको बोट ठाडो र केहि फैलने स्वभावको हुन्छ ।
- यसको फल ९लगत० मध्य देखि ठूलो हुने, अनियमित आकार प्रकारको, नरम बोक्रा भएको खैरो देखि हल्का रातो रगं मिसिएको झट्ट हेर्दा खैरो देखिने रंगका हुन्छन् ।
- फलमा हेर्दा ठूला धब्बा देखिने, बोक्रा अन्यको तुलनामा पातलो खालको हुन्छ ।
- फलमा दानाको प्रतिशत ३३–३७ हुन्छ । दाना सेतो एकातिर ठुलो हु्न्छ ।
- बढी पाकेपछि पनि फुटेर झर्दैन ९क्तष्अप–त्ष्नजत लगतक०
७) हिन्दी (Hinde)
- यो पनि अष्ट्रेलियन जातवाट छनौटगरी निकालिएको जात हो ।
- बोट ठाडो, काण्डको तल्लो भागमा कम हाँगा फैलने खालको हु्न्छ ।
- फल मझौला खालको, अनियमित आकार प्रकारको, खैरो देखि रातो खैरो रंगको नरम सतह भएको मोटो बोक्रा भएको हुन्छ ।
- फलमा दानाको ३१–४० रहेको पाइन्छ ।
आवश्यकता
- सामान्यतया उपोष्ण किसिमको हावापानी मेकेडेमिया नटको व्यवसायिक खेती गर्नमा उपयुक्त देखिन्छ ।
- यसको बोट कडा अनि जराहरु राम्रोसंग फैलने भएकोले प्रतिकुल किसिमको हावापानी, मौषम र माटोमा बाच्दछ तर राम्रो उत्पादन लिन सुहाँउदो खालको वातावरण चाहिँन्छ ।
- उपोष्ण किसिमको हावापानी भएको स्थानबाट उत्पत्ति भएपनि यो फल उष्ण क्षेत्रहरुमा पनि सफलताका साथ खेती गरिएको पाइएको छ ।
- यो फलफूलको लागि औसत तापक्रम २५⁰ से, र सामान्यतया गर्मी समयको तापक्रम २५–३२⁰ से उपयुक्त हुन्छ । गर्मी ३५ से भन्दा बढी भएमा पालुवा पलाउने र बृद्धि विकास हुने प्रक्रियामा प्रभाव पार्छ । छोटो समयको टुसारो सहे पनि लामो समयको टुसारो सहन सक्दैन पहाड तथा उच्च पहाड जहाँ लामो तुसारो पर्दछ, हिउँको असर पर्छ त्यस्तो ठाउँमा खेतीगर्न उपयुक्त हुदैंन । वर्षात कम हुने ठाउँमा माटोमा चिस्यान आवश्यकता अनुसार दिन मिल्ने पानी नजम्ने स्थान व्यवसायिक खेतीका लागि उपयुक्त देखिन्छ ।
- वार्षिक सरदर वर्षा १००० देखि २००० मि.मि. मेकेडेमिया नटको लागि राम्रो हुन्छ ।
- हावा हुरीले यसको हाँगाहरु भाँच्ने भएकोले विरुवा लगाउनु अगावै चाडो बढ्ने खालका बोटहरु बगैंचामा हावा छेक्नेगरी उत्तर पश्चिममा वायू निरोधक विरुवाहरु लाइनमा रोप्नु पर्दछ ।
- यो फलले असिना सहन सक्छ यसैले असिना ग्रस्त ठाउँमा यो फल लगाउन उपयुक्त हुन्छ ।
- यो फललाई बढी गरम चिम्टाइलो र क्षारिय माटोमा बाहेक सबै खालको माटोमा खेति गर्न सकिन्छ । माटोको गहिराइ बढी भएको निकासको राम्रो सुविधा भएको प्राङ्गरीक वस्तु बढी भएको र पि.एच. घटी नभएको वा अम्लिय नभएको सामान्यतया ५–६ पि.एच. भएको माटो मेकेडेमिया नटको व्यवसायिक खेती गर्न उपयुक्त देखिन्छ ।
नर्सरी व्यवस्थापन
प्रसारण (Propagation)
- बीउ नै नेपालमा यसको प्रसारण गर्ने प्रमुख तरिका हो ।
- पाकेको भर्खरै टिपेको परिपक्व नटलाई विरुवा उत्पादन गर्न प्रयोग गरिन्छ । ढिलो गरी रोपेमा रोप्नु अघि पानीमा ४ दिनसम्म भिजाउनु पर्छ ।
- बीउहरु नर्सरी व्याडमा १० से मि फरकका लाइनहरुमा ५ सेमि फरकमा मिलाएर भाद्र – आश्विन महिनामा रोपिन्छ । बीउ रोपेको समान्यतया २ देखि ४ कहिना भित्रमा उम्रन्छन् । उम्रेर १ वर्ष उमेर पुगेर विरुवाहरु २० सेमि १० सेमि साइजका पोली ब्यागमा कम्पोष्ट र माटोको मिक्चरमा राखेरव्याडबाट सार्ने काम गरिन्छ ।
- यस्ता विरुवालई छाया दिने सेड हाउसमा राखेर १२ महिनासम्म हुर्काइन्छ र हुर्कीसकेपछि मुख्य जमिनमा रोप्ने वा बेचविखन गर्ने गरिन्छ ।
- मेकेडेमिया नटको इनार्चिङ् विधिबाट पनि बोट विरुवाहरु उत्पादन गर्न सकिन्छ ।
- मेकेडेमिया टेट्राफाईला प्रजातीका रुटस्टकहरु उत्पादन गरेर इनार्चिङ् गरिन्छ तर मेकेडेमिया इन्टीग्रीफोलिय प्रजातीको बढ्दो रुपमाप्रयोग गर्ने क्रम कायमै भएको देखिन्छ ।
- मेकेडेमिया नटको इनार्चिङ गर्ने उपयुक्त समय आसाढ–श्रावण महिना हो ।
- यस तरिकाबाट विरुवा उत्पादन गर्दा ८०–८५ प्रतिशत सफलता प्राप्त गर्न सकिन्छ ।
जग्गा तयारी
मेकेडेमिया नटको राम्रो व्यवस्थित बगैंचा बनाउन, उपयुक्त हावापानी भएको स्थानमा जमिनको छनौट गरिसकेपछि, उपयुक्त दुरीमा जमिन मिलाई ले आउट गरी विरुवा रोप्ने ठाउँको एकिन गरी चिन्ह लगाउनु पर्छ । सामान्यतया ५*५ मिटरको दुरीमा यसको विरुवा रोप्नु उपयुक्त हुन्छ तर ठुलो वोटहरु हुने वोट विरुवामा ८*८ मिटरको दुरीमा कौचा बनाउन सकिन्छ ।
विरुवा रोप्न ले आउट अनुसार जमिनमा चिन्ह लगाइसकेको ठाउँमा केन्द्र पर्नेगरी १ घन मिटर साइजको खाडलमा विरुवा रोप्नु भन्दा १–१.५ महिना अगाडी खन्ने र १ डोका ४०–५० केजी पाकेको कम्पोष्ट मल र माटोको मिश्रणले पुरी चिन्ह लगाउनु पर्छ ।
तयारी गरी पुरिएको खाडलमा विरुवा केन्द्रमा पर्ने गरी स्वस्थ विरुवाहरु जेठ–असारमा रोप्नुपर्छ । विरुवाको वरपर जमिनको सतहबाट १–२ फिट उठेको हुनुपर्छ । वरपर खर, परालको छापो दिनुको साथै बोटलाई ठाडो राख्न लठ्ठी वा वाँस गाडेर नहल्लीने गरी बाँध्नु पर्छ र सिँचाई दिनुपर्छ ।
बाली व्यवस्थापन तथा हेरचाह
अन्तरवाली (Intercropping)
- मेकेडेमिया नटका स–साना बोटविरुवाहरु भएको समयमा फलफूलबाट उत्पादन प्राप्त गर्नु अगाडी वा मुख्य वालीमा कुनै असर नपर्नेगरी लिने वालीलाई अन्तरवाली भनिन्छ । यसबाट थप आम्दानी लिन सकिन्छ ।
- अन्तरवाली स्थायीरुपमा रोपिएका मेकेडेमिया नटको विचमा मात्रै लिनुपर्छ ।
- फलफूलका बोट विरुवाबाट ३ मिटर पर मात्र अन्तरवाली लिन सकिन्छ ।
- यो दुरी फलफूलको बोट विरुवा उमेर बढ्दै गएपछि बढाउदै जानुपर्छ, मुख्य वालीलाई नराम्रो प्रभाव पर्नु हुदैन ।
- विभिन्न तरकारीहरु जस्तै कोशे तरकारी र छोटो अवधिमा तयार हुने फलफूलहरु – जस्तै केरा, मेवा, भूईकटहर, स्ट्रवेरी आदि लिन सकिन्छ ।
झारपात नियन्त्रण
- लेआउट अनुसार विरुवाहरु दुरीमा मिलाएर रोपिएको बगैंचामा झारपात नियमित हिसाबले नियन्त्रण गर्न सकिन्छ ।
- विरुवा रोप्ने समयमा वा हिउँदको समयमा मल दिने वा गोडमेल गर्ने समयमा बोटवरी परी चक्का बनाई छापोको प्रयोग भइरहेमा कम झारपात आउने गर्छन् ।
- यस्ता झारपातहरुलाई वर्षको तीन पटक वा आवश्यकता अनुसार उखेलेर हटाउनुपर्छ ।
- झारपात निक्कै बढी भएमा भित्री बगैचामा माओर वा झारपात नासक विषादी समेत प्रयोग गर्न सकिन्छ ।
- बगैंचा भित्र अन्तरवाली भएमा वालीले वा वालीमा आएको झरपातले वा जमिनमा गरिने कृयकलापले फलफूलमा कुनै पनि प्रतिकुल प्रभाव पार्नु हुदैन ।
तालिम तथा काँटछाँट
- सामान्यतया मेकेडेमिया नटमा अगुवा केन्द्र प्रणालीमा (Central leader) तालिम दिइन्छ ।
- मूल हाँगालाई तिरन्तर बृद्धि हुन दिई तलिम गराइन्छ काँटछाटले बोट विरुवाको बृद्धि र फल लाग्ने समयलाई ढिलो गराउने भएकोले सुरुका वर्षहरुमा निक्कै कम मात्रामा काँटछाँट गर्नुपर्छ । केहि शाखा हाँगाहरु, जोडिएका हाँगाहरु, मरेका हाँगाहरु र हाँगा भाचिनबाट जोगाउन हल्का काँटछाँट गर्नुपर्छ ।
- यदि विरुवाले कुनै पनि शाखा हाँगाहरु ननिकालेमा बोटको ८० से.मी. माथिबाट टुप्पो काटेर हटाइन्छ । Heading back हाँगाहरु बढ्न दिनुपर्छ ।
- केहि शाखा हाँगाहरु, जोडिएका हाँगाहरु, मरेका हाँगाहरु एउटा आखलामा २ भन्दा बढी भएका हाँगाहरु काण्डसंगै जोडिने गरी काटेर हटाउनुपर्छ ।
- रोग र किराहरुबाट ग्रसित काण्डको निकै तल आएका हाँगाहरु नयाँ पलाएका सकरहरु भाँचिएका हाँगाहरु काँटछाँट गरेर हटाउनु पर्छ ।
- काँटछाँट गर्ने उपयुक्त समय हिउँद (पुष –माघ) महिना हो ।
- पानीको कमि हुदा नटको बोटको बृद्धि, फल लाग्ने, फल बोटमा रहने र फलको बृद्धि र नटको गुणस्तरमा असर गर्दछ ।
- जहाँ वर्षा ज्यादै कम हुन्छ, माटोमा चिस्यान कायम रहि रहन सक्दैन, त्यस्ता स्थानमा सिंचाइको जरुरत पर्दछ ।
- बोट विरुवा विशेषगरी फूल फूल्ने, फल लाग्ने र फलको विकास हुने बेलामा माटोमा चिस्यान कम भएमा उत्पादनमा नकारात्मक प्रभाव पार्छ । त्यसैले विरुवाको फूल फूलेर फल सेटि· हुने बेला देखि फल लाग्ने बेलासम्मको समय १२ देखि १६ हप्तासम्मको समयमा, पानी नदिई नहुने (Critical period) भएकोले, थोपा सिंचाइ वा अन्य कुनै किसिमबाट सिंचाई व्यवस्थापन गर्नुपर्दछ ।
- सामान्यतया बोट विरुवाको बृद्धि विकास र उत्पादनमा सहयोग पुर्याउन बगैंचामा हिउँदमा हरेक २१ दिनको अन्तरमा सिंचाइको व्यवस्थापन गर्नुपर्छ वर्षायाममा (गर्मीमा) वर्षाको पानी हेरी हप्ताको २ पटक सिंचाइ दिनुपदर्छ ।
बाली कटानी तथा भण्डारण
फूल फूल्ने र फल लाग्ने प्रकृया
- फूल फूल्ने कोपिला ५० देखि ९६ दिनसम्म सुसुप्त अवस्थामा रहिरहन्छ र तापक्रम पुगेपछि मात्र फूल खेल्दछ ।
- नेपालमा मेकेडेमिया नटमा माघ–फागुन (Feb-mar) महिना फूल लाग्दछ । फूल लामो पेन्डलस रेसिम्समा निस्कन्छन् ।
- यो केहि मात्रामा self-incompatible देखिन्छ तसर्थ फूलमा बढि परागसेचन गराई फल फलाउन मौरीको घारहरु मेकेडेमिया नटको बगैंचामा राख्नु पर्दछ ।
फलको टिपाई
- बीउबाट प्रसारण गरिएको विरुवाले ५ वर्ष पछि फल उत्पादन दिन सुरु गर्दछ तर वानस्पतिक प्रजनन्बाट निकालिएका विरुवाहरुबाट ३ वर्ष पछि नै फल दिन थाल्दछन् ।
- फूल फुलेको २१५ दिनपछि नटहरु बोटमा परिपक्व भई बोटमुनि झर्न थाल्दछन् । सामान्यतया असोज महिनामा फलहरु बोटमा पाकि बोक्रा फुटेर आफै खस्न थाल्दछन् । यो अवस्था आएपछि, फलहरु टिप्नको लागि तयार भएको मानिन्छ ।
- फल समान्यतया सरद ऋतु देखि हिउँदको सुरुमा टिप्न लायक हुन्छ । यो मौसम र जात माथि निर्भर गर्दछ ।
- पाकेको फलहरु हल्लाएर वा लठ्ठीले हानेर टिप्न सकिन्छ । फल टिप्नु अगाडी बोट मुनि झारपातहरु काटेर राम्रोसँग सरसफाई गरिन्छ र झरेका झारीएका फलहरु संकलन गरेर एकै ठाउँमा राख्नुपर्छ ।
- काचो फल झार्नु हुदैन, अन्यथा गुणस्तर राम्रो हुदैन ।
उत्पादन
- फलको उत्पादन जात, हावापानी र व्यवस्थापनमा निर्भर गर्छ ।
- सामान्यतया सरदर प्रतिबोटबाट ३२.० देखि ३५ केजी फलको उत्पादन प्राप्त गर्न सकिन्छ ।
- प्रति हेक्टर जमिनमा १०० बोटबाट ३.२ मे. टन/हे देखि ३.५० टन/ हे सम्म राम्रो व्यवस्थापन भएको बगैंचाबाट उत्पादन लिन सकिन्छ ।
भण्डारण
- टिपेको फललाई १–२ घाममा सुकाइसकेपछि बोक्राले फललाई छोड्दछ र तुरुन्तै बोक्राबाट फल छुट्याउनु पर्दछ अन्यथा उच्च तापक्रमको कारणले गुणस्तर बिग्रने र चिस्यानको कारण ढुसीको विकास भई फल कुहिन्छ ।
- छोटो समयको भण्डारणको लागि बीउको चिस्यान १०५ मा झार्नु पर्दछ ।
- सुकिसकेका फलहरुलाई, प्लाष्टिकको बट्टा, ड्रम आदिमा हावा नछिर्ने गरी भण्डारण गर्न सकिन्छ तर पूर्ण हावा नछिर्ने गराउन सम्भव नभएमा बेलाबेलामा
- फललाई घाममा सुकाउनु पर्दछ । मुसा, बाँदर आदिले यो फल धेरै मन पराउने भएकोले भण्डारणमा विशेष ध्यान पुर्याउनु पर्छ ।
- ४५ केजी हरियो फूलबाट २० केजी बोक्रा हटाइएको फल प्राप्त हुन्छ । (४५%) २० केजी बाट ५ केजी कटुस उत्पादन हुन्छ ।
- १ केजी कटुसको भित्री दिउलको मुल्य १०००/- पर्दछ ।
उत्पदनोप्रान्त गरिने क्रियाकलापहरु
बोक्रा हटाउने (husking)
- पाकेका फहरु टिपेर वा बटुलेर संकलन गरिसकेपछि, फलमा टाँसिएका बाहिरी बोक्राहरु हटाउनु पर्दछ ।
- बोक्रा हटाउने कार्य हातले वा उपयुक्त अंकुसे भएको लट्ठीबाट गरिन्छ ।
- हाल बोक्रा हटाउनको लागि, बोक्रा हटाउने मेसिन (Husking machine) पनि प्रयोग गरिन्छ ।
सुकाउने (Drying)
- नटहरु सँकलन भएसकेपछि सुरुमा ४५% चिस्यानबाट सुकाएर ५%–१.५% सम्म ल्याइन्छ ।
- सुकाउने कार्य, हावा दिएर एक हप्तासम्म सुकाउनु पर्छ त्यसपछि मात्र कम तापक्रम (३८⁰ से देखि ५४⁰ से) ७–१० दिन सम्म सुकाउदा चिस्यान सुकाएर घटाउन सकिन्छ ।
- सानो स्केलमा सुकाउदा, नटहरु २–३ सेमि फिजाएर हावा बहनेगरी २–३ हप्तासम्म छोड्न सकिन्छ।
प्रशोधन (processing)
- मेकेडेमिया नटका बोक्रा फुटाएर हातैले हटाइन्छ अथवा मेसिनबाट वा ठूलो व्यापारीक क्र्याकरबाट पनि बोक्रा (shells) हटाइन्छ ।
- नटहरुबाट बोक्राहरु हटाइसकेपछि फललाई ३ वटा ग्रुपमा बाँड्न सकिन्छ । पहिलो ग्रुप, दोस्रो ग्रुप र तेस्रो ग्रुपमा फलहरुलाई विभाजन गरिएको छ ।
- पहिलो र दोस्रो ग्रुपको फललाई खानको लागि र तेस्रो ग्रुपको फललाई तेल निकाल्नमा प्रयोग गरिन्छ । खानमा प्रयोग गरिने पहिलो र दोस्रो ग्रुपको पललाई हल्कासँग नरिवलको तेलमा भुटेर नुन राखेर अथवा प्रशोधित खान लाएक दिउललाई भ्याकुम फिल्ड फोआइल लेमिलेट व्यागमा राखिन्छ । यसलाई कोल्ड स्टोरेज रुपमा भण्डारण गरेर १ वर्षसम्म राख्न सकिन्छ ।
सन्दर्भ सामग्री
सन्दर्भ
महेश्वर लामिछाने
बरिष्ठ फलफूल विकास अधिकृत
उष्ण प्रदेशीय फलफूल खेति प्रविधि पुस्तिका - मेकेडेमिया नट (Macademia nut) खेती प्रबिधि
फलफूल विकास निर्देशनालय
कीर्तिपुर, काठमाडौं
